Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ’

Published on 11:19:00 AM //

काठमाडौँ, माघ २४ गते ।  नेकपा एमालेका सचिव विष्णु पौडेलले नेपाली काँगे्रसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभएको छ ।
एमालेले सरकारको नेतृत्व दाबी गर्दै अहिले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने प्रष्ट्याए पनि पौडेलले सरकारको नेतृत्व आलोपालो गर्नुपर्नेमा जोड दिनुभयो ।
“हाम्रो पार्टी सबैभन्दा ठूलो दलका नाताले अहिले काँग्रेस सभापति कोइरालाकै नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा छ ।  “अहिले एमालेले सरकारको नेतृत्व दाबी गर्र्दैन,” उहाँले भन्नुभयो, “एक वर्षभित्र संविधान जारी गर्ने दलहरूको प्रतिबद्धता छ ।  त्यसअघि एउटा पार्टीले र त्यसपछि अर्को पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । ”
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा पौडेलले आगामी माघ २७ गते नै देशले नयाँ निर्वाचित प्रधानमन्त्री पाउने जिकीर पनि गर्नुभयो ।  सत्ता समीकरणका लागि पार्र्टीद्वारा गठित वार्ता टोलीका सदस्यसमेत रहेका पौडेलले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, सरकारको कार्याविधि, संविधान निर्माणलगायतका विषयमा सहमति
नभई एमाले सरकारमा नजाने बताउनुभयो ।
सरकार गठन हुने विषय काँग्रेस र एमालेबीचको सहमतिमा निर्भर हुने बताउँदै पौडेलले काँग्रेस लचिलो भए चाँडो सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।  यद्यपि वार्ता सकारात्मक दिशामा उन्मुख रहेकोले सहमति बन्ने विश्वास उहाँको थियो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई एमालेले सबैभन्दा बढी महìव दिएको उल्लेख गर्दै सचिव पौडेलले त्यसमा काँग्रेसले खण्डन नगरेको दाबी गर्नुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग