Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पामा वस दुर्घटना १४ को मृत्यु, १० को सनाखत

Published on 7:09:00 AM //

टेक नारायण भट्टराई
पाल्पा, माघ २३ । पाल्पामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ४९२४ नम्बरको यात्रुवाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत चिदीपानी गाविसको वडा नं. २ भालुखोलामा दुर्घटनाग्रस्त भएको हो। बस सडकबाट ५ सय मिटर तल खोलामा खसेको पाल्पाका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
बसमा सवार अन्य ७ जना घाइते भएका छन्। घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए।
बस दुर्घटनास्थलबाट घाइतेको उद्धार गर्दै सुरक्षााकर्मी। तस्बिर : टेकनारायण भट्टराई
दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म १० जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बस चालक मुझुङ पाल्पा निवासी ३३ वर्षीय रोमन सिंह सारु मगर, बस मालिक बाग्लुङ भीमगिठे निवासी २८ वर्षीय मोहन केसी, गुल्मी सिमीचौर ६ बस्ने बाग्लुङमा कार्यरत प्रहरी जवान दिनबहादुर बस्नेत, गुल्मी म्यालपोखरी १ बस्ने पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय गिरिराज भट्टराई, पर्वत ठूलीपोखरी निवासी बाबुराम आचार्य, रुकुम मरवाङ–९ निवासी ३८ वर्षीय राजकुमार गुरुङ, बर्दिया मगरागढी–९ बस्ने २१ वर्षको विराट सिंह ठकुरी, विराटनगर उपमहानगरपालिका बस्ने ४९ वर्षीय गोपाल ढकाल, पर्वत खैरालाँकुरी–३ बस्ने २२ वर्षीय राजकुमार सुनार, कास्की भरतपोखरी–१ ३५ वर्षीय बुद्धिबहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ।
राति १ बजेको समयमा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए। रातको समय भएकोले उद्धारका लागि निकै कठिनाइ भएको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग