Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर अब अस्ट्रेलियाको नेपाली संचार नेटवर्क अन्लाईन रेडियोमा पनि बज्ने

Published on 4:22:00 PM //

एमलाल बेलाबासे
राष्ट्रपति रामवरण यादव ज्युवाट सम्मानित भई सकेको अस्ट्रेलियाबाट सञ्चालित नेपाली सञ्चार अन्लाईन रेडियोबाट आज देखि हरेक मंगलवार अस्ट्रेलियाको समय साँझ ९ वजे ओझेलका खवर प्रशारण हुने भएको छ । नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया निर्देशक प्रमोद केसीका अनुसार दुखी, असाहयहरुको उद्धार र उठ्न नसकेका विषयलाई उठाउने जमर्को गरेकोले आझेलका खवर सो सञ्चार नेटवर्कको छनौटमा परेको हो ।

लाखौं प्रवासी नेपालीहरुको धड्कन मानिने नेपाली सञ्चार रेडियोमा ओझेलका खवरलाई स्थान दिनु भएकोमा त्यस नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया परिवारप्रति ओझेलका खवर युनिट हार्दिक आभार प्रकट गरेको छ । यस अवसरमा ओझेलका खवर सुरुमा उत्पादन गरेर यहाँ सम्म ल्याई पुराउने रेडियो रेसुुङ्गा, अहिले रेडियो स्काई, रेडियो गुल्मी, रेडियो रुरु, रेडियो रिपब्लिक, रेडियो ढोरपाटन, नयाँ एफएम सन्धीखर्क लगायत ओझेलका खवर युनिटका रुपमा सहकार्य गर्दै आई रहेको गुल्मी न्युज डटकम, गुल्मी टाईम्स डटकम, गुल्मी टुडे डटकम, हाम्रो गुल्मी न्युज डटकम, बुटुवल अनलाईन्, धौलाश्री अनलाईन्, बुटवल अनलाईन्, फेशबुक पेज गुल्मी दिगाम सेरोफेरो, ओझेलका खवरलाई युट्यवमा पुराउने ज्ञवा सञ्चार आभियान, पल्लीकोट न्युज डटकप्रती ओझेलक खबरका संचालक प्रेम सुनारले आभार प्रकट गरेका छन । "म ओझेलका खबरसँग हातेमालो गर्ने सबैलाई बधाई र धन्यवाद दिन चाहन्छु", सुनारले भने, "किन कि यो प्रयास म एक्लैको थिएन र यसको श्रेय सबैलाई बराबरी जान्छ ।"

यसरी एकपछि अर्को मिडियाले रुचाएर स्थान दिँदै जान थालेपछी सबै मिलेर यस ओझेलका खवरलाई अझ स्तरिय र खोजमुलक बनाउन कस्सीनु पर्ने महसुस भएको समेत सुनारले बताए । ओझेलका खवर सुरुमा नपत्याई नपत्याई उत्पादन थालिएको कार्यक्रम पचासौं श्रृंखला सम्म सामग्री खोज्न निकै कष्ट ब्यहोर्नु परेको थियो । तर अहिले अटी नअटाउ सामग्री भएकोले ओझेलका खवर दोस्रो भागका रुपमा हप्ताको दुई चोटी प्रशारण गर्ने सोंचमा यसको उत्पादन टिम रहेको जानकारी प्राप्त भएको छ ।

ओझेलका खवरलाई यहाँ सम्म ल्याउन गुल्मीका पत्रकारहरु जनार्दन घिमिरे, घनाश्याम गौतम, रेडियो रुरुका स्टेशन मेनेजर युवराज बस्याल, रेडियो स्काईका सञ्चालक विष्णु भुसाल, गोपाल भुसाल, नवराज भुसाल गणेश श्रीपाली, हिरा एसी, ज्ञानबहादुर महतरा, लगायतका अग्रजहरुको सुझाव सल्लाह भुल्न नसकीने रहेको र आगामी दिनमा पनि यो निरन्तरता कायमै रहोस् भन्ने अपेक्षा सुनारले गरेका छन ।
त्यस्तै सक्रिय रुपमा प्रबिधिबाट साथ दिने एम खत्री, तुलसिंह, वसन्त, महेन्द्र लगायतका रेडियोकर्मी मित्रहरु सवैको सहयोग र सुझाव सल्लाह अनि गुल्मी, वाग्लुङ्ग, पाल्पा वल्लो भेग, स्याङ्गजा वल्लो भेग, अर्घाखाँची प्युठानका श्रोताहरु पनि जोडीनुभएको छ ओझेलका खबरको सफलतासँग । "उहाँहरुले खाना खान छोडेरै ओझेलका खवरको समय कुरेर बसीदिनु भयो र फोन मार्फत हाम्रो हौसला बढाईदिनु भयो ।" सुनारले थपे, "पछिल्लो चरण प्रवासमा रहनु भएका देशैभरका नेपालीहरुले ब्याग्र पतिक्षाका साथ ओझेलका खवरलाई सुनिदिनु भएकोमा हामी आभार प्रकट गर्दछौं, १५६ औं श्रृंखलादेखि नेपाली सञ्चार रेडियो अष्ट्रेलियाबाट आज प्रशारण हुन गईरहेको अवसरमा हामी समस्त विज्ञापन दाता, सहयोगी, शुभ चिन्तक र प्रिय प्रिज श्रोतमा पुनःपुनः आभार प्रकट गर्दछौं ।"

ओझेलका खवर युनिट
प्रवास शाखा ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग