Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पौँदीअमराईमा गाउँ घर क्लिनिक सुरु

Published on 10:57:00 PM //

सागर भण्डारी
गुल्मी, माघ २४ । गुल्मीको पौँदीअमराई गाउँ विकास समितिको वडा नं ३ स्थित बाङ्गेमा निर्माण गरिएका गाउँ घर क्लिनिकको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
पौँदीअमराई उपस्वास्थ्य चौकी ईन्चार्ज रविन्द्र गिरिले क्लिनिकको उद्घाटन गर्नुभएको हो । निर्माण समितिका अध्यक्ष ताराबहादुर बलामीको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा सर्वदलिय समितिका अध्यक्ष दान बहादुर के.सी, निवर्तमान वडा अध्यक्ष देवेन्द्र गुरुङ, भगवति निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सकंर गिरि लगायतले मन्तव्य राख्दै गाउँ घरमा क्लिनिक स्थापना भएपछि सामान्य उपचारको लागि सहजता भएको बताउनुभएको थियो । साथै सोही अवसरमै तारादेवी गौतमको अध्यक्षतामा ११ सदस्यीय क्लिनिक व्यवस्थापन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टोप बहादुर के.सी सचिवमा निरु गुरुङ, कोेषाध्यक्षमा सोम बहादुर बलामी लगायत अन्य सदस्यहरु रहनुभएको छ । निर्माण समितिका सचिव टोप बहादुर के.सीले १ लाख २४ हजार बराबरको लागत खर्च प्रस्तुत गर्नुभएको थियो ।
महिला स्वास्थ्य स्वंयसविका पूर्णकला गौतमको स्वागत मन्तव्य सगैं सुरु भएको कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव टोप बहादुर बलामीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग