Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक जंगलभित्र कफीका बोट हुर्कंदै

Published on 3:48:00 AM //

घनश्याम गौतम
गुल्मी, माघ १८ । कफी खेतीका लागि उर्वर मानिएको गुल्मीका सामुदायिक बनभित्र कफीका बोट हुर्कन थालेका छन् ।
छहारी नभई नहुने कफी खेतीका लागि किसानले परीक्षणको रूपमा कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा जंगलभित्रै खेती सुरु गरेका हुन् । तीन वर्षअगाडि सुरु गरिएको परीक्षण सफल भएपछि  आँपचौर, दिगाम र ग्वादीका तीन सामुदायिक वनहरूले झन्डै २५ हजार कफीका बोट जंगलभित्रै हुर्काइरहेका छन् । किसानले सुरु वर्ष परीक्षणका लागि ५ सय बोट रोपेका थिए ।
दिगामको रुप्से सामुदायिक वन, आँपचौरको उपल्लो फाँट सामुदायिक वन र ग्वादीको कोलौंदी सामुदायिक वनले २ वर्षदेखि कफीका बिरुवा रोप्न थालेका हुन् ।
दिगाममा दुर्गा भवानी कृषक समूह गठन गरेर जंगलमा कफी खेती सुरु गरिएको छ । 'सुरुमा परीक्षणका लागि ५ सय बिरुवा मात्र रोपेका थियौं,' समूहका सदस्य तुल्सी कँडेलले भने, 'निकै राम्रो हुर्किएपछि अहिले थप २० रोपनी जग्गामा २ हजार बिरुवा रोप्ने तयारी गरेका छौं ।' कफी खेतीका लागि पात पतिङ्गरसहितको खुकुलो माटो र छहारी आवश्यक पर्छ । कफी खेतीका लागि मिल्दो वातावरण र ठूला रूखहरू भएको जंगलमा त्यस्तो सम्भाव्यता अध्ययन गरी दुई वर्षदेखि परीक्षण सुरु गरिएको हो ।
पहिलो चरणमा लगाइएका कफीका बोटहरू राम्रो देखिएकाले थप विस्तार गरिएको कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत चेतनाथ अधिकारीले बताए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग