Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को-पाईलटले नै बिमान अपहरण गरेपछी........

Published on 3:02:00 AM //

काठमाडौँ । अदिस अबाबाबाट रोमका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानलाई सह चालकले नै नियन्त्रणमा लिएको अधिकारीहरुलाई उद्‍धृत गर्दैं बीबीसीले जनाएको छ। शरण पाउनका लागि उनले अपहरण गरेको बताएका छन्।
प्रहरीले सह चालकलाई नियन्त्रणमा लिइसकेका छन्। आफ्नो देशमा असुरक्षित महसूस गरेपछि शरण माग्न उनले विमान अपहरण गरेको बताएको अधिकारीहरुले पत्रकार सम्मेलनमा बताए। सन् १९८३ मा इथियोपियामा जन्मिएका भनिए पनि उनको पूरा परिचय खुलाइएको छैन। पाइलट शौचालय गएको बेला उनले विमान आफ्नो नियन्त्रणमा लिएका थिए।
अदिस अबाबाबाट राति साढे १२ बजे उडेको विमान रोममा स्थानीय समय अनुसार बिहान ४:४० मा अवतरण हुनुपर्ने थियो।  सुडानको आकाशमा उड्दै गर्दा विमानले ७५०० अलर्ट कल गरेको एयरलाइन रिपोर्टरले जनाएको छ। यो विमान अपहरणमा पर्दा गरिने संकेत हो। फ्लाइट राडारको डेटामा विमान जेनेभामाथि चक्कर काट्दै गरेको देखिएको थियो। सुरुमा जेनेभामा अवतरण गर्न अधिकारीहरुले अनुमति दिएका थिएनन्। पछि जेनेभा विमानस्थलमा अवतरण गरिएपछि ककपिटको झ्यालबाट झरेर उनले आत्मसमर्पण गरेका थिए। उनीसँग कुनै हतियार थिएन। विमानका सबै यात्रु सुरक्षित छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग