Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कहिले समाधान होला वामिको खानेपानी समस्या

Published on 6:27:00 PM //

कमल पौडेल, वामी
गुल्मी जिल्लाकै सुन्दर शैक्षिक केन्द्रको रुपमा स्थापित वामिटक्सारमा पिउने पानीको भने हाहकार छ । २०३८/३९ सालमा स्थापना भएको करङखोला खानेपानि योजनाले तत्कालिन खानेपानि समस्या समाधान हुन सकेपनि हाल सम्म भएको जनसंख्याको वृद्धि बजारको वृद्धि र विकास संगै खानेपानिका योजनाहरु थप हुन नसकेपछि यो समस्या वढ्दै गएको हो । ८५ धारा भएको योजनाका करिव १२ सय उपभोक्ता रहेका छन् भने दिनानुदिन उपभोक्ता वढीरहेका छन् । सहरी विकास तिर लम्कीरहेको क्षेत्र तथा स्नातक तहसम्म को क्याम्पस साचालन भैरहेको र बाहिरि विद्यार्थिहरुको चाप समेत बढिरहेको यस क्षेत्रमा पानिले समस्या थपिरहेको छ । एउटा धाराको पानी पन्ध्र घरधुरी ले भर्नुपर्ने त्यो पनी बिहान दुई घण्टा र साँझ दुई घण्टा मात्र साह्रै समस्या परेको बताउनुहुन्छ उपभोक्ता लक्ष्मण कक्षपती "वाहालवाला वाहेक उपभोक्ता एक धारामा १४/१५ घर भएको र बिद्यार्थी वालवाला समेत जोड्दा धेरै हुने हुँदा साह्रै समस्या भएको छ, प्रत्येकदिन २ गाग्री पानिमा चित्त बुझउनु परेको छ ।"

यसो त चारबर्ष देखि खानेपानीको लागि केहिप्रयास सुरु नभएका होइनन तर सार्थक उपलब्धि भने हासिल भएको देखिदैन । वामी टक्सारका बासिन्दा कुनै संघसस्थाले खानेपानीको व्यावस्था गरिदिए भगवान् मान्न तयार छन् । अझ गृहणिहरुको लागि त झन कठिन छ वामिटक्सारको वसाई । उपभोक्ता भगवती कक्षपती बताउनुहुन्छ "हामी महिला साह्रै दुःख पाएका छौं पहिला धारा आँउदा धेरै खुसि भएका थियौं तर अहिले बिहानभरि धारा धारा घुमेर एक दुई खेप पानी ल्याएर परिवारलाई पकाएर खुवाउनु परेको छ पानीको कसैले उपलब्ध गराई दिए पनि साह्रै धर्म लाग्ने थियो ।"
२७ बर्ष अघि निर्माण भएको खानेपानी योजनाले अहिले कति समाधान भएहोला हामी सहजै अनुमान गर्न सक्छौं १२०० उपभोक्ता ८७ धारा त्यो पनि अस्थायी वासिन्दा वाहेक कति होला पिडा राज्यले ध्यान दिन नसकेले अहिले यो समस्या भएको बताउनु हुन्छ वामि खानेपानी योजनाका सचिव योगेन्द्र श्रेष्ठ - ूहाम्रो पुरानै बामि खानेपानी योजना साचालन भएको छ जसमा करिब १२०० उपभोक्ता र ८७ धारा रहेका छन तर समस्या ज्यूँ का त्यूँ अव यो समस्या समाधान गर्न उपभोक्ता आँफै कस्सिएर लागेका छौं तर राज्यको यहाँ आँखा नपरिदिँदा उपभोक्ता सधैं मारमा परीरहेका छौं यसलाइ वृहतरुपमा अगाडि लैजानको लागि सरकारले ध्यान दिनु जरुरि छ ।

वामि खानेपानी योजना दोश्रो स्किम चारवर्ष अघि सुरु भएपनि अहिले सम्म सम्पन्न हुन सकेको छैन । बजारमा धारा वनेको पनि एक वर्ष बितिसक्यो तर पानी आउने सुर सारै छैन किन यति ढिलो भएको त वामि खानेपानी योजना दोश्रो स्किमका अध्यक्ष सुर्दशन शाक्य यसको "मुख्य कारण जिल्ला केन्द्रसंग समन्वय गर्न नसक्नु र मुलको किटान हुन नसक्नु तथा मुलमा विबाद हुनु नै हो । अहिले यो बिवाद टुङ्ग्याएर यसको समस्या समधान तर्फ लागेका छौं ।" त्यसो भए कहिले सम्म समस्या समधान होला त पुःन अध्यक्ष शाक्य "यसको समधानको लागि टप फाइप मा पारॆर इलाका र जिल्लामा गएका छौं अहिले सम्पुर्ण मिलेर यसको समाधान गर्ने निर्णय गरेका छौं त्यसैले ३ बर्षसम्म जिल्लासंग समन्वय गरेर कुनै एनजिओसंग मिलेर भएपनि पनि आर्थिक सहयोग संकलन गरेर ३ बर्ष सम्म खानेपानी समस्या समधान गर्छौ वामि बासी ढुक्क भए हुन्छ ।"
जलस्रोत को विश्वमैदोश्रो धनी देश नेपाल कै धेरै बासिन्दा शुद्ध खानेपानी वाट बिाचत छन् । यसै समुहमा परेका छन् वामिका बासिन्दाहरु । नयाँ खानेपानी योजना निर्माणको लागी नयाँ उपभोक्ता समिति गठन गरिसकिएको छ र दर्ता प्रकि्रया जारिरहेको बताइएको छ । वामि खानेपानी योजना दोश्रो स्किम को ३७ धारा निर्माण भएका छन् टंकी निर्माण भैसकेको छ तर पानी आएको छैन । जिल्ला विकास समितिको सहयोगमा चैत्र मसान्त सम्ममा धारामा पानी आउने र ७५ प्रतिसत समस्या समाधान हुने बताइएको छ त्यो कत्तिको कार्यान्वयन हुनसक्ला हेर्न वाँकी नै छ खानेपानी जस्तो विषयमा सम्बन्धित पक्ष अलि जिम्मेबार वन्नु पर्छ कि ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग