Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिवर्तन: त्यसैले त तिमी......

Published on 1:32:00 AM //


-दिलिप कार्की

मेरो सानो झुपडिको बास मन परेनहोला,
त्यसैले त ठुला ठुला महल रोज्यौ ।
दाउरा बाल्ने चुलो मन परेनहोला,
त्यसैले त अटोमेटिक ग्यास खोज्यौ ।।



मट्टितेलमा बाल्ने टुकी मन परेनहोला,
त्यसैले त शहरको उज्यालो बिजुली रोज्यौ ।
चोखो माया शिवाय के नै थियो र तिमीलाई दिन,
त्यसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।।

पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला,
त्यसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ ।
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
त्यसैले त तिमीले धन माथि नाता जोड्यौ ।।

गुन्द्रुक र ढिँडो तिमीलाई मन परेन होला,
त्यसैले त पिज्जा, बर्गर अनी बियर व्हिस्की रोज्यौ ।
यिनै यिनै चिज नपुग रहेछ र पो म मा,
तिमी र म बिचको नाता सधैंका लागि तोड्यौ ।।

गुल्मी, बडागाउँ - ९
हाल : साउदी अरेवीया

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग