Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘गर्लफ्रेन्ड’का पतिले कुटे भुवनलाई बीच सडकमै

Published on 12:43:00 AM //


सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् ।
पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए ।
भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन भने भुवन फ्रन्ट सिटमा थिए । तर उनीहरुको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो । गाडी नजिकै पुगेपछि मोटरसाइकलमा सवार पुरुषले चिच्चाउँदै गाडी रोक्न भने । तर शर्मिलाले गाडी रोक्न मानिनन् । अन्ततः ती पुरुषले गाडीलाई ओभरटेक गरे र अगाडी लगेर मोटरसाइकल तेर्साए । अब भने शर्मिलाले गाडी नरोकि सुखै भएन् ।
मोटरसाइकलबाट ओर्लिएपछि ती पुरुषले हेल्मेट निकालेर गाडीको सिसा फोर्न खोजे । त्यसपछि भुवनले गाडीको सिसा खोले । सिसा खोलेपछि शर्मिलाका पतिले भुवनको कपाल भुत्लाउँदै हेल्मेटले उनको टाउकोमा हानिरहे । गर्लफ्र्रेन्डका पतिले यसरी तथानाम नाम गाली गदर्ैै मुक्का हानिरहँदा पनि भुवन सामान्य प्रतिकार गर्नेबाहेक अरु केही गर्न सकेनन् । यतिबेलासम्म त्यहाँ भीड जम्मा भइसकेको थियो । भुवनले भने यो बेफकुफ हो, यो पागल हो भन्दै कराईरहेका थिए । डंगोलले भने आफ्नो सम्पत्ति हडप्न श्रीमतिको पछि लागेको भन्दै अश्लिल गाली गरिरहेका थिए ।
त्यही शर्मिलाका पतिले शर्मिलालाई समेत दुई चार झापु दिइसकेका थिए । करिव १५ मिनेटको द्वन्द्वपछि भुवन त्यहाँबाट कोटेश्वर चोकतिर भागे । शर्मिलाले हाँकिरहेको गाडी डंगोल दम्पतीकै रहेछ । घटनाका प्रत्यक्षदर्शी बालकोट निवासी राजन ढुंगानाका अनुसार त्यसपछि डंगोलले हातमा हेलमेट लिएर पहिले भुवन बसेकै सिटमा बसे । डंगोलले पत्नीलाई सम्झाउन खोजेपनि शर्मिला भने होस उडेको अबस्थामा थिइन, उनी केही पनि सम्झन सक्ने अबस्थामा थिइनन् ।
उनी भागिसकेपछि प्रहरी पनि त्यहाँ पुग्यो । सुरुमा त दुर्घटना भएर भिडभाड भएको हो कि भनेर प्रहरी अलमलियो पनि । पछि डंगोल दम्पती र गाडीलाई कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय पुर्‍याइयो । शर्मिलाको लाइसेन्सबाट उनीहरु पतिपत्नी रहेको प्रमाणित भएपछि प्रहरीले छाडिदिएको थियो ।
महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक प्रेमराज जोशीले भने सामान्य पति-पत्नीको झगडा भएकाले छाडिएको बताउनुभयो । प्रहरी पुग्दा कुटाइ खाने ब्यक्ति भागिसकेको र डंगोल दम्पतीले पछि मान्छे पठाएर गाडी फिर्ता लगेको जोशीले जानकारी दिनुभयो । भुवन केसी भने यो घटनापछि मिडियाको सम्पर्कमा आएका छैनन् ।
शर्मिलाका दुई छोरी र श्रीमान छन् । केही दिनअघि ललितपुर प्रहरीको रोहवरमा भएको छलफलमा शर्मिला र उनका पतिवीच सम्बन्ध बिच्छेद गर्ने सम्पत्ति अंशबण्डा गर्ने सहमति भएको थियो । डंगोलको अधिकांश सम्पत्ति पत्नी शर्मिलाकै नाममा भएकाले प्रहरीले उनका बैंक खाता रोक्का गर्ने प्रकृया समेत थालेको छ ।
(स्रोत: अन्लाईन पत्रीका डट कम)


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग