Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैसा दिनुस्, युवतीसँग डेटिङ जानुस्

Published on 1:49:00 PM //


पैसामा माया किन्न सकिदैन भन्ने कथन अब गलत सावित भैसकेको छ । बजारमा पैसा तिरेपछि छानीछानी राम्री युवतीसँग डेटिङ जान पाइने भएपछि चोखो प्रेम कल्पना र साहित्यमा मात्र सिमित हुने स्थिती आएको छ । यहि होला सायद कलियुग भनेको । विवादित अमेरिकी डेटिङ वेबसाइट ‘हृवाट्स योर प्राइस डटकम’ मा पैसा तिरेपछि आफूले भनेजस्तो सुन्दरीसग घुम्न पाइन्छ ।
सिंगापुरमा जन्मेका ४० वषिर्य बैण्डन वेले गत पाच वर्षदेखि उक्त साइट सञ्चालन गर्दै आएका छन् । संसारभर १ लाख भन्दा बढी सदस्य रहेको यस साइटमा डेटिङ गर्न चाहने र डेटिङको लागि मनपर्ने युवतीसँग जान चाहने ग्राहकहरु गरी दुई समूहमा बर्गिकृत गरिन्छ । जब डेटिङ तय हुन्छ, दुबै जना घुमफिर या रमाइलो गर्न जाने गर्दछन् । सेवा वापत ग्राहकले तिर्ने रकमको ५ देखि १० प्रतिसत कमिसन लिने गरेको सञ्चालक बैण्डनले बताए । यस साइटबाट पुरुष र महिला दुबै लाभान्वित भएको उनले दाबी गरेका छन् । बैण्डनका अनुसार आफ्नो पहुचभन्दा माथिको सु्न्दरीसँग डेटिङ जान पाइने हुदा पुरुषहरु खुसी छन् भने युवतीहरुलाई पनि भावी जीवन साथी चुन्न पाउने अवसर रहेकाले सन्तुष्ट छन् ।
यस्तो डेटिङ साइट चलाउने जुक्ति कहाबाट आयो ? भन्ने प्रश्नको जवाफमा बैण्डनले भने- ‘यो मेरै डेटिङ अनुभवको उपज हो । एक एसियाली पुरुष भएकोले मलाई अमेरिकामा डेटिङ गर्न निकै मुस्किल हुन्थ्यो । मैले केहि डेटिङ एजेन्सी र वब साइट पनि धाए, तर निराशा सिवाय केहि मिलेन । कुनै युवतीलाई इम्प्रेस गर्न मैले दुई घण्टा समय पाउन सकिन भने यो समस्या अन्य पुरुषहरुको पनि हो भन्ने मलाई लाग्यो । अनि यो साइट चलाए ।’
केहिले यसलाई वेश्यावृति भन्छन् नि भन्ने आरोपको बैण्डनले ठाडो खण्डन गरे । कसैसग डेटिङ जादैमा सेक्स नहुने हुदा यो वेश्यावृति नभएको उनले ठोकुवा गरे । उक्त साइटको अलवा उनले सिकिङअरेन्जमेन्ट डटकम र सिकिङमिलिओनायर डटकम पनि सञ्चालन गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग