Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 12:06:00 AM //

-अशोक गौतम क्षितिज

खेती पाती गर्नु पर्दा एक्लै वेशी नझरे
वर्षा लाग्यो साउने भेलमा खोली नतरे ।

तिम्रो माया साथमा लिई टाढा आए प्रदेशमा
आफ्नो ख्याल गर्नु धेरै मेरो चिन्ता नगरे।

समय मै तलव पाए अर्को महिना पठाउछु धन
त्यो डल्ले साहुको रिण तिरे व्याज मा नपरे ।

पानी पर्दा खरको छानो चुहिन्छ होला धुरी वाट
टाल टुल गरी वस्नु घरै अन्त वसाई नसरे ।

अझै दुई वर्ष जती लाग्न सक्छ म फर्किन
कठोर मन गरी वस्नु सानु डर्दै नडरे ।

रुनलाई त जुन पनि रुन्छ अरे अंधेरीमा
मेरै यादमा कल्पिएर आंखामा आंशु नभरे ।

मर्ने वांच्ने कसैको नि ठेगान छैन यो ठांउमा
वांचे भेट होला सानु म यतै नमरे ।




पौंदीअमराई -३ गुल्मि
(वुटवल, संकरनगर- शारदा स्कुल)
हाल- खाडी मुलुक.......वाट

1 comment

  1. cfp x} Kof/f rf8} 3/,
    a;]ls5" ltd|} cfzfdf ...
    wDsLvfb} ;fx'” x?sf],
    x'sf{o5" afn aRrf plx k"/fgf] afzdf ...
    s]fv g} 6f9f eof] v} d]/f] t,
    ?b} oL aRrfx"?sf] zfydf ....

    Df]nf kftf u/]ls 5' Tf8\kL8} ltd|} ofbdf,
    cftLg} ;tfp5 Sof/] ofbn] cfz'” v;fNb} eftdf ...
    ltd|} k|ltIffsf} 38L x]b}{,
    aRrfx? ;dfNb} cw]/L /ftdf ....

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग