Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पार्थिव सरीर रक्सीमा डुबाउने धोको

Published on 10:55:00 PM //


व्यक्तिका इच्छा पनि अचम्मका हुन्छन् । बाँचुन्जेल ती इच्छा पूरा गर्न व्यक्ति आफै प्रयासरत रहन्छ तर मरेपछिका इच्छा पूरा गरिदिउन् भनेर ऊ जिउँदो छँदै अरुलाई गुहारेको हुन्छ । कतिले मरेपछि अंगदान दिने इच्छा गरेको हुन्छ त कतिले आफ्नो शरीरलाई प्रयोगशालामा दिने इच्छा गरेको हुन्छ । त्यस्तै हिन्दु परम्परामा कसैकसैले आफ्नो शवदाह फलानो घाटमा गरियोस् भनेर पनि इच्छा राख्दछन् । एकजना हलिउड अभिनेताले भने निकै अनौठो इच्छा व्यक्त गरेका छन् ।
हलिउड अभिनेता जनी डेपले आफु मरिसकेपछि आफ्नो शवलाई रक्सीको भाँडोमा डुबाउन आग्रह गरेका छन् । आफ्नो पार्थिव सरीरलाई लामो समयसम्म नकुहाउनका लागि डेपले रक्सीमा डुबाउने इच्छा जाहेर गरेका होइनन् आफुप्रति श्रद्धान्जली दिन आउने मानिसले सोही रक्सी खाएर शोक भुलुन् भन्ने उनको इच्छा रहेछ ।
यसैबीच अभिनेता डेपले आफ्नो पछिल्लो फिल्म दी रम डायरीको व्यवसायिक सफलताको बारेमा आफुलाई कुनै परवाह नरहेको बताएका छन् । कम पैसा आर्जन गरेपनि फिल्मले दर्शकमाझ प्रभाव छाड्ने उनको दाबी छ । २८ अक्टोबरमा रिलिज भएको फिल्म दी रम डायरीले अमेरिकी बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । यो फिल्मको हिन्दी अनुवाद पनि सार्वजनिक भैसकेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग