Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 11:02:00 AM //




-रेशम श्रीस

बिना गोली ढलेँ म
बिना आगो जलेँ म

भो नलाउ दोष अरु
बचनैले गलेँ म

झरेको पात झैँ हेर
बिना लक्ष्य चलेँ म

खडेरीको डढेलो झैँ
दनदनी बलें म

नजिक हुनु पर्दैन
छाया आफ्नै छलेँ म

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग