Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक बर्षमा ४० लाखका ब्रा र कट्टु किन्छिन् ओबामा

Published on 4:34:00 PM //


अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी अर्थात् अमेरिकी पहिलो पहिला मिचेल ओबामाले गरगहना, सिंगारपटार वा लुगाफाटोमा खासै खर्च गर्छिन् जस्तो देखिँदैन । किनकी उनको पहिरन निकै साधारण हुन्छ । त्यसैले विश्वकै सबैभन्दा शक्तिशाली मान्छेकी श्रीमती पनि कति सिम्पल ? भनेर धेरैले भन्ने गर्छन् । तर यदि मिचेलको खास खर्च थाहा पाउने हो भने तपाइँ झसंग हुनुहुन्छ ।
अरु लुगाफाटो वा व्यक्तिगत उपयोगमा उनले कति रकम खर्च गर्छिन् भन्ने कुराको सबै हिसाबकिताब त निकालिएको छैन तर उनले ब्रा र पेन्टीमा मात्र गरेको खर्च सुन्दा समेत हामी जिब्रो टोक्न बाध्य हुन्छौँ ।
मिचेल ओबामाले ब्रा र पेन्टीमा मात्र वर्षको ५० हजार डलर वा झण्डै ४० लाख रुपैयाँ खर्च गर्ने गरेकी छिन् । अझ बुझ्ने अर्थमा भन्दा हाम्रो नेपालमा एउटा सामान्य गाउँ भरीका परिवारलाई वर्षभरीको लागि घरखर्च पुग्ने रकम मिचेल ओबामाले ब्रा र पेन्टी किन्नमा खर्च गर्छिन् ।
मिचेल ओबामाले भित्री वस्त्रका लागि मात्रै वर्षमा यतिधेरै रकम खर्चिन्छिन् भन्ने कुरा उनले गएको वर्ष सन् २०११ मा अमेरिकाको म्यानहटनमा रहेको एक बेलायती भित्री वस्त्र उत्पादक कम्पनीको एजेन्टमार्फत गरेको खरीद सूचिको आधारमा पत्ता लागेको हो । उनले म्यानहटनको म्याडिसन एभेन्युबाट आफुलाई चाहिने भित्री वस्त्र खरिद गर्ने गरेकी छिन् ।
अझ अचम्मको कुरा त के भने मिचेलले यतिधेरै ब्रा र पेन्टी खरिद गरेपनि गएको वर्ष कम्पनीको बिक्री १२ प्रतिशतले बढेको छ । स्मरण रहोस् मिसले ओबामासँगै कतारकी रानी शैख मोजाहाले पनि कम्पनीबाट ठूलो परिमाणमा ब्रा र पेन्टी किन्ने गरेकी छिन् ।
अन्लाईन खबरबाट साभार 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग