Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुल्य बृदिको बिरोधमा आन्दोलन, प्रहरी-विद्यार्थी झडप (फोटोहरु)

Published on 1:49:00 PM //

पाण्डव गौतम 
बजारमा ग्यासको चरम अभाव हटाउनुपर्ने, बाबुराम सरकारले इन्धनमा गरेको मुल्य बृद्दी पूर्ण रुपमा फुर्ता गर्नुपर्ने  र विद्यार्थीलाई खान पकाउने ग्यास, इन्धन लगायतमा सहुलियत प्रदान गर्नुपर्ने माग राख्दै विद्यार्थीले गरेको आन्दोलनले आज बिहान त्रिचन्द्र क्याम्पस र घण्टाघर आसपास क्षेत्र तनाबग्रस्त रह्यो । आज बिहानै देखी अनेरास्वबियुले त्रिचन्द्र क्यम्पसमा गरेको बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछी विद्यार्थीहरुले ढुङ्गामुढा सुरु गर्दा बिहान करीब ३ घण्टा घण्टाघर आसपासमा तनाब सिर्जना भएको थियो । बिरोध कार्यक्रम पश्चात कोण सभामा बोल्दै विद्यार्थी नेताहरुले मुल्य बृदि फिर्ता नभए सम्म आफुहरुको आन्दोलन जारी रहने र आफ्नो मागलाई बेवास्ता गरेमा आगामी दिनमा अझ सशक्त आन्दोलन गर्दै जाने बताएका थिए ।    






(सम्पूर्ण फोटोहरु गुल्मीन्युज सहयोगी पाण्डव गौतमले खिच्नुभएको हो ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग