Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिन्नता

Published on 10:42:00 AM //


-"निराश बिरही" रेशम श्रीस 

उस्तै हुन् आकाश
उस्तै हुन् वतास
फरक छन् त केवल
आफ्ना र आफ्नोपन
अनी आफन्तको काख

उस्तै छन् बस्ती
उस्तै छन् जमात
फरक छन् त केवल
भाषा र संस्कार
अनी देशको आभास

उस्तै हो पानी
उस्तै हो तिर्खा
फरक छन् त केवल
यसका स्वाद
अनी पानीको मिठास

उस्तै छ धरती
उस्तै छ बाटो
फरक छ त केवल
बनोट र समाज
अनी माटोको सुबाश

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग