नेपाल अल्पविकसित देशहरुको संयोजकमा चयन
Published on
8:24:00 PM //
नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन भएको छ ।

हाल सो समूहमा ४८ देश रहेका छन् । सो समूहले खासगरी जलवायु परिवर्तनबाट परेका समस्यालाई कम गर्न सामूहिकरुपमा नीति निर्माण गरी लागु गर्ने र जलवायु परिवर्तनमा विकसित मुलुकले पारेका असरका विरुद्ध सामूहिकरुपमा सौदाबाजी गर्नेछ ।
संयोजन कार्यलाई थप प्रभावकारी बनाउन वतावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष देशहरुको सम्मेलन, सहायक सम्मेलन, सहायक अङ्गहरु तथा तदर्थ समूहरुको औपचारिक तथा अनौपचारिक बैठकमा भाग लिनका लागि मुख्य वार्ता टोलीको चयन गरिसकेको छ । रासस