Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पा दुर्घटनाका मृतकको रिडीमा अन्त्यष्टी (फोटो फिचर)

Published on 8:25:00 PM //

प्रेम सुनार
बैशाख, ११ गुल्मी । हिंजो पाल्पामा भएको सवारी दुर्घटनामा मृत्यु भएका किष्ट बैंकका डाईरेक्टर गुल्मी हस्तीचौर ७ निवासी ज्ञानबहादुर जि.सी., पुर्व मन्त्री गोकर्ण विष्टकी भाई बुहारी सहित एकै परिवारका चार आफन्तको आज गुल्मीको रिडीमा एकै साथ अन्त्यष्टी गरिएको छ ।
पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण विष्टकी भाई बुहारी तथा प्रेस चौतारीका पुर्व अध्यक्ष गगन विष्टकी धर्म पत्नी लता विष्ट, ज्वाँई ज्ञानबहादुर जिसी, उनकी १० वर्षिया छोरी आश्था जि.सी र रामबहादुर जिसीको रिडी घाटमा एकै साथ अन्त्यष्टी गरिएको हो ।
शोक सभाका क्रममा श्रद्दान्जलीका लागि राखिएका शबहरु । तस्बिर: रुरु नेटवर्क 
अन्त्यष्टी स्थलमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिपकुमार ज्ञवाली, लुम्विनी अञ्चल ईन्चार्ज छविलाल विश्वकर्मा, अर्का केन्द्रिय सदस्य ठाकुर गैरे लगायतका केन्द्रिय सदस्यहरु, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, पुर्व महासचिव विष्णु रिजाल, प्रचार विभाग महासचिव सुर्य थापा लगातका नेताहरुको सहभागिता थियो ।

मृतकहरुप्रति श्रद्धञ्जली अर्पण गर्दै नेता प्रदिपकुमार ज्ञवालीले पुर्व मन्त्री विष्टको परिवारमा दैबले एकै साथ ठुलो बज्रपात गरेको वताए । नियति कति क्रुर र कठोर हुँदो रहेछ जस्ले एउटै परिवारका चार जनालाई एकै साथ छिनेर लग्यो भन्दै ज्ञवालीले गला अवरुद्ध पारेका थिए । ‘आज यति धेरै पाहुनाहरु विष्टका बुवा, आमाको चौरासी पुजा मान्न जाउँला भनेका थियौ’, उनले भने ‘पुजाको त्यो रौनक आज यस्तो दर्दनाक पिडामा परिणत होला भन्ने कसलाई के थाह ?’ श्रीमति लताको अन्तिम चेहरा नियाल्न पुगेका पत्रकार गगन बेहोस अवस्थामा पुगेका थिए । पुर्व मन्त्री विष्ट, जिसी परिवार सबै भाव विवहल थिए ।
आज विष्टका बाबु आमाको एकै साथ गरिने भनिएको चौरासी पुजाका लागि त्यो परिवार दोहली स्थित घर आउँदै गर्दा हिजो पाल्पामा दुर्घटनामा परि मृत्यु भएका थिए । यतिबेला विष्टको दोहली र जिसीको घर हस्तीचौर शोक मग्न भएको छ । नेकपा एमाले गुल्मीले अन्त्यष्टी स्थल रिडीमा श्राद्धाञ्जली सभा गरेको थियो । शोक सभामा सबै दलका नेताहरु सहभागि थिए ।

हेरौं शोक सभास्थलबाट गुल्मीन्युज सहयोगी प्रेम सुनारले खिच्नुभएका भाव-बिव्हल आफन्तजन र मृतकहरुका तस्विरहरु:












यो पनि पढौ ।
चौरासी पूजामा जुटेको गाउँ शोकमा, यज्ञमण्डप भत्काइयो

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग