Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ्गका कारण दुईको मृत्यु, पाँच घाईते

Published on 12:06:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ७ वैशाख । शुक्रवार गुल्मीमा परेको चट्याङ्गका कारण दुई जनाको मृत्यु भएको छ भने अन्य थप जाँच जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा गुल्मी गौडाकोट गाविस ७ निवासी शेर वहादुर विश्वकर्माको ८ महिनाको एक वालक र हाडहाडे गाविस ७ घोस निवासी १३ वर्षीय वालीका वषन्ती काउछा रहेका छन् ।
शुक्रवार वेलुकि अविरल वर्षासँगै परेको चट्याङ्गका कारण उनीहरुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ्गका कारण घाईते हुनेहरुमा गौडाकोट गाविस ७ निवासी शेर वहादुर विक,दुविचौर २ निवासी मञ्जु पुन, हाडहाडे गाविस ७ निवासी नमकला श्रीस, रुद्र वहादुर श्रीस र जैसिथोक गाविस ५ निवासी विजय घम रहेका छन् । घाईतेहरु मध्य एक जनाको अहिले जिल्ला अस्पताल तम्घास र अन्यको पाल्ला स्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग