Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुविचौरमा भिषण असिना, हिउँदे वाली पूर्ण रुपमा नष्ट

Published on 12:28:00 PM //


प्रेम सुनार
बैशाख ७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको छिमेकी गाविस दुविचौरमा सम्भवत: अहिलेसम्मकै ठुलो क्षति हुने गरी हिजो साँझ असिना पानी परेको छ । स्थानिय ७० बर्षिय बृद्धहरुले समेत त्यति ठुलो असिना पानी परेको आफुहरुले नदेखेको बताएका दुविचौर ८ वडा नागकि मञ्चका अध्यक्ष कृष्णबहादुर बस्नेतले गुल्मीन्युज डट कमलाई बताउनु भयो ।
‘तरकारी खेती सहित अन्य हिउँदे बाली पुरै नस्ष्ट भएको छ, मकै छर्नका लागि जोतिएको बारी असिना पानीले बगाएर वगरमा परिणत भएको छ’ बस्नेतले भन्नुभयो, ‘खेतमा स्याहर्नका लागि तयारी गहुँ वाली पुरै नस्ट भएको छ ।’ ‘दुविचौर ८, ९ र सिमिचौर ६ मा बढी क्षति हुने गरी असिना परेको उहाँले बताउनुभयो । राती अवेरसम्म दुई फिट सम्मको असिना जमि रहेको थियो । भर्खर बनाउँदै गरेका घर समेत चर्किने भत्कीने अवस्थामा छन्’ उहाँले थप्नुभयो ‘तम्घासमा २०६२ सालमा परेको असिना सबै भन्दा ठुलो मानिन्छ त्यो भन्दा पनि ठुलो असिना दुविचौरमा हिजो प¥यो ।’ ब्यबसायिक तरकारी खेती गर्नेहरुको लाखौ वरावरको क्षति भएको छ । ब्यवसायीक तरकारी खेती गर्नु भएका बस्नेत स्वंयको मात्रै २५ सय तरकारीका बेर्ना नस्ट भएका छन् । अन्य कृषकहरु सहित तरकारी खतीबाट मात्र १२ लमख भन्दा क्षति भएको छ अन्यको त लेखाजोखा नै गर्न सकिएको छैन बस्नेतले भन्नु भयो । गत वर्ष बाढी पहिरोले पनि त्यहाँका कृषकले ठुलो क्षति बेहोरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग