Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चुनाव बहिष्कार अभियानलाई तीव्रता दिँदै नेकपा-माओबादी

Published on 4:16:00 PM //

संगिता कुँवर
असौज ११, २०१३ । नेकपा–माओबादी गुल्मीले चुनाव बहिष्कार अभियानलाई तीव्र पारेको छ । माओबादीले शुक्रबार गुल्मीको छापहिलेमा अवस्थित जमलपोखरा माध्यमिक बिद्यालयमा पनि चुनावी बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा माओबादीका राज्य समिति सदस्य टेकराज पोख्रेलको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा जनस्वयमसेवक गुल्मीका अध्यक्ष खिम खड्काको बिषेश आतिथ्यता, अखिल क्रान्तिकारीका अध्यक्ष सुरेन्द्र नेपाली, राज्य समिति सदस्य भिषण, राष्ट्रिय युवा जनस्वयंमसेवक गुल्मीका सचिव आरसि अर्याल लगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रम नेकपा माओबादी राज्य समिति सदस्य दुजुमान पुनको अध्यक्षता तथा बोम बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा माओबादी नेताहरुले चुनावमा भोट माग्न आउने नेतलाई लखेट्न अनुरोध गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग