Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उम्मेदवारी नपाए पार्टी छाड्ने एमाओवादी नेताको घुर्की

Published on 4:33:00 PM //

प्रेम सुनार
असौज १२, गुल्मी । एकिकृत नेकपा माओवादीका केहि नेताहरुले उम्मेदवारी नपाए पार्टी छोड्ने घुर्की दिन थालेको सो पार्टीको मुख्यालय श्रोतले बताएको छ । कतिपयले प्रत्यक्ष उमेदवारी र कतिपयले समानुपातिकमा नपर्ने भएपछि पार्टी छाड्ने घुर्की दिएको बताईएको छ । त्यस मध्ये गुल्मीका पनि केहि नेताहरु रहेको श्रोतले जानकारी दियो ।
ति नेताहरुले काठमाण्डौंबाट नेकपा–माओवादीका राज्य समिति स्तरका कार्यकर्ताहरुसंग रातभरी जसो र आज विहान सम्म फोनमा लामो कुराकानी गरेको जिल्ला ईन्चार्ज बिरबहादुर कार्कीले बताए ।
काठमाण्डौ पुगेका एमाओवादी जिल्ला ईन्चार्ज सुदर्शन बरालसंग सम्पर्क राख्दा अहिले मिटिङ्गमा रहेको भन्दै पछि कुरा गर्ने बताए । उता पार्टी कार्यालय नै शुन्य पारेर काठमाण्डौ पुगेका कांग्रेस नेताहरुमा पनि टिकटका लागि घम्साघम्सी चलेको बताईन्छ । सुरुमा जिल्लाबाट धेरै कांग्रेस र थोरै मात्रमा एमाले, एमाओवादी नेताहरु काठमाण्डौ पुगेको भए पनि एकाएक एमाओवादी नेताहरु अस्ती र हिजो काठमाण्डौं पुगेका छन् । को कसले टिकट पाउने हुन ? यस्ता चर्चा परिचर्चाले सदरमुकाममा चुनावी सरगर्मी बढको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग