Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासबाट ठूलो परिणाममा अवैध मदिरा वरामदपछी नष्ट (फोटो)

Published on 6:12:00 PM //

जनार्दन घिमिरे
गुल्मी १२, असोज । चाडपर्वहरु नजिकिदै जादा गुल्मीमा प्रहरी प्रशासनले वजार अनुगमनलाई तिव्रता दिएको छ । जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले वजार अनुगमनको क्रममा घरेलु मदिरा उत्पादन र अखाद्य वस्तु तथा पेय पदार्थको विक्रि वितरणमा रोक लगाएको छ ।

अनुगमनको क्रममा जिल्ला सदरमुकाम तम्घासमा करिव चार सय लिटर घरेलु मदिरा र उक्त मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा सामग्रिहरु समेत वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरि म्याद नाघेका तीन सय थान भन्दा वढी कोक, स्प्राईड, फेन्टा, पेप्सी, फ्रुटी तथा ३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । अनुगमनको क्रममा वजारमा यस्ता प्रकारका अवैध मदिरा उत्पादन र त्यस्को विक्रि वितरण वढ्दै गएको हुँदा अनुगमनलाई तिव्रता दिएको प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले वताउनु भएको छ ।
अनुगमनको क्रममा गत साता गुल्मीको रिडीमा पनि यस्ता प्रकारको अवैध मदिरा र उक्त मदिरा उत्पादनमा प्रयोग हुने सामाग्रिहरु समेत वरामद गरेको थियो । यस्ता प्रकारका वस्तुहरुको उत्पादन र विक्रि वितरण वन्द नहुँदासम्म वजार अनुगमन जारी रहने र पटकपटक वेवास्ता गरेमा थप कार्वाही प्रक्रिया अघि वढाईने पनि लम्सालले जानकारी दिनु भएको छ । चाडवर्पमा हुन सक्ने कालो बजारीलाई नियन्त्ररण गर्नका लागि सवैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग