Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अ.ने.म.संघको तिजमा खासै देखिएन तडक भडक र गहना प्रदर्शन (फोटो फिचर)

Published on 5:40:00 AM //

प्रेम सुनार
भदौ १५, गुल्मी । तिज गीतमा नारी वेदना भन्दा पनि तरुनी तन्नेरी विच माया प्रेमका दोहरीमा नाच्ने र गहना कपडा बढि प्रदर्शन गर्ने होड चलिरहेको बेला अखिल नेपाल महिला संघ गुल्मीले भने त्यसलाई कम गर्ने प्रयासमा जुटेको पाईयो । उसले हिजो शनिबार सदरमुकाम तम्घास ८ को साखिने डाँडामा आयोजना गरेको तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो महशुस गर्न सकिन्थ्यो । एकाध अन्य सर्वसाधारण अतिथी दिदी बहिनीहरु बाहेक संघका सक्रिय कार्यकर्ताहरु साधरण पहिरनमा देखिन्थे । छड्के तिलहरी, सुनको हार,  सुनको चुरा विना पनि तिज गीत नाचको रौनकतामा कमि आउँदो रहेनछ भन्ने महसुस् गर्न सकिन्थ्यो त्यहाँको माहौल देख्दा ।

समयको परिवर्तनसंगै नव युवातीहरुले पुगे सरी कुर्ता, साडी लगाउनु, कानमा झुम्का र पुगेसम्म परम्परागत गहना केशमा क्लीप सिउरीनुलाई गहना प्रर्दशनका रुपमा लिएर आलोचना गर्नु अति हुन सक्छ । त्यस कार्यक्रममा बढिमा ति गहना बाहेक छड्के तिलहरी, सुनको हार, सुनको चुरा लगाउने महिलाहरु यो समचारदाता पुगेर फर्किने बेला सम्म देखिँदैनथे ।
केहि वर्ष अघि सम्म परपरागत साँस्कृतिको  संरक्षण गर्ने नाममा गहना कपडा प्रदर्शन गरेर विपन्न महिलाहरु त्यस्ता तिज गीत कार्यक्रममा सहभागि गराउन नरुचाउने गरेको आलोचना संञ्चार माध्यमहरुमा आएर पनि हुन सक्छ अनेमा संघ गुल्मीले यस बर्ष त्यस खालको कार्यक्रम गरेको । कार्यक्रममा संघकी अध्यक्ष ललिता गौतम, अन्य सदस्यहरु सिता भुषाल, जानकी गौतम, विष्णु बिश्वकर्मा लगायत नै एकदम साधरण पहिरनमा सहभागी भएर त्यसको उदाहरण दिईरहेका थिए । ब्यापक महिलाहरुको सहभागिता संगै दर्शक पुरुषहरुको संख्या पनि बढि भएकोले चुनावी चहल-पहलको बेला तिज गीत कार्यक्रमकी ? शक्ति प्रदर्शन ? यस्तो सवाल पनि उठाउन सकिन्थ्यो ।
कार्यक्रममा महिलाहरु नाच्ने पालो नपाएर आ–आफ्नै समुहमा नाच जमाई रहेका थिए । माउ पार्टी एमालेका पुरुष नेता कार्यकर्ता खिर, अचार बनाउँदै र बाँड्दैमा ब्यस्त देखिन्थे । आजकालको डेटिङ्ग स्पटको रुपमा बिकसित हुँदै गएको साखिने डाँडा अबेर साँझ सम्म तिजको डाँडामय बनिरहेको थियो । एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डे नाच्न लजाउँदा लजाउँदै पनि महिलाहरुले तानी तानी नचाई रहेका थिए । तर त्यस कार्यक्रममा भने पुरुष कार्यकर्ता र महिला कार्यकर्ता एक साथ नाचेको देखिएन ।
कार्यकर्ता साथीको नाममा अर्काकी श्रीमतिसंग पिठ्युँ जोडेरसंगै नाच्ने आजकलको चलनलाई पश्चिमेली छाडा सँस्कृतिको रुपमा लिने गरीन्छ । जे होस विभिन्न संगठनका महिलाहरुले नै आयोजना गरेका तिज गीत कार्यक्रममा त्यस्ता विकृति, तडक भडकले प्रसय पाईरहेका बेला अनेम संघ गुल्मी भने यसपालीको तिज गित कार्यक्रमबाट त्यस्तो आलोचनाबाट बचेको सहभागी अन्य पत्रकाहरुको पनि मुल्यांकन थियो । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले भने, "आजको कार्यक्रममा भने त्यस्तो तडक भडक कम देखियो ।" हरेक राजनैतिक दलका नेतृहरुले यस्तै कम भन्दा कम तडक भडकको कार्यक्रममा प्रतिष्पर्धा गर्न सके साँचो अर्थमा हरितालिका तिज सवै तहका महिलाहरुको महान पर्व बन्न सक्छ ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग