Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"विग्रदो राजनिति सुधार्न मेरो सहभागिता अनिवार्य": विष्ट

Published on 1:44:00 AM //

गगनशिला खड्का
गुल्मी, कार्तिक ११ । नेकपा एमालेका निर्वाचन क्षेत्र न ३ का प्रत्यक्ष उम्मेद्वार गोकर्ण विष्टले नेपालको विग्रदो राजनितिक अवस्था सच्याउनको लागि भएपनि संविधान सभामा आफ्नो उपस्थिीति अनिवार्य जस्तै रहेको बताउनुभएको छ । उहाँले विगतमा राष्ट्रिय राजनितिमा आफुले खेलेको भुमिका र २०६४ को संविधान सभाको मस्यौदामा एमालले राख्ने अडानका विषयमा पनि भुमिका निर्वाह गरेको बताउनुभयो ।
विष्टले हारेको समयमा त त्यस्तो खालको भुमिका निर्वाह गर्ने अवसर मिलेको थियो भने अव आगामी संविधान सभामा जनताले विषेश गरी गुल्मी क्षेत्र नं ३ का मतदाताले आफुलाई विजयी गराई प्रत्यक्ष रुपमै संविधान निर्माण गर्ने जिम्मेवारी दिने बताउनुभयो । चुनावी प्रचार—प्रसारको क्रममा निर्वाचन क्षेत्रमा रहनुभएका विष्टले उर्जामन्त्री रहदाँखेरी नेपालमा प्रमुख समस्याको रुपमा रहेको लोडसेडिङ्गलाई कम गर्ने, नेपाल विधुत प्राधिकरणमा उठ्न वाँकी रहेको धेरै बक्यौता रकम उठाउन आँफैले सिंहदरवारमा रहेका केही मन्त्रालयको लाईन काट्ने, उर्जामन्त्रीको पद छोडिसकेपछि मन्त्रालयवाट हिडेरै घरसम्म जाने जस्ता कामले अन्तर्राष्ट्रिय समुदायमै प्रशंसा भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग