Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी नारा जुलुस सहित उम्मेदवारी दर्ता गरे गुल्मीका नेताहरुले (फोटोहरु सहित)

Published on 6:29:00 PM //

प्रेम सुनार
असौज–१७, गुल्मी । गुल्मीका राजनैतिक दलहरुले संविधान सभा निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गर्न पक्तिवद्ध भईरहेका छन् । केहि वेर अघि नेकपा एमालेले  क्षेत्र नम्वर १ वाट मैना भण्डारी, क्षेत्र नम्वर २ वाट  पुर्व मन्त्री प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ वाट पुर्व मन्त्री गोकर्णरा विष्टको उमेदवारी दर्ता गरेको छ । विष्ट बाबुको मृत्यु भएकोले कृयाक्रममा छन्  । उनको उमेदवारी पार्टीका अन्य नेताले दर्ता गरी दिएका छन् । पाटी कार्यालयबाट तम्घास वजार परिक्रममा गरी नेकपा एमालेका कार्यकताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।
त्यस लगत्तै एमाओवादी जुलुसले तम्घास वजार परिक्रममा गरी निर्वाचन कार्यालयमा पुगेर क्षेत्र नम्वर १ वाट पुर्व सभाषद सुर्दशन वराल, क्षेत्र नम्वर २ वाट राज्य समिति सदस्य अशोक थापा र क्षेत्र नम्वर २ वाट केन्द्रिय सदस्य वामदेव क्षेत्रीको उमेदवारी दर्ता गराएको थियो । उ लगत्तै कांग्रेसको जुलुस निर्वाचन कार्यालयमा पुगेको छ । उमेदवारी दर्ता पछि नेता ज्ञवालीले जसरी पनि एमालेलाई तिन वटै क्षेत्रमा विजय गराउनका लागि लाग्न निर्देशन दिएका थिए । यता एमाओवादीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले पनि उमेदवारी दर्तापछि कार्यकर्ताहरुलाई सम्वोधन गर्दै ढुक्क हुनुहोस्, यस अघि दुईवटा जितेका थियौ यसपाली तिन वटै सिट जित्ने हाम्रो स्पष्ट निती ल्याएर आउँदै छौं ।

एमाले जुलुस निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गराउन जाँदै ।

त्यस्तै एमाओवादी र नेपाली कांग्रेसको जुलुस

जिल्ला प्रमुख निर्वाचन अधिकृत संग आफ्नो उमेदवारी कागजमा हस्ताक्षर गर्दै एमाले नेता प्रदिपकुमार ज्ञवाली

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग