Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस उपसभापति रामचन्द्र पौडेल गुल्मीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने

Published on 7:32:00 PM //

संगिता कुवँर
कार्तिक २६, गुल्मी । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल कात्तिक २९ गते गुल्मी आउनुहुने भएको छ । कात्तिक २९ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले अम्मरपुर गाविसमा आयोजना गरेको नागरिक सभालाई सम्बोधन गर्न उहाँ गुल्मी आउने कार्यक्रम रहेको छ । आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट गरेर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति दामोदर भुसालले कांग्रेसको पक्षमा भोट माग्नका लागि पौडेल गुल्मी आउन लागेको जानकारी दिनुभएको छ ।
साथै उहाँले उपसभापति जस्तो बरिष्ठ ब्यक्ति आफ्नो क्षेत्रमा आउने कुराले आफूहरु खुसी भएको बताउनुभयो । साथै यहाँले गुल्मी क्षेत्र नम्बर ३ मा कांग्रेसको प्रचार प्रसार कार्यक्रम तीव्र गतिमा अगाडि बढेको समेत जानकारी दिनुभयो । उहाँले पार्टीले निर्वाचनका लागि स्थानीय तह सम्म सम्पूर्ण संयन्त्रहरु परिचालन समेत गरेको जानकारी दिनुभयो ।
कांग्रेस क्षेत्रिय सभापति दामोदर भुसालको सभापतित्व रहेको भेटघाट कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका सह सचिव हरीबहादुर केसीको प्रमुख आतिथ्यता तथा रेशम कुँवरको संचालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग