Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मतदातालाई धन्यावाद दिदै यसरी गाउँ डुल्दै छन गोकर्ण बिष्ट (फोटो फिचर)

Published on 9:16:00 PM //

अनिल खत्री
गुल्मी, मंसिर १२ । नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ बाट संबिधान सभा सदस्यमा नव निर्वाचित सभासद नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गोकर्णराज बिष्ट यति बेला आफुले चुनाव जितेको क्षेत्र गुल्मी क्षेत्र नं. ३ का प्रत्येक गाबिसमा अफुलाई चुनावमा बिजयी गराउन सफल मतदाताहरुलाई धन्यावाद दिँदै फेरि गाबिसहरुमा फर्कनु भएको छ ।
आज अर्जै, छापहिले, घमिर, अर्खावाङ, दर्लिङ्ग लगायतका गाबिसमा रहेका मतदाताहरु संग पुगी धन्यावाद ज्ञापन गर्दै आफु गुल्मी क्षेत्र नं. ३ बाट नेकपा एमालेको तर्फबाट बिजयी भए पनि साझा उमेदवारको रुपमा रहेर बिकस निमार्णका काम गर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै एमाले नेता बिष्टले आफुले गरेका प्रतिबद्धता पुरा गर्न र संबिधान निमार्ण गर्न आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । पुर्व मन्त्री समेत रहेका बिष्टले लोकतन्त्र राम्रो पक्ष भनेको जनताको जनमतलाई स्वीकार्नु हो त्यसैले एकिकृत नेकपा माओवादीलाई जनताको जनतमत स्वीकार्य र लोकतान्त्रिक संबिधान निमार्ण कार्यभार पुरा गर्न लाग्न आग्रह गर्नु भएको छ । जनताको समृद्धीका,संबिधान निमार्ण र बिकास निमार्णका कामलाइ समेत पुरा गर्नु आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । साथै आफु र आफनो पार्टीलाई बिजयी गराउन लाग्नु हुने सम्पुर्ण कार्यकर्ता, जनवर्गिय संगठन आमा बुवा सम्पुर्णलाई धन्यावाद दिनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्यहरु हिरा एसी, प्रचार बिभाग प्रमुख शेषकान्त गौतम, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, अनेरास्वबियू जिल्ला कमिटी अध्यक्ष ओम कार्की, पुर्व अध्यक्ष रमेश काउछा,कलाकार सन्तोष लम्साल पत्रकार शिव सुबेदी लगायतको सहभागिता रहेको थियो ।










1 comment

  1. ओह साथी हो, गोकर्ण बाजे ले त सार्है पैसा पेलेर चुनाव जिते रे त ? खास कुरो के हो, येसो अनुसन्धान गरेर लेखौ न हो | बिस्ट बाजे त राम्रा लाग्थे, तर गलत बाटो बाट चुनाव जितेका हुन भने त राम्रो भएन | अर्को सुझाव, news website भए पछी त फोकस पनि news मा हुनु पर्ने, तर ८० % भन्दा बढी सामग्री copyright उल्लङ्घन गरिएका गाना बजाना जस्ता सामग्रीले भरिएको छ|

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग