Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी खेलियो हेल्सिन्कीमा देउसी (फोटो र भिडियो सहित)

Published on 3:25:00 AM //

हेल्सिन्की, ४ नोभेम्बर । फिण्ल्यान्डको राजधानी हेल्सिन्कीमा रहेका नेपालीहरूले पहिलो पटक भब्यरूपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेका  छन् । फिन्निश-नेपाली समाज हेल्सिन्कीको आयोजनामा गत नोभेम्बर २ तारिख शनिबारका दिन कोन्तुलामा एक कार्यक्रम आयोजना गरी देउसी भैलो खेलिएको हो । अन्य देशहरुको तुलनमा अली कम नेपालीहरु रहेको हेल्सिन्किमा समाजले प्रत्यक बर्ष दसैं, तीज र नयाँबर्षमा बिबिध कार्यक्रमको आयोजना गर्दै आएता पनि देउसी भैलोसँगै तिहार कार्यक्रम पहिलोपटक आयोजना गरिएको समाजका अध्यक्ष तथा स्थानिय ब्यवसायी हेमराज शर्माले गुल्मीन्युज डट कमलाई बताउनुभयो ।

शुभ दीपावली २०७० पावन अवसरमा आयोजित उक्त कार्यक्रममा हेल्सिन्की स्थित नेपाली ब्यवसायी, कर्मचारी, विद्यार्थी उपस्थिती रहेको थियो ।
प्रवेश निशुल्क गरिएको कार्यक्रममा सेलरोटी, आलुको अचार लगायतका नेपाली पारीकारहरुको ब्यवस्था गरिएको थियो ।
आफ्नो गाउँ, ठाउँ, समुदाय र सिङ्गै देशबाट टाढा रहँदा रहँदै आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली एकतामा सहयोग पुग्ने बताउँदै स्थानिय पुराना ब्यवसायी देबिदत्त शर्माले आयोजक संस्था फिन्निश-नेपाली समाजलाई धन्यवाद ज्ञापन गरे । उता आयोजक सँस्थाका अध्यक्ष हेमराज शर्माले प्रवाशमा नेपालिपन र नेपाली संकृतीको पहिचान गराउनु कार्यक्रमको मूल उदेश्य रहेको बताए ।
हेरौँ सोही कार्यक्रमबाट गुल्मीन्युज सहयोगी मुरारी भण्डारीले खिच्नुभएका केही तस्बिरहरु:
(भिडियोको लिन्क अन्तिममा छ ।)























भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग