Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्य कुरा बोलेर चुनाव नजितीने रहेछ ः क्षेत्री

Published on 5:59:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २२ मंसिर । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बामदेव क्षेत्री आफ्ना मतदाताहरुलाई धन्यवाद दिनकालागि आजदेखि गाउँ पसेका छन् । भर्खर सम्पन्न संविधानसभा चुनावमा गुल्मी क्षेत्र नं ३ बाट चुनाव एमाले उम्मेदवार गोकर्ण विष्टसँग पराजीत भएका क्षेत्री अहिले आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिन र आफूमा भएका कमजोरीको समिक्षा गर्न उनी गाउँ पसेका हुन् । 
गाउँ पस्ने क्रममा नेता क्षेत्रीले सञ्चाकर्मिसँग कुरा गर्दै, चुनावी यात्राका क्रममा भोट माग्नकालागि सत्य कुरा बोलेर चुनाव नजितिने रहेछ भन्ने कुरामा यो चुनाववाट आफु स्पष्ट भएको वताए । आफू जस्तोसुकै अबस्थामा पनि जनतासंग सत्यमात्रै बोल्नुपर्छ भन्ने सोँचेर गर्न सक्ने कुरा मात्रै बोलेको उनको भनाई छ । ‘जनता संग सत्य र यथार्थ बोल्नुपर्छ भनेर त्यहीँ बोलेँ, गर्न नसक्ने ठूला सपना देखाएर ढाँटिन– उहाँले भन्नुभयो– तर चुनामा झुट बोल्नुपर्ने रहेछ ।’ 
क्षेत्र न्मवर ३ को विकासको कार्ययोजना र खाका आफूले बनाएकोले सोही अनुरुप चुनावी एजेण्डा बनाएको वताए । आफ्नो योजनाको कुरा बाहेक अन्य कुरा गर्न आफूलाई उचित नलागेको र आफू एकचित्त भएर सोही योजनामा लागेको उनको भनाई छ । ‘मगरातको राजधानी गुल्मीलाई नै बनाउनुपर्छ भनेर मैले लँडाई लडेको छु पार्टिभित्र उनले भने– मैले जनतालाई ढाँटिन, जे गर्न सक्छु, त्यही भनेँ ।’ 
आफ्नो कार्यक्षेत्र अवध भएपनि आफू गुल्मीका जन्मेको नाताले गुल्मीको विकासमा लागेको तर सोँचे अनुसार काम गर्न नसकेको उनले वताए । पछिल्लो पटक पार्टिको आवह्वान र खटन अनुसार आफू चुनावमा हतार हतारमा गुल्मी आएकोले धेरै जनतासंग भेटघाट गर्न नसकेको तर पनि यस क्षेत्रको विकासका आफू लागि रहने उनको भनाई थियो । 
 आफू ढाँटछल विनाको चुनावी अभियानमा सहभागी भएको संस्कार मात्रै देखेकोले यो चुनाव देखेर अचम्म लागेको भन्दै नेता क्षेत्रीले आफू गरीव र दलितको पक्षमा सँधै लड्ने भएकोले पत्रपत्रिकामा आफुले लेखको लेखको पारिश्रमिकवाट विपन्न विद्यार्थीको पढाईमा खर्चिने वताएका छन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग