Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो शान्तिपुरमा चक्रेश्वर मेलाको रौनक (फोटोहरु र भिडियो)

Published on 1:37:00 AM //

उदय शान्ती युवा क्लब, शान्तिपुर गुल्मीले आयोजना गरेको चक्रेश्वर मेला यतिबेला शान्तिपुरमा जारी छ । यही मंसिर १४ गते शुरु भई आगामी १९ गते सम्म सन्चालन हुने मेलामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित बृहत लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
मेलाकै अवसरमा क्लबले स्व. गंगा बहादुर छेत्रीको स्मृतिमा खुल्ला भलिबल रनिङ कप र स्व. चन्द्र कुमारी थापाको स्मृतिमा ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको छ । त्यसैगरी सोमबार र मंगलवार २ दिन सम्म राष्ट्रिय कलाकारहरु नारायण रायमाझी, दिलिप रायमाझी, प्रमोद खरेल, खुमन अधिकारी, कमल गाउँले, हरिमाया रायमाझी, शर्मिला गुरुङ, मन्जिता के.सी, सन्तु थापा लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । कार्यक्रमको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गौरब पन्थीले उद्घाटन गर्नुभएको छ । हेरौँ सोही मेलाको अवसरमा हिजो सोमबारको कार्यक्रमहरुका केही तस्बिरहरु:  


















भिडियो हेर्न तल क्लिक गर्नुहोला: 
तस्बिरहरु सौजन्य: उदय शान्ती युवा क्लब 

1 comment

  1. माथि उल्लेखित समाचारमा धेरै गल्तिहरु भएका छन , जस्तो गंगा बहादुर क्षेत्री हुनु पर्ने मा जंग बहादुर क्षेत्री, मंजीता के. सी. हुनु पर्नेमा नंदीता के. सी. ! कृपया अधिकारीक श्रोत खुलाई मात्र समाचार प्रकाशित गरि दिनु होला ! अनि यो समाचार कसले संकलन गर्यो नि ?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग