Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १५ करोडको तरकारी

Published on 7:32:00 PM //

गगनशिला खड्का
गुल्मी, ८ माघ । गुल्मी जिल्लामा एक वर्षको अवधिमा रु. १५ करोड २३ लाख ६५ हजारको तरकारी उत्पादन भएको छ ।
गुल्मीको ७०६ हेक्टर क्षेत्रफलमा ६ हजार ९४ मेट्रिक टन तरकारी उत्पादन भएको हो । एक वर्षमा उत्पादित तरकारीमध्ये ४ हजार ९१० मेट्रिक टन मौसमी र १ हजार १८४ मेट्रिक टन बेमौसमी तरकारी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गुल्मीका १३ गाविस तरकारीमा आत्मनिर्भर समेत भएको कार्यालयले जनाएको छ । तरकारीमा आत्मनिर्भर हुने गाविसमा अर्खले, सिमिचौर, हर्दिनेटा, जैसिथोक, गौँडाकोट, पल्लीकोट, हुँगा, बलेटक्सार, ग्वादी, अस्लेवा, ठूलोलुम्पेक, अमरपुर र पूर्कोटदह छन् ।
गुल्मीमा अहिले गोलभेडा, काउली, बन्दा, खुर्सानी, काँक्रो, करेला र भण्डा लगायतका तरकारी उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्राविधिक सनबहादुर रानाले बताए । गुल्मीमा उप्पादित तरकारी बुटवल, पोखरा र भारतका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग