Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कलाकारहरु युएईमा सम्मानित (फोटो फिचर)

Published on 2:24:00 PM //



लालबहादुर ढेंगा
दुबई । नेपालीहरुको गौरव राष्ट्रि«य झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउदै “दुबई व्यापार महोत्सव २०१४” को विभिन्न देशको सांस्कृतिक कार्यक्रम अन्तर्गत सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ । गएको ३१ जनवरी शुक्रबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले एउटा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ युएईका संरक्षक गिरमान थापा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उप संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा र अन्य अतिथिमा कलाकार, केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु रहेको कार्यक्रमलाई केन्द्रीय सचिव चन्द्र रोकाले संचालन गर्नु भएको थियो । सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौको प्रस्तुति तथा डाईरेक्टर उदिराम खड्काको नेत्रृत्वमा १० जनाको टोली आउनु भएको हो । जसमा डाईरेक्टर उदिराम खड्का, सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्का रहेका छन् ।
गत महिना २ जनवरीदेखि २ फेब्रुअरी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ–आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो । विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ ।
सो अवसरमा खजुराह–८, नेपाल गंजमा जन्म भई हाल विगत ४ बर्षदेखि काठमाण्डौंमा बसोबास गदैं आएकी लोक, आधुनिक र पप गायिका तृप्ति खड्काको एल्वम “तृप्ति आधुनिक दोहोरी कलेक्शन” भाग २ भिसिडीको विमोचन समेत गरिएको छ । पहिलो भाग १ भिसिडी नेपालमै विमोचन भएता पनि भाग २ भिसिडी प्रमुख अतिथि गिरमान थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेको हो ।
परिचयत्मक कार्यक्रमबाट थालनी भएको कार्यक्रममा अध्यक्ष हस्तराज दर्लामीले खादा र प्रमुख अतिथि गिरमान थापाले प्रशंसापत्र दिएर सम्मान गरिएको थियो । सो अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा उपाध्यक्ष राजु सिंजाली, उपाध्यक्ष ललितमान राना, अतिथि कलाकार उदिराम खड्का, प्रमुख अतिथि गिरमान थापा र अध्यक्ष हस्तराज दर्लामी रहेको थियो ।







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग