Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा आठ घाइते

Published on 1:59:00 PM //

र्वत- पर्वतको दुर्लुङ गाविसमा गएराति भएको जिप दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। कुस्माबाट दुर्लुङतर्फ जाँदै गरेको ध१ख ४७४ नम्बरको जिप दुर्लुङ–४ सल्यानमा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते हुनेमा शिवालय–६ का २८ वर्षीय जयबहादुर पुन, दुर्लुङ–५ की २७ वर्षीया माया सार्की, सोही ठाउँकी २७ वर्षीया गङ्गाकुमारी सार्की, दुर्लुङ–८ का ४५ वर्षीय मनकुमार थापा, दुर्लुङ–७ का इमान गुरुङ, सोही ठाउँका २३ वर्षीय रोशन सुनार, दुर्लुङ–४ का ४८ वर्षीय नेत्रप्रसाद शर्मा र सोही ठाउँका ३४ वर्षीय हरि क्षेत्री रहेका छन्।
घाइतेमध्ये इमान गुरुङ र हरि क्षेत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। अन्य घाइतेको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक दिलबहादुर गुरुङ अहिले प्रहरी नियन्त्रणमा छन्। उनी स्थानीय जनताको कुटपिटबाट सामान्य घाइते भएको प्रहरीले जनाएको छ। बाटोमा रहेको ढुङ्गा छलेर अघि बढ्ने क्रममा गाडी सडकबाट १० मिटर तल खसेको बताइएको छ। रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग