Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी फेला पर्यो दुर्घटनाग्रस्त जहाज (अडियो कुराकानी)

Published on 1:29:00 PM //

आइतवार दिउँसो १ बजेदेखि बेपत्ता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविसको मसिनेको जंगलमा फेला परेको छ ।
स्थानीय युवा कमल सारु स्थानीय अन्य युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला परेको जनाएका छन्। दुर्घटनास्थलमा १८ जनाकै शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। हिमपातले शवहरु पुरिएका थिए। अहिले जहाज दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि अवतरण गर्ने प्रयास गरेपनि अत्यन्त भीर र खराब मौसमका कारण अवतरण गर्न नसकेको उनले बताए। घटनास्थलमा रहेका सारुले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा घटनाको बारेमा जानकारी दिएको र उद्धार टोली घटनास्थलतर्फ आउदै गरेको जानकारी दिए। दुर्घटनास्थलमा नेपाल टेलिकम र एनसेलका ठूला टावरहरु समेत रहेका छन्।
सुनौ गुल्मीन्युज सहकर्मी प्रेम सुनारले अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रशाद श्रेष्ठसँग गर्नुभएको टेलिफोन कुराकानी:

  मोबाइलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग