Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ महिनामा स्थानीय निर्वाचन र एक वर्षमा संविधान निर्माण ः भण्डारी

Published on 1:13:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १४ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य चन्द्र भण्डारीले अव वन्ने सरकाले छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन र एक वर्ष भित्रमा संविधान निर्माण गर्नु पर्ने वताएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनताहरुले आफ्नो अधिकार र आफ्नो वजेट आफै संचालन गर्न नपाएको भन्दै नेता भण्डारीले जनताको अधिकार जनतालाई नै प्रत्याभूति हुने वातावरका लागि पनि छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको वताए ।

उनले जनताले चाँडो भन्दा चाँडो संविधान निर्माण गर्नकालागि जनमत दिएर पठाएको हुँदा उनीहरुको आशालाई तुसारापात हुन नदिनकालागि पनि एक वर्ष भित्रमा कुनै पनि मूल्यमा संविधान निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । निर्वाचन आयोगलाई पटक पटक समययावधि लम्वाउन आग्रह गरेपनि राजनैतिक दलहरुले समानुपातिक सभासदहरुको अन्तिम नामावली अझै वुझाउन नसकेकोमा आश्चर्य प्रकट गर्दै भने,“ नेपालका नेताहरु यति कमजोर छन् भन्ने मलाई लागेको थिएन।” गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुुङ्गा वहुमुखि क्याम्पसको ३१ औं वार्षिकोत्सव एवं २९ औ क्याम्पस सभालाई आईतवार सम्वोधन गर्दै केन्द्रिय सदश्य भण्डारीले उक्त कुरा वताएका हुन् ।

कार्यक्रममा नेता भण्डारीले एउटा स्नाकोत्तर गरेको मानिस वेरोजगार वनेर अरवका खाडिहरुमा भेडा चराउन जानु पर्ने वाध्यात्मक विद्यमान अवस्था रहेको भन्दै उनले त्यसको कारक हाम्रो वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको वताए । “प्रमाण पत्रले साक्षर मात्र वनाउछ, शिक्षीत वनाउन सक्दैन, हाम्रो शिक्षामा अध्यात्मिकताको ज्ञान भएन, त्यसैले हाम्रो देश पछि परेको हो,” भण्डारीले भने । उनले नेपालको संविधानमा शिक्षा, स्वास्थ्य तथा रोजगारिलाई मौलीक अधिकारका रुपमा राख्नकालागि आफुहरुले अभियान संचालन गरेको वताए । आफु पार्टिको शिक्षा विभाग प्रमुख भएको नाताले हरेक जिल्लामा एकएकवटा आंगिक क्याम्पस संचालन गर्नकालागि पहल गर्ने वताए । सोही कार्यक्रमा भण्डारीले क्याम्पसवाट प्रकाशित विद्या पत्रिकाको समेत विमोचन गरेका थिए ।


1 comment

  1. चन्द्र दाजु ,नमस्ते /
    दाई, हजुरको विजयले हामी गुल्मेली जनताका आशा र सपना ह्वात्तै बढेका छन् /आफु जितेको क्षेत्र मात्र हैन समग्र मा गुल्मीका सबै क्षेत्र र यसको आसपासको स्पर्श जोडिएको स्थानमा भएका सबै जनताको मनमा अब केहि राम्रो अवश्य हुनेछ भन्ने आशा जागृत भएको छ /निरन्तरताको प्रयाशपछिको हजुरको कार्यकाल पार्टीमा निर्वाह गरेको शिक्षा बिभागले भन्दा पनि भौतिक निर्माण तथा यातायात तिरको क्याबिनेट सम्हालेमा हामी बढी खुशी हुनेछौं / केहि गरि शिक्षा क्षेत्रकै सम्हाल्न परेछ भने पनि गुल्मीको तिनै क्षेत्रमा केन्द्रिय स्तरका व्यवशायिक क्याम्पस र पोलिटेक्निक कलेज खोल्ने ,बिद्यालयहरुको स्तर सुधार गर्नुपर्छ / साथै बर्खायाम मा ,बन्द हड्तालमा र आपतकालीन उपचार र सेवाको लागि बिमानस्थल अनिबार्य छ / अत्यन्त सुविधाजनक बिमान स्थल बन्यो भने त्यो व्यस्त हुनेछ / समग्र गुल्मी ,पाल्पा ,अर्घाखाँची ,पश्चिम स्यांग्जा ,पुर्बी प्युठान र दक्षिण बाग्लुंग सबैले उक्त बिमान स्थल प्रयोग गर्नेछन / यसबाट तम्घास आसपास र गुल्मीको जनजीवन उस्किने छ / धार्मिक र आन्तरिक पर्यटन विकास हुनेछ / चन्द्र दाई ,हामी सडकमा ठगिएका छौं -बुटवल देखि तानसेन सम्म डबल भएको बाटो तानसेन बाट तम्घास सिंगल नहुनुपर्ने ! त्यो बाटो अनिबार्य डबल गरिनुपर्छ / अझ समयको बचतको लागि चण्डी भन्ज्यांग कुरुंग खोलाको छोटो बाटो गर्यो भने खर्च पनि कम लाग्छ -दिर्घकालिन रुपमा कुरुंग खोला तिरबाट गुल्मी लगियो भने मान्छेको समय ,गाडीको इन्धन अनि ढुवानी खर्च र भाडा सबै सस्तो हुनेछ / अहिले भएको लघुवा हार्थोकको बाटो भैहाल्यो ठिकै छ बैकल्पिक सडक हुनु पनि राम्रै हो तर त्यो खण्डमा धेरै दुर्घटना भएर सुन्दर जिन्दगीहरु समाप्त भएका छन् तसर्थ यसबारे सोच्नुहोला / सबैभन्दा पिडित त रिडी रुद्रबेनी वामी टक्सार बाटो भएको छ /यो बाटो हजुरले नै पहल गरेर बनाउनु पर्छ /२०३९ सालमा जनताले श्रमदानमा खनेको बाटो हो जुन अहिले सम्म पनि जस्ताको त्यस्तै छ ,मेरो निर्बाचन क्षेत्र हैन नभन्नुहोला किनकि हजुरलाई झन्डै ११०० भोट दिने वामी गा बि स जाने बाटो हो यो /उक्त बाटो सारै समस्याग्रस्त छ -डबल गर्नुपर्छ यो बाटो ,सबै खोला नदीमा पक्कि मोटर पुल बनाउनु पर्छ , ग्रेडिंग लेन , अनि ग्रावेल र पक्कि गर्ने कार्य तुरुन्त गर्ने बातावरण मिलाउनुहोला /तम्घासबाट रेसुंगामा मोटर लैजाने कार्यले त्यहाँको बातावरण बिनास भएको छ ,जंगल मासिएको छ अनि यसको अलौकिक धार्मिक महत्व घटेर रक्शी मासुको बनभोज अखडा बनेर सामाजिक बिकृति आउन थालेको छ / त्यसैले रेसुंगालाइ संरक्षित क्षेत्र घोसणा गर्नु पर्छ /बरु तम्घासबाट केबलकार जाने सिस्टम गर्यो भने पर्यटन र मनोरंजन बाट यसको महत्व बढ्नेछ / यसको लागि निजि क्षेत्रलाई लगानीको लागि अनुरोध गर्न सकिन्छ / रुद्रबेनीबाट स्यांग्जा जोड्ने डबल पक्कि पुल अनि संगसंगै कालिगण्डकी करिडोर पनि अधिकतम गुल्मीको प्रमुख स्थान रुद्रबेनी र रिडी छोएर राम्रोसंग बनोस भन्ने हाम्रो चाहना छ / हाम्रो जिल्ला मध्यपहाडी लोकमार्गबाट ठगियो -त्यस्तो राष्ट्रिय महत्वको योजना मध्य पहाडको प्रमुख जिल्ला गुल्मी नै नछुनु भनेको तपाईंहरु अथवा तत्कालिन पदमा भएका सांसद-सभासद्को कमजोरी हो /बाग्लुंगको कुश्मीशेरा बाट गुल्मीको शान्तिपुर छिराएर रिडी रुद्रबेनी सडक संग जोडेर पनि बुर्तिबांग लैजान सकिन्थ्यो /त्यसो नभएर हामी सदाको लागि ठगिएका छौं / तर रिडी रुद्रबेनी वामी बाटो साँघुरो ,कम्जोर ,सिंगल हुने अनि वामी पल्तिर खर्बांग पुगेपछि ४ लेनको पक्कि सडक भेटिने भयो भने सधैभरि गुल्मीका जनताले आफ्ना नेतालाई नामर्द मेरीहरु भात माराहरु भनेर कोसि र टोकी रहनेछन जिबनभर ! तसर्थ गुल्मीलाई राष्ट्रिय राजनीतिको मुलधार ,बिकासको मुलधार ,पर्यटनको मुलधार ,शिक्षाको मुलधार , नगदे बालीको मुलधार ,स्वास्थ्यको मुलधार , उर्जाको मुलधार बनाउनु पर्छ / जनताले सधैभरि नमन गर्नेछन / दाईको कार्यकाल सुखद र महत्वपूर्ण बनोस / अहिले मुख्य सचिव लीलामणि पौड्याल छँदै रास्ट्रिय गौरबका योजना छनौट गरि गुल्मीमा राम्रा राम्रा योजना पार्न सफल हुनुहोला / लिलामणि दाई पनि सारै बढी सिद्धान्तबादी कुरा गर्नुन्छ - अब सेवा निबृत्त हुने बेला भयो त्यसैले जतिसक्दो काम फटाफट गुल्मी र गुल्मेली जनताको बृहत्तर हीतमा काम गर्न ढिला नगरी लाग्नुस् / केन्द्रको राजनीति चल्दै गर्छ तर जिल्लाको राजनीति छोड्दै नछोड्नुहोला / जिल्लामा भएका महत्वपूर्ण पदमा पुगेका कर्मचारी , रास्ट्रिय राजनीतिका महत्वपूर्ण अन्य दलका नेता जस्तै प्रदिप ज्ञवाली जी र गोकर्ण बिष्ट जी सबै एकाकार भएर जिल्लाको विकास गर्नुस /सहिष्णु राजनीति र दत्त चित्त भएर गुल्मीको शिर ठाडो पार्ने पथमा लागि नै रहनुस / शुभकामना छ /

    नबराज खराल
    सिड्नी ,अस्ट्रेलिया

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग