Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरुषको सक्रियतामा बेलायतमा आमा समुह

Published on: //
रुबि लीम्बु
साउथ वेल्स कुम्ब्रनमा बसोबास गर्ने महिलाहरुले पहिलो पटक आमा समुह गठन गरेका छन । साउथ वेल्स गोरखा कम्युनिटीका अध्यक्ष नरेन्द्रराज लिम्बु को सक्रियतामा उनीहरुले गतसाता आमा समुह गठन गरेका हुन ।
प्रेमकला लिम्बुको अध्यक्षतामा गठित आमा समुहको उपाध्यक्षमा जसमाया थापा, सचिबमा रुबि लिम्बु इधिङ्गो, सह सचिबमा कल्पना श्रेष्ठ, कोसाध्यक्षमा माया क्षेत्री र सह कोषाध्यक्षमा चुङ्गला लामा रहेका छन । समितिको सल्लाहकारमा भने महिला तथा केहि पुरुषहरुलाई पनि ल्याइएको छ ।

स्थानीय समुदायसंग हातेमालो गर्दै नारी एकताको सन्देश दिन नयां कमिटि स्थापना भएको हो । विभिन्न नेपाली संगठन तथा अन्य संघसंस्थाले गरेका गतिविधिहरुमा आमा समुहको सभागिता र सहयोग रहने अध्यक्ष लिम्बुले बताईन । नारीहरुको हित र कल्याणका लागि संस्थाले काम गर्ने उनको भनाई थियो ।

रेजिनालाई चाहियो वरदान

Published on: //
काठमाडौ, फाल्गुन १६ - रेजिना उप्रेतीले नायिका भएर जेजति नाम, दाम र काम कमाइन्, त्यसैलाई 'क्यास' गर्दै निर्माताका रूपमा पहिलोपटक दर्शक परीक्षामा उत्रिँदै छिन् । शोभित बस्नेतलाई निर्देशकमा लिएर बनाइएको 'वरदान' आउँदो शुक्रबारदेखि मुलुकभर लाग्ने भएको छ । 'मैले पहिलोपटक फिल्म बनाएकी छु, तपाइर्ंहरूले जस्तो देख्नुहुन्छ कृपया भन्दिनुहोला, म दुःखी हुन्छु कि भनेर डराउनुपर्दैन,' सोमबार पत्रकार भेटघाटमा रेजिनाले भनिन् । फिल्म राम्रो बनाएको दाबी गर्दै उनले आफूले यसअघि खेलेका फिल्म वा निर्देशक शोभितका फिल्मकै आधारमा 'वरदान' लाई मूल्यांकन नगर्न पनि आग्रह गरिन् । केही महिना बेलायत बसेर फिरेकी नायिकाले आफ्नो फिल्मबारे बेलायतमा राम्रो प्रतिक्रिया पाएकोले यहाँ पनि रुचाइने आशा व्यक्त गरिन् । रेजिना आफैं पनि खेलेको 'वरदान' मा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत पनि छन् ।

रुखवाट लडेर मृत्यु

Published on: //
सीता भण्डारी
गुल्मी, १४ फागुन । घाँस काट्ने क्रममा रुखवाट लडेर गुल्मीको ह्वाङ्दीमा एकजनाको ज्यान गएको छ । ह्वाङ्दी गाविस वार्ड नं ८ माहाभिरका ५९ वर्षीय कृष्णवहादुर अर्याल वाँसको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते हुनुभएको र उपचारको क्रममा मृत्यु भएको वताईएको छ । शनिबार घर नजिकैको वाँसको रुखमा घाँस काट्दै गर्दा लडेका अर्याललाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको र उपचार गर्दागर्दै मृत्युभएको स्थानीय मित्रवहादुर अर्यालले जानकारी दिनुभएको छ । ५ छोरी, १ छोरा र श्रीमती रहेका मृतक अर्यालको पारिवारिक अवस्था समेत दयनिय रहेको वताईएको छ ।

आशन ग्रहण नगराएको भन्दै गाविस सचिवहरुद्वारा जिल्ला परिषद् वहिष्कार

Published on: //
जनार्दन घिमिरे
गुल्मी, १४ फागुन । गुल्मी जिल्लाका सम्पूर्ण गाविस सचिवहरुले आज जिल्ला परिषद वहिष्कार गरेका छन् । सदरमुकाम तम्घासमा आज आयोजना गरिएको जिल्लाको छैठौं गणतान्त्रिक जिल्ला परिषदमा जिल्ला परिषदको पार्षदको हैसियतमा उपस्थित भएका सचिवहरुको प्रतिनिधित्व हुनेगरि परिषदमा आशन ग्रहण समेत गराउन जिविसले कन्जुस्याई गरेको भन्दै उनीहरुले परिषद वहिष्कारको घोषणा गरि कार्यक्रम स्थलवाट वाहिरिएका थिए । गाविस सचिव हकहित संरक्षण केन्द्रको आव्हानमा सचिवहरुले परिषद बहिष्कार गरेको उक्त केन्द्रका अध्यक्ष गोपाल सेनले जानकारी दिए । उक्त जिल्ला परिषद् सोमवार विहान ११ वजेदेखि संचालन हुने भनिए पनि जिल्ला स्थित राजनैतिक दलहरुमा प्रोटोकलको विषयमा विवाद भएपछि दुई घण्टापछि मात्र कार्यक्रम शुरु गरिएको थियो । स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको अभ्यक्षतामा सम्पन्न उक्त परिषद्को उद्घाटन गुल्मी क्षेत्र नं २ का पुर्व सांसद भागवत ज्ञवालीले गरेका थिए ।

प्रचण्डको षडयन्त्रमा नझुक्किन थापाद्वारा काँग्रेस नेतालाई आग्रह

Published on: //
जनार्दन घिमिरे
गुल्मी, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले एकिकृत नेकपा माओवादीले प्रधान न्यायाधिषलाई प्रधानमन्त्रिको पासो फ्ँयाकेर लोकतन्त्रलाई अस्थिर वनाउने र निर्वाचन टार्ने काममा लागेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस पटक पटक प्रचण्डको षडयन्त्रमा झुक्किँदै आएको भन्दै अव प्रचण्डको कुरालाई विश्वास गरेर काँग्रेस नेताहरुलाई नझुक्किन आग्रह समेत गर्नु भएको छ । नेपाली काँग्रेस गुल्मी १ नम्वर क्षेत्रीय समितिले आज हर्मिचौर गाविसमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै नेता थापाले उक्त कुरा वताउनु भएको हो ।
थापाले वर्तमान समस्याको विकल्प भनेको तत्कालै संविधान सभाको निर्वाचन गर्ने गरि राजनैतिक पार्टिहरुवाट सहमति गरेर साना दलहरुवाट भएपनि प्रधानमन्त्री चयन गरेर सरकार निर्माण गर्न काँग्रेसले पहल गर्नुपर्ने वताउनु भयो । “अन्तरिम संविधानले संविधान सभा नवनेको अवस्थामा के हुन्छ भन्ने कुरा लेखेको छैन, त्यसैले वर्तमान वावुराम सरकारलाई निर्वाचन गराउने कुनै राजनैतिक र नैतिक आधार छैन,” नेता थापाले भन्नु भयो । वर्तमान अवस्थामा राष्ट्रका सम्पूर्ण संरचनाहरु भताभुङ्ग भएको भन्दै संविधान सभाको विघटन पश्चात नागरिकहरुमा निराशामात्र हैन राष्ट्रिय संकटको अवस्था आएको उहाँले टिप्पणी गर्नु भयो । उहाँले नेकपा एमाले भनेको जुवाको खालमा वस्ने जुवाडे जस्तो भएको आरोप समेत लगाउनु भयो । नेपाली काँग्रेस क्षेत्रीय सभापति पारिश्वर ढकालको अध्यक्षता र महाधिवेशन प्रतिनिधि जगदिश भट्टराईको संचालन रहेको उक्त कार्यक्रममा पुर्व सभाषद मोहन पाण्डे, महासमिति सदश्य शुवर्ण ज्वारचन लगायतका व्यक्तिहरुले वर्तमान समस्याको निकासको मुख्य वाधक वर्तमान सरकार नै भएको आरोप लगाएका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु वलाल र छन्द पहराई, कोषाध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल तरुण दलका अध्यक्ष खिलध्वज पन्थी, महिला संघकि सभापति विष्णु सापकोटा लगायतका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मोटरसाईकल ठोक्किँदा ३ गभिर घाईते

Published on: //
प्रेम सुनार
फाल्गुन १४, गुल्मी । गुल्मीको बिरवासमा मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना गम्भिर घाइते भएको छन ।भेडुवाबाट बिरवास तर्फ आउदै गरेको लु ५ प ११५० नवरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको लु १ प ८४९७ नम्बरको मोटरसाइकल एक आपसमा बिरवास बजारको स्कुल नजिकै दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएको हुन । घाइते हुनेहरुमा बिरवास ९ का बर्ष ४५ का यम ब रजाली, सोही गाविस बडा न ९ का बर्ष ५६ का केशवराज न्याौपाने, बाड न ८ का बर्ष ४२ का खुम बहादुर पल्ली रहनुभएको छ । घाइतेहरुको टाउको र खुट्टामा गभिर चोट लागेको बताइएको छ । घाइतेहरुलाइ पाल्पा स्थीत मिसन अस्पतालमा रिफर गरिएको स्थानि पत्रकार न्युटन बरालीले जानकारी दिनुभएको छ ।

अवैध हात हतियार नविकरण गर्न गुल्मी प्रशासनको ताकेता

Published on: //
प्रेम सुनार
जिल्ला प्रशासन कार्यालय गुल्मीले नविकरण नगरी राखिएका हात हतियार अबैध हुने भन्दै तत्काल नविकरण गर्न ताकेता गरेको छ । शिकार खेलमा प्रयोजनका लागि परम्परादेखि राखिदै आएका घरेलु बन्दुकहरु नविकरण गर्न प्रशासनले ताकेता गरेको हो । अवैध हातहतियार खजना नविकरण गर्न ढिला भए पनि नविकरण गरिने छ अन्यथा नियम कानुन अनुसार कार्बाही हुने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए । द्धन्द्धकाल पछि धेरैले हात हतियार नविकरण नगरेको पाईएपछि यसरी सुचित गरिएको उनको भनाई छ । उनका अनुसार जिल्लामा त्यस्ता हतियार के कति दर्ता भएका छन् त्यसको एकिन डाटा छैन ।

एमआरपी पासपोर्ट बनेनबनेको जानकारी अब मोबाईलबाटै

Published on: //
प्रेम सुनार
फाल्गुन १२, गुल्मी । एमआरपी राहदानी केन्द्रबाट बनेर आयो कि आएन भनेर सोध्न अव सेवाग्राही सदरमुकाम धाउन नपर्ने सुविधा जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रदान गरेको छ । प्रशासनले नोटीस बोर्ड सेवा अर्थात टेलिफोन गरे आफसेआफ संम्वन्धीतको राहदानी बनेर आयो कि आएन भनेर बताउने छ । हटलाईन सेबा जस्तो सेवाग्राहीले आफ्नो राहादानी बने नबनेको थाहा पाउन १६१८०७९५२०८३३ मा डायल गर्नु पर्नेछ । राहदानीको खर्च भन्दा पनि बने नबनेको सोध्न आउँदा र त्यतिकै फर्किदा सेवाग्राहीले बढी खर्च र सास्ती भोग्नु परेको कुरालाई ध्यानमा राखी यस्तो सुविधा उपल्ब्ध गराईएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए । आगामी दिनमा अन्य सेवामा पनि यस्तै नोटिस वोर्ड राख्ने सोच रहेको उनको भनाई छ ।

हिमानी बैंकक प्रस्थान, पारसको मृत्यु हल्ला मात्रै

Published on: //
काठमाडौं, फागुन ११ (नागरिक)- हृदयघातपछि अचेत पूर्व युवराज पारस शाहको अवस्थामा सुधार नआएपछि हिमानी शुक्रबार दिउसो बैंककतर्फ लागेकी छन्। थाइ एयरवेजको नियमित उडान टिजी३२० बोइङ ७७७ बाट हिमानी बैंकक प्रस्थान गरेकी हुन्।

हिमानीका साथमा उनकी स्वकिय समेत बैंकक गएकी छिन्। 'हिमानी सरकार थाइ एयरवेजको दिउसोको फ्लाइटबाट बैंकक प्रस्थान गर्नुभयो', नागरिकन्युजसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहाका निजी सचिव फणिराज पाठकले भने- 'उहाँको साथमा स्वकिय सचिव स्मिता सिंह पनि सँगै जानु भएको छ।' बैंककस्थित समितिभेज अस्पतालको सिसियुमा उपचार गराइरहेका पारसलाई सहयोग गर्न नै बहिनी प्रेरणा सहितको ५ सदस्य टोली बैंककमै छ।
पूर्व युवराजको स्वास्थ्य बारे बिभिन्न हल्ला चले पारस शाहको उपचार भइरहेको समितिभेज अस्पतालमा रहेका नागरिकन्युजकर्मी रुपक डि शर्मा ती सबै हल्ला मात्र भएको उल्लेख गरेका छन्। 'मैले भर्खरै राजीव शाहीलाई भेटेँ। उनले कुनै प्रतिक्रिया दिएनन्। तर पारश शाह मृत्युको हल्ला आधारहीन हो। उनी अझै आसियुमा छन्', शर्माले अस्पतालबाट ट्विट गर्दै भनेका छन्।

Just met Dr Rajeev Shahi. He didn't want tomake comments. But rumors that Paras Shah is dead are baseless. He'sstill in ICU. Unconscious

— Rupak D Sharma (@RupakDSharma) February 22, 2013


पारसका सहयोगीहरुले उनको अवस्था स्थिर रहेको उल्लेख गरेका छन्।
-नागरिक न्युजबाट

प्रेमीप्रेमीकाले गरे सामुहिक आत्महत्या

Published on: //
गोविन्द केसी, दैलेख, फागुन ११- विवाह बन्धनमा बाँधिने सपना बोकेका जोडी घरपरिवारले आफ्नो विवाह नस्विकारने डरले प्रेम सम्बन्धमा बाँधिएका एक जोडीले सामुहिक रुपमा आत्महत्या गरेका छन्।
मंगलबारदेखि हिउँ खेल्न भनेर घरबाट निस्किएका कुसापानी-८ पानीपोखरीका १४ वर्षिय चेतन अधिकारी र सोही गाविस वडा नं. ९ बस्ने १४ वर्षिया भावना चापागाईं सामुहिक रुपमा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।
उनीहरुको प्रेम सम्बन्धलाई उमेर नपुगेको भन्दै दुबै घरबाट विवाहको लागि स्वीकार नगरेपछि आत्महत्या गरेको हुनसक्ने स्थानीयहरु बताउँछन्। विवाह गरेर घरपरिवारले स्वीकार नगर्ने मानसिक डरका कारण उनीहरु मृत्युसम्मको बाटो रोजेको अनुमान प्रहरीको छ।
महादेव माध्यमिक विद्यालय कुसापानीमा कक्षा १० मा पढ्दै गरेका १४ वर्षका जोडी विवाह गरेर घरमा जाँदा परिवारले अस्वीकार गर्ने डरले मृत्युसम्मको बाटो रोजेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले बताए। घरबाट ३ दिनदेखी हिउँखेल्न भन्दै लेकमा पुगेका उनीहरु बिहीबार कुसापानीको दालीखर जंगलस्थित एक उत्तीसको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्था स्थानीयले फेला पारेका हुन्। स्थानीयका अनुसार विगत १ वर्ष अघिदेखि उनीहरुको प्रेम सम्न्ध चलेको थियो।
घटनालगत्तै पानीपोखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमनाथ योगी नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उनीहरुको जिल्ला अस्पताल दैलेखमा शुक्रवार पोष्टमार्टम गरिएको छ। यहाँ गत आर्थिक वर्षको अवधिमा ४६ जनाले आत्महत्या गरे। उनीहरुमध्ये अधिकांश डिप्रेसन र प्रेम सम्वन्ध विग्रीएकाले जिन्दगीदेखी दिक्क मानेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। नागरिक न्युजबाट

१३ बर्षका रमेशलाई ब्लड क्यान्सर, सहयोगको आग्रह

Published on: //

पि.एम.मगर
आर्थिक अभाव भएपछि गुल्मीको हस्तिचौर गाविस ६ छल्दी निवासी वर्ष १३ का रमेश घिमिरेको उपचारका लागि सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ। रमेशलाई व्लड क्यान्सर भएपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोग गरीदिन परिवारजनले आग्रह गरेको हो। राजधानीको कान्ती वाल अस्पतालमा उपचार गराई रहेका रमेशलाई उपचारमा ठुलो रकम लाग्ने भएकाले आफुसँग त्यो रकम नहुँदा उपचार गर्न आवश्यक सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका सम्पुर्णलाई सहयोग गरिदिन रमेशका वावु रामवहादुर घिमिरेले आग्रह गर्नुभयो। रमेशकै उपचारका लागि आर्थिक श्रोत जुटाउनका लागि राजधानीको कृषि विकास वैँक गौशाला शाखामा वचत खाता खोलिएको छ। उक्त शाखाको वचत खाता नं. ३८१९८६ मा सहयोग गरिदिन परिवारजनको आग्रह रहेको छ। रमेश अहिले पालुखा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्। उनको यही चैत्र १ गतेदेखि एसएलसी परीक्षा सुरु हुँदै छ।

गोली काण्डमा संलग्नलाई कार्वाहीको माग

Published on: //
प्रेम सुनार
फाल्गुन ९, गुल्मी । केहि दिन अघि अर्घखाँचीका एक सुन चाँदी ब्यवसायीलाई गोली हान्ने गिरोहलाई गुल्मीको एक संस्थाले कडा कार्यबाहीको माग गरेको छ । सन्धीखर्कबाट बुटवलतर्फ जाँदै गरेको अवस्थामा घुम्ती नरपानीमा सुन चाँदी ब्यवसायी संघ अर्घखाँचीका सचिव तार सुनारलाई गोली प्रहरा गर्ने गिरोहलाई सुनचाँदी ब्यवसायी संघ गुल्मीले यस्तो माग गरेको । संघका अध्यक्ष बालकृष्ण बरालद्धरा जारी विज्ञप्तीमा कायरत पुर्वक ढंकले सचिव सुनारबाट साढे पाँच लाख रुपैया लुटेरी गिरोहले सचिव सुनारलाई गोली हानी गम्भीर घाईते बनाई फरार भएको भन्दै कडा कार्यबाहीको माग गरिएको छ । उप्त घटनाका अपराधीलाई तत्काल गिरफतार गरी कडा कार्वाह ीगर्न जाृेडदार माग गर्द छौ विज्ञप्तप्मा भनिएको छ । भरतपुुर अस्पातालको आईसियु कक्षामा सुनारको उपचार भई रहेको र उहाँको सिघ्र स्वास्थ्य लाभको कामना समेत संघदले गरेको छ । संघले यस्ता लुटेराहरुबाट सम्पुर्ण सुन चाँदी ब्यवसायी सचेत र सतर्क रहन समेत अपिल गरेको छ । घाईते सुनार अर्घखाँचीको खन गाविस मैदान घर भई सन्धीखर्कमा सुन चाँदी पसल सञ्चालन गरी बस्दथे । जिल्ला प्रहरी कार्यलय अर्घखाँचीले अपराधमा संलग्नलाई पक्राउ गरी सकेको जनाईएको छ । गोली काण्डमा एक जन स्वयम सुन चाँदी ब्यवसायी समेत संलग्न रहेको श्रोतले बताएको छ ।

जिवन रक्षाका लागि सहयोगको अपिल

Published on: //
प्रेम सुनार
फल्गुन ९, गुल्मी । गत २ वर्षदेखि ब्लड क्यान्सरको विमार उपचार गराई रहेका गुल्मी अर्लाङ्गकोटका एक वालकको परिबारले उनको जिवन रक्षाका लागि सवैसंग सहयोगको अपिल गरेको छ । अर्लाङ्गकोट गाविस वडा नम्वर ६ दाङ्गसिङ्ग निवासी १४ वर्षिय बालक नितेश खरालको उपचारर्था उनका बाबु लालमणी खरालले यस्तो अपिल गरेका हुन । नितेशको गत दुई वर्षदेखि कान्ती बाल अस्पताल काठमाडौंमा उपचार गराईएको छ । १३ लाख रुपैयाँ खर्च भई सकेका बालक अव करिव ६ लाख रुपैयाँ भए बाँच्ने बताईएको छ । सबै सम्पत्ति बेचेर सो रकम खर्च गरे पनि अव कुनै विकल्प नभएपछि संचार माध्यम गुहारेर सवैसंग सहयोका लागि अनुरोध गरेको खरेलले बताए । सहयोग गर्न चाहने महानुभावले हिमालय बैंकको खाता नम्वर ००२० २९७६०४००१७ वा उहाँको मोवाईल नम्वर ९८५११५४७१३ तथा ९८४३०५४७३१ मा सम्पर्क राखी सहयोग गर्न सकिने छ ।
गुल्मीका लागि भने ओझेलका खबरका संचालक प्रेम सुनारको मोवाईल नम्वर ९८५७०६१५३० मा सम्पर्क राख्न सकिने छ । भए भरको सम्पत्ति बेचेर पनि नपुगेपछि छोरा नितेशको उपचार्थ खर्च नपुगेर बाबु लालमणी खराल उनको मृत्यु कुर्न सिवाय अरु केहि विकल्प नभएको बताउनु हुन्छ । ‘छोराले बाबा मलाइ बचाउनुस भन्छ मैले के गरुँ ? भएको सबै सकेँ अव केहि विक्ल्प छैन शुभेच्छुुकहरुले सहयोग नगरे खरालले भने ‘ सबैले मेरो छोराको ज्यान बचाईदिनुस् । ’नितेशलाई बचाउन अव करिव छ लाख लाग्ने बताईएकोे छ । खरेलकी श्रीमति समेत गत दश वर्षदेखि मानिसक रोगले पिडित हुनुहुन्छ ।

सार्वजनिक जग्गा पहिचान कार्यलाई निरन्तरता दिईने

Published on: //
पि.एम.मगर
गुल्मी, फागुन ९ गते । तमघास नगर विकास समिति गुल्मीले सदरमुकाम तमघासको वजार क्षेत्रका सार्वजनिक जग्गा पहिचान गर्ने कर्यलाई पुनः निरन्तरता दिने भएको छ । दशै र तिहार पर्वलाई मध्यनजर गर्दै स्थगित गरिएको सार्वजनिक जग्गा पहिचान गर्ने कार्यलाई यही फागुन १३ गतेदेखि निरन्तरता दिने नगर विकास समितिले जानकारी दिएको छ । समितिले एक सुचना प्रशारण गरी तमघासको पुरानो वजार, भिमसेन मन्दिर, वसपार्क हुँदै माईका स्थान क्षेत्रमा यस कार्यलाई निरन्तरता दिने वताएको छ । साथै सो कार्यमा स्थानीय जग्गाधनी, समाजसेवी, वुद्धिजीवि, पत्रकार तथा सर्वसाधारणलाई उपस्थित भई सहयोग गरिदिन समेत समितिले आग्रह गरेको छ ।

रेसुङ्गा क्याम्पसमा मगर विद्यार्थी संघको गठन

Published on: //
पि.एम.मगर
गुल्मी, फागुन ९ गते । नेपाल मगर विद्यार्थी संघ, रेसुङ्गा वहुमुखी क्याम्पस तमघास गुल्मीको एक भेला आज सम्पन्न भएको छ । भेलाले ऋषिराम रानाको अध्यक्षतामा नेपाल मगर संघ, इकाई समिति रेसुङ्गा वहुमुखी क्याम्पसको गठन गरेको छ । समितिको उपाध्यक्षमा अजय भलामी, सचिव टिका थापा, कोषाध्यक्ष एलिना भुजेल, सहसचिव लालमणी थापा लगायत रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीका सचिव एवं नेपाल मगर संघका जिल्ला सह सचिव कमला पुन मगरले आफ्नो हक अधिकारका लागि संपुर्ण मगर विद्यार्थीहरु एक भएर लाग्नुपर्ने वेला आएको वताउनुभयो । साथै उहाँले अहिलेको २१ औँ शताव्दीमा वैज्ञानिक तथा व्यवहारिक शिक्षाको लागि आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । भेलामा विशेष अतिथि क्याम्पसका उप प्रध्यापक यमवहादुर थापा मगर, नेपाल मगर विद्यार्थी संघका जिल्ला सदस्यहरु टिका थापा र ऋषिराम राना, सहभागीहरु अजय भलामी र आयुष पुन लगायतले मगर विद्यार्थीहरुको हक अधिकारका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका जिल्ला अध्यक्ष भविन्द्र घर्ति मगरको अध्यक्षतामा सम्पन्न उक्त भेलामा गुल्मीका उपाध्यक्ष खगीशरा काला मगरको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव सुर्यप्रसुाद काउछा मगरको रहेको थियो

बेलायत बसेर गुल्मीको विकास

जनार्दन घिमिरे

गुल्मी । जीवनमा दुईचार पैसा कमाएर परिवारलाई राम्रोसँग पाल्न सकिएला कि भन्ने आशमा घरपरिवारलाई चटक्क छाडेर सात समुन्द्र पारि पुगेका गुल्मेलीहरु यतिबेला आफ्नो जिल्लाको विकास निर्माणमा सहयोग गर्न तम्सिएका छन् । छ वर्षअघि गुल्मी जिल्ला समाजको नाममा बेलायतमा दर्ता भएको संस्थाले हालसम्मको अवधिमा गुल्मीलाई एक करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको संस्थाका उपाध्यक्ष मोतीराज भण्डारीले जानकारी दिनु भयो । गुल्मीबाट बेलायतमा अध्ययन एवं कामको शिलशिलामा पुगेका व्यक्तिहरुले विभिन्न कार्यक्रमको आयोजना गरी सहयोग संकलन गर्दै आइरहेका छन् ।

संस्थाले गुल्मीमा चारवटा एम्वुलेन्स हस्तान्तरण गरिसकेको छ । जिल्लाका जोहाङ्ग, वामीटक्सार, धुर्कोट र तम्घासमा प्रदान गरिएका ती एम्बुलेन्सवाट गुल्मीका अधिकांश बिरामीहरुले राहत पाएका छन् । जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको आशा अपाङ्ग केन्द्रमार्फत पनि सीपमूलक तथा आयमूलक कार्यक्र सञ्चालन गर्नुका साथै बिरामीहरुको उपचारमा समेत आर्थिक सहयोग गर्दै आइरहेको संस्थाकी उपाध्यक्ष गंगा रायमाझी बताउनुहुन्छ । सहयोगकै क्रममा बिहीवार उक्त संस्थाको तर्फवाट संस्थाका उपाध्यक्ष मोतीराज भण्डारीले एक थान पावरप्वाइण्टका साथै दुई लाख २७ हजार बराबरको चेक रकम संस्थालाई हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रमा हाल यूकेमा कार्यरत सुरेश गौतमद्वारा स्थापना गरिएको सामुदायिक विद्यालयका तर्फबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई गुल्मी जिल्ला समाज यूकेको संयोजनमा सम्मानसमेत गरिएको छ ।

गुल्मी जिल्ला समाजले यसअघि विभिन्न समयमा आशा अपाङ्ग केन्द्रलाई १८ लाख बराबरको रकम सहयोग गरिसकेको छ । उक्त रकमवाट गुल्मीका अपाङ्गहरुले च्याउ खेती, कुखुरापालन, मौरी पालन, वाख्रा पालन, मोवाइल पसल तथा खुद्रा पसल राखेर आफ्नो जिविका चलाइरहेका छन् ।गुल्मी समाज यूकेले विद्यालय, खानेपानी, मोटरबाटो, वाढीपीडित तथा आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई पनि सहयोग गर्दै आइरहेको भण्डारीले बताउनुभयो ।स्थापना समयमा २० जना सदस्यबाट शुरु गरिएको उक्त संस्थामा हालसम्म दुईसय आजीवन सदस्य र एक हजार साधारण सदस्य रहेका छन् । उनीहरुले संस्थामा आजीवन आवद्धताका लागि १ सय ५ पाउण्ड र साधारण सदस्यका लागि १० पाउण्ड सदस्यता शुल्क उठाउने गर्दछन् । “यसैबाट जम्मा भएको रकमबाट हामीले विदेशमा दुःख पाएका नेपालीहरुको सहयोगमा खर्चिने गरेका छौं । आगामी दिनमा यो सहयोगलाई निरन्तरता दिँदै विदेश पलायन हुन खोज्ने युवाहरुलाई नेपालमै रोजगारी दिनेखालका कार्यक्रम सञ्चालन गर्ने लक्ष छ ।”-उपाध्यक्ष भण्डारीले गुल्मीन्युज डट कमलाई भन्नुभयो ।

पोर्न फिल्म बारेका दश रोचक तथ्य


भनिन्छ सेक्स र क्राइम मानिसको सबैभन्दा चासोको विषय हो । क्राइम अर्थात् अपराधको विषयमा मान्छेले चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र । तर सेक्सको विषय मानिसको जैविक आवश्यकता हो । त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ । सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन् । यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ ।
१. सयमा ९० जना बेलायती महिलाले जिवनमा एक न एक चोटी पोर्न सामाग्री हेर्ने गरेका छन् । अर्को रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाको नांगो सरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौन सम्बन्ध समावेश भएका पोर्न सामाग्री हेर्न मन पराउँछन् ।

१. १६ प्रतिशत बेलायती युवतीहरुले आफु आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन् ।

२.बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ । हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लु फिल्म हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।

३.पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन् । ब्लु फिल्ममा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आम विश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जिवन यापन गर्ने गरेका हुन्छन् ।

४. भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थनले अस्टेलियामा गरेको एक अध्ययनले एघार देखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामाग्री हेर्न सुरु गरेका हुन्छन् ।

५.ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म हेर्ने बानीले यौन जिवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ ।

६.पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ ।

७. हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निशुल्क पोर्न साइट हेर्ने गर्छन् । ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन् ।

८.बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्ने बित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन् ।

९.दशौँ हजार अस्टेलियालीले हरेक दिन पाँच घण्टा पोर्न फिल्म हेरेर बिताउँछन् ।

१०.पुरुष भारत्तोलक खेलाडिले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्नेहो भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ ।

डुप्लिकेट बाबुरामले पाए डुप्लिकेट हिसिला

Published on: //

समुन्द्र पौडेल, तनहुँ, फागुन ८, संसारभर प्रणय दिवसको उमंग चलेको बेला ज्योती काफ्लेले जोडी भेटाए, हिसिला। प्रणय दिवसको केही दिनअघि मात्रै जोडीको रुपमा हिसिला भेटिएपछि ज्योती अहिले मक्ख र छक्क छन्।
‘अब मैले पनि जोडी पाएँ,’ आइतबार दमौलीको मेनचोकमा भेटिएका ज्योती काफ्लेले भने, ‘जोडी पाउँदा अहिले आफैलाई रमाइलो लागेको छ।’

हास्यशृंखला ‘तीतोसत्य’मा प्रधानमन्त्री बाबुराम भट्टराईको क्यारिकेचर गर्दै आएका चितवनका काफ्लेले प्रधानमन्त्री पत्नी हिसिला यमीको रुपमा काठमाडौँ डिल्लीबजारकी विपना बस्नेतलाई जोडी बनाएका हुन्।
‘सुटिङको समयमा एक्कासी विपनाजीलाई देख्दा म पनि छक्क परेँ,’ उनले भने, ‘अहिले नेपालकै पहिलो नक्कली जोडी कलाकार बन्न पाएकोमा खुसी लागेको छ।’ कास्कीको लेखनाथमा भइरहेको लेखनाथ महोत्सवमा जाने क्रममा दमौलीमा भेटिएका उनले विपनाको अभिनयले आफ्नो प्रहसनलाई सहयोग पुग्ने बताए।
प्रधानमन्त्री पत्नीसँग अनुहार मिल्ने बिपनालाई पनि अहिले मोबाइल उठाउन भ्याइनभ्याई छ। ‘पूर्व झापादेखि पश्चिम धनगढीसम्मबाट मोबाइलमा बधाई आइरहेको छ,’ ४५ वर्षीया विपनाले टेलिफोनमा भनिन्, ‘दर्शकहरुले अभिनय रुचाएका कारण थप उत्साह मिलेको छ।’
‘मनमनै मन पराएँ’, ‘झोला’, ‘मसान’, ‘क्यारेङ ग्याङ २’ लगायतका नेपाली फिल्ममा अभिनय गरिसकेकी विपनालाई परिवारले समेत अभिनय यात्रामा सहयोग गरेका छन्। उनकी छोरी रिस्ता बस्नेत समेत निर्माणाधीन फिल्म होस्टेलमा नायिकाको रुपमा उत्रिँदैछिन्।
नक्कली बाबुराम भट्टराई र नक्कली हिसिला यमीको अभिनय गर्ने जोडी सुहाएको भन्दै काफ्ले र बस्नेतलाई धेरै ठाउँमा फोन आइरहेका छन्। नक्कली जोडीको लोकप्रियता बढ्न थालेपछि काफ्ले नक्कली प्रधानमन्त्रीको जोडीलाई प्रहसनमा उतार्ने जमर्कोमालागेका छन्।
‘मेला महोत्सवमा समेत जोडीको माग भइसकेको छ,’ काफ्लेले भने, ‘अब संवादको प्रहसनलाई जोडी प्रहसनमा उतार्ने सोचमा लागेको छु।’ जोडी सहित प्रहसनमा आएपछि तितोसत्य टेलिशृंखला र मेला महोत्सवका दर्शकलाई नयाँ स्वाद दिन लागि पर्ने काफ्लेले बताए। कलाकारद्वय काफ्ले र बस्नेतलाई दर्शकले हास्य टेलिशृंखला ‘तीतो सत्य’मा निरन्तर देख्न पाउने लेखक तथा निर्देशक दीपकराज गिरीले बताए।
नागरिक न्युजबाट

बन्द सकिए लगतै थप आन्दोलनको घोषणा

Published on: //
८ फागुन, काठमाडौं । नेकपा-माओवादीले आहृवान गरेको बन्द खुलेको छ । तर, बन्दसकिएल गतै बैद्य माओवादीसहितका ४ दलले थप आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार विहान ५ बजेबाट सुरु भएको बन्द अपराहृन ५ बजेबाट बन्द खुलेको हो । बन्द खुलेसँगै राजधानीसहित देशभर यातायातका साधन चल्न थालेको छ भने बजार पनि खुलेको छ ।

बन्द सकिएको घोषणा गर्न रनपार्क शान्ति बाटिकामा नेताहरुले प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिको मस्यौदा जलाइएका छन् । साथै भोलि नेकपा-माओवादी, मातृका नेतृत्वको माओवादीसहितका ५ दलले भोलि प्रदर्शनसहित राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने घोषणा गरेका छन् ।

प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको तयारी र जनयुद्धकालीन मुद्दा ब्यूँताएको विरोधमा नेकपा-माओवादीले बन्द आहृवान गरेको थियो ।

बाबुले आफ्नै छोरीलाई मारेर झुण्डाए

Published on: //

सुनसरी, फागुन ७, सुनसरी भादगाँउ सिनुवारी ५ का जयबहादुर लुइँटेलले आफ्नै छोरीको हत्या गरेको आरोप लगाउँदै स्थानीयवासिन्दाले इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् ।
छोरीको हत्या गर्ने बावुलाई प्रहरीले पक्राउ गरी कारवाही नगरेको भन्दै स्थानीयबासिन्दाले सुनसरीको पकलीमा पूर्व पश्चिम राजमार्ग एक घण्टासम्म अवरुद्ध पारेका छन् । प्रहरीले अनसन्धानमा कुनै कमी हुन नदिने र दोषी देखिए कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि यातायात भने खुलेको छ ।

कान्छी श्रीमतीको लहै–लहैमा लागेर १८ बर्षिया छोरी मुना लुईटेललाई गत फागनु ४ गते शुक्रबार जयबहादुरले हत्या गरेर छिमेकीको दावी छ । हत्यापछि जयबहादुरले झुण्डिएको मरेको देखाउने छोरीको शवलाई झुण्ड्याएको छिमेकीहरुको आरोप छ ।
छिमेकी शोभा भण्डारीले फागुन ४ गते मुनालाई बावुले कुटेको देखेको बताउनुभयो । उहाँले लुगा धुने बिषयमा बावु छोरीबीच बिवाद भएको र त्यसपछि बावुले कुटेको बताउनुभयो ।
छिमेकी देवराज तिम्सिनाले जयबहादुरले यसअघि पनि पटक पटक छोरीलाई कुटपिट र यातना दिने गरेको आरोप लगाउनुभयो । लुइँटेलले चार जनालाई बिवाह गरेको छिमेकीहरुले बताएका छन ।
जेठी श्रीमतीको निधन भएपछि माइली र साइँली श्रीमती ल्याएको भएपनि उनीहरु यातनाका कारण छाडेर हिडेको छिमेकीहरुको दावी छ । कान्छी श्रीमती भने अहिले लुइँटेलसँगै बस्दै आएकी छिन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रामबहादुर ढकालले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले थप अनुसन्धानका लागि आरोपी जयबहादुरलाई पक्राउ गरेर ल्याएको जानकारी दिनु भएको छ ।

गजल महोत्सवमा बूढादेखि तन्नेरीसम्म


-विशाल भट्टराई
गुल्मी, ७ फागुन । साँघुरिँदै गएको साहित्यिक क्षेत्रमा गजलको बाढी भने थामिनसक्नुको छ । गजल प्रेमीका लागि रेसुंगा साहित्य प्रतिष्ठानले तम्घासमा सञ्चालन गरेको तीनदिने प्रथम गुल्मी गजल महोत्सव आइतबार सम्पन्न भएको छ ।

क, ख, ग, घ, यिनै हुन अक्षर भनेको
अक्षर–अक्षर मिलेर शब्द बनेको …।।
यसरी नै गजलका प्रशिक्षण लिए गुल्मीमा जम्मा भएका साहित्यकारले । दुई दिन सञ्चालित गजल लेखन प्रशिक्षणमा २० वर्षे तन्नेरीदेखि बूढापाकासम्म उल्लेख्य सहभागी भए । प्रशिक्षणमा युवादेखि रेसुंगा बहुमुखी क्याम्पसका प्रध्यापकसमेत सहभागिता रहेको छ ।
४ र ५ गते सदरमुकामको रेसुंगा बहुमुखी क्याम्पसको आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता दामोदर भुसालले पनि हातमा कापी र कलम लिएर रदिफ र काफियाका सिक्न सहभागिता जनाए । प्रतिष्ठानले आइतबारै बालमन्दिरमा प्रथम गुल्मी गजल महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा खुला गजल प्रतियोगिता तथा गजल वाचन कार्यक्रमसमेत थियो । महोत्सवमा स्वदेशका चर्चित गजल संस्था अनाम मण्डलीका बलराम दाहाल, रूपक अलंकारसमेत सहभागी थिए भने गीतकार विपिन किरणले पनि महोत्सवमा सहभागी जनाए ।
गुल्मीलाई गजलको तीर्थस्थल बनाउने अभिप्रायले कार्यक्रमको आयोजन गरिएको प्रतिष्ठान जनाएको छ । नेपाली साहित्यमा गजल त्यति पुरानो विधा त होइन । तर, यसले युवा साहित्यकार र श्रृंगार रसमा रमाउने साहित्यकारको पिँढीमा भने राम्रै प्रभाव जमाउन सफल भएको छ । अरबी साहित्यबाट गजल जन्मिएको विश्वास गरिन्छ । यो भाषमा गजलको अर्थ स्त्रीसँग वार्तालाप हो । अरबी साहित्यबाट, उर्दू, फारसी हिन्दी हुँदै नेपाल भित्रिएको गजलको नेपालमा सुरुवात मोतिराम भट्टले गरेका थिए ।

गाउँका ३६ परिवार व्यावसायिक तरकारीबाट आत्मनिर्भर


धुर्कोट् -गुल्मी २६ माघ । चार वर्षघि दैनिक ज्याला मजदुरी गरेर ज्यान पाल्दा सबैले उमे कामी भन्ने सिमीचौर-४ बाँर्सखर्कका दलित किसान अहिले गाउँलेका उमबहादुर विक भएका छन् ।

तरकारी खेती गरेर लखपति बनेका उमे कामीको धनसँगै नाम पनि परिवर्तन भएर उमबहादुर भयो । नाम र दामका धनी बनेका उमबहादुर अहिले गाउँलेको मायामा समेत परिवर्तन भएपछि दङ्ग छन् । उनको जीवनमा यो खुसियाली ल्याएको हो गाउँमा खुलेको बाँर्सखर्क कृषि सहकारी संस्थाले सहकारी संस्थाबाट चार वर्षघि दुई हजार रुपैँया ऋण लएर तरकारी खेती गरेका उमबहादुर चार वर्षै लखपति बनेका छन् ।

“वर्षभरि खान पुग्ने जमिन पनि थिएन, एकसरो फर्ेन र मीठो खान दसैँ कर्ुर्नुपर्थ्याे”- उमबहादुरले भने “सहकारीको ऋणले तरकारी खेती गरेर चारजनाको परिवार राम्रोसँग पालेको छु । राम्रै स्कुलमा छोराछोरी पढाएको छु ।” चार वर्षन्दा ज्याला मजदुरी गरेर घर्रखर्च टार्दा गाउँको सबैभन्दा गरिब व्यक्तिमा गनिने ५२ वषर्ीय विक अहिले गाउँमा सम्पन्नमा  गनिन थालेका छन् ।गाउँलेहरुले नै मिलेर स्थापना गरेको बाँर्सखर्क कृषि सहकारी संस्था लिमिटेड उनको जीवनशैली फर्ेने मुख्य आधार बनेको छ । प्रशस्त जग्गा जमिन नभएका उनले आफ्नै करिब तीन रोपनी जमिनमा व्यावसायिक रुप्ामै तरकारी खेती गरेका छन् । काउली, फूलगोबी, खर्ुसानी, लसुन, प्याज, बन्दागोपीलगायतका तरकारी खेती गरेका उनले  मासिक १० हजार देखि १५ हजार कमाइ गरिरहेको बताए ।

बाँर्सखर्ककै गुनाखर कुँवर त अहिले गाउँको सबैभन्दा सम्पन्न व्यक्ति बनेका छन् । आफ्नै पहलमा सहकारी खोलेर ६०० रुपैँया ऋणमा तरकारी खेती सुरु गरेका गुणखर तरकारीबाटै वाषिर्क तीन लाख कमाउँछन् । रासस

गुल्मीका सरकारी निकाय जनताको घरदैलोमा

Published on: //
दिन बिताएर सदरमुकाम धाउन बाध्य सेवाग्राही खुसि

मनोज बस्नेत,
गुल्मी, माघ १८ । यतीबेला गुल्मीका सरकारी निकालयहरु सेवाग्राहीको घरदैलोमै पुगेर सरकारी सेवा प्रदान गरीरहेका छन् । सरकारी सेवालाई जनताको घरदैलोमा पु¥याउने उदेश्यले गुल्मी बिभिन्न सरकारी निकायहरुले गुल्मीको पश्चिमी क्षेत्रमा एकिकृत घुम्ति शिविर सुरु गरेका छन् । पहिलो दिन हिजोँ प्युठानसगँ सिमा जोडिएको पश्चिमी गाविस अग्लुङमा घुम्ति शिविर सम्पन्न भएको छ । जसमा जिल्ला प्रशाशन कार्यालय, जिल्ला बिकाश समिति, कृर्षि, प्रहरी, खानेपानी, पशुसेवा, सिंचाई लगायतका सरकारी निकायहरुले सेवाद कार्यालयहरुले घरदैलोमै पुगेर स्थानीय जनतालाई सेवा प्रदान गरेका थिए । ती मध्ये नागरीकता बनाउनेको अत्यन्तै चापँ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घुम्ति शिविर आज र भोली पुर्कोट दह गाविसमा संचालन हुने छ । गुल्मीका सरकारी कार्यालयहरुले बेलामा बेलामा घुम्ति शिविर सञ्चालन गरेर आफुहरुलाई आफ्नो घरदैलोबाटै सरकारी सेवा दिने गरेपछी दिन बिताएर सदरमुकाम धाउन बाध्य सेवाग्राही पनि खुसि भएका छन् ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग