Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्मिता स्‍मृति पुरस्कार २०१३ गुल्मीकी सिम्रन पुनलाई

Published on: //
डिसेम्बर २९, गुल्मी । सोलिडारिटी नेपालले बर्ष २०१३ को अस्मिता स्मृति पुरस्कार गुल्मीकी सिम्रन पुनलाई प्रदान गरेको छ । गुल्मी जिल्लाको श्री हर्राचौर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत पुन बिद्यालयकी जेहनदार छात्रा हुन् । विद्यालयद्वारा डिसेम्बर २८ र २९ मा आयोजित बार्षिक उत्शब कार्यक्रमका बिच पुनलाई सोलिडारिटिले नगद रु ५,००० सहित सम्मान पत्रले सम्मान गरेको हो ।
काठमाडौंको बृहस्पती बिद्यासदनमा कक्षा ८ मा अध्यनरत अस्मिताको २०६८ साल साउन १ गते असमाहिक निधन भएपछी शोकलाई शक्तीमा बदल्न सोलिडारिटी नेपालले उनको परिवारको आर्थिक सहयोगमा अस्मिता स्मृति पुरस्कारको स्थापना गरेको थियो ।

बागलुङबाट ७ जना जनाले संविधान सभामा प्रतिनिधीत्व गर्ने

कबिता घर्ती मगर
पौष १६ । बागलुङ जिल्लाका ७ जना नेताले आगामि संविधानसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
संविधानसभामा बागलुङबाट नेपालि कांग्रेसका ४, राष्ट्रिय जनमोर्चाका २ र एकिकृत नेकपा माओवादी र नेकपा एमालेका तर्फबाट १÷१ जना सभाषदले संविधानसभामा प्रतिनिधित्व गर्ने भएको हुन् ।
जिल्लाका तिन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ नेपालि कांग्रेसका पैयुपाटाका प्रकाश पौडेल, बागलुङ नगरपालिकाका हरि खड्का र बुर्तिवाङका ज्ञानकुमारी छन्त्याल विजयी भई संविधानसभामा पुग्न सफल हुनुभएको छ ।
समानुपातिक तर्फ नेपाली कांग्रेसका नगरपालिकाका रत्ना शेरचन, नेकपा एमालेका भकुण्डेका नरबहादुर थापा, एकिकृत नेकपा माओवादीका अर्गलका केशरी घर्ति एलिना, राष्ट्रिय जनमोर्चाका गल्कोटका चित्रबहादुर केसि र हुग्दीशिरका मिना पुन संविधानसभामा पुग्ने भाग्यमानी बन्नुभएको छ ।
अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरेका एकिकृत नेकपा माओवादीका दिननाथ शर्मा र नेकपा एकिकृतका परि थापा यस पटक सभाषद बन्नुभएको छैन् ।
यस्तै बागलुङ जिल्लामा जन्मिए र काठमाण्डौमा स्थायी बसोबास रहेका महेन्द्र शेरचन पनि नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फ सभाषदमा चयन हुनुभएको छ ।
तर समानुपातिक तर्फबाट सभाषद बन्ने चर्चामा रहेका नेपालि कांग्रेसका कोपिला बोहोरा, हरि श्रेष्ठ, नेकपा एमालेका गोविन्द्र नेपालि, मना केसि, एकिकृत नेकपा माओवादीका बलावति शर्मा अभागि ठहरीनुभएको छ ।

गुल्मेली समाज जापानले रमझमका साथ नयाँ वर्ष मनायो (फोटो फिचर)

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी, १६ पुस । गुल्मेली समाज जापानले नव वर्ष २०१४ को अवशरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । गुल्मीवाट काम तथा अध्यनको शिलसिलामा जापान पुगेका गुल्मेलीहरुसँग प्रत्यक्ष रुपमा सामिप्यता वढाउने उद्देश्यले पहिलो पटक समाजले जापानमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

गुल्मेली समाज जापानका अध्यक्ष राजु ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम टोकियो स्थित खानापिना रेष्टुरेण्ट बागुरोच्योमा डिसेम्वर ३० गते आयोजना गरिएको संस्थाका सचिव विपिन घिमिरेले जानकारी दिनु भएको छ । सधै आआफ्नोकाममा समय विताउनु पर्ने वाध्यता वस उक्त दिन गुल्मेलीहरुले नयाँवर्षको आगमनलाई मिठामिठा परिकारको स्वाद र नाचगान एवं दोहोरी गीतहरु गाएर हर्षोल्लास पुर्वक मनाएका हुन् ।


कार्यक्रममा सहभागि हुनकालागि समाजले यस अघि नै सवै गुल्मेली र शुभचिन्तकहरुलाई आमन्त्रण गरेको थियो । “पहिलो पटक यस्तो प्रकारको कार्यक्रम आयोजना गरियो तर यति सानदार रुपमा सम्पन्न होला भन्ने हामी पनि सोचेका थियनौं”, कार्यक्रम सफल भएपछि खुसि व्यक्त गर्दै समाजका अध्यक्ष ढकालले भन्नु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष राजु ढकाल एवं सन्तु न्यौपाने र गुणराज सापकोटा(शंकर) ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने संचालन समाजका सचिव विपिन घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा चर्चित लोक कलाकारहरु सुर्य खड्का, श्याम खत्री, आर.सी कुँवर लगायतका कलाकारहरुले गीत तथा दोहोरी गायर कार्यक्रमलाई थप रौनकता प्रदान गर्नु भएको थियो । कार्यक्रममा १० वर्ष भन्दा कम उमेरका वालवालीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने अन्य व्यक्तिहरुलाई रु २ हजार येन प्रवेश शुल्क राखिएको थियो । उक्त समारोहमा विभिन्न क्षेत्रवाट प्रतिनिधित्वमूलक सहभागिता समेत रहेको थियो ।



ओझेलका खबर: बिस-बाईसे उमेरमै श्रीमान गुमाएका शहिद पत्नीहरुको पिडा

Published on: // ,
रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
  •  सुनौँ यो हप्ताको ओझेलका खबर:





मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।


ओझेलका खबरका पुराना अंकहरु

झुट्टा मुद्धा फिर्ता गर्न भन्दै जनमोर्चाले प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझायो

विजय राना/राम सुवेदी
बागलुङ । राष्ट्रिय जनमोर्चा  जिल्ला समिति बागलुङले संविधान सभाको निर्वाचनको समयमा भएका विभिन्न घट्नामा संलग्न रहेको भन्दै आफ्ना कार्यकर्ता माथि लगाईएको झुट्टा मुद्धा फिर्ता गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बागलुङ तथा एकीकृत सेवा केन्द्र बुर्तिबाङ मार्फत गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा संविधान सभाको निर्वाचनको समयमा जैदी÷पैयुंथन्थापमा नेपाली काग्रेसका कार्यकर्तामाथि कुटपिटमा संलग्न भएको भन्दै आफ्ना कार्यकर्तालाई झुटामुद्धा लगाएर राजनितिक प्रतिसोध सांध्ने काम गरेको समेत बताईएको छ ।
विज्ञप्तीमा घट्नाको बारेमा आफ्नो पार्टी अनुसन्धानको लागि तयार हुंदा हुंदै पनि निरअपराध व्यक्ति, परिवार, समुदायलाई आतकित पारी फसाउने काम गर्नु न्यायको धज्जि उडाउनु हो भन्ने उल्लेख गरिएको छ ।
दोषीलाई कानुनी कठघरामा उभ्याउनु जरुरी छ, तर घट्ना संग जोडेर निर्वाचन क्षेत्रभित्र मतदान अधिकृतसंग सर्वदलिय बैठकमा सहभागि कार्यकर्तालाई लगाईएको झुट्टा मुद्धा राजनितिक प्रतिसोध सांध्ने उद्धेश्यले प्रेरित भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा हुग्दिशिरमा आफ्ना कार्यकर्ता मिनापुन लगायतका कार्यकर्ता माथि आक्रमण गर्नेलाई कार्वाही गर्न समेत माग गरिएको छ ।
ज्ञापन–पत्र जिल्लदा प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बुझ्नु भएको छ भने एकीकृत सेवा केन्द्र बुर्तिबाङमा सेवा केन्द्र प्रमुख रविलाल शर्माले जैदी, पैयुंथन्थाप, हुग्दिशिर लगायतका घट्ना राजनितिक भन्दा पनि अपराधिक भएको बताउंदै ज्ञापन–पत्रलाई तत्काल गृहमन्त्रालयमा पठाउने प्रतिवद्धता जनाउनुभएको छ ।
उहामँहरुले कुनै पनि अपराधिक घट्नलाई राजनितिकरण गर्न नहुने कुरामा समेत जोड दिनु भएको थियो ।
जिल्ला प्रंशाशन कार्यालय बागलुङमा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, सचिव धर्मबादुर कुवँरले प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको थियो भने एकीकृत सेवान केन्द्र बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष टेकबहादुर घर्ति मगर , गौरीश्वर पाण्डे र दुर्गादेवि घर्ति मगर सहितको सहितको टोलिले बुझाएको बताइएको छ ।



५ बुँदे घोषणापत्र जारी गर्दै सकियो जेसिसको महाधिवेशन

दिल सिरिस
बागलुङ । नेपाल जेसीजको ४० औ राष्ट्रिय महाधिवेसन ५ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

बागलुङ जेसीजको आतिथ्यतामा पुस १२ गते देखि शुरु भएको महाधिवेसन नयाँ नेतृत्व चयन संगै ५ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

जारी घोषणापत्रमा देशको राष्ट्रिय सत्ता केन्द्रीय राजनीति भन्दा युवामैत्री, सवैको पहिचान भेटिने तथा जातिय द्धन्द मेटिने जनसंबिधान निर्माण गरि समयसिमा भित्र संबिधान जारी गर्दै बिधिको शासन स्थापित गर्न देशलाई प्रगतिको बाटोमा अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

युवाहरुको व्यक्तित्व, नेतृत्व बिकासका माध्यमबाट सामाजिक सास्कृतिक रुपान्तरणको केन्द्रको रुपमा नेपाल जेसीजलाई स्थापति गर्ने र युवाहरुको आशाको बिश्वबिद्यालय बनाउन समायनुकुल कार्यक्रम गर्ने, शाखाहरुको संस्थागत तथा क्षमता बिकास एव सदस्यहरुको अवसरका क्षेत्रमा सिर्जनाका लागि नेपाल जेसीज मार्फत कार्यक्रम गर्ने र नेपाल जेसीजका क्षत्रीय सम्मेलन तथा राष्ट्रिय सम्मेलनलाई उपलव्धी मुलक बनाउन ध्यान दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

महाधिवेसनले राष्ट्रिय महाधिवेसनको आतिथ्यता गर्ने बागलुङ जेसीज परिवार एवं महाधिवेसन सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यावाद ज्ञापन गरेको छ ।

यसैबिच महाधिवेसनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट राष्ट्रिय कार्यकारीणि उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । चुनावी प्रतिस्पर्धामा रहेका ८ जना मध्ये ११ सय ६८ मत पाप्त गरि बिष्णु बराल,८ सय ५८ मत प्राप्त गरि अर्जुन प्रसाद चापागाई,८ सय ३४ मत प्राप्त गरि संगीता शर्मा पौडेल र ८ सय ३० मत प्राप्त गरि रमेश अधिकारी निर्वाचित हुनु भएको हो । १२ जना राष्ट्रिय उपाध्यक्षका लागि भएको निर्वाचनको भने मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

अपाङ्ग अमृतलाई बिदेशबाट थप सहयोग

प्रेम सुनार
गुल्मी, १६ पुस । दुइ हप्ता अघि रेडियो स्काईबाट ओझेलका खवरमा गुल्मी दर्लिङ्गका अपाङ्ग एवं विपन्न अमृत बिश्वकर्माको विचल्लीको कथा प्रशारण भएपछि उनलाई सहयोग गर्ने क्रम बढेको छ । ३ वर्ष अघि १३ वर्षको उमेरमा दिल्लीमा जुठा भाडा माझ्न पुगेका दर्लिङ्ग ६ का बिश्वकर्मालाई पछिल्लो चरण रु ८ हजार सहयोग भएको छ ।
गुल्मीको मुसिकोट ५ देउराली घर भई सउदी अरवमा कार्यरत विष्णु घिमिरे र अवुधावीमा कार्यरत मोहन घिमिरेले गुल्मीन्युज डट कम मार्फत ओझेलका खवर सुनेर अमृतलाई सहयोग गर्न चाहेको बताउनु भयो । उहाँहरुले दुई भाईबाट संयुक्त रुपमा ८ हजार रुपैयाँ पठाएर आफ्ना पिता पृथ्वीबहादुर घिमिरेद्धारा पिडित अमृतलाई हस्तान्तर गराउनु भएको हो ।  दुवै खुट्टाका अपाङ्ग अमृतको त्यो विचल्ली देखेर घिमिरेद्धयका पिता पृथ्वीबहादुरले उनलाई आफुले आगमी दिनमा पढ्नका लागि पनि थप सहयोग गर्ने बताउनु भयो । त्यस्तै अमृतलाई अमेरिकामा कार्यरत पौदी अमराई ४ का कैलास केसी, अमेरिका मै रहेका बाग्लुको दर्लिङ्ग १ का टिकाबहादुर रायमाझी, गुल्मी दर्लिङ्ग २ वलगासका घर भई अमेरिकामा बस्ने सुवोद केसी, र ईजराइलमा कार्यरतहरु क्रमशः मुसिकोट ५ देउरालीकी विद्या कार्की, ताप्लेजुङ्गकी सुस्मिता चुडाल, प्युठानकी कमला पुन, रुपन्देही रुद्रपुर ९ की कविता ढकालले गुल्मी जोहाङ्ग ७ लम्हरी डाँडाकी सिता भण्डारीले सयुक्त रुपमा ४५ हजार सहयोग पठाई सक्नु भएको छ ।
पौदी अमराईका शैलेन्द्र केसी लगायतका नेपालीहरुले अमृतको चुहीने खरको छानमा टिन लगाई दिनका लागि ४५ हजार रुपैयाँ सहयोग हस्तान्तराण भई सकेको छ । यता सदरमुकाम तम्घासस्थित गण्डकी वोर्डिङ्ग स्कुल कक्षा १० कि छात्रा मनिष भण्डारी सहितका विद्यार्थी, शिक्षकहरुले ४ हजार १ सय रुपैयाँ सहयोग गरी सकेका छन् । यो सहित अमृतलाई कुल ५७ हजार १ सय रुपैयाँ सहयोग भएको छ ।
डेढ वर्ष सम्म भारतमा गरेको उपचार खर्च ११ लाख ऋण लगाएको त्यो परिवारको सम्पत्तिका नाममा त्यही चुहिने वास मात्रै छ । उनको पढ्ने र हिँड्ने डुल्ने चाहना यहाँस्थित आश अपाङ्ग केन्द्रले पुरा गरी दिने भएको छ । उनलाई सो संस्थाले आफ्नो उपचार केन्द्र मैं राखेर उपचार, पालन पोषण र आगमी शैक्षिक सत्रदेखि विद्यालय भर्ना गरी दिने भएको प्रवन्धक गंगा रायमाझीले बताउनु भयो ।
अमृत र उनकी आमा धनमायालाई सहयोग हस्तान्तरण गर्दै मुसिकोट ५ देउरालीका पृथ्वीबहादुर घिमिरे



समानुपातिकबाट गुल्मेली महिलाहरुको सम्मान

प्रेम सुनार
गुल्मी, १६ पुस । चार राजनैतिक दलले सार्वाजाकि गरेको समानुपातिक सभाषदको सुची अनुसार गुल्मीमा महिलाहरुको सम्मान भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी र नेकपा मालेबाट छनौट भएका समानुपतिक सभाषदहरु पुरै महिला, त्यो पनि दलित र जनजाती रहनुले यहाँका महिलाहरुको सम्मान भएको हो । दलित समुदायबाट संसदमा पुग्ने पहिलो गुल्मेली चेली कमला बिश्वकर्मा सहित नेपाली कांग्रेसबाट सुवर्ण ज्वारचन ( कान्छी दिदी ) नेकपा एमालेबाट दिलशोभा पुन र एकिकृत नेकपा माओवादीबाट सिर्जना तरामु ति दलहरुले सार्वजानिक गरेको सुचीमा परेका छन् ।
यि सहित समानुपातिकको कोटा पाउने अन्य दलहरु जिल्लामा छैनन् । यसवाट प्रत्यक्ष सहित गुल्मीमा सात जना सभाषद भएका छन् भने संसद विकास कोष मार्फत मात्रै जिल्लामा वार्षिक ७० लाख आउने भएको छ । मालेकी सभाषद बिश्वकर्माको घर हर्दिनेटा गाविसमा हो । दिलशोभाको नयाँगाउँ , कान्छिी दिदीको जोहाङ्गको चोरकाटे, सिर्जनाको ठुलोलुम्पेकको थुम्कामा पर्दछ । कांग्रेसबाट परेकी कान्छि दिदी सवै भन्दा पाकी र राजनितिमा लामो सर्घष रहेकी महिला हुन् । उनि जिल्लामा राजनिति गर्ने महिलाहरु मध्ये सवै भन्दा पहिला माथील्लो तहमा पुग्ने महिला हुन् । २०४९ सालको स्थानिय निर्वाचनमाा उनि जिल्ला उपसभापति निर्वाचित भएकी थिईन् । सो पार्टीको जिल्ला सदस्य हुँदै महिला संघ अध्यक्ष लगायत हाल महासमिति सदस्य रहेकी उनि खरो र आँटीली स्वभावकी नेतृका रुपमा चिनिन्छीन् । यहाँ सभाषदको सुचीमा परी रहँदा उनि उपचारका लागि भारतको अस्पतालमा रहेकी छन् ।  २०३६ सालको जनमत संग्रहमा उनको उल्लेख्य योगदान रहेको र त्यहाँ देखि अहिले सम्म अनवरत पार्टीको खम्वाका रुपमा उहाँ सक्रिय रहँदै आएको नेपाली कांग्रेसका जिल्ला उप सभापति भुवनप्रसाद श्रेष्ठले बताए । ‘ जिल्ला पार्टी खुशी छ उहाँ सभाषद भएकोमा ’–श्रेष्ठले भने–‘यसबाट सिंङ्गो महिला र जनजातीको सम्मान भएको छ । ’ उनले थपे–‘कान्छि दिदी सभाषद हुनु भनेको ईतिहाँसकै सम्मान हो ।’
त्यस्तै एमालेबाट छनौट भएकी पुनको पनि पार्टीमा ठुलो योगदान रहेको जिल्ला अध्यक्ष टोमलाल पाण्डेले बताए । भने–‘पार्टीमा ठुलो योगदान भएकी महिला हुनुहुन्छ दिलशोभाजी, उहाँ परेकोमा हामीहरु खुशी छौं तर उहाँ एक जना मात्रै परेकोमा भने त्यति सन्तुष्ट छैनौं । ’ हामीले पाँच जनाको सिफारिस गरेर पठाएका थियौं, तिन जना पाउनु पर्छ भनेका थियौं’–‘ उनले थपे–‘ दुई जना सभाषद पाउने त यहाँबाट मत परेको थियो तर एक जना मात्रै पार्टीले चयन ग¥यो त्यही पनि अर्घाखाँची र पाल्पाको हेर्दा ठिकै छ भनेर चित्त बुझाउनु परेको छ ।’ एमालेबाट अर्घाखाँची र पाल्पामा समानुपातिकको कोटा नपरेको बताउँदै पाण्डेले २०६४ सालमा गुल्मीले नपाएकोले यसपाली दुई जना सम्म पाउनु पर्ने तर केन्द्रले नदिएको गुनासो गरे । एकिकृत नेकपा माओवादीबाट परेकी तरामु जनयुद्ध कालमा वाल्यपन देखि गोली बारुदसंग जुध्दै यहाँ सम्म आई पुगेकोमा जिल्ला संयोजक सुदर्शन वरालले हार्दिक बधाई दिन्छौं भने ।
‘एकदम सर्घषशिल महिला हो सिर्जना जी’–वरालले भने –‘ उहाँ छनौट भएपछि गुल्मीमा यसपाली हाम्रो सभाषदको रिक्तता पनि पुरा भएको छ ।’ उनले जिल्ला पार्टीबाट पनि उहाँ एक जना मात्रै सिफारिस गरेर पठाएको बताए । मालेबाट बिश्वकमाको छनौटप्रति भने जिल्ला पार्टी असन्तुष्ट रहेको जिल्ला अध्यक्ष जिवलाल अर्याले बताए । भने–‘उहाँ जिल्लामा बसेर पार्टीमा काम गरेकी मान्छे होईन, अन्त–अन्त काम गरेको आधारमा केन्द्रले छनौट गरेको प्रति यहाँ खटेका कार्यकर्ताहरु असन्तुष्ट रहेको पाईयो ।’ म आफु ब्याक्तिगत रुपमा भने गुल्मीकी त्यो पनि दलित महिला परेकोमा खुशी छु’ –उनले थपे–‘उहाँको चयनले गुल्मीमा हाम्रो पार्टीले सभाषद पाएको पनि सायद यो पहिलो हो । ’
अन्तरिम विद्यायिकाका रुपमा जिल्लाबाट संसदमा पुग्ने पहिलो महिला एकिकृत नेकपा माओवादीकी उमा बिश्वकर्मा हुन् । २०६४ को चुनावमा प्रचण्ड पुत्री रेणु दाहल संसदमा पुग्ने दोश्री महिला हुन् । उनिहरु जिल्ला बाहिर माईती घर भएका थिए तर गुल्मी मैं जन्मेको हिसावले मालेकी सभाषद बिश्वकर्मा संसदमा पुग्ने पहिलो गुल्मेली दलित चेली हुन् । प्रत्यक्ष तर्फ भने दलहरुले हार्ने सम्भावना रहेका ठाउँमा मात्रै उठाउने गरेको गुनासो रहेको छ । संयोग पनि त्यस्तै परेको छ, २०६४ र यस पालीको चुनावमा नेकपा एमालेकी मैना भण्डारी दुवै पटक हार्नु प¥यो ।

गुल्मीबाट मात्रै चार महिला सभासद

Published on: //
बिशाल भट्टराई 
गुल्मी, १६ पौष । नेपाली कांग्रेस र एमाओवादीले सोमबार समानुपातिक सभासदको नामावली सार्वजनिक गरेसँगै यहाँका ४ महिलाले पहिलो पटक संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्।
गुल्मीमा जन्मिएका कोही पनि महिला संविधानसभामा पुगेका थिएनन्। यसपाली ४ महिला संविधान सभामा छिर्ने पक्का भएको हो। 

उनीहरु विभिन्न दलको समानुपातिक सभासदको रुपमा संविधानसभा जाँदै छन्। यसपाली नेपाली कांग्रेसबाट सुवर्ण ज्वारचन, एमालेबाट दिलशोभा पुन, एमाओवादीबाट सिर्जना तरामु र नेकपा (माले)बाट कमल विश्वकर्मा सभासद बनेका छन् । यसपाली यहाँबाट कुनैपनि पुरुष समानुपातिक सभासदमा परेका छैनन्। प्रत्यक्षमा भने ३ वटै क्षेत्रमा पुरुष सभासदहरुले जितेका थिए।

चन्द्र भण्डारीलाई खुल्ला पत्र

Published on: //
चन्द्र दाजु, 
नमस्ते !
दाई, हजुरको विजयले हामी गुल्मेली जनताका आशा र सपना ह्वात्तै बढेका छन् । आफु जितेको क्षेत्र मात्र हैन समग्रमा गुल्मीका सबै क्षेत्र र यसको आसपासको स्पर्श जोडिएको स्थानमा भएका सबै जनताको मनमा अब केहि राम्रो अवश्य हुनेछ भन्ने आशा जागृत भएको छ । निरन्तरताको प्रयाशपछिको हजुरको कार्यकाल पार्टीमा निर्वाह गरेको शिक्षा बिभागले भन्दा पनि भौतिक निर्माण तथा यातायात तिरको क्याबिनेट सम्हालेमा हामी बढी खुशी हुनेछौं । केहि गरि शिक्षा क्षेत्रकै सम्हाल्न परेछ भने पनि गुल्मीको तिनै क्षेत्रमा केन्द्रिय स्तरका व्यवशायिक क्याम्पस र पोलिटेक्निक कलेज खोल्ने, बिद्यालयहरुको स्तर सुधार गर्नुपर्छ । साथै बर्खायाममा, बन्द हड्तालमा र आपतकालीन उपचार र सेवाको लागि बिमानस्थल अनिबार्य छ । अत्यन्त सुविधाजनक बिमान स्थल बन्यो भने त्यो व्यस्त हुनेछ  । समग्र गुल्मी, पाल्पा, अर्घाखाँची, पश्चिम स्यांग्जा, पुर्बी प्युठान र दक्षिण बाग्लुंग सबैले उक्त बिमानस्थल प्रयोग गर्नेछन । यसबाट तम्घास आसपास र गुल्मीको जनजीवन उस्किने छ  । धार्मिक र आन्तरिक पर्यटन विकास हुनेछ । 
चन्द्र दाई, हामी सडकमा ठगिएका छौं -बुटवल देखि तानसेन सम्म डबल भएको बाटो तानसेनबाट तम्घास सिंगल नहुनुपर्ने ! त्यो बाटो अनिबार्य डबल गरिनुपर्छ । अझ समयको बचतको लागि चण्डी भन्ज्यांग-कुरुंग खोलाको छोटो बाटो गर्यो भने खर्च पनि कम लाग्छ -दिर्घकालिन रुपमा कुरुंग खोला तिरबाट गुल्मी लगियो भने मान्छेको समय, गाडीको इन्धन अनि ढुवानी खर्च र भाडा सबै सस्तो हुनेछ । अहिले भएको लघुवा हार्थोकको बाटो भैहाल्यो ठिकै छ बैकल्पिक सडक हुनु पनि राम्रै हो तर त्यो खण्डमा धेरै दुर्घटना भएर सुन्दर जिन्दगीहरु समाप्त भएका छन् तसर्थ यसबारे सोच्नुहोला । सबैभन्दा पिडित त रिडी-रुद्रबेनी-वामीटक्सार बाटो भएको छ यो बाटो हजुरले नै पहल गरेर बनाउनु पर्छ । २०३९ सालमा जनताले श्रमदानमा खनेको बाटो हो जुन अहिले सम्म पनि जस्ताको त्यस्तै छ, मेरो निर्बाचन क्षेत्र हैन नभन्नुहोला किनकि हजुरलाई झन्डै ११०० भोट दिने वामी गा बि स जाने बाटो हो यो । उक्त बाटो सारै समस्याग्रस्त छ -डबल गर्नुपर्छ यो बाटो, सबै खोला नदीमा पक्कि मोटर पुल बनाउनु पर्छ, ग्रेडिंग लेन, अनि ग्रावेल र पक्कि गर्ने कार्य तुरुन्त गर्ने बातावरण मिलाउनुहोला । 
तम्घासबाट रेसुंगामा मोटर लैजाने कार्यले त्यहाँको बातावरण बिनास भएको छ, जंगल मासिएको छ अनि यसको अलौकिक धार्मिक महत्व घटेर रक्शी मासुको बनभोज अखडा बनेर सामाजिक बिकृति आउन थालेको छ । त्यसैले रेसुंगालाइ संरक्षित क्षेत्र घोसणा गर्नु पर्छ, बरु तम्घासबाट केबलकार जाने सिस्टम गर्यो भने पर्यटन र मनोरंजन बाट यसको महत्व बढ्नेछ . यसको लागि निजि क्षेत्रलाई लगानीको लागि अनुरोध गर्न सकिन्छ रुद्रबेनीबाट स्यांग्जा जोड्ने डबल पक्कि पुल अनि संगसंगै कालिगण्डकी करिडोर पनि अधिकतम गुल्मीको प्रमुख स्थान रुद्रबेनी र रिडी छोएर राम्रोसंग बनोस भन्ने हाम्रो चाहना छ । 
हाम्रो जिल्ला मध्यपहाडी लोकमार्गबाट ठगियो -त्यस्तो राष्ट्रिय महत्वको योजना मध्य पहाडको प्रमुख जिल्ला गुल्मी नै नछुनु भनेको तपाईंहरु अथवा तत्कालिन पदमा भएका सांसद-सभासद्को कमजोरी हो बाग्लुंगको कुश्मीशेरा बाट गुल्मीको शान्तिपुर छिराएर रिडी रुद्रबेनी सडक संग जोडेर पनि बुर्तिबांग लैजान सकिन्थ्यो । त्यसो नभएर हामी सदाको लागि ठगिएका छौं तर रिडी रुद्रबेनी वामी बाटो साँघुरो, कम्जो, सिंगल हुने अनि वामी पल्तिर खर्बांग पुगेपछि ४ लेनको पक्कि सडक भेटिने भयो भने सधैभरि गुल्मीका जनताले आफ्ना नेतालाई नामर्द मेरीहरु भात माराहरु भनेर कोसि र टोकी रहनेछन जिबनभर ! तसर्थ गुल्मीलाई राष्ट्रिय राजनीतिको मुलधार, बिकासको मुलधार, पर्यटनको मुलधार, शिक्षाको मुलधार, नगदे बालीको मुलधार, स्वास्थ्यको मुलधार, उर्जाको मुलधार बनाउनु पर्छ । जनताले सधैभरि नमन गर्नेछन । दाईको कार्यकाल सुखद र महत्वपूर्ण बनोस  । 
हिले मुख्य सचिव लीलामणि पौड्याल छँदै रास्ट्रिय गौरबका योजना छनौट गरि गुल्मीमा राम्रा राम्रा योजना पार्न सफल हुनुहोला । लिलामणि दाई पनि सारै बढी सिद्धान्तबादी कुरा गर्नुन्छ - अब सेवा निबृत्त हुने बेला भयो त्यसैले जतिसक्दो काम फटाफट गुल्मी र गुल्मेली जनताको बृहत्तर हीतमा काम गर्न ढिला नगरी लाग्नुस् । केन्द्रको राजनीति चल्दै गर्छ तर जिल्लाको राजनीति छोड्दै नछोड्नुहोला । जिल्लामा भएका महत्वपूर्ण पदमा पुगेका कर्मचारी, रास्ट्रिय राजनीतिका महत्वपूर्ण अन्य दलका नेता जस्तै प्रदिप ज्ञवाली जी र गोकर्ण बिष्ट जी सबै एकाकार भएर जिल्लाको विकास गर्नुस । सहिष्णु राजनीति र दत्त चित्त भएर गुल्मीको शिर ठाडो पार्ने पथमा लागि नै रहनुस  शुभकामना छ !

नबराज खराल
सिड्नी, अस्ट्रेलिया 




आफ्नै बाबुको हत्या गरेर १० बर्ष जेल बसी निस्केर फेरी छिमेकिको हत्या (भिडियो)

तारा भुषाल
गुल्मी । बाह्र वर्ष कुकुरको पुच्छर ढुडग्रामा राखेपनि जस्ताको जस्तै भन्ने उखान गुल्मीमा चरितार्थ भएको  छ । आफ्नै पिताको हत्यागरि १० वर्षको कारागार जिवन विताएर मुक्त भएको ६ वर्ष बित्न नपाउदै पुन एक जनाको हत्या गरि फरार अभियुक्त प्रहरीको फन्दामा परेका छन ।  २०५४ सालमा गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने हर्क बहादुर घर्तिले आफ्नै पिता लाल बहादुर घर्तिलाइ हत्या गरि १० वर्ष कारागारमा सजाय भोगि मुक्त भएका निज हर्क बहादुर घर्ति पुन गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने राम बहादुर पाण्डे भनिने वर्ष ५२ को मेघ बहादुर पाण्डेको हत्या अभियोगमा प्रहरी हिरासतमा परेका छन ।
२० दिनको अन्तरालमा गुल्मी जिल्लामा भएका तिन वटा छुट्टा छुट्टै हत्याका अभियुक्त हरुलाइ एक साथ सार्वजनिक गर्ने क्रममा हर्क बहादुर घर्ति सहित गुल्मी ठूलोलुम्पेक गाविसका अर्का हत्याका अभियुक्त गंगबहादुर कुवरलाइ अश्लेवा गाविसका पदम प्रसाद पाण्डेको हत्या अभियोगमा सार्वजनिक गरिएको थियो साथै अर्का गुल्मी धुर्काट रजस्थल गाविस वार्ड नं. ६ बस्ने कपुर बि क लाइ गरल्मीकै अम्मरपुर गाविसका पुने सुनारको हत्या अभियोगमा सार्वजनिक गरिएको हो । यी तिनै जनालाइ गुल्मी जिल्ला प्रहरीले गुल्मीमा एक साथ सार्वनजिक गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

समाचार प्रभावः अपाङ्ग अमृतको चुहिने झुपडीमा अब टिनको छाना, कृत्रिम खुट्टा पनि लगाईने

प्रेम सुनार
गुल्मी, १४ पुस । केहि दिन अघि गुल्मी दर्लिङ्गका एक अपाङ्ग एवं विपन्नको विचल्लिको खवर रेडियो पत्रिका ओझेलका खवरमा प्रशारण भएपछि गुल्मीन्युज डट कम मार्फत सुनेर गुल्मी घर भई विदेशमा बस्ने नेपालीहरुले उनको चुहीने खरको झुपडीमा टिनको छान लगाई दिन आज ४५ हजार रुपैयाँ दिएका छन् । दर्लिङ्ग गाविस वडा नम्वर ६ गैरावारी निवासी १८ वर्षिय अपाङ्ग अमृत बिश्वकर्माको घर ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा विभिन्न मुलकमा रहेका नेपालीहरुबाट संकलन भएको रकम बैंक मार्फत पठाई तम्घासमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

अमेरिकामा सहयोग संकलनमा विशेष पहल गर्ने गुल्मी पौदीअमराई ४ का कैलास के.सीले स्वर्गिय पिता पुर्नबहादुर केसीको सम्झनामा अपाङ्ग अमृतको घर बनाई दिन त्यहाँबाट २५ हजार रुपैयाँ पठाई दिएका छन् । त्यस्तै अमेरिकाबाटै दर्लिङ्ग गाविस वडा नन्वर १ मलारानीका टिकाबहादुर रायमाझीले ५ हजार, गुल्मी दर्लिङ्ग २ वलगास घर भई अमेरिकामा बस्ने सुवोद केसीले ५ हजार र ईजराइलमा कार्यरतहरु क्रमशः मुसिकोट ५ देउरालीकी विद्या कार्कीले ३२ सय, ताप्लेजुङ्गकी सुस्मिता चुडालले ८ सय, प्युठानकी कमला पुनले ८ सय, रुपन्देही रुद्रपुर ९ की कविता ढकालले २७ सय ५०, गुल्मी जोहाङ्ग ७ लम्हरी डाँडाकी सिता भण्डारीले २७ सय ५० सहित कुल ४५ हजार सहयोग अमृतका परिवारलाई भएको हो ।
अमेरिकाबाट मुख्य सहयोगी कैलास केंसीले दुखी गरिव असहायहरुको सहयोग नै साँचो धर्म भएको बताए । अमेरिकामा रहेर सहयोग गर्ने अन्य सहयोगदाताको भनाई पनि त्यही रहेको छ । उनिहरुले यस पुर्व पनि धेरैको जिवन रक्षा र आफ्नो गाउँको विकासमा सहयोग गर्दै आईरहेका छन् ।
उता ईजराईलमा कार्यरत मुसिकोटकी विद्या कार्की असाहयहरुको उद्धारमा अग्रणी भुमिका खेल्दै आएकी छन् । उनले केहि दिन पुर्व तम्घासका असाहय विशाल बिश्वकर्मालाई पनि राशन र जाडोमा लगाउने न्यानो कपडा प्रदान गरेकी थिईन् । उनले अमृतलाई पठाएको रकम अन्य कुरामा खर्च नगरी घर नै बनाउन जोड दिएकी छन् । सहयोगदाताहरुको आग्रह अनुसार यसै समाचारता प्रेम सुनारको संयोजकत्वमा अमृतको घर निर्माण समिति गठन गरिएको छ ।
समितिमा तम्घास मिलनचोकका समाज सेवी रामप्रसाद पन्थी, अपाङ्ग अमृतलाई शिक्षा प्रदान र संरक्षकत्व गरी रहेको आश अपाङ्ग केन्द्र तम्घासका प्रतिनिधी सुरेश श्रेष्ठ , अमृतकी आमा धनमाया बि.क, सहयोगदाता विद्याका माता पिता मिनबहादुर कार्की र मनीकला रहेका छन् । समितिले बैठकवसी उनको घर छाउनका लागि जयराम हार्डवेयरबाट २५ हजार ८ सय रुपैयाँको टिन र किला–काँटीहरु खरिद गरी अमृतकी आमा धनमायाको जिम्मा लगाएको छ भने घर छाना लगाउनका लागि मिस्त्री खर्च रु १९ हजार २ सय रुपैयाँ अमृतको नाममा साईन रेसुङ्ग बैंकमा राखीएको छ । उनको घर भोली देखि नै बनाउन सुरु गरिने भएको छ । सहयोग रकम विद्याका माता पिता मिनबहादुर र मनीकलाले अमृत र उनकी आमा धनमायालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमा अमृतकी आमा सहयोग प्राप्त गरेपछि विद्याकी आमालाई अंगालो हाल्दै रोएकी थिईन् । उता विद्याकी आमा पनि रुन थालेपछि एकछिन सवै भावुक बनेका थिए । ‘मैले त मेरो छोराको त्यो गती देख्दा उति बेलै मरेको भए पनि हुन्थ्यो भनेकी थिएँ’– अमृतकी आमाले भनिन् –‘आज यस्तो सवैबाट सहयोग भएर यसरी मुस्कुराउला भनेकी थिईन् अमृतकी आमाले गला अवरुद्ध पार्दै भनिन्–‘ यहिले उ मुस्कुराउदा मेरो आत्माले आशिष दिएको छ चुहीने झुपडी बनाई दिने र मेरो छोरालाई सपाङ्ग झैं ह्ड्निे बनाई दिने आशा अपाङ्ग केन्द्रलाई ।’
अमृतलाई केन्द्रले कृतिम खुट्टा बनाई दिने भएको छ भने अहिले बैशाखीको सहार दिएर केन्द्र मै राखेर पढाउने भएको केन्द्रकी प्रबन्धक गंगा रायमाझीले जानकारी दिईन् । तिन वर्ष अघि १३ वर्षको उमेरमा भारतमा जुठा भाँडा माझन गएका अमृत गएको ५ महिना मैं सडकमा गाडीले किचेर दुई खुट्ट गुमाएका थिए । ११ महिना भारतको अस्पतालमा रहेका अमृतको उपचारमा परिवारले ११ लाख ऋणको भारी बोकेर बसेको छ । जुन ऋण उनिहरुको श्री–सम्पत्ति बेचे पनि तिर्न पुग्दैन् । उनिहरुको त्यो विचल्लीको खवर थाहा पाएपछि ओझेलका खवर युनिट घरमै पुगेर उनिहरुको कथा ब्याथा लिएको थियो ।




तस्वीरःसहयोग अमृत र उनकी आमालाई सहयोग हस्तान्तरण गर्दै काकी दम्पत्ती

विभाजित गोर्खा आन्दोलन एक गर्न एनआरएनको पहल

Published on: //
ध्रुबराज अर्याल 
लण्डन । विभिन्न चिरामा विभाजित भूतपूर्व गोर्खाको आन्दोलनलाई एकत्रित गर्न गैरआवासी नेपाली संघ बेलायतले पहल सुरु गरेको छ । फरक-फरक समुहबाट गरिएको आन्दोलनबाट भूपू गोर्खाहरुले समानताको लागि गरेको लडाईं निष्कर्षमा पुग्न नसकेको ठहर गर्दै संघले भूपू गोर्खा एकता अभियान थालेको बताएको छ ।भुतपुर्व गोर्खाका नाममा आन्दोलनरत पाँचवटै समूहलाई एकै ठाउँमा भेला गरी उनीहरुबीच सहकार्य गराउने उद्धेश्यले संघले शनीबार फानब्रोमा एक अन्तरक्रिया आयोजना गर्यो । सो अन्तरक्रियामा चारवटा गोर्खा संगठनका प्रतिनिधि उपस्थित भएपनि भूपू गोर्खाहरुको सबैभन्दा पुरानो संगठन गेसो भने सहभागी भएन ।

गोर्खाहरुको वास्तविक हक र अधिकारका पक्षमा सबभन्दा दरिलो रुपमा आफ्नो संगठन नै लागेको बताउने गेसोले अन्य संगठनका आन्दोलनका कार्यक्रमहरु समेत गोर्खाको हितविपरित र अरुबाट निर्देशित रहेको समेत आरोप लगाउँदै आएको छ ।एनआरएनको अन्तरक्रियामा बि्रटिश गोर्खा वेलफेयर सोसाइटी बिजिडब्लुयस, युनाइटेट बि्रटिश गोर्खा एक्स सर्भिसमेन अशोशिएसन युबीजीइए, बि्रटिश गेसो र नेपलीज एक्स सर्भिसमेन एशोसिएसन नेसामा आबद्ध भूतपूर्व गोर्खाहरु सहभागी थिए । उनीहरुबीच आगामी दिनमो सहकार्य गरि आन्दोलन अघि बढाउने सहमति भएको गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष्य अबकाशप्राप्त क्याप्टेन बालकृष्ण गुरुङले बताए ।
अन्तरक्रियामा गोर्खाहरुमाथि विगतमा भएका अन्यायका प्रमाणहरु सबैले संकलन गर्ने र ती सबै प्रमाणहरु एकतृत गरी संसदीय समितिलाई बुझाउने योजना बनाइएको छ ।पछिल्लो क्रममा गोर्खाहरुको आन्दोलनमा उठेका मागहरुबारे अध्ययन गर्न विभिन्न दलसम्बद्ध सांसदहरु सम्मिलित संसदीय समितिलाई जिम्मेवारी दिइएको थियो । संसदीय समितिले सबैतिरबाट प्राप्त प्रमाणहरुको अध्ययन र छानबिन गरेपछि केहि महिना भित्रै प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ । समितिले भूपू गोर्खाहरुको सबैभन्दा महत्वपूर्ण मागका रुपमा रहेको समान पेन्सन मात्र नभइ उनीहरुलाई उपलब्ध गराइएका सेवा सुविधा र ऐतिहासिक रुपमा भएका भनिएका अन्यायका विषय पनि अध्ययन गर्नेछ ।

विगतमा पनि गोर्खाहरुको विषयलाई संसदिय समितिसम्म पुर्याइएको भएपनि त्यसले कुनै निश्कर्ष निकाल्न सकेको थिएन । तर यसपटक सरकार र अरु पक्षबाट पनि यो विषयलाई बढी गम्भीरतापूर्वक लिइएको भन्दै आफ्ना मागको सुनुवाई हुनेमा गोर्खाहरु बढी आशावादी देखिएका छन । अन्तरक्रियामा सहभागी गैरआवासीय नेपाली संघ बेलायतका पदाधीकारीहरुले गोर्खाहरुको आन्दोलनमा संघको तर्फबाट ऐक्यबद्धता दोहोर्याएका थिए । सबै समूह मिलेर अघि बढे मात्रै बेलायती सरकार लगायतका सरोकारवाला निकायमा आवश्यक दबाब सिर्जना हुन सक्ने भन्दै उनीहरुले सबै गोर्खाहरुलाई एकजुट हुन सुझाव पनि दिए ।समान पेन्सन तथा सेवा सुविधा, अठार वर्ष नाघेका गोर्खाका छोराछोरीलाई पनि आवासीय अधिकार, अनिवार्य अवकाशमा पठाइएका र कुनै पेन्सन नपाएका गोर्खाहरुलाई क्षतिपूर्ति लगायतका विभिन्न मागहरु उठाएर विगत लामो समयदेखि गोर्खाहरु आन्दोलनरत छन ।

मोटरसाईकल पल्टिँदा एक जनाको ज्यान गयो

Published on: //
कृष्ण बिसी 
नवलपरासी, पौष १४ । नवलपरासीको दुम्कीबास बडा न १ नजिकैको जंगलमा मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा एक ब्याक्तीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ६ प ८६५८ नवंरको मोटरसाईकल दुम्कीवासको जगलमा पल्टिदा सोही गाविस ५ ज्यामिरे निवासी बर्ष ३५ क यमकान्त सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो । शनिवार साझ ६ बजेतिर भएको उक्त दुर्घटनामा गभिर घाईते भएका सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको इ्रलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । सोही बिषयमा लिएर हिजो स्थानियवासीले करिव ३ घण्टा राजमार्ग अवरुद्ध पारेक थिए । उचित क्षतीपुर्तीको लागी पहल गर्ने भन्ने सहमती भएपछी सडक खुलेको थियो ।

सामुदायिक रेडियो दाउन्नेको प्रसारण क्षमतामा बृद्धी, छिमेकी जिल्लाहरु लगाएत भारतका बिभिन्न क्षेत्रमा सुन्न सकिने

Published on: //
कृष्ण बिसी 
नवलपरासी, पौष १४ । दाउन्ने सुचना तथा सहकारी सस्था लिमीटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्नेको प्रशारण क्षमतामा बृद्धीभएको छ ।बिगत २ बर्षदेखी २ सय ५० बाटको क्षमतामा प्रसारण भईरहेको रेडियो दाउन्ने सुचना तथा सञ्चार मन्त्रालयको स्वकृतीमा प्रसारण क्षमता ५ सय बाट मा बृद्धी भएको हो ।सुचना संिगत मनोरञ्नका समाचार र कार्यक्रम प्रसारण गर्दै आएको रेडियो छोटा समयमै लोकप्रिय बन्न सफल भएको छ । नवलपरासीको बर्दघाटमा स्टुडियो रहेको सामुदायिक रेडियो दाउन्नेले नितान्त समदायमैत्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।एफ एम ब्यान्डको १०३ दशलव ४ मेगाहर्ज र ईन्टरनेट अनलाईनकोwww.RadioDaunne.org Log On गरेर बिश्वभर सुन्न सकिन्छ ।रेडियोको प्रसारण क्षमतामा बृद्धीभए सगै हरेक बर्ग,समुदाय,लगाएत सबै क्षेत्रलाई समेटेर बिबिध कार्यक्रमहरु सञ्चालन गरिने रेडियोले जनाएको छ ।क्षमता बृद्धी भएसगैं नवलपरासी लगाएत छिमेकी जिल्लाहरुरुपन्देही,चितवन,तनहु,पाल्पा,कपिलबस्तु,अर्घाखार्ची,भारतका केही क्षेत्रहरुमा रेडियो स्पष्ट सग सुन्न सकिने भएको छ ।

स्वर्गिय शिक्षक निर्मलको घटना छानविनको माग

Published on: //

प्रेम सुनार

गुल्मी, १४ पुस ।   केहि दिन अघि गुल्मीको थानापतिमा मृत फेला परेका शिक्षक निर्मलल ज्ञवालीकाबारेमा छानविन हुनु पर्ने माग यहाँको एक राजनैतिक दलले गरेको छ । पौष ९ गते  बलेटक्सार ४ निवासी ३९ वािर्षय शिक्षक ज्ञवालीको विद्यालय नजिकै मृत फेला परेको र उनलाई लगाईएको आरोप र उनको रहस्यमय मृत्यु घटनाको निष्पक्ष छानविन हुनु पर्ने माग एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर २ ले गरेको हो ।

   सो पार्टीका क्षेत्रिय संयोजक अशोक थापाद्धारा जारी विज्ञप्तीमा समाजको विकृति बिसंगति उठान गर्न लाग्नु भएका शिक्षक ज्ञवालीको मृत्यु रहस्यमय भएको उल्लेख छ । लामो समयदेखि वामपन्थी आन्दोलनमा लाग्नु भएका शिक्षक ज्ञवाली त्यस विद्यालयका कुशल र दक्ष विज्ञान शिक्षक हुनुहुन्थ्यो विज्ञप्तीमा भनिएको छ शिक्षण पेशामा उहाँ जिल्ला कै अनुशासित , कर्तब्य निष्ठा र इमान्दार ब्याक्तीका रुपमा रहेको कुरा समाजलाई जगजाहेरै छ ।

 

   त्यस्तो शिक्षकलाई जुन अन्तिम समयमा आएर गैर जिम्मेवारीपुर्ण ढंगले आरोप लगाईएको छ त्यो सभ्य, सुसंकृत र शिक्षित समाज बनाउन नचाहने केहि ब्याक्तिहरुको झुण्डाले लगाएको झुटो आरोप हो भन्ने हाम्रो ठहर छ’ –विज्ञप्तीमा भनिएको छ । यसर्थ हामी उचित छानविनको माग गर्दछौं संयोजक थापाले भनेका छन् ।

  शोक बक्तब्य जारी गर्दै एकिकृत नेकपा माओवादीले स्वर्गिय ज्ञवालीका परिवार र आफन्तजनप्रति गहिरो समावेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदलेर समाज रुपान्तरणको अभियानमा लाग्न परिवारजनलाई अनुरोध गर्दै स्वर्गिय ज्ञवालीका अधुरा सपना साकार पार्ने प्रतिबद्धता जाहेर गरी उहाँप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ ।

नवलपरासीको परासीमा सेमी कर्भडहल निर्माण कार्य हुदै

Published on: //
कृष्ण बिसी 
नवलपरासी, पौष १४ । राष्ट्िरय खेलकुद परिषदले यस आर्थिक बर्षमा योजना सम्पन्न गर्ने गरि नवलपरासीको सदरमुकाम परासीमा सेमी कर्भडहल निर्माण गर्ने भएको छ । करिव ५६ लाख लागतमा निर्माण पुरा गर्ने राष्ट्रिय खेलकुद परिषदका इन्जियनयर किशोर सिंह शाही ले जानकारी दिनु भयो । कर्भडहलको लम्वाई ३० मिटर र चौडाई २० मिटर को कर्भडहल निर्माणको जम्मा प्रदेश निर्माण सेवा काभ्रेले पाईसकेको छ ।  परासी आर्दश स्कुल पछाडी को जि वि सको नाममा रहेको र हाल जिल्ला खेलकुद विकास समिति ले भोगाधिकार प्राप्त जग्गामा कर्भडहल निर्माणको काम सुरु हुन लागेको जिल्ला खेलकुद विकास समितिका सचिव केशव रेग्मीले बताउनुभयो । कर्भडहल हल निर्माण पछि जिल्ला मा ईनडोर खेल सचालनमा सजिलै गर्न सकिने र खेलाडी उत्पादनम पनि सहजता थपिने कराते प्रशिक्षक ऋषिराम पौडेलले वताउनुभयो ।कर्भड हल निर्माण सम्पन्न भएसगै बिभिन्न खेलको प्रशिक्षण सगै प्रतियोगिता सचालनका लागी सहज हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष डोलराज भण्डारीले बताउनुभयो । खेलकुद परिषदका प्राविधिक र ठेकेदारले जग्गा को निरीक्षण गरिसकेको र अव एक हप्तावाट निर्माण कार्य सुरु गरिने समितिले जनाएको छ । 

६ महिनामा स्थानीय निर्वाचन र एक वर्षमा संविधान निर्माण ः भण्डारी

जनार्दन घिमिरे
गुल्मी, १४ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य चन्द्र भण्डारीले अव वन्ने सरकाले छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन र एक वर्ष भित्रमा संविधान निर्माण गर्नु पर्ने वताएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनताहरुले आफ्नो अधिकार र आफ्नो वजेट आफै संचालन गर्न नपाएको भन्दै नेता भण्डारीले जनताको अधिकार जनतालाई नै प्रत्याभूति हुने वातावरका लागि पनि छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको वताए ।

उनले जनताले चाँडो भन्दा चाँडो संविधान निर्माण गर्नकालागि जनमत दिएर पठाएको हुँदा उनीहरुको आशालाई तुसारापात हुन नदिनकालागि पनि एक वर्ष भित्रमा कुनै पनि मूल्यमा संविधान निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । निर्वाचन आयोगलाई पटक पटक समययावधि लम्वाउन आग्रह गरेपनि राजनैतिक दलहरुले समानुपातिक सभासदहरुको अन्तिम नामावली अझै वुझाउन नसकेकोमा आश्चर्य प्रकट गर्दै भने,“ नेपालका नेताहरु यति कमजोर छन् भन्ने मलाई लागेको थिएन।” गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुुङ्गा वहुमुखि क्याम्पसको ३१ औं वार्षिकोत्सव एवं २९ औ क्याम्पस सभालाई आईतवार सम्वोधन गर्दै केन्द्रिय सदश्य भण्डारीले उक्त कुरा वताएका हुन् ।

कार्यक्रममा नेता भण्डारीले एउटा स्नाकोत्तर गरेको मानिस वेरोजगार वनेर अरवका खाडिहरुमा भेडा चराउन जानु पर्ने वाध्यात्मक विद्यमान अवस्था रहेको भन्दै उनले त्यसको कारक हाम्रो वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको वताए । “प्रमाण पत्रले साक्षर मात्र वनाउछ, शिक्षीत वनाउन सक्दैन, हाम्रो शिक्षामा अध्यात्मिकताको ज्ञान भएन, त्यसैले हाम्रो देश पछि परेको हो,” भण्डारीले भने । उनले नेपालको संविधानमा शिक्षा, स्वास्थ्य तथा रोजगारिलाई मौलीक अधिकारका रुपमा राख्नकालागि आफुहरुले अभियान संचालन गरेको वताए । आफु पार्टिको शिक्षा विभाग प्रमुख भएको नाताले हरेक जिल्लामा एकएकवटा आंगिक क्याम्पस संचालन गर्नकालागि पहल गर्ने वताए । सोही कार्यक्रमा भण्डारीले क्याम्पसवाट प्रकाशित विद्या पत्रिकाको समेत विमोचन गरेका थिए ।


गुल्मीबाट पहिलो पटक दलित र जनजाती चेली संसदमा

प्रेम सुनार
गुल्मी, १३ पुस । मुलुकका दुई राजनैतिक दलले सार्वजानिक गरेको समानुपातिक सुची अनुसार गुल्मीबाट पहिलो पटक दलित र जनजाती चेली संसदमा पुग्ने भएका छन् । जिल्ला बाहिर माईती घर हुने महिला बाहेक जिल्ला मै जन्मेका कमला बिश्वकर्मा संसदमा पुग्ने पहिलो दलित महिला र दिलशोभा पुन पहिलो जनजाती महिला हुने भएकी छन् ।

बिश्वकर्मालाई नेकपा मालेले र पुनलाई नेकपा एमालेले समानुपातिक सभाषदको सुचीमा चयन गरेपछि यस्तो अवसर उनिहरुले पाउने भएका हुन् । जिल्ला बाहिर घर भई गुल्ममा विवाहित महिलाका रुपमा भने अन्तिरिम बिद्यायीकका रुपमा एकिकृत नेकपा माओवादीबाट संसदमा पुग्ने जिल्लाकै पहिलो महिला उमा बिश्वकर्मा हुन् । २०६४ सालका चुनावमा जिल्ला बाहिर माईती घर भई पौदीअमराईको अरेवामा विवहा भएकी प्रचण्ड पुत्री रेणु दाहल समानुपातिकबाट संसदमा पुग्ने दोश्री गुल्मेली महिला हुन् ।

संसदमा पुग्ने पहिलो गुल्मेली महिला उमा पाल्पा माईती घर भई गुल्मीको सिर्सेनी निवासी एमाओवादी राज्य समिति सदस्य बेगमबहादु चन्दसंग अन्तरजातिय विवाह गरेर आएकी हुन् । उनि जनयुद्ध कालदेखि नै लडाकु र हाल मगराँत राज्य समिति सदस्य हुन् । संसदमा पुग्ने पहिलो गुल्मेली दलित चेली कमलाको घर गुल्मीको हर्दिनेटा २ धरमपानीमा पर्दछ ।

पिता मित्रलाल ( बाबुलाल ) बिश्वकर्मा र माता राधिकाको कोखबाट जन्मीएकी बिश्वकर्मा अविवाहित हुन् । उनि लामो समय देखि केन्द्रियतहमा दलित अधिकारकर्मी, पत्रकारिता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल छन् । दलित महिला संघ रुपन्देहीको संस्थापक अध्यक्ष रहेकी कमला दलित महिला संघकी केन्द्रिय कोषाध्यक्ष, जागरण मिडिया सेन्टरकी उपाध्यक्ष, मानव अधिकार सञ्चार प्रतिष्ठानकी उपाध्यक्ष, स्थायी शान्ति समिती ललितपुरकी सदस्य लगायत उनि दर्जनौ गैह्र सरकारी संस्थामा आवद्ध छन् ।

२०४८ देखि नेकपा मालेमा आवद्ध उनि सो पार्टीको भगेनी संगठन प्रगतिशिल महिला संघ, दलित संगठनकी केन्द्रिय सदस्य र जातिय मामिला हेर्ने विभागको जिम्मेवारी पाएकी छन् । स्नातक उतिर्ण विश्वकर्मा जागरण मिडिया सेन्टरको हाम्रो आवाव पत्रिकाको सह सम्पादक समेत रहेकी छन् । काठमाण्डौंमा बसे पनि पछिल्लो चरण गृह जिल्लाको समाज सेवामा लागेकी बिश्वकर्मा गुल्मीबाट संसदमा पुग्ने पहिलो दलित चेली हुने अवसर पाएकोमा आफ्नो भाग्य र संघर्ष दुबै हो भन्छिन् ।

त्यस्तै संसदमा पुग्ने पहिलो जनजाती महिला दिलशोभा पुनको जन्म घर गुल्मीको दिबङ्ग ३ दहगाउँमा पर्दछ भने विवाहित घर गुल्मी कै नयाँगाउँ ९ मा पर्दछ । उनि नेकपा एमाले गुल्मीका पुर्व जिल्ला अध्यक्ष बमबहादु खड्काकी धर्म पत्नी हुन् । तत्कालित नेकपा माले गुल्मी अर्घाखाँची संयुक्त कमिटी रहँदा हालका एमाले नेता विष्णु पौड्या र प्रदिपकुमार ज्ञवालीले यि जोडीहरुको जनवादी विवाह गराई दिएका थिए ।

पार्टीमा यि दुबैको संघर्षशिल यात्राको यहिले पनि तारिफ गरिन्छ र दिलशोभालाई यस बेला पार्टीले गरेको मुल्याङ्गनले नेता खड्काले पनि केहि हद सम्म भए पनि चित्त बुझाउनु परेको छ । एक समय सो पार्टीकी चर्चित कलाकार , मानव अधिकारवादी र हाल सम्म पार्टीको सशक्त कार्यकर्ताका रुपमा परिचीत दिलशोभाको जन्म जन्म २०२४ साल यसै पुस महिनाको २० गते भएको थियो । पिता वलबहादुर पुन र माता वागमतिको कोखबाट जन्मीकी दिलशोभा २०३६ सालको जनमत संग्रहको विद्यार्थी आन्दोलनमा तत्कालिन शारदा निमावि दिब्रुङ्गमा कक्षा ६ मा पढ्दा देखि नै तत्कालिन नेकपा मालेमा लागेकी थिईन् ।

शारदा माविको स्ववियु सभापतिबाट नेतृत्वदायी भुमिका पाएकी दिलशोभा कक्षा ८ मा पढ्दा अनेरास्ववियुको जिल्ला सदस्य बनेकी थिईन् । पछि कोषाध्यक्ष हुँदै अनेम संघको जिल्ला सचिव बनेकी दिलशोभा पार्टीको जिल्ला सदस्य र हाल लुम्विनी अञ्चल समन्व्य समितिकी सदस्य हुन् । २०३६ देखि अनवरत संगठनमा खटेकी उनि २०४६ पछि प्रगतिशिल गायिकाका रुपमा चर्चामा थिईन् । कला गालकी धनी दिलशोभा आईछन् रे भनेपछि विपक्षीहरु समेत माले÷एमालेको आमसभामा आउने गर्दथे ।

२०५१ देखि मानव अधिकारवादी संस्था ईन्सेक गुल्मी जिल्ला प्रतिनिधी रहेकी उनि २०६४ सालको चुनावमा समानुपातिक उमेदवारको सिफारिसमा परेपछि ईन्सेक प्रतिनिधीको जागिर छाड्नु परेको थियो भने समानुपातिकमा पर्ने पक्का भयो भन्ने बेलामा निरास हुनु परेको थियो । ‘ उता ईन्सेकको जागिरबाट पनि हात धुनु परेको थियो र उता जिल्लामा पार्टीलाई पहिलो पार्टी बनाउने गरी खट्दा समानुपातिकमा परिने पक्का जस्तै ठानेको बेला अन्तिममा आएर परेन ’–् उनले भनिन् –‘यति लामो समय खटेकी मान्छेको पार्टीले मुल्याङ्गन गरेन भन्ने लागेको थियो तर यसपाली समानुपातिकमा पारेको सुन्दा बल्ल पार्टीले मुल्याङ्गन ग¥यो भन्ने लागेको छ ।’

उनले यो बेलामा संघर्षका ति दिनहरु जुन बेला पुलिस संग लुक्दै भाग्दै, कहिले खाँदै कहिले भोकै हिडेको र रात दिन आँधीहरु नभनी खटेका क्षणहरु स्मण गर्न मन लागेको बताईन् । दिलशोभा झैं अर्की संघर्षशिल महिला जसले बाल्यकालदेखि जनयुद्धमा भिडेर आजको गणतन्त्र र यो समावेश ल्याउनमा ज्यु–ज्यानको वाजी लगाएको थियो , उनि अर्थात एकिकृत नेकपा माओवादीकी सिर्जना तरामु पनि गुल्मीबाट समानुपातिकमा पर्ने आश धेरैले गरेका छन् ।

उता राजनितिमा लागेर जिल्लामा पहिलो पटक सवै भन्दा पहिला माथील्लो तहमा पुगेकी महिला जो जिल्ला विकास समितिको उपसभापति बनेकी थिईन् उनै नेपाली कांग्रेस नेतृ सुवर्ण ज्वारचन (कान्छि) दिदी पनि सो पार्टीबाट समानुपातिकमा परुन् भन्ने कामना धेरैले गरेका छन् । यदि त्यो कामना र सम्भावना पुरा भयो भने गुल्मीबाट पुरुष कै संख्यामा एकै साथ पहिलो पटक गुल्मेली चेलीहरु संसदमा पुग्ने भएका छन् । यसबाट राजनितिमा लागेका गुल्मेली तमाम महिलाहरुको पनि हौसला बढ्ने छ ।

विगतको योगदानले गिज्याएको छ : झाँक्री

बिशाल भट्टराई 
गुल्मी– गुल्मीमा जन्मिएर एमालेको विद्यार्थी राजनीतिमा होमिएकी रामकुमारी झाँक्रीले एमालेको समानुपातिक सभासद्को सूचीमा नपरेपछि आफूलाई विगतमा गरेको योगदानले गिज्याएको बताएकी छन्। उनले फेसबुकमार्फत् पार्टीको निर्णयले आफू आश्चर्यमा परेको बताएकी छन्। 

अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी झाँक्रीले आफूले एमालेको राजनीतिमा रत्नपार्कमा बगाएको रगत बिष्णुमतिको पानी भएको टिप्पणी गरेकी छन्। 'राजनीति निर्मम हुन्छ जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मूल्य हुँदैन भन्ने सुनेकी थिएँ,' उनले आफ्नो फेसबुकमा लेखेकी छन्, 'मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीका लागि विष्णुमतिमा बगेको पानीजस्तै भएछ।' साथै उनले पार्टीको निर्णयले आफ्नो विश्वास नडगमगाएको भन्दै उनले परिवर्तनको आन्दोलनमा लागिरहने बताएकी छन्।


संविधान निर्माणमा दवाव दिन भन्दै बागलुङमा हस्ताक्षर अभियान सुरु


कबिता घर्ती मगर
बुर्तिबाङ, पौष १३। संबिधान सुचना केन्द्र बागलुङले समयमै संबिधान निर्माणको लागि हस्ताक्षर अभियान सुरु गरेको छ ।
पहिलो संबिधानसभा द्धारा प्राप्त उपलव्धिलाई संस्थागत गरौं , तोकीएकै समयमा संबिधान निर्माण गर भन्ने नाराका साथ केन्द्रले हस्ताक्षर अभियान चलाएको हो ।

शुक्रबारबाट बागलुङमा सुरु नेपाल जेसिजको ४० महाधिबेशन कक्षा भित्रै हस्ताक्षर केन्द्र राखेर अभियानको सुरुवात गरीएको हो । अभियानमा पुर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका नेता सेरबहादुर देउवा, पुर्व अर्थ सचिव रामेश्वर खनाल,बागलुङका सभासद्हरु प्रकाश शर्मा पौडेल, हरिबहादुर खड्का र ज्ञानकुमारी छन्त्याल, प्रमुख जिल्ला अधिकारी कौलाशनाथ खरेल,  लगायतले हस्ताक्षर गरेका छन् ।
 केहीदिन हस्ताक्षर अभियान चलाईने र केन्द्रको ज्ञापन पत्रसहित हस्ताक्षरलाइ सरकार समक्ष पठाउने तयारी रहेको केन्द्रका राम शर्माले बताउनुभएको छ ।

भीआईपीको तामझाममा हिरासतकी अभियुक्त

Published on: // ,
भरत पाण्डेय
गुल्मी । साँझ झमक्क पर्न आँटेको बेला जिल्ला प्रहरी कार्यालय गुल्मीको गेटमा २ वटा कार टक्क रोकिए। आँखामा चस्मा, कोरियन स्टाइलको कपाल, हिल सुज र पाइन्टमा एक युवती कारको ढोका खोलेर प्रहरी कार्यालयमा भित्रिइन्। पछिपछि उनको ब्याग समाउने पुरुष, दायाँपट्टि वकिल र अरू २⁄३ जना पुरुष थिए। उनी ओर्लनेबित्तिकै जिल्लाका चर्चित नेताहरू पनि प्रहरी कार्यालयमा प्रवेश गरे। बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयमा सरकारको उच्च व्यक्ति प्रवेश गरेजस्तो तामझाम भयो।
तर यो भीआईपीको स्वागतको तामझाम थिएन। फरकफरक नाम र फरकफरक जन्ममिति राखेर तीनवटा नागरिकता बनाएको आरोपमा पक्राउ परेकी अभियुक्तलाई प्रहरीले हिरासतमा लिँदाको दृश्य थियो।

गुल्मी दिगाम–७ माइत भई दुई ठाउँमा बिहे गरेर छुट्टाछुट्टै नागरिकता बनाएकी नरबहादुर सूर्यवंशीकी छोरी तारा भनिने हरिकला झाँक्री नाम गरेकी एक महिलालाई म्याग्दीबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भित्त्याउँदा कुनै उच्चपदस्थ व्यक्तित्व भित्रँदाको जस्तै तामझाम देखेर सर्वसाधारणसमेत अचम्ममा परे।
गत साउन महिनामा सञ्चारमाध्यमहरूमा एक व्यक्ति, दुईवटा नाम, तीनवटा नागरिकता शीर्षकको समाचार आएपछि सोधखोज हुँदै जाँदा भर्खरै मात्र प्रमाण पुर्याएर ती महिलालाई गुल्मी प्रहरीको पहलमा म्याग्दी प्रहरीले बिहीबार बिहान पक्राउ गरी साँझ गुल्मी ल्याएको हो।
गत साउन महिनामा विभिन्न पत्रपत्रिकामा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले उनको किर्ते कामको विषयमा खोजी शुरू गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले बताउनुभयो।
नागरिकतामा हस्ताक्षर गर्ने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको साउन ४ गतेको पत्रअनुसार आफूलाई पनि भूmटा काजगात पेस गरेर झुक्याएको भन्ने पत्र प्राप्त भएपछि रिपोर्ट तयार गरेको थियो। त्यसपछि प्रहरीले खोजी कार्य शुरू गरेको हो।
‘गत साउन १३ गते जिल्ला प्रसासन कार्यालय गुल्मीले दिएको रिपोर्टको आधारमा हामीले खोजीकार्य शुरू गरेका हौं।’ –जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले भन्नुभयो।
ती महिलाले फरकफरक दुई नाम र जन्ममिति भएका ३ वटा नागरिकता बनाएकी छन्। २०६४ साल जेठ २ गते पल्लीकोट १ का लीलबहादुर झाँक्रीको श्रीमतीको रूपमा ४११०१७⁄६५७११ नम्बरको नागरिकता बनाएकी उनले त्यसपछि २०६५ साल कात्तिक ७ गते अविवाहिताको रूपमा गीतादेवी सूर्यवंशीको नामबाट ४११०२०⁄७४२६० नम्बरको नागरिकता बनाएकी छन्।
गीतादेवीकै नामबाट उनले २०६६ साल चैत १३ गते म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन्। उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरकफरक रहेको छ। हरिकला नामको पहिलो नागरिकतामा उनको जन्ममिति २०४० चैत्र २७ गते रहेको छ। गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा उनको जन्ममिति २०३८ चैत २७ गते रहेको छ।
डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासन कार्यालयबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर रहेको छ। गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीको रूपमा र दोस्रो नागरकिता सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा हस्ताक्षर गरी जारी गरेका छन्। नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरकफरक नाम राखेकी छन्।
ती महिलाले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २०६५ साल कात्तिक २१ गते नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन्। पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्दसँग विवाह गरेकी ती महिलाले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा यो पोल खुलेको हो।
झुटो विवरण पेस गरी किर्ते गरेको अभियोगमा ती महिलालाई जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। ‘कानुनी गल्ती गरेकै हो त्यसैले कारबाहीको प्रक्रियामा जानुपर्छ’, प्रहरी निरीक्षक श्रीवास्तवले भन्नुभयो– ‘त्यसैले मुद्दा प्रक्रियामा गइसक्यो।’ अदालतले थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ। निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले सरकारवादी मुद्दा भएकाले उक्त मुद्दा तुरुन्तै किनारा लाग्न सक्ने बताउनुभयो। ‘कानुनी प्रक्रिया शुरू भएको छ’, उहाँले भन्नुभयो– ‘सकेसम्म कस्टडीमा रहेकै बेला छिनोफानो हुन्छ।’
नागरिकता ऐन २०६३ अनुसार झूटो वा किर्ते विवरण खडा गरी नागरिकता बनाउने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म जेल सजाय वा २० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। हिरासतमा रहेकी ती महिला शुक्रबार पनि खुलेआमा प्रहरी कार्यालय परिसरमा डुल्ने गरेकी छन्। यो संवाददाता पुग्दा दिनभर जसो उनी प्रहरी कार्यालयको बरान्डामा घाम तापेर बसेकी थिइन्। उनका निजी वकिल र केही सँगै आएका व्यक्तिले दिनभर उनीसँग निर्बाध रूपमा भेटघाट गरिरहेका थिए।
स्रोतका अनुसार उनलाई छुटाउन विभिन्न राजनैतिक दलका केन्द्रीयस्तरका नेताहरूको फोन आइरहेको छ। ‘दबाबले हाम्रोमा पनि हैरानी छ।’ –प्रहरी स्रोत भन्छ। ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट २०५८ सालमा जन्मिएका देव र २०६० सालमा जन्मिएका वीरेन्द्र नामका २ छोरा छन्। २०६५ सालमा श्रीमान्को मृत्यु भएपछि उनले तुरुन्तै २०६५ कात्तिक ४ गते छोराहरूको संरक्षकको रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन्।
त्यसपछि कात्तिक १८ गते अविवाहिताको रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन्। अविवाहिताको नागरिकता लिएको एक महिना पनि नबित्दै २०६५ मंसिर १५ गते म्याग्दीमा दोस्रो विवाह गरेको र दोस्रो विवाहपछि पहिलो पतिका दाजुभाइलाई धम्क्याएर २०६५ माघ १३ गते अंश लिएको अदालतको फैसला विवरणमा उल्लेख छ।

एमाले समानुपातीकमा धौलागीरीका ५ जना

राम सुवेदी
बुर्तिबाङ, पौष १३ । नेकपा एमालेले संबिधानसभाका लागि समानुपातिक उम्मेद्वारको टुंगो लगाएको छ । एमालेको शुक्रबार बसेको केन्द्रिय समितीको बैठकले नाम टुंगो लगाएको हो । एमालेको समानुपातिकमा धौलागीरीका ४ जिल्ला बाट ५ जनाको नाम सिफारीस भएको छ । जस मध्य चार जना महिलाको नाम सिफारसि गरीएको छ ।
एमालेले बागलुङका नरबहादुर थापा र महेन्द्र सेरचन, पर्वतकी कल्पना चापागाईं, म्याग्दीकी नरदेवी पुन र मुस्ताङकी श्रीमायाँ थकालीलाइ सिफारीस गरेको छ । समानुपातिकमा परेका २ जना संचार उद्यमी रहेका छन, सेरचन काठमाण्डौबाट प्रकाशीत हुने राजधानी दैनिकका संचालक हुन भने चापागाईं पर्वतको रेडियो दीदी बहिनीकी अध्यक्ष रहनुभएको छ ।

गुल्मी सेवा समाजकी महिला विभाग प्रमुखलाई दुबईबाट बिदाई

Published on: // ,
लालबहादुर ढेंगा
दुबई । गएको २७ डिसेम्बर शुक्रबारका दिन दुबईको मेट्रो पार्कमा एउटा कार्यक्रमको आयोजना गरी गुल्मी सेवा समाज युएईकी महिला बिभाग प्रमुख अमृता पौडेल ज्ञवालीलाई सम्मानका साथ बिदाई गरिएको छ । सो बिदाई गुल्मी सेवा समाज युएईले स्वदेश नेपाल फर्कन लागेको क्रममा गरेको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा बिदाई गरिने अमृता पौडेल ज्ञवाली र बिशेष अतिथिमा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा केन्द्रीय तथा क्षेत्रीय प्रमुखहरु रहेको कार्यक्रमलाई केन्द्रीय प्रवक्ता मदन बिष्टले संचालन गर्नु भएको थियो । केन्द्रीय महासचिव लक्ष्मण अर्यालको शुभकामना मन्तव्यबाट थालनी भएको बिदाई कार्यक्रममा अध्यक्ष लक्ष्मण भण्डारीले दोसल्ला ओढाएका थिए भने दुबई क्षेत्रीय अध्यक्ष मिन भण्डारी र प्रचार विभाग प्रमुख मानबहादुर कुंवरले संयुक्त रुपमा कदर–पत्र दिएर बिदाई गरेका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१० मा युएई छिरेकी अमृता पौडेल ज्ञवालीले नेपाली कल्याणकारी समिति युएईको कोषाध्यक्षको पदमा बसेर कार्य गरिसकेकी छिन् भने अन्य विभिन्न संघ संस्थामा पनि आफ्नो योगदान पु¥याउदै आएकी थिइन् । स्वदेश फर्केर पनि यस संस्थालाई निरन्तरता दिदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।

सन् २०११ मा स्थापना भएको गुल्मी सेवा समाज युएईले विभिन्न सहयोग र उद्धार गर्ने क्रममा हेल्प नेपाललाई ने.रु ५० हजार सहयोग गरेको छ भने गुल्मीस्थित अपाङ्ग र असाहयहरुलाई कपडा लट्टाका लागि ने.रु ६० हजार र नेत्रहिन बिद्यार्थीहरुलाई केयबोर्ड किन्नका लागि ३५ हजार उपलब्ध गराएका छन् । त्यसैगरी हात्ती चौर गाविस–१, गुल्मी निवासी १६ बर्षीय श्याम घर्तीलाई हृदय रोगको उपचारका लागि रकम संकलन गर्दै छन् । जसमा हालसम्म १ लाखभन्दा बढी रकम संकलन भएको अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी समेत दिएका छन् ।

आगामी दिनहरुमा समाजलाई अझै संशक्त ढंगले अगाडि लैजाने जानकारी अध्यक्ष भण्डारीले आफ्नो मन्तव्यको क्रममा बताएका छन् । आजीवन सदस्य र साधारण सदस्यताको व्यावस्था गरी व्यापक रुपमा लैजाने कुरालाई सबैले सहमति जनाएका छन् । समाजप्रति आस्था राखी हरेक कार्यमा आ–आफ्नो सहयोग दिदै आएका सम्पूर्ण गुल्मेलीवासीहरुलाई अध्यक्ष भण्डारीले धन्यबाद व्यक्त गरेका छन् ।

६० लाख खर्चेर गौंडाकोटमा पिकनिक स्थल

घनश्याम गौतम
गुल्मी, पुस ११ । सरदुमकाम नजिकको गौंडाकोट क्षेत्रमा करिब ६० लाख लगानीमा पिकनिक स्थल निर्माण गरिएको छ । रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय भैरहवा र स्थानीय उपभोक्ताको पहलमा गौंडाकोटको दारेढुंगामा करिब ४० लाख र म्यालपोखरीमा करिब २० लाख बजेटमा वनभोजस्थलहरू निर्माण गरिएको हो ।

पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगाको फेँद गौंडाकोटको दारेढुंगामा निर्मित स्थल जिल्लाकै उत्कृष्ठ भएको छ । यस्तै, गौंडाकोटकै म्यालपोखरीमा निर्मित स्थलसमेत आकर्षक छ । सदरमुकाम तम्घासबाट करिब २० किमि दूरीको दारेढुंगामा सेनाले पैदल मार्ग निर्माण गरिदिएपछि पिकनिकमा जानेहरूका लागि थप सहयोग पुगेको छ ।
गुल्मीको गौंडाकोट गाविसको दारेढुंगामा निर्माण गरिएको पिकनिक स्पट । रूरू-रेसुंगा क्षेत्र
 संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय, स्थानीय उपभोक्ता र
नेपाली सेनाको समेत सहयोगमा निर्माण गरिएको पिकनिक
स्पट जिल्लाकै उत्कृष्ठ भएको छ ।
तस्बिर: घनश्याम गौतम

समितिले करिब २५ लाखको लागतमा दारेढुंगा क्षेत्रमा पिकनिक र भ्रमणका लागि चारवटा गोल घर, एउटा भान्सा घर, पानी सुविधाका लागि प्लास्टिक पोखरी, धारा, खानेपानी संकलनका लागि ट्यांकी निर्माण गरिदिएको अध्यक्ष निमबहादुर पाण्डेले बताए । दारेढुंगा विकास समितिका अध्यक्ष क्याप्टेन रामबहादुर थापाका अनुसार अहिलेसम्म सडक, भवन र पूर्वाधार निर्माणमा ४० लाखभन्दा बढी खर्च भइसकेको छ ।

तम्घास-रिडी सडकबाट करिब १५ मिनटको पैदल दूरी र करिब एक किमि कच्ची मोटरबाटोले दारेढुंगालाई छोएको छ । उक्त क्षेत्रबाट गुल्मी, पाल्पा, बागलुङ, पर्वत, र स्याङ्जाका मनोरम बस्तीहरू दृश्यावलोकन, कालीगण्डकी र रुद्रावती नदी, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न हिमशृंखलाको समेत सजिलै अवलोकन गर्न सकिने भएकाले पनि धैरैको आकर्षण बढेको पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

गौंडाकोट बजार नजिकबाट १० मिनटको पैदल दूरीमा पुग्न सकिने दारेढुंगा क्षेत्रलाई थप आकर्षक बनाउन स्थानीय बासिन्दाले सेनाको सहयोगमा २ सय ५० पारिजात, ५० धूपी र इपिलइपिलका बिरुवासमेत रोपेका छन् । दारेढुंगा क्षेत्र करिब साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको समितिका अध्यक्ष थापाले बताए ।

‘बलात्कारी’ मगर फरार हुँदा १४ बर्षिया दलित किशोरी अलपत्र

प्रेम सुनार
गुल्मी, १२ पुस । एक वर्ष अघि स्थानिय मगर समुदायका एक विवाहित पुरुषको जवरजस्ती करणीबाट जन्मीएको शिशु बेवारिसे बनाउँदै गुल्मीको हवाङ्दी गाविसकी एक दलित किशोरी न्याय नपाएर अलपत्र परेकी छन् । हवाङ्गदी गाविस वडा नम्वर ७ निवासी चित्रबहादुर घर्ति मगरले सोही गाविस वडा नम्वर ४ कि १४ वार्षिया सुन्तली नेपाली (नाम परिवर्तन) लाई गत वर्ष जवरजस्ती करणी गरी सन्तान जन्माएर त्यो सन्तान आफ्नो भनी स्वीकार गरे पनि पछि परिवारले उनलाई भगाए पछि सुन्तली अलपत्र परेकी हुन् ।
सुन्तलिले गत चैत्र २० गते छोरा जन्माएकी थिईन् । ‘सुन्तलीले हामी गाउँका भद्र भलादमीहरुका माझ चित्रबहादुरलाई पोलेपछि उनले त्यो सन्तान स्वीकार गरेका थिए’–स्थानिय समाजसेवी हिमानसिंह बुढाले भने–‘पछि उनकी जेठी श्रीमतिले वडा नम्वर ७ का महिलाहरुको समुह ल्याएर सुन्तलीलाई ज्यान मार्ने सम्मको धम्की दिदै चित्रलाई घरबाटै भगाए पछि उनि अलपत्र परेकी छन् ।’ सम्पत्तिका नाममा वास मात्रै भएकी सुन्तलीकी आमाले दैनिक निमेक मजदुरी गरेर घर चलाउँदै आएकीले न्यायका लागि तम्घास सम्म आउने बाटो खर्चको जोहो उति बेला गर्न नसकेर त्यतिकै बसेको बुढा मगरले बताए ।
त्यो कुराको उजुरी गरेपछि गाउँमा कतिपयले एैँचोपैँचो समेत रोकेका थिए भने कैयौंले बेखर्ची सुत्केरी सुन्तलीलाई मानो उठाएर सुत्केरी उम्काएका थिए ।
सुन्तलीको त्यो बिचल्लीको खवर रेडियो पत्रिका ओझेलका खवरमा प्रशारण भएपछि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाएर उनको विहान बेलुकाको गुजरा चलेको थियो । ‘आमा बुढि हुनुहुन्छ ,बा बु अर्की आमा लिएर कहाँ हुनुहुन्छ पत्तै छैन’–सुन्तलीले भनिन –‘के गरुँ न्याय पाउनु त परै जाओस् भोको पेटमा खान छैन, यहि वर्षिको छोरो बोकेर मेलपात गरेर जिविका गरेकी छु ।’ ‘उति बेला भर्खर विदेशबाट आएका चित्रबहादुरले मध्य रातमा आएर एक्कासी मुख थुने म चिच्चाउन सकिन’ सुन्तलीले उनको कर्तुत सुनाउँदै भनिन् –‘गुहार माग्न खोज्दा खोज्दै म बेहोस भएँ ।’ ‘गर्भ रहेपछि उनलाई भन्दा उनले लगेर फाल भन्थे तर म सित पैसा थिएन कसरी फालुँ ? उनले पैसा दिएनन् ’–सुन्तलीले भनिन् –‘पछि छोरो जन्मेपछि उनका गाउँका महिलाहरुले ज्यान मार्ने सम्मको धम्की दिएपछि गाउँ निकला हुनु पर्ने डरले आमाले चुप लागेर बस भनेपछि सहेर बसेकी छु ।’ यति बेला चित्रबहादुरकी जेठी श्रीमतिले छोरी पाएकी छन् भने यता सुन्तलीले जन्माएको छोरा ठ्याक्कै चित्रबहादुर कै फोटो कपी रहेको स्थानिववासी बताउछन् । उनले न्यायका लागि पहल गरी दिन जिल्लाका दलित अधिकारकमीसंग आग्राह गरिन् । भनिन–‘ जिल्लाका दलित संघ–संस्थाहरुले बाटो खर्च मिलाई दिए आउने थिएँ के गराम, गाडी भाडा तिर्ने पैसो छैन, बच्चासित हिडेर आउन सक्दिँन । ’ उनि सहित गैह्र दलितहरुको गर्भ धारणबाट जन्मीएको सन्तान लिएर माईती मैं अलपत्र दलित समुदायका कुमारी आमाहरु जिल्लामा दर्जनौंको संख्यामा अलपत्र छन् ।

सहयोगी छन् प्रवासी नेपाली

बिशाल भट्टराई
गुल्मी, ११ पौष । गुल्मी- विगत पाँच वर्षदेखि शौचालयमा बस्दै आएकी बाग्लाकी ज्ञानी परियारले दशैं मनाउन आर्थिक सहयोग पाइन् काभ्रेका अर्जुन प्रसाद मैनालीबाट। अहिले अमेरिकाको न्युयोर्कमा बस्दै आएका मैनालीले ज्ञानीलाई दशैं खर्च तथा दैनिक जीवनयापन र छोराहरुको पालनपोषणका लागि सहयोग पठाएका थिए।
पाँच वर्षदेखि घरबारविहीन भएकी ज्ञानीले दशैं राम्ररी मनाउने मात्र हैन, अब सहयोगीले बनाइदिएको आफ्नै घरमा बस्ने भएकी छन्। युके समाज गुल्मीले उनको घर निर्माणका लागि १ लाख २२ हजार सहयोग गरेपछि उनी आफ्नै घरमा बस्ने भएकी हुन्। 'प्रवासीहरुले सहयोग गरेपछि ज्ञानी निकै खुसी छिन्। उनलाई लण्डनमा बस्ने नेपालीले पनि थप १ लाख ३० हजार रकम पठाएका छन्,' घर ब्यवस्थापन समितिका संयोजक पुनम अर्यालले भनिन्, 'आफ्नो दुःखले विदेश गएकाले नै सहयोग गर्दा हामीलाई पनि निकै खुसी लागेको छ।'

जिल्लामा प्रवासी नेपालीको सहयोग पाउनेको संख्या ठूलो छ। विभिन्न देशमा बस्ने प्रवासी नेपालीले विपद्‍मा परेका जिल्लावासीलाई सहयोग गरिरहेका छन्। युके समाज गुल्मीले शनिबारमात्रै एक कार्यक्रम गरेर जिल्लामा अपांगताको क्षेत्रमा काम गरिरहेको आशा अपाङ केन्द्रलाई पाँच लाख सहयोग गरेको छ। समाजले हालःसम्म उक्त केन्द्रलाई मात्र २२ लाख रुपैँया सहयोग गरेको केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले बताए। 'हामी पनि आफ्नै बाध्यता विवशताले विदेश गएका हुन्छौं। तर आफ्नो गाउँठाउँमा सहयोग गर्नुपर्छ भन्ने भावनf पलाउँछ,' युके समाजका मिडिया तथा आइटी सेक्रेटरी फणीन्द्र भट्टराई भन्छन्, 'हामी सबैले थोरै-थोरै जम्मा गरेर दिएको पैसाले कसैलाई ठूलो सहयोग बन्छ।' प्रवासमा रहेका नेपालीले आफ्ना प्रतिनिधिमार्फत जिल्लामा सहयोगको याचना गरिरहेका ब्यक्ति र संस्थालाई समय समयमा सहयोग पठाइरहेका छन्। अमेरीका, बेलायत, लण्डनजस्ता धेरै आम्दनी हुने देशमात्र हैन थोरै आम्दानी हुने देशमा रहेका नेपालीले पनि सहयोग पठाइरहेका छन्।
कतारमा बस्ने गुल्मेलीले एउटा संस्था नै गठन गरेर कतारमा दुःख पर्नेलाई सघाउँछन्। उनीहरुले जिल्लामा पनि समय समयमा विपद्‍मा परेकालाई सघाइरहेका छन्। गुल्मी सेवा समाज दोहा कतारले केही महिना अगाडि हस्तिचौर गाविसका ब्लड क्यान्सर पीडित रमेश घिमिरेलाई सहयोग पठाएका थिए। उनीहरुले आइतबार पनि सदरमुकाम तम्घासमा एक कार्यक्रम गरेर जिल्लाका २ जना मृगौला पीडितलाई सहयो गरे। ठूलोलुम्पेक–५ की मृगौला पीडित तिलमाया तरामु र नेटा–५ का मृगौला पीडित गोपाल परियारलाई संस्थाबाट २५/२५ हजार सहयोग प्रदान गरे। समाजका सह कोषाध्यक्ष झबिन्द्र आचार्यले त आफ्नो ब्यक्तिगत रुपमा ५/५ हजार रुपैँया छुट्टै पनि प्रदान गरे।
'कतारमा रोजगारीको शिलशिलामा दुःख पाउनेलाई निशुल्क सहयोग गर्छौं। गुल्मेलीहरु हामीकहाँ आएभने उनीहरुलाई सानो सानो काममा दूतावास धाउनु परेको छैन्,' गुल्मी सेवा समाज दोहा कतारका कोषाध्यक्ष बुद्ध पाण्डेले भने, 'हामीले पनि विदेशमा लेबर काम गर्ने हो। आफ्नो जिल्लाका मानिसलाई थोरै धेरै सहयोग पनि गरेका छौं।' उनले आफूहरु काम गरेर बाँकी रहेको समयमा चन्दा संकलन गरेर विभिन्न समयमा जिल्लाका आपतमा परेकाहरुलाई सहयोग पठाइरहेको बताए।
प्रवासीले जिल्लामा सहयोगको याचना गरिरहेका गम्भीर रोगबाट पीडित, गरिब, विपन्न, सञ्चारकर्मी, सामाजिक संघसंस्थालगायतका क्षेत्रमा सहयोग पठाइरहेका छन्। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट कसैले सहयोगको याचना गरिहरको थाहा पाएपछि उनीहरुले सहयोग पठाउने गरेका हुन्।

श्यामको उपचारको लागि गुल्मी न्युजमा समाचार प्रकाशित भएको २ दिनमै डेढ लाख सहयोग जम्मा

प्रेम सुनार
गुल्मी, १२ पुस । गुल्मी न्युज डट कममा गुल्मी हस्तीचौरका एक युवाको जिवन रक्षार्थ "छोरा जीवनको भिख माग्दै अस्पतालमा, बाबु सहयोग माग्दै गाउँ गाउँमा" शिर्षकको समाचार प्रकाशित भएको २ दिनमै विदेशमा बस्ने नेपालीहरुले डेढ लाख रुपैया संकलन गरी सकेका छन् भने उनको उपचार खर्च पुग्ने गरी थप रकम संकलन भईरहेको जानकारी प्राप्त भएको छ ।
हस्तीचौर १ जुकेपानी निवासी १८ वार्षिय श्याम घर्तिको मुटुले काम नगरेर रकम अभावमा मृत्यु स्वीकार्न विवस उनको उपचारका लागि गुल्मी सेवा समाज युईएले पनि सहयोग संकलन गरेको हो । समाजले आफ्नो फेसबुक पेज मार्फत सहयोग सङ्कलन गरिराखेको सो पेजका सञ्चालक युएईमा कार्यरत गुल्मी ईस्मारजस्थल ९ निवासी मानबहादुर कुँवरले साँझ सम्म एक लाख रुपैयाँ संकलन भएको र एक हप्ता भित्रमा उनको उपचार खर्च पुग्ने गरी रकम संकलन हुने विश्वास लिएको बताए ।
गुल्मी सेवा समाज युईएका अध्यक्ष एवं गुल्मी हुँगा निवासी लक्ष्मण भण्डारीको अगुवाईमा भएको रकम संकलनका क्रममा युएईका मालिकहरुले समेत सहयोग गरेको कुँवरले जानकारी गराए । कुँवरले साँझ सम्म ४० जनाले सो रकम दिएको जानकारी दिए । त्यस्तै युएईमै कार्यरत खोटाङ गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन कार्य तिब्र पारिएको राईले जानकारी दिए । उनको नेतृत्वमा संकलित रकम र अन्य क्षेत्रबाट भएको सहयोग सहित ५० हजार जोड्दा डेढ लाख संकलन भएको हो ।
‘गुल्मीन्युज डट कममा बिरामी किशोर श्याम घर्तीको बारेमा समाचार पढेँ", राईले भने ‘साह्रै मन छोयो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक एक रुपैयाँका दरले संकलन भए पनि श्यामको जिवन बाँच्ने बताए । गुल्मी सेवा समाज युईएका अध्यक्ष भण्डारीले त्यस समाजका सबै साथीहरुको सक्रियताले नै श्यामलाई बचाउने सकिने गरी रकम संकलन गरिएको भन्दै सबैलाई धन्यवाद दिए ।
उनिहरुले युएईमा सो संस्था र गुल्मीम पनि शंकर ज्ञवालीको अध्यक्षतामा गुल्मी सेवा समाज खोलेका छन् । यि दुई संस्थाले गुल्मी तम्घासको उपल्लो तम्घास माध्यामिक विद्यालयका श्रवण शक्ति नभएका र सुस्त मनस्थिती भएका विद्यार्थीहरुलाई गत हप्ता ६० हजार सहयोग गरेका थिए । अनलाईन सञ्चालक मानबहादुरका अनुसार कतारमा मात्रै नभएर विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत फेशबुक मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
श्याम मुटुले काम नगरेपछि गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा भर्ना भएका छन् भने उनको अप्रेशनका लागि धरौटी राख्ने साढे दुई लाख रुपैयाँ नभएर उनका बाबु कुमार घर्ति गाउँ फर्केर चन्दा उठाउँदै हिडेका छन् । उनको सवै जायजेथा बेचे पनि उपचार खर्च नपुग्ने भए पछि उनले संसार भरका मानिसहरु संग छोराको जिवन रक्षाका लागि सञ्चार माध्यम मार्फत सहयोगको याचना गरेका थिए ।
उनलाई बैंक खाता मार्फत सहयोग गर्न चाहने े महानुभावले नेपाल एसवीआई बैंक तम्घासको खाता नम्वर २०९१५२४१४०२४३९ एनपिआरमा रकम राखी दिन सक्नु हुने छ । त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ ।
यसरी पुर्वी खोटाङ्ग देखि विदेशका नेपालीहरुले श्यामको सहयोगका लाखि सक्रियता देखाए पनि विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता , भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको जिवन दुहाईको समाचार पढ्ने फुर्सद समेत छैन ।

तीन वटा नागरिकता बनाएर दुई श्रीमानको सम्पत्ति हडप्न खोज्ने महिला गुल्मी प्रहरीको हिरासतमा

प्रेम सुनार
गुल्मी, १२ पुस । विवाह पछि सुश्री बनाएर अर्को नागरिकता र सुश्री नागरिकतामा हुँदा हुँदै फेरी कसैकी श्रीमती बनेर एउटी महिला दुई श्रीमान तिन नागरिकता बनाउने विरुद्ध आज जिल्ला अदालत गुल्मीमा मुद्धा दायर भएको छ ।
गुल्मीको दिगाम ७ वस्ने नरबहादुर सुर्यबंशीकी छोरी तारा भनिने हरिकला झाँक्रीले यसरी अहिले सम्म दुई वटै श्रीमानको श्रीमती बनिरहेकी छन् र उनले दुई वटा नामबाट तिनवटा नागरिकता निकालेकी छन् । उनि विरुद्ध किर्ते अभियोगको मुद्धा दर्ता गरी उनलाई हिरासतमा लिईएको प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत निशान्त श्रीवास्तवले जानकारी दिए । सो कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरिक्षक फत्तेनारायण यादवले दिएको जानकारी अनुसार उनले दुई वटा नामबाट एउटा सुश्री र अरु दुई वटा श्रीमतिका रुपमा नागरिकता बनाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट जेठ २ गते पल्लीकोट १ का लिलबहादुर झाँक्रीकी श्रीमतिका रुपमा ४११०१७÷६५७११ नम्वरको नागरिकता लिएकी उनले एक वर्ष नपुग्दै फेरी त्यसै जिल्ला प्रशासनबाट गितादेवि सुशर्यबंशीका नामबाट सुश्री बनेर दोश्रो नागरिकता लिएकी छन् । एक वर्ष अघि झाँक्रीकी श्रीमतिका रुपमा नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले फेरी २०६५ साल कार्तिक ७ गते उनलाई अविवाहितका रुपमा दोश्रो नागरिकता दिनुले उ र सिफारिस दिने गाविस सचिवहरु प्रति पनि प्रश्न चिन्ह खडा भएको छ । उनले सुश्रीका रुपमा ४११०२०÷४६२६० नम्वरको नागरिकता लिएकी थिईन् । फेरी त्यसको एक वर्ष नपुग्दै उनले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पुलाचौर ८ म्याग्दीका गोविन्द बानियाँकी श्रीमतिका रुपमा तेश्रो नागरिकता लिएकी छन् । पहिलो नागरिकतामा उनको जन्म मिति २०४० ÷१२÷२६ रहेको छ भने दोश्रो र तेश्रो नागरिकतामा २०३८÷१२÷२७ रहेको छ ।
यसरी एक महिला दुई बेग्लै उमेर र नाम , दुई श्रीमान, तिन नागरिकता बनाउने उनले पल्लीकोटका पहिलो श्रीमान झाँक्रीको सम्पत्ति आफ्नो नाममा बनाएर सुश्री बन्दै अर्को नागरिकता बनाई त्यसको २२ दिनको दिन पासपोर्ट समेत बनाएकी छन् । यता पुर्व श्रीमानको सम्पत्ति, उता काठमाण्डौंमा रहेका म्याग्दीका गोविन्द वानियाँको पक्की घर अंशको रुपमा हडप्न आँटे पछि उनका ति सबै कर्तुतहरु खुलासा भएका हुन् । उनिबाट पिडित गोविन्दले त्यो पिडा सञ्चार माध्यममा ब्यक्त गर्न वित्तिकै उनलाई प्रहरीले पच्छ्याउन थालेको थियो । पछिल्लो चरण म्याग्दी प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बुझाएको प्रहरी निरक्षक श्रीवास्त बताउँछन् । ‘हामी म्याग्दी नै गएर उनलाई बुझेर गुल्मी ल्याएका हौं’ श्रीवास्तवले भने, ‘उनलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।’
त्यस्ती महिलालाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले छाडेको र प्रहरीले फेरी समातेको बताईएको छ । मन्त्रीको जस्तै तामझामका साथ दादाहरुसँगै कारमा उनका मान्छेहरुले खाना ल्याई दिने उनको ठुलै पहुँच भएको र प्रशस्त पैसा पनि रहेको बताईन्छ । उनि काठमाण्डौं प्रहरी प्रशासनबाट बच्दै आउनु र जिल्ला प्रशासन कार्यायल म्याग्दीबाट पनि छुट्नुले ति अस्त्रहरुले काम पो ग¥यो कि भनेर आंसका गर्नेहरु पनि छन् । उनका पहिला श्रीमान झाँक्री झुण्डीएर मरेको एक वर्ष मैं उनि फेरी सुश्री बने पनि झाँक्रीबाट उनले जन्माएका दुई छोराहरु रहेका छन् । 

कतारमा रहेका खोटाङेली लागे गुल्मीका श्यामको जिवन रक्षामा

प्रेम सुनार
गुल्मी, १२ पुस । सामाजिक सञ्जाल फेशबुक र अनलाईन मिडियाको प्रभाव यस्तो छ कि यसले कसैको जिवन रक्षाका लागि संसारभरका मानिसहलाई सक्रिय पार्दै जान थालेको छ । यसको पछिल्लो उदाहरण हो गुल्मी हस्तीचौर १ जुकेपानीका श्याम घर्ति मगरको जिवन रक्षाका लागि पुर्व खोटाङ्गवासीहरुको समेत सहयोग संकलनमा सक्रियता ।
दोहा कतारमा कार्यरत खोटाङ्गको गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन सुरु भएको राईले जानकारी दिए । ‘हिजो फेशबुकमा शेयर गरिएको गुल्मीन्युज डट कममा प्रकाशित न्युज पढे –‘राईले भने–‘साह्रै मन छोयो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक रुपैयाँका दरले संकलन भए पनि  श्यामको जिवन बाँच्ने बताए ।
  श्याम मुटुले काम नगरेपछि गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा भर्ना भएका छन् भने उनको अप्रेशनका लागि धरौटी राख्ने साढे दुई लाख रुपैयाँ नभएर उनका बाबु कुमार घर्ति गाउँ फर्केर चन्दा उठाउँदै हिडेका छन् ।  उनको सवै जायजेथा बेचे पनि नपुग्ने भए पछि उनले संसार भरका  मानिसहरु  संग छोराको जिवन रक्षाका लागि सहयोगको याचना गर्दै आएका छन् । उनलाई सहयोग गर्न चाहने महानुभावले नेपाल एसबीआईको खाता नम्वर– द्दण्ढज्ञछद्दद्धज्ञद्धण्द्दद्धघढ ल्एच् मा सहयोग रकम राखी दिन सक्नु हुने परिवारले आग्राह गरेका छन् ।  
 त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा  सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ । खोटाङ्गका नेपालीहरुले जस्तै गुल्मी सेवा समाज युईएले पनि श्यामको जिवन रक्षाका लागि सहयोग रकम संकलन गरी रहेको छ । विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता, भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको त्यो जिवन दुहाईको समाचार पढ्ने फुर्सत समेत छैन् ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग