Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"अहिलेका दोहोरी सुन्दा चिन्ता लाग्छ"

Published on: //

माधव अर्याल
२०४० को दशकमा निकै राम्रा लोकगीत बज्थे । स्वर सोध्यो भने सबैजसोले भन्थे- बमबहादुर कार्कीको होला । तिनै कार्कीले अचेल लोकगीत गाउन छाडेका छन् । अशक्त भएर भने होइन ।

'पहिलेकै जस्तै गाउन सक्छु,' ५३ वषर्ीय गायक जोसिए, 'तीन/चार घन्टा लगातार गाउन पनि सक्छु ।' उनले गाएका 'पानको पात...,' 'खोलापारि निरमाया वारि म रुनी...,' 'डाँडैको देवी देउराली...,' 'नरोऊ नरोऊ हे दुलही नानी..,' 'तानसेनमा बिजुली दाइ...,' 'सारंगीको धुन...' जस्ता धेरै गीत लोकपि्रय छन् । गुल्मीको घमिर-८ मा जन्मेका कार्कीका अनुसार त्यस बेलाका गीत जीवन्त हुन्थे । भने, 'तर, अहिले त्यस्तो छैन । सबै कुरा आधुनिकताले खाइदियो ।'२८ वर्ष लोक गायनमा लगाएका कार्कीका अनुसार उसबेला सम्मान पाउन र धन कमाउनभन्दा पनि रमाइलोका लागि गाउने चलन थियो । 'बजाउने टेप रेकर्डर पाइँदैनथ्यो, गीतको चक्कै नपाउने समस्याले हैरानी भएको अवस्थामा हामीले गीत गाउने गरेका हौं,' उनले भने, 'एकातर्फ गीत र अर्कातर्फ पन्चेबाजाको धुन भरेर सुनेर हिँड्ने चलन थियो ।' गुल्मीकै हिमालय माविबाट २०३३ मा एसएलसी पास गरेर काठमाडौं हिँडेका कार्कीले २०३४ मै रेडियोमा स्वर परीक्षा छिचोले । पढाइलाई निरन्तरता दिए, बीएल पास गरे । शाखा अधिकृतमा नाम निकालेका उनलाई पैसाको भने खासै चिन्ता भएनछ । उनको पहिलो गीत २०४० मा रेडियो नेपालमा बज्यो । 'पहिले यसरी अहिलेझैं छाडा भएर गाउन पाइँदैनथ्यो,' उनले अतीत सम्भिmए, 'तामझाम सहितको बाजागाजा हुँदैनथ्यो, सारंगी, मादल, बाजाको तालमा गाउनुपथ्र्यो ।' उपसचिव भइसकेका उनका ८२ एल्बम निक्लिसकेका छन् । ५ सयभन्दा बढी गीत गाएका उनले 'अझै पनि पैसाभन्दा लोकगीत र सांस्कृतिक' हिसाबले गाउने गरेको बताए । काठमाडांैबाट तानसेन बसमा आए पनि गुल्मी जान दुई/तीन दिन लगाएर टेप बजाउँदै हिँडेको उनको मनमा ताजै छ । 'गाउँमा टेप-रेकर्डर लिएर गयो भने ठूलै लाहुरे आएछ भन्ने हुन्थ्यो,' उनले सम्भिmए, 'उकालीओराली गर्दै खोला तरेर हिँड्ने बेला गाएका गीत अहिले पुराना भए ।'उनलाई लोक, भजन, दोहोरी, रोयला कुनै पनि भाका गाउन उनलाई 'केहीझैं लाग्दैन' । 'दोहोरीको सुरुवातै हामीले गरेका हौं,' उनी २०४३ तिर फर्किए, 'तर अहिले दोहोरीजस्ता पनि आउँदा चिन्ता लाग्छ ।' उनले भनेको पहिलो दोहोरी थियो- म्याग्दीकी धनकुमारी थापासँग गाएको 'खोलापारि निरमाया...' ।  उनका अनुसार अचेल संगीतकर्मीलाई प्रविधिले सजिलो त बनाएको छ तर संगीतमा जीवन्तता हराउँदै गएको छ ।उनलाई के लाग्छ भने उतिबेलाका गीत सुनेपछि तस्बिर झल्किन्थ्यो तर अहिलेको त्यस्तो हँुदैन । 'झोलुङ्गे पुल थिएनन्, मायालुलाई सम्झेर वारिपारि किनारमा हेरेर बस्ने जमाना थियो,' उनले भने, 'त्यसैलाई देखेर गीत बन्थे, समाजमा भएदेखेका सत्य घटना हाम्रा गीत भए ।' उनी अब भने रोयला गायनलाई अगाडि बढाउने सुरमा छन्, आफ्ना पुराना गीतलाई भिडियोमा ल्याउने तयारीमा पनि छन् ।अचेल लोकगीत सुनाउन देशदेशावर गरिरहने कार्कीलाई पाल्पामा हालै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले अन्य संगीकर्मीसहित सम्मान गरेको थियो । उनले पाल्पा, बुटवल क्ष्ाेत्रमा हुने सांस्कृतिक कार्यक्रममा आफूलाई नबोलाइने गरेकामा भने मन खिन्न बनाए । 'मेरो जन्मथलो यही क्षेत्र हो, बरु पैसा कम दिनुस्, तर हामीलाई सम्भिmदिनुपर्छ,' उनको आग्रह थियो ।

भैंसी ५ महिनापछि 'हिरासत' मुक्त


शंकर आचार्य
भैंसी हिरासतमा ! अचम्म मान्नु पर्दैन । पर्शुरामपुरस्थित कट्टी बलुवा प्रहरी बेसक्याम्पले एउटा भैंसीलाई झन्डै पाँच महिना 'हिरासत' मा राखेर मुक्त गरेको छ ।
क्याम्पले फागुनदेखि नियन्त्रणमा लिएको पर्शुरामपुर- ९ का जोधा दासको गर्भिणी भैंसी गतसाता मात्रै परिवारलाई फिर्ता गरेको छ । दास परिवारले स्थानीय दुर्गा सिंहको परिवारलाई क्याम्पमा ४० हजार रुपैयाँ दिएपछि मात्र प्रहरीले उक्त भैंसी मुक्त गरेको हो । दासले उक्त रकम सिंह परिवारसित ऋण लिएका थिए ।
दासको परिवारसँग फागुनमा भएको कुटपिटमा ६५ वर्षीय सिंहको मृत्यु भएको थियो । त्यसयता दास परिवारका जोधा, उनका जेठा छोरा कमलेश र कान्छा छोरा रमेश फरार छन् । कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका तीनै जनालाई प्रहरीले खोजी गरिरहेको छ । दास परिवारको घरमा अहिले महिला र बालबालिका मात्रै छन् । उनीहरूले नै अर्को ऋण गरेर उक्त रकम तिरेका थिए ।
पहिले घनिष्ठ सम्बन्ध भएका बेला जोधाले आफूसँग ४० हजार रुपैयाँ ऋण लिएको भन्दै उक्त रकम उठाउन दास परिवारको भैंसी लान खोजेपछि विवाद प्रहरीसम्म पुगेको थियो । दास परिवारले ऋण लिएको कागजी प्रमाण भने सिंह परिवारले देखाउन सकेको थिएन ।
त्यसपछि प्रहरीले सर्वपक्षीय भेला गरी दास परिवारले ४० हजार रुपैयाँ ऋण चुक्ता नगरेसम्म भैंसी आफ्नै नियन्त्रणमा राख्ने निर्णय गरेको थियो । 'भैंसीकै कारण दुवै परिवारबीच पुनः काटमार हुने र गाउँको शान्ति सुरक्षा नै खलल हुने अवस्था आएपछि भैंसीलाई बेसक्याम्प परिसरमै राख्ने निर्णय गरेका हौं,' क्याम्प प्रमुख प्रहरी नायब निरीक्षक रमेश तिमल्सेनाले भने, 'मैले आफ्नो १३ वर्षे जागिरे जीवनमा यस्तो अनौठो मुद्दा देखेको र भोगेको थिइनँ ।'
यसबीचमा गर्भिणी भैंसीको उचित स्याहार गर्न दास परिवारले गाउँकै चिरकुट धोबीलाई सुसारेमा नियुक्त गर्‍यो । महिनाको दुई हजार रुपैयाँ वा त्यस बराबर अन्न पाउने गरी नियुक्त भएका धोबीले उक्त भैंसीलाई दैनिक चराउने, नुहाइदिनेलगायत स्याहारसुसार गरे । जोधाकी छोरी रिनाले आफूहरू प्रहरी बेसक्याम्प धाएर भैंसी स्याहार्न नसक्ने भएकाले चिरकुटलाई सुसारे नियुक्त गरेको बताइन् । भैंसी बेसक्याम्पबाट फिर्ता ल्याएको चार दिनमै ब्याएको र बुधबार ३५ हजार दुई सय रुपैयाँमा पर्शुरामपुर-६ का वीरेन्द्र मुखियालाई बिक्री गरिदिएको उनले बताइन् ।
भैंसीलाई मुक्त गर्न लिएको ४० हजार ऋणमध्ये पाँच हजार रुपैयाँ अझै तिर्न बाँकी रहेको उनले जनाइन् । घरमा पुरुष सदस्य कोही नभएकाले उक्त रकम तिर्न समस्या परेको उनले सुनाइन् । यता भैंसी खरिद गरेका वीरेन्द्र मुखिया पनि आफू ठगिएको अनुभव गर्दैछन् । गर्भिणी हुँदा राम्रो स्याहार नपाएकाले भैंसीले कम दूध दिएको उनले बताए । 'मानिसको झगडामा अनाहकमा पशुलाई नियन्त्रणमा लिएर प्रहरीले आफ्नो कार्यक्षेत्र बाहिर गएर काम गरी पशु अधिकार उल्लंघन गरेको छ,' छिमेकी गाउ वीरन्चिबर्वाका अनुप तिवारीले भने ।

रेसुङ्गामा साउने औंशीको रमझम (फोटो फिचर)

Published on: // ,

पुण्य कमाऔं: गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा शनिवार साउने औंशीका अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्दै सर्वसाधरणहरु । चारधामबाट ल्याईएको पानी यहाँको पोखरीमा मिसाईएकोले यहाँको पोखरीमा साउनभर स्नान गरेमा पाप नष्ट भै पुण्यप्राप्त हुने विश्वास छ । साउने औंशीमा पोखरी स्नान गर्नका लागि गुल्मीसंगै अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्यूठान लगायतका जिल्लाबाट सर्वसाधरण आउने गर्दछन् । तस्बिर: घनश्याम गौतम
दर्शनार्थीकौ भिड: रेसुङ्गा यज्ञशालामा दर्शन गर्न साउने औंशीका अवसरमा शनिवार लामबद्ध सर्वसाधरण । झण्डै २ सय वर्ष पुरानो यज्ञशालामा रहेको होम कुण्डमा पुजा गरेमा मनमा सोंचेको पुग्न जनविश्वास छ । यज्ञशालामा पुजा र दर्शनका लागि रेसुङ्गा यज्ञशालामा सधै भिड लाग्ने गर्दछ । तस्बिर: घनश्याम गौतम
पोखरीमा पैसा: गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा शनिवार साउने औंशीका अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्ने सर्वसाधरणहरुले चढाएको पैसा चुम्बक लगाएर खोज्दै बालबालिकाहरु । चुम्बकको माध्यमबाट बालबालिकाहरुले १ देखि ३ सयसम्म पैसा जम्मा गर्ने गर्दछन् । तस्बिर: घनश्याम गौतम

आमाहरुले बनाउने भए प्रतिक्षालय


विष्णु पौडेल
जनसेवा आमा समुह वामी २ गुल्मीको भेला शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष महालक्ष्मी श्रेष्ठको अध्यक्षता रहेको भेलाले वामि हेल्थपोष्ट नजिकै करिब ३ आना सार्वजनिक जग्गामा सार्वजनिक प्रतिक्षालय निर्माण गर्ने निर्णय गरेको छ । प्रतिक्षालय निमार्णको लागि भेलाले झण्डै २ लाख रकम लाग्न सक्ने अनुमान गरेको छ । प्रतिक्षालय निर्माणका लागि जिल्ला विकास समिती गुल्मीबाट बिनीयोजित ७५ हजार रुपौँया र आमा समुहमा संकलित ६० हजार लगानी गर्ने गरि बाकिँ श्रमदान तथा चन्दा संकलन गरि प्रतिक्षालय निमार्ण गरिने समुहले जनाएको छ । भेलामा वडाका राजनितिक दल, समाजसेवी, वुद्धिजिवी, व्यापारी र सञ्चारकर्मीको उपस्थिती रहेको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनु भएको छ ।

बिजुली बाल्न करीब ८ करोड स्वीकृत


पि.एम.मगर 
गुल्मीको अति विकट गाविसहरु नेटा, दर्लिङ्ग र ह्वाङ्दीको सामुदायिक बिद्युत लागि करिव ८ करोड रकम स्वीकृत भएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण विभाग वुटवलवाट ७ करोड ६७ लाख ३४ हजार रुपैयां स्वीकृत भएको एकीकृत नेकपा माओवादीका नेता एवं गुल्मी क्षेत्र नं. ३ का सभाषद चन्द्रवहादुर थापा सागरले जानकारी दिनुभयो ।
यस अघि २०-८० को कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतमा सरकारवाट ८० प्रतिशत र स्थानीय उपभोक्तावाट २० प्रतिशत व्यहोर्ने गरेकोमा वर्तमान सरकारले १०-९० को कार्यक्रम ल्याई सामुदायिक विद्युतमा ९० प्रतिशत सरकार र उपभोक्ताहरुवाट जम्मा १० प्रतिशत रकम व्यहोर्नुपर्ने भएकाले स्थानीयवासीले कम लगानीमा विद्युत वाल्न सक्ने सभाषद सागरले वताउनुभयो । जिल्ला विकास समितिले २.५ प्रतिशत रकम व्यहोर्ने भएकोले नेटा, दर्लिङ्ग र ह्वाङ्दीका उपभोक्ताहरुले जम्मा साढे ७ प्रतिशत मात्रै व्यहोरे पुग्ने वताईएको छ । 
त्यस्तै जिल्ला विकास समितिले गुल्मी क्षेत्र नं. ३ को अर्को ठुलो योजना दमार्नी इश्मा खानेपानी योजनामा समेत २.५ प्रतिशत अनुदान दिने सम्झौता भएपछि स्थानीयवासीमा हौसला वढेको छ । उक्त विद्युतीकरण योजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भईसकेको उक्त योजनाका अध्यक्ष नरवहादुर श्रीसले वताउनुभयो । योजना सञ्चालनका लागि निस्ती वडीघाट विद्युत सहकारी संस्था लिमिटेड नेटा गुल्मीले हालसम्म प्रति शेयर सदस्य एक हजारदेखि पाँच हजारसम्मका दरले करिव ३० लाख रकम उपभोक्ताहरुवाट संकलन गरिसकेको योजनाका सचिव दिपक श्रीसले जानकारी गराउनुभयो ।
हालसम्म अध्यारो रहेको नेटा, दर्लिङ्ग र ह्वाङ्दीमा आगामी दुई वर्ष भित्र उज्यालो हुने सभाषद सागरले वताउनुभयो ।

रेसुङ्गा पोखरीमा नुहाउन भक्तजनहरुको भीड

Published on: //

पि.एम.मगर
साउने औंशीको अवशरमा शनिबार गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको दिनभर भिड लागेको थियो । रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरु लाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु पनि नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण साउने औंशिका दिन रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ ।
साउनभर रेसुङ्गा पोखरीमा नुहाउन र यज्ञशालामा पुजाआजा गर्नका लागि गुल्मी लगायत वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्गजा लगाएतका ठाउँहरुवाट श्रृद्धालु जाने गर्दछन् । त्यसमा पनि विशेष गरि साउने औंशीका दिन वढीमात्रमा पोखरीमा नुहाउन जाने मानिसहरुको चाँप वढ्दै जान थालेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले वताउनुभयो । 
विगत वर्षको तुलनामा यसपटकको साउने औंशिमा रेसुङ्गा पोखरीमा नुहाउन अघिल्लो वेलुकीदेखि नै श्रद्धालु भक्तजनहरु रेसुङ्गामा गएर वास वसेका थिए । साउने औंशीको दिन रेसुङ्गा पोखरीमा धेरै जसो मानिसहरु धार्मिक मान्यताका कारण जाने गरेपनि कतिपय युवायुवतीहरु भने यसदिन आफ्ना साथीहरुसँग रमाईलो मनाउन र भेटघाट गर्नका लागि पनि जाने गर्दछन् । रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा मासु र 
मदिरा जन्य पदार्थहरु विक्रि वितरणमा रोक लगाएका कारण गत वर्ष भन्दा योपटक पोखरीमा लाग्ने मेला पनि निकै व्यवस्थित वनेको छ । संरक्षण समितिले आज त्यस क्षेत्रमा आयोजना गरेको प्रवचन तथा भजन किर्तनमा मानिसहरु निकै उत्साह पूर्ण सहभागिता रहेको थियो ।
यज्ञशाला मन्दिरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध आदि विशेष धार्मिक कार्यक्रमहरु समेत हुने गर्दछ । प्राकृतिक तथा जैविक विविधताले समेत परिचित यस क्षेत्रमवाट हिमाली क्षेत्रका हिमश्रृखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले पछिल्लो समयमा यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरीक तथा वाह्य प्रर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । त्यस्तैगरि
आज गुल्मीको धार्मिक क्षेत्र रुरु र रुद्रवेणीधाममा पनि श्रद्धालुहरुको घुँईचो लागेको थियो ।

गजल


-बिमल कुमार सुनार 
सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

सिझोको लागि तगारो कैले बन्दैन भुलेर ।
जितेरै छाड्छ भाग्दैन खोला तरेर जलन ।।

रगत दिन्छ चिरेर छाती देशको खातिर ।
रुदैन कैले नेपाली आमा मरेर जलन ।।

हिमाल रुन्छ पहाड रुन्छ छातीमा घाउछ ।
छोड्ने छ आज घाउमा पट्टी गरेर जलन ।।

हट्दैन कैले पछाडि फर्की शत्रुको अगाडि ।
रोक्दैन गोली धम्किमा यहाँ परेर जलन ।।

भोकै नै बस्छ खाँदैन खोशी गरीबी घरको ।
स्वादेश छोडि जादैन अन्तै सरेर जलन ।।

दिदैछ ज्यान बलिमा आज नेपाली हुनाले ।
मर्ने छ यहाँ सबैमा खुशी छरेर जलन ।।

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

नया गाऊ ४ भुर्तुंग गुल्मी 

लाहुरे लक

Published on: //
भीषण राई
'यो त भर्ती पो लाग्लाजस्तो छ' भन्ने वाक्य प्रायः गतिलो ज्यान भएका युवाले घरपरिवारमा ठूलाबडाबाट सुनेकै हुन्छन्। त्यसैले पनि उनीहरूमा मनोवैज्ञानिक रूपमा भर्तीमा भिड्ने सोच पलाएको छ। बाबुबाजेको लाहुरे सानका कारण पनि युवाहरू लाहुरे हुने आकर्षणमा छन्। त्यसैले हट्टाकट्टा ज्यान भएका युवापुस्तामा लाहुर भिड्ने सुर चढिहाल्छ। चर्चित गायक राजेशपायलका भतिजा एडविन राई पनि यो वर्ष भर्ती भिड्न तम्सिएका छन्। लाहुरेको जीवनशैली तथा नाम-दामका कारण पनि आफूलाई भर्ती भिड्न मन लागेको राई बताउँछन्। एडविनजस्ता हजारौं नेपाली अहिले लाहुरे बन्ने लहरमा समाहित छन्। नेपालको बेरोजगारीबाट मुक्ति पाउने दरिलो माध्यम पनि हो यो। भर्ती लागे आकर्षक तलब, अन्तर्राष्ट्रिय जीवनशैली र आफ्नो परिवारको भविष्य सुनिश्चित हुने भएकाले पनि उनीहरूलाई लाहुरे बनिछाड्ने लहरले छोएको हो। 

जनजाति युवामध्ये लाहुरे लहरले नछुने कमै हुन्छन्, तर अहिले लाहुरे भर्ती सबैका लागि खुला गरिएकाले अन्य समुदायका युवा पनि यतातिर आकषिर्त भएका छन्, तर लाहुरे बन्न कम कठिन छैन। यस पटक विगतको वर्षभन्दा कम छनौट हुने भएकाले लाहुरे बन्ने काम थप कठिन हुनेछ। यसपटक लाहुरे बन्न चर्को प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ। लाहुरे सपना पूरा गर्न अहिले युवाहरू तालिम केन्द्रमा आफूलाई उपयुक्त बनाउने अभ्यासमा जुटेका छन्। बेलायती सेना र सिंगापुर प्रहरीमा भर्ना हुन यसपल्ट करिब १० हजार तन्नेरीले आफूलाई कडा मेहनतका साथ तयार गरिरहेका छन्। लाहुरे बने समाजमा प्रतिष्ठा बढ्ने भएकाले पनि उनीहरू यसमा होमिएका छन्। नक्कली डकुमेन्ट बनाएर पटक-पटक भिड्ने जमातले पनि यो संख्या बढाइदिने गरेको छ। यसपल्ट आवेदन र्फम भर्दा पासपोर्ट पनि अनिवार्य गरिएकाले झूटा आवेदकको संख्या आधा घटेको जानकारहरू बताउँछन्। त्यसैले वास्तविक आवेदकहरूलाई अवसर थपिएको छ, तर पनि कोटा संख्या भने आधा नै घटेकाले भर्ती लाग्ने सम्भावना कम भएको हो। 

गत वर्ष बेलायती सेनामा २ सय ३० जना भर्ती गराइएको थियो भने यस पटक १ सय ७६ जनाको मात्र कोटा छ। गत वर्ष सिंगापुर प्रहरीमा ८० जनाको कोटा रहे पनि यस वर्ष आधा ४० मात्र छ। आवेदन दिन साधारणतः युवाहरूको उचाइ, तौल एवं शैक्षिक कागजपत्र आवश्यक हुन्छ। लाहुरे भर्तीमा सामेल हुन शारीरिक तथा मानसिक तयारी हुनुपर्छ। जसमा युवाको उचाइ ५ दशमलव ३ इन्च, तौल ५० किलोग्राम, उमेर साढे १७ वर्षदेखि २१ वर्ष ननाघेको हुनुपर्छ। एसएलसी परीक्षा उत्तीर्ण हुनैपर्छ भने आँखा, दाँत र छाती स्वस्थ हुनुपर्छ अनि मात्र पहिलो चरणको आवेदन दिन कुनै पनि युवा योग्य हुन्छन्। यसबाहेक शरीर अंगभंग भएकाहरूलाई स्वीकार गरिँदैन भने कुनै पनि फौजदारी तथा सार्वजनिक अपराधमा संलग्न व्यक्ति भर्तीका लागि उपयुक्त मानिँदैनन्। 

यसपटक लाहुरे हुन युवाहरूले गएको असारमै आवेदन र्फम भरिसकेका छन्। भर्तीका लागि आवेदन र क्षेत्रीय छनौट नेपालका दुई स्थान पूर्वका लागि धरानमा र पश्चिमका लागि पोखरालाई केन्द्र बनाइएको छ। त्यसैले आवेदकहरूले आफ्नो र्फम पूर्वमा धरानस्थित पुरानो घोपा क्याम्पमा र पश्चिमका लागि पोखरा ब्रिटिस क्याम्पमा भरेका छन्। अब दोस्रो चरणको क्षेत्रीय छनौट भने पोखरा ब्रिटिस क्याम्पमा साउन २६ गतेदेखि भदौ ९ गतेसम्म हुनेछ भने पूर्वाञ्चलको छनौट धरानमा भदौ २२ गतेदेखि असोज ६ गतेसम्म हुनेछ। दोस्रो चरणको छनौटमा एजुकेसन टेस्ट, फिजिकल टेस्ट, नर्मल मेडिकल टेस्ट तथा अन्तरवार्ता आदि हुनेछन्। 

एजुकेसन टेस्टमा भर्ती हुन आवेदन दिएका युवाहरूलाई अंग्रेजी, गणित एवं आईक्युसम्बन्धी प्रश्नहरू सोधिनेछन्। फिजिकल टेस्टमा पुलअप (बिम) १२ पटक, सिट अप ७० (दुई मिनेटभित्र) र ८ सय मिटरको रनिङ २ दशमलव ४५ सेकेन्डमा पार गर्नुपर्छ। नर्मल मेडिकल टेस्टमा दाँत तथा आँखाको परीक्षण एवं प्रेसर परीक्षण गरिन्छ। यस क्रममा अन्तरवार्ता पनि लिइन्छ, जसमा आवेदक युवाहरूसँग उनीहरूको पारिवारिक पृष्ठभूमि पेसा एवं परिवारका सम्बन्धमा जानकारी लिइन्छ। यसमा पूर्वतयारीसहित सहभागी हुनु प्रभावकारी हुन्छ। 

क्षेत्रीय परीक्षण सकिएपछि परिणाम ब्रिटिस क्याम्पको सूचनापाटी तथा अफिसियल साइट www.army.mod.uk/bgn मा प्रकाशित गरिन्छ। केन्द्रीय छनौटमा सहभागी हुन पाउनेहरूको नाम असोज २३ गते प्रकाशित गरिन्छ। यसमा छनौट भएकाहरूलाई पोखरा बोलाइन्छ। वेबसाइटमा नाम आएकाहरूले मात्र उक्त छनौटमा सहभागी हुने अवसर प्राप्त गर्छन्। छनौटमा परेकाहरूले पोखरा जाँदा आफ्ना सम्पूर्ण डकुमेन्ट बोक्नु अनिवार्य हुन्छ भने लाहुरेका सन्तानले आफ्ना अभिभावकको परिचय खुल्ने परिचयपत्र पनि बोक्नुपर्छ। नागरिकताको प्रमाणपत्र, नेपाली पासपोर्ट, अभिभावकको नागरिकताको प्रमाणपत्र, विवाहित हो भने विवाह दर्ता प्रमाणपत्र, सन्तान भए आफ्नो सन्तानको जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, बसाइँसराइ कागज आदि बोक्नुपर्छ। लाहुरे भर्तीको केन्द्रीय तथा अन्तिम छनौट मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म ब्रिटिस क्याम्प, पोखरामा सञ्चालन हुनेछ, जसमा यसपटक जम्मा ६ सय जना भिड्नेछन्। पोखरामा पनि छनौट भएपछि भने लाहुरे बन्ने पक्का हुन्छ। बाँकीका लागि भने अर्को वर्षका लागि प्रयास गर्नुको विकल्प रहँदैन। 

ध्यान दिऊँ

क्षेत्रीय छनौटमा नाम आइसकेपछि भने कुनै पनि उम्मेदवारले आफ्ना बारेमा निकै ख्याल गर्नुपर्ने हुन्छ। क्षेत्रीय छनौटमा पर्नु पनि लाहुरेका लागि आधा तयारी पूरा गर्नु हो। यो समयमा कुनै अवाञ्छनीय गतिविधिमा लाग्नु हुँदैन। लागूपदार्थ पटक्कै सेवन गर्नु हुँदैन। मोटरसाइकल दुर्घटना भएर धेरैले यस्तो छनौटमा सहभागी हुनबाट वञ्चित हुनुपरेका घटना विगतमा घटिसकेका छन्, त्यसैले भरसक बचेर मात्र मोटरसाइकल चलाउनुपर्छ। आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ। यतिबेला साना खालका रोगको समेत राम्रो उपचार गराउनुपर्छ। आवश्यक शिक्षा तथा फिजिकल फिटनेसमा पनि ध्यान दिनु राम्रो हुन्छ। 

कुनै पनि ब्रिटिस स्टाफलाई घूस दिने, प्रभावमा पार्ने खालको कार्य गर्नु हुँदैन। कागजपत्र  गलत भए पनि निष्कासित हुन सकिन्छ। त्यसैले बेलैमा आफ्ना कागजपत्र  मिलाउनु उपयुक्त हुन्छ। आफ्नो वास्तविक कागजपत्र  मात्र प्रयोग गर्नुपर्छ। यो समयमा लाहुरे लगाइदिने भन्दै दलालहरू सक्रिय हुने गरेका छन्। त्यस्ता दलाल वा कुनै पनि मध्यस्थकर्तालाई पैसा ख्वाउनु आवश्यक छैन, किनभने छनौट प्रक्रियामा उनीहरूको कुनै हात हुँदैन। केन्द्रीय छनौट जाडो महिनामा पर्ने भएकाले चिसोबाट पनि बच्नुपर्छ भने भरसक उमालेको पानी पिउनुपर्छ। पोखरा जाने सूचीमा नाम आएपछि धेरैले आफ्नो पढाइ रोक्ने गरेका छन्। यसो गर्नु राम्रो होइन। त्यहाँ उत्तीर्ण नै भइन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले आफ्नो अध्ययनलाई पनि सुचारु राख्नुपर्छ। छनौटमा असफल भएपछि धेरै युवामा निराशा छाएको पाइन्छ। निराशाबाट बच्नुपर्छ। त्यसैले त्यहाँ जानुपूर्व नै आफूमा असफलतालाई पनि सजिलै आत्मसात् गर्न सक्ने क्षमता विकास गर्नु राम्रो हुन्छ। 

के गरिन्छ पोखरामा ?

पोखराका लागि गेटपास पाइसकेपछि सहभागीले निर्धारित समयमै पोखरा पुग्नुपर्छ। अहिले केही नियम फेरिएको छ। अहिले केन्द्रीय छनौटमा सहभागीहरूले स्वीमिङको पनि ज्ञान लिनु आवश्यक हुन्छ। क्याम्पभित्र छिर्नुअघि सम्पूर्ण कागजपत्र मुख्य गेटमै जाँच गरिन्छ। भित्र पसेपछि हलुका लाहुरे जीवन सुरु हुन्छ। त्यहाँ अगाडि-पछाडि प्रस्ट देखिने गरी नम्बर प्रदान गरी लाइन मिलाएर राखिन्छ। कुनै गलत काम गरे गुरुजीले नम्बर नोट गर्छन्, त्यसबाट जोगिनुपर्छ। त्यहाँ स्लिपिङ बेड, ओड्ने कम्बल, थाल, मग प्रदान गरिन्छ। खाना खान जाँदा-आउँदा बाटोमा निकै ख्याल गर्नुपर्छ। लाइनमा मार्च गर्दै हिंड्दा यताउता गर्नु हुँदैन। लाइनमा खाना थाप्दा अगाडि वा पछाडिका साथीलाई धकेल्नु पनि हुँदैन। ब्रिटिस नियम निकै कडा हुने भएकाले साधारण गलत कदमले पनि निष्कासनमा पर्ने सम्भावना हुन्छ। खाना खाएपछि आफ्नो थाल, बटुका आफैंले धोएर पुनः आफ्नो लाइनमा उभिनुपर्छ। आफ्नो प्लाटुन हेर्ने गुरुजीलाई सधैं सम्मान गर्नुका साथै उनको आदेश मान्नुपर्छ। यदि उनले गलत रिपोर्ट गरे असफल हुन सकिन्छ। 

केन्द्रीय छनौटमा सम्पूर्ण रूपमा गहिरो रूपमा भर्तीमा भिड्ने युवाहरूको स्वास्थ्य परीक्षण एवं आवश्यक शिक्षा जाँच गरिन्छ। शिक्षा जाँचमा सुनाइ, लेखाइ तथा आईक्यू टेस्टहरू सञ्चालन गरिन्छ। लगत्तै स्वास्थ्य परीक्षणमा पिसाब, आँखा, कान, छाती, अण्डकोष आदिको जाँच गरिन्छ। मेडिकलमा पनि उत्तीर्ण भएपछि भने छनौटमा परेका बाँकी सहभागीहरूलाई त्यहाँ बीएफटी (रनिङ), डोको क्यारीमा सहभागी गराइन्छ। यसमा पनि उत्तीर्ण भएपछि अन्त्यमा ग्रेडअनुसार फेरि छनौट गरिन्छ र उच्च अंक ल्याएकाहरूलाई मात्र लाहुरे भर्तीमा लगिन्छ। यसमा छनौट भएपछि बेलायती सेना तथा सिंगापुर प्रहरीमा भर्ना पाइन्छ। बेलायती सेनाको तलब १ लाख २० हजार रुपैयाँ हुने गरेको छ भने सिंगापुर प्रहरीको ५० हजार मात्र हुन्छ।

लाहुरे भर्तीमा सफलता प्रदान गर्ने उद्देश्यले फिट एन्ड फाइन तुल्याउन आवेदनकर्ताहरूलाई तालिम सेन्टरहरूले उपयुक्त शिक्षा तथा फिजिकल फिटनेससम्बन्धी जानकारी प्रदान गर्छन्। यसबाहेक उनीहरूलाई अरू कुरामा पनि सेन्टरले आवश्यक परामर्श दिने काम गर्छन्। यसै सम्बन्धमा गोर्खाएक्सनका प्रबन्ध निर्देशक प्रकाश थापासँग छोटो कुराकानीः 

तालिम सेन्टरले भर्तीमा भिड्ने युवालाई कसरी सहयोग पुर्‍याउँछ ?

हामी मुख्य रूपमा उनीहरूलाई छनौट गरेर लिन्छौं। पहिले नै आवश्यक योग्यता बुझेर मात्र भर्ना गराउँछौ। त्यसपछि उनीहरूलाई आवश्यक शिक्षा, मेडिकल, अन्तर्वार्ता आदिजस्ता शिक्षा प्रदान गरेर सहयोग गर्छौं। 

तालिम लिँदैमा उत्तीर्ण हुने ग्यारेन्टी छ ?

हामी दैनिक चार घण्टा फिजिकल र एजुकेसन शिक्षा प्रदान गर्छौं। हामी पोखरामा गरिने सम्पूर्ण आवश्यक व्यावहारिक ज्ञान प्रदान गर्ने प्रयास गरिरहेका छौं। 

भर्ती संख्याभन्दा असफल हुनेहरू बढी हुन्छन्, उनीहरूका लागि कुनै योजना छ ?

सबै लाहुरे हुन त सक्दैनन्, तर पनि पोखरामा असफल भएका कतिपय युवा बिग्रिने पनि गरेका छन्। अब हाम्रो सेन्टरले त्यस्ता युवाहरूलाई लक्षित गर्दै स्किलसम्बन्धी तालिम पनि दिने तयारी गरिरहेको छ। 


साप्ताहिकबाट साभार

पहिरोले पाईप बगायो, खानेपानिको हाहाकार

Published on: //

विष्णु पौडेल
विगत दुइहप्ता अघिदेखि विग्रेको मुसीकोट वडागाउँ खानेपानी योजना अझैसम्म मर्मत हुन नसक्दा खानेपानीको समस्या चर्को हुँदै गएको छ ।
पहिरोले योजनाको पाइप नेटा–३ कुसेपानीमा वगाउँदा मुसिकोट र वडागाउँ गाविसमा पानीको हाहाकार भएको हो । कुसेपानीमा वगाएको पानीको झण्डै २० मिटर जीआई पाइप मर्मत गरिएपनि नेटाकै अर्को ठाउँमा पनि पहिरोले पाइप वगाएपछि निर्माण कार्यमा ढिलाई भएको हो । उक्त पाइप वगाएको ठाउँ भीरमा अप्ठ्यारोमा परेकाले निर्माण कार्यमा ढिलाई भएकोे योजनका अध्यक्ष पृथ वहादुर थापाले जानकारी दिनुभयो । गुल्मीकै पश्चिीमी स्थान दुनमवाट ल्याइएको उक्त खानेपानी योजना करिव ३६ किलोमिटर लामो भएकाले वर्षाको समयमा पटक पटक विग्रने गरेपनि समयमै मर्मत कार्यमा ध्यान नदिँदा मुसीकोट र वडागाउँ गाविसका झण्डै ५ सय घरधुरीका उपभोक्ताहरु मर्कामा परेका छन् ।
नजिकमा खानेपानीको मुहान नभएका कारण एक मात्र पिउने पानीको आधार योजना विग्रेपछि स्थानीय वासीलाई झण्डै १ घण्टा लगाएर अन्यत्रै जानुपर्ने वाध्यता भएको मुसीकोटका स्थानीय शिक्षक कृष्ण भट्टराईले वताउनुभयो । यो खानेपानी योजना खानेपानी योजना गार्डेपको
पहलमा झण्डै १२ बर्ष पहिले निर्माण सम्पन्न भएको हो ।

बढ्यो गुल्मीमा प्रहरी सकृयता (फोटो फिचर)

गुल्मी जिल्लामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा प्रहरी सकृयता व्हात्तै बढेको छ । प्रहरी गतिबिधी सम्बन्धी गुल्मी न्युज सहयोगी गगनशिला खड्काले तयार पार्नुभएको फोटो फिचर:
तम्घास बजार सरसफाईमा जुटेको प्रहरी टोली ।
जिल्ला सदरमुकामको शान्ती सुरक्षा कायम राख्ने क्रममा नियमित गस्तिमा निस्केको प्रहरी टोली ।
जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत महिला प्रहरीहरु ।
गुल्मीको सदरमुकाम तम्घासमा तालिम गर्दै प्रहरी जबानहरु ।
गुल्मीको सदरमुकाम तम्घासमा तालिम गर्दै प्रहरी जबानहरु ।
सरसफाई गर्दे जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत प्रहरी जवानहरु ।
गुल्मी जिल्लामा पहिलो पटक सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारको परिचयात्मक कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरु ।
सामुहिक तस्बिरका लागि पोज दिँदै प्रहरिहरु ।
गुल्मीको शान्ती सुरक्षको विषयमा छलफल गर्दे राजकुमार बैदवार ।
सडकमा अव्वस्थीत रुपमा राखिएको गिट्टी हटाउन अनुरोध गर्दे प्रहरी ।
सडकमा अव्वस्थीत रुपमा राखिएका सामान हटाउनको लागि माईकिङ्ग गर्दे प्रहरी ।
अपराध अनुसन्धानमा प्रहरीको उपस्थीती ।
मोटरसाईकल चालकको लाईसेन्स चेक गर्दे ट्राफिक प्रहरी ।
(माथिका सबै तस्बिरहरु गगनशिला खड्काले खिच्नु भएको हो ।)

सरकारी जग्गामा वृक्षरोपण

Published on: //
जिल्ला प्रहरी कार्यलय गुल्मीको परिसरमा बृक्षारोपण गर्दे जिल्ला प्रहरी
कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार ।
फोटो: गगनशिला खड्का
खाली रहेको झण्डै ५ रोपनी सरकारी जग्गामा जिल्लाका सरकारी कार्यालय प्रमुखले बुधबार वृक्षरोपण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी निवास क्षेत्रमा रहेको खाली जग्गामा सुन्तला, कागती, अम्बा, तेजपात, श्रीखण्ड, लालीगुराँस लगायतका झण्डै ६० बिरुवा रोपिएको हो । प्रजिअ कवीन्द्र नेपालले खाली रहेका जग्गा हराभरा बनाउने उद्देश्यले एक व्यक्ति एक बिरुवा अभियान अन्तर्गत बिरुवा रोपिएको बताए ।
तम्घासको महत्त्वपूर्ण स्थानमा रहेको निवास आसपास र अतिथि गृहको अगाडिपट्ट िबिरुवा रोपिएको हो ।

प्रशासनको छड्केमा ४१ कर्मचारी अनुपस्थित

Published on: //

घनश्याम गौतम
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज विहान गरेको छड्केमा विभिन्न कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भेटिएका छन ।
त्यस्तै ६० कर्मचारी तोकिएको पोशाक बिनै कार्यालयमा उपस्थित हुने गरेका छन् । प्रशासनका अनुसार छड्केमा अधिकृत स्तरका ११ र सहायक स्तरका ३० गरी ४१ कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएका हुन् । त्यस्तै छड्केकै क्रममा गरिएको पोशाक अनुगनमा पनि ६० जना कर्मचारीले तोकिएको पोशाक नलगाएको अवस्थामा फेला परेको जिल्ला प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पोशाक नलगाउनेहरुलाई तत्काल लगाउन निर्देशन दिईएको र कार्यालय समयको पालन नगर्नेहरुलाई निजामती ऐन अनुसार कार्वाही अगाडी बढाईएको बताउनु भयो । समयमै कार्यालयमा उपस्थित नुहनेमा जिल्ला प्राविधिक कार्यालयका ९,
जिविसका ७, विद्युत प्राधिकरणका ७, सिंचाईका ४, स्वास्थ्य ३, कृषि २ घरेलु २ र नापीका एक जना छन् । त्यस्तै साउन १ गते देखि नै लागु हुनेगरी अनिवार्य पोशाक तोकिएपनि नापी, खानेपानी, सिंचाई कार्यालयका सबै कर्मचारीहरु पोशाक बिनै उपस्थिति हुने गरेको भेटिएका छन् । 
त्यस्तै अनुगमनका क्रममा स्वास्थ्य कार्यालयका १२, हुलाकका ८ कर्मचारीले आफुखुशी पोशाक लगाएर आउने गरेका छन् । जिल्ला शिक्षा र जिल्ला प्रशासन कार्यालयमा भने सबै कर्मचारी पोशाकमै उपस्थित हुने गरेका छन् ।

एक सातादेखि बेपत्ता किशोरी फेला परीनन्

Published on: //

गगनशिला खड्का
गत एक सातादेखि हराइरहेकी गुल्मीको हुगाँ गाविसकी एक वालिका अझै सम्म फेला परेकी छैनन् । हुँगा गाविस वडा नम्वर ३ उपल्लो सोल्घाका गोपाल भण्डारीकी १४ वर्षिय छोरी गंगा भण्डारी हराएको आज एक हप्ता भएपनि अहिलेसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ । यहि साउन चार गते घरवाट घाँस काट्न भनि निस्केकी वालिकको सवैतिर खोजीकार्य गरेपनि फेला नपरेको स्थानिय सौगात सागर भण्डारीले जानकारी दिनुभयो । वालिकाको खोजीको लागी प्रहरीलाई भने जानकारी नगराइएको वताइएको छ ।

गुल्मीको शान्ति सुरक्षा सुधारात्मक


गगनशिला खड्का
गुल्मी जिल्लामा पछिल्लो समयमा शान्ती सुरक्षामा सुधार आएकोले थप सुरक्षा कायम गर्नको लागी प्रहरीले सरोकारवालाहरुसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीले आयोजना गरेको अल्पकालीन कार्ययोजना २०६८ को भावी योजना प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनिहरुले गुल्मी जिल्लामा अहिले पछिल्लो
समयमा नया प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार आईसकेपछि पहिलेको भन्दा शान्ती सुरक्षामा सुधार आएको बताएका हुन । जिल्लामा जुवातास, विकृति, होटलहरुमा हुने हो हल्ला तथा यौन विकृति सदरमुकाममा हुने कुटपिट, जथाभावी नियम विपरीत सवारी साधन हाँक्ने लगायतका विकृतिहरुमा कमी आएको कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।
कार्यक्रमा सहभागी राजनैतिक दल, नागरीक समाज, बुद्धिजिवी तथा पत्रकारहरुले शुरुमा सदरमुकाममा हुने विकृतिहरु सुधार हुन थालेको तर गाउँ गाउँमा पनि त्यस्ता विकृतिहरुलाई पूर्ण रुपमा अन्त्य गर्नको लागी सबैसंग सहकार्य गरेर अगाडी बढ्न प्रहरीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले आफू जिल्लाको सुरक्षा कायम गर्नु नै आफ्नो प्रमुख दायीत्व भएकोले पहिलाका सुधारात्मक कुराहरुलाई निरन्तरता दिँदै सबैको सल्लाह र सहकार्यमा सुरक्षा व्याबस्थामा लाग्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले गुल्मीको त्रीवर्षिय अपराध, सवारी दुर्घटना तथा सवारी कार्वाही र राजश्वको विवरण प्रस्तुत गर्दै पहिलाको तुलनाम आगामी दिनमा आपराधिक कृयाकला कम गराउने प्रतिवद्धता जनाउनु भएको थियो । 
३ वर्षको अवधीमा गुल्मी जिल्लामा सवारी कार्वाहीमा मात्रै ६ लाख २४ हजार २ सय ५० रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । बैदवारले आर्थिक वर्ष २०६५/६६ मा १ लाख २९ हजार ३ सय ५० रुपैयाँ ६६/६७ मा १ लाख ९५ हजार २ सय ७५ र ६७/६८ मा २ लाख ९९ हजार ६ सय २५ रुपै या राजश्व संकलन भएको जानकारी गराउनुभयो । उहाँले गत वर्ष विभीन्न घटनामा ८९ वटा मुद्धा दर्ता भएकोमा ४३ वटा फछ्र्यौट भएको र ४६ वटा बाँकी रहेको, आर्थिक वर्ष ०६६/०६७ मा वभीन्न घटनामा ८८ वटा मुद्धा दर्ता भएकोमा ६० वटा फछ्र्यौट भएको र २८ वटा बाँकी रहेको त्यसैगरी आर्थिक वर्ष ०६५÷०६६ मा ८४ वटा मुद्धा दर्ता भएकोमा ८१ वटा फछ्र्यौट भएको र ३ वटा फछ्र्यौट गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी रहेका मुद्धाहरुलाई यस वर्षमा धेरै भन्दा धेरै फछ्यौँट गर्ने बताउनुभयो । उहाँले गत वर्ष शान्ति सुरक्षा कुटपिट र गाली बेईज्जतीका ३ सय ६८ वटा ठाडो निबेदन परेकोमा धेरै जसो मिलापत्र गराईएको र कुटपिटका ११ वटा मिलापत्र गर्न बाँकी रहेको समेत जानकारी दिनुभयो । उहाँले गतवर्ष भएका ९ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यू र १६ जना घाईते भएको जानकारी दिनुभयो । 
त्यसैगरी गतवर्ष ८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यू र ३ जना घाईते तथा आर्थिक वर्ष २०६५/६६ मा १० वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यू भएको र १० जना घाईते भएको समेत जानकारी दिनुभयो । अन्र्तक्रियामा एकिकृत नेकपा माओबादी मगरात राज्य समिति सदस्यय निम बहादुर पाण्डेय, नेकपा एमालेका अध्यक्ष बोम बहादुर खड्का, नेपाली काँग्रेसका शुरेश चन्द्र भुसाल, एमाले प्रचारविभाग प्रमुख शेषकान्त गौतम, गुल्मी उधोग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेल, होटल व्यावशायी जंग बहादुर कुवर, पत्रकार गगनशिला खड्का, स्वतन्त्र विधार्थी युनियनका पुर्ण केसी लगायतले जिल्ला प्रहरी कार्यलय गुल्मीले शुरु गरेको अभियान प्रशंसायोग्य रहेकोले आगामी दिनमा चुनौतीपूर्ण काम गर्दै सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

तिन वर्षमा ६ लाख राजश्व संकलन

Published on: //

गगनशिला खड्का
गुल्मी जिल्लामा अहिले पछिल्लो समयमा पहिलेको भन्दा धेरै शान्ती सुरक्षामा सुधारात्मक काम भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीले आयोजना गरेको भावी कार्ययोजनाको निर्माण र सुझाव संकलन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनिहरुले गुल्मी जिल्लामा अहिले पछिल्लो समयमा नया प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार आईसके पछि पहिलेको भन्दा शान्ती सुरक्षामा सुधार आएको बताएका हुन ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक बैदवारले ३ वर्षको अवधीमा गुल्मी जिल्लामा ६ लाख ३० हजार २ सय ६० रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । बैदवारले आर्थिक वर्ष २०६५/६६ मा १ लाख ३५ हजार ६ सय ३५,६६/६७ मा १ लाख ९५ हजार र ६७/६८ मा २ लाख ९९ हजार ६ सय २५ रुपैया राजश्व संकलन भएको जानकारी गराउनुभएको हो । अन्र्तक्रियामा नेकपा एमालेका शेषकान्त गौतम, एकिकृत नेकपा माओबादीका निम बहादुर पाण्डेय,गुल्मी उधोग वाणिज्य संघका कृष्ण प्रसाद पोख्रेल,जंग बहादुर कुवर,पत्रकार गगनशिला खड्का, स्वतन्त्र विधार्थी युनियनका पुर्ण केसी र नेपाली काँग्रेसका शुरेशचन्द्र भुषाल लगाएतले जिल्ला प्रहरी कार्यलय गुल्मीले शुरु गरेको अभियान प्रशसा योग्य रहेको बताएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

फोटो खिचाउँदै जिल्ला प्रशासनका कर्मचारी

Published on: // ,

हामी सबै कर्मचारी, सबै बराबरी: सरकारले सबै निजामती कर्मचारीलाई एउटै पोशाक लगाउन अनिवार्य गरेपछि पोशाक लगाएर आएका आफ्नो कार्यालयका कर्मचारीहरुसंग सामुहिक  तस्विर खिचाउँदै गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल (उभिएको बायाँबाट चौँथो, गाढा पोशाकमा ) । एउटै पोशाकमा आउँदा सबै बराबरी हौ भन्ने महशुस भएको र हौसला बढेको कर्मचारीहरुले बताएका छन् । तस्विर: गगनशिला खड्का

एक ब्याक्ती एक विरुवाको अवधारणामा जोड: प्रजिअ


सीता भण्डारी
गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जिल्लामा "एक व्याक्ती एक विरुवा" को अवधारणा व्यवहारिक रुपमै लागु हुनुपर्नेमा जोड दिनुभएको छ । आज आफ्नै निवास परिसरमा आयोजना गरीएको वृक्षरोपण कार्यक्रममा उहाँले यस्तो वताउनुभएको हो । एक ब्याक्ती एक विरुवाको अवधारणालाई मुर्त रुप दिनु हरेक कर्मचारी एवं ब्याक्तीको कर्तव्य भएको वताउदै प्रमुख जिल्ला अधिकारी नेपालले सवै कर्मचारी
देखि जिल्लाका हरेक वासीन्दालाई वर्षातको मौसममा विरुवा लगाउन आग्रह गर्नुभयो ।
वृक्षरोपण कार्यक्रममा सुन्तला, नासपाति, अम्वा, कागती, तेजपत्ता, चिउरी लगायतका विरुवाहरु रोपिएको सहयक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले वताउनु भयो । कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, कालिदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा, प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, जिल्ला जनस्वाश्थ्य प्रमुख हरिवहादुर केसी, जिल्ला अनुसन्धान अधिकृत विमल डंगोल लगायत विभिन्न संघसंस्था प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

गजल


-अशोक गौतम क्षितिज
वाध्यताले प्रवासी म हुँदा गजल लेखें
मनका वह पिडाहरु फुँदा गजल लेखें।

ठुला भारी वोक्दा खेरी पेट पनि कर्कराउँछ
गर्मी संगै खुन् पसिना चुँदा गजल लेखें।

दिनभरको थकान् अनि त्यसै माथी तिता वचन्
नसकेर खप्न मन रुँदा गजल लेखें।

वाण जस्ता वचन् र मातृभूमी संझनामा
रुंदा रुंदै आशुले मुख् धुँदा गजल लेखें ।

धन कमाउछु सुखी वन्छु ठुलो मान्छे वन्छु
भन्ने सपना मन मै कुँदा गजल लेखे।

पौंदीअमराई -३ गुल्मी
वुटवल संकरनगर पनि मेरो वस्ती
हाल- प्रवास खाडी वाट

थापाको हत्या भएको माओवादीको दावी

Published on: // ,

सीता भण्डारी
हिजो गुल्मीको जैसिथोकमा मृत अवस्थामा फेला परेका एकीकृत नेकपा माओवादी धुर्कोट रजस्थल गाउँ कमिटी सेक्रेटरी चन्द्रवहादुर थापाको हत्या भएको सो पार्टीको जिल्ला कमिटीले दावी गरेको छ । पार्टीको जिल्ला कमिटीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी थापाको हत्या भएको दावी गरेको हो । 
पार्टीका जिल्ला सेक्रेटरी अरुण देवकोटाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा थापाको कसैले निर्मम तरिकाले हत्या गरी भिरमा फालिएको विज्ञप्तीमा उल्लेख छ । सो पार्टीले थापाको उच्च मुल्याङ्कन गर्दै उनको भुमिकावाट अत्तालिएर स्थानीय केही व्याक्तिहरुले हत्या गरेको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाई हत्यारालाई कडा कारवाही गर्न संवन्धित निकाय समक्ष जोड्दार माग गरेको छ । 
आईतवार धुर्कोटस्थित कोटमा पर्खाल निर्माणको काम गरी फर्केका थापा स्थानीय एक होटलमा केही व्याक्तिहरुसँग खाजा खाएर वसेको वताईएको छ । यता हत्याको आशंकामा प्रहरीले स्थानीय ८ जना व्याक्तिहरुसँग सोधपुछ तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । 
थापाको टाउकोमा गम्भिर चोट लागेको र घटना स्थलको प्रकृति हेर्दा हत्या भएको भन्दै संवन्धित निकायले हत्याराको पहिचान र कारवाहीमा तदारुकता नदेखाए आफ्नै पार्टी पंक्तिवाट अनुसन्धान गरी प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

गुल्मीमा लघु सिञ्चाई पाइलटिङ्ग परियोजना


सीता भण्डारी
देशका तीन जिल्ला मध्ये गुल्मीमा सरकारले लघु सिँचाइ पाईलटिङ्ग परियोजना सञ्चालन गर्ने भएको छ । यस पुर्व गार्डेपले सञ्चालन गरे जस्तै आकाशे पानी संकलन, ट्रेड पम्प, वाटर पम्प र थोपा सिञ्चाई कार्यक्रमहरु सञ्चालन हुने आज एक कार्यक्रमका विच जानकारी गराईएको छ ।
नवप्रभात युवा संघ गुल्मी र तीन सह प्रतिष्ठान काठमाण्डौद्धारा आयोजित लघु सिञ्चाई पाईलटिङ्ग परिचयात्मक कार्यक्रममा यस्तो जानकारी गराईएको हो । सिञ्चाई मन्त्रालय, सिञ्चाई विभाग, सिञ्चाई तथा जलश्रोत परियोजना आई डव्लु आर एम पी कार्यक्रम अन्तर्गत सरकारले कैलाली, वाँके र गुल्मीमा यस कार्यक्रमका लागि भ्याट सहित तीन करोड ८० लाख छुट्टाएको जानकारी गराईएको थियो । यी तीन जिल्लामा आकाशे पानी संकलन टयाङ्की २४ वटा, व्याक्तिगत ट्याङ्की ७४ वटा, थोपा सिञ्चाई र ट्रेड पम्प ६१० र वाटर पम्प ७ सय १२ वटा निर्माण हुने जानकारी गराईएको थियो ।
यस संवन्धमा स्थानीय राजनीतिक दल, जिल्ला विकास समिति एवं विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुलाई सो कार्यक्रमवारे जानकारी गराउँदै कार्यक्रम सञ्चालनका लागि सुझाव लिईएको थियो । सो कार्यक्रम सञ्चालनको जिम्मा पाएको नव प्रभात युवा संघ गुल्मी र तीन स प्रतिष्ठान काठमाण्डौले भोलीदेखि स्थलगत अध्ययन गरी प्रतिवेदन तैयार पारी सरकारलाई प्रस्ताव पेश गर्ने जनाईएको छ । कृषी विज्ञ तीन सहप्रतिष्ठानका अध्यक्ष कृष्णवहादुर कुवँर र लघु सिंचाई विज्ञ दिपक लोचन अधिकारी लगायतले स्थलगत अध्ययन र कार्यक्रम तय गर्ने जनाईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मीमा गार्डेपले सकारात्मक छाप छाडे जस्तै यस कार्यक्रमले पनि सकारात्मक प्रभाव पार्न सकोस भन्ने शुभकामना दिँदै एनजीओप्रति पर्न गएको नकारात्मक असर यस कार्यक्रमले नपारोस भन्ने सुझाव समेत दिनुभएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले गुल्मीमा सिञ्चाईको राम्रो व्यवस्था नभएकोले उक्त कार्यक्रम सञ्चालनमा जिल्ला विकास समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तीन स प्रतिष्ठानका अध्यक्ष कृष्णवहादुर कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रभात युवा संघका अध्यक्ष शंकरप्रसाद पन्तको स्वागत मन्तव्य र संघका जिल्ला प्रवन्धक धतानन्द भुसालको सञ्चालन रहेको थियो ।

पुलबाट खसेर मुत्यु


शिबलाल सुबेदी
निर्माण गर्दै गरेको पुलवाट खसेर गुल्मीको दिगाममा एक युवाको ज्यान गएको छ । दिगाम गाविसको वार्ड नं. ८ हर्दिखोलामा पुल वनाउने क्रममा पुलवाट खसेर अर्घाखाँची जिल्लाको पाली गाविस निवासी चेतनारायण कुमालको छोरा १८ वर्षीय गोपाल कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । कुमालको गुल्मीको रिडीमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय रिडीले जनाएको छ ।

सचिव हक हित केन्द्रमा सेन ओली

Published on: //

घनश्याम गौतम
गाविस सचिव हकहित संरक्षण केन्द्रको चौथो अधिवेशनले गोपालबहादुर सेन ओलीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।
२ वर्षका लागि कार्य समितिको उपाध्यक्षमा कमल पाण्डे, सचिव विष्णु घर्ती, सहसचिव गौरा गौतम, कोषाध्यक्षमा शोभाखर पोखरेल चुनिएका छन् । त्यस्तै सदस्यमा डिल्लीराज पोखरेल, श्यामलाल पाण्डे, प्रेमराज खनाल, टंक पन्थी, नवराज पन्थी र नारायण महत निर्विरोध भएका छन् । अधिवेशनले केन्द्रिय प्रतिनिधिमा विष्णुप्रसाद पन्थी, चुराबहादुर कार्की, चुराबहादुर नेपाली गंगाबहादुर घिमिरेलाई चयन गरेको अध्यक्ष सेनले बताए ।

माओवादीका चन्द्रबहादुर थापा मृत फेला

घनश्याम गौतम
माओवादी धुर्कोट रजस्थल गाउँ कमिटि सचिव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धुर्कोट रजस्थल–२ का ४० वर्षीय चन्द्रबहादुर थापा जैसीथोक–१ जुके पानीमा सडकबाट झण्डै ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थापाको हत्या हो वा आँफै लडेर मरेको भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरक्षक राजु शमाले बताए ।
घटना अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार सहितको टोली नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । थापाको शव मोटरेबल सडकबाट झण्डै ५० मिटर तल अप्ठ्यारो कोप्चेरामा फेला परेकोले हत्याको आशंका बढेको प्रहरीले जनाएको छ ।
आइतवार साँझ स्थानीय धुर्कोटकोट मर्मतको जिम्मा लिएका थापा आइतवार साँझ काम रेखदेख गर्न भन्दै घरबाट निस्केका थिए । सोमबार
विहानसम्म पनि नर्फकिएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

'फेसबुकले नै हो मेरो परिवार बिगारेको'

मार्क जुकरवर्गले सात वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ साइट फेसबुकले उनलाई विश्वकै सबैभन्दा कान्छा धनाढ्य व्यक्ति बनायो। उनको सम्पतिले गुगलका संस्थापकहरुको सम्पतिलाई समेत उछिनिसक्यो। यो नेपालमा पनि सबैभन्दा बढी हेरिने साइट हो। फेसबुककै माध्यमबाट कतिले आफ्ना बिछोडिएका साथीहरु भेट्टाएका छन्। तर के सँधै फेसबुकले फाइदा मात्रै गर्छ त? फेसबुकको फन्दामा परेर जीवन भताभुङ्ग हुनेहरु पनि छन्। त्यस्तै अनुभव सुनाउँदैछन् एक जना-


म आफूलाई शिक्षित, स्मार्ट केटा ठान्छु। म राम्रो पिता हुँ र मायालु पति हुने कोशिश गरिरहेको थिएँ। म रक्सी पनि खान्नँ। रातबिरात केटाहरुसँग ह्याङआउट गर्ने बानी पनि छैन मेरो। केटीहरुसँग बढी हिमचिम त कहिल्यै भएन बिहेपछि रात बिताउने त कुरै छाडिदिउँ। मेरो जीवन वास्तवमा मेरी श्रीमती र बच्चाहरुको घेरामा नै घुम्छ। मैले सोचेको मेरो जीवन पनि यस्तै हो। निरस मान्छे? ठीकै छ, म त्यो आरोप स्वीकार्न तयार छु तर मेरो नैतिक मूल्यमान्यता यही हो। त्यसो भए कसरी मेरी श्रीमतीले मलाई पारपाचुके दिन मुद्दा दर्ता गरिन् त? मेरा जुम्ल्याहा छोराहरु, जो मेरो संसार हुन्, उनीहरु श्रीमतीसँग नै बसिरहेका छन्। कसरी भयो त यो सब? फेसबुकले।
जीवन राम्रैसित चलेको थियो। म आफ्नो कम्पनीमा अर्को लेभलमा भर्खरै उक्लिएको थिएँ। मेरी श्रीमतीलाई मैले एउटा नयाँ कार किनिदिएको थिएँ जसलाई उनले निकै रुचाएकी थिइन्। बच्चाहरुले पनि स्कूलमा राम्रै गरिरहेका थिए। यत्तिकैमा मेरी श्रीमतीले फेसबुक चलाउन थालिन् र त्यसमा उनी डुब्न थालिन्। त्यसपछि त हाम्रो रातिको गफ नै उनको स्टायटस अपडेट हुन पुग्यो। उनको परिवार र पुरानो साथीहरुको बारेमा कुरा हुन थाल्यो। तर उनले कहिले पनि आफ्नो स्कूल पढ्दाताकाको आफ्नो प्रेमीसित फेसबुकको माध्यमबाट पुनः सम्पर्क भएको बताइनन्।
गएको नोभेम्बरमा विदा सुरु हुनुभन्दा अगाडि मैले ध्यान दिन थालेँ कि मेरी श्रीमतीले एउटा महँगो खालको परफ्युममा विशेष रुचि लिन थालेकी छिन्। दिउँसो लन्च ब्रेकका बेला मैले उनलाई फोन गर्दा उनको मोबाइल फोन भ्वाइस मेलमा जान्थ्यो। मैले फेरि फोन गर्थे, फेरि भ्वाइस मेलमा जान्थ्यो।
मैले ध्यान दिन थालेँ कि हाम्रो रोमान्टिक समय कम हुन थालेको छ। मैले मायाले अंगालो हाल्न खोज्दा वा किस गर्न खोज्दा उनी तर्कन्थिइन्। उनले आफू तनावमा रहेको वा व्यस्त भएको बहाना बनाउँथिइन्। एकदिन उनले डाक्टरले पाठेघरमा समस्या रहेको बताएको र त्यसका कारण सेक्स गर्न गाह्रो हुने बताइन्। मैले कहिले पनि उनलाई दबाब दिइनँ।
गत फेब्रुअरीमा म अफिसमा रहँदा नै उनले बिहानै फोन गरेर लन्चका बेला भेट्न भनिन्। मैले हुन्छ भनेँ। हामी अक्सर लन्चका बेला भेट्थ्यौँ, त्यसैले यो कुनै ठूलो कुरा थिएन। यो भ्यालेन्टाइन डेको दुई दिनअघिको कुरा थियो। हामी हाम्रो मन पर्ने लन्च खाने ठाउँमा गयौँ र त्यहीँ उनले यो खबर दिइन्। उनले फेसबुकबाट आफ्नो स्कूल पढ्दाताकाको प्रेमी भेटेको र प्रेममा फँसेको बताइन्। पक्कै पनि यो कुरा सुनेपछि म छाङ्गोबाट खसे झैँ भएँ। मेरो वरपरको जमिन भास्सिएको जस्तो भयो। सोच्न थालेँ, मैले के बिराएँ? मैले त आफूलाई राम्रै मान्छे ठानेको थिएँ र सबै कुरा राम्रै भइरहेको ठानेको थिएँ। हामी जस्ताको जीवनमा यस्तो बज्रपात त हुँदैन थियो।
आठ वर्षसम्म मेरी श्रीमतीका रुपमा रहेकी थिइन् उनी, किन अकस्मात् उनले मलाई छाड्न चाहिन्? हाम्रो दाम्पत्य जीवन भर्खर त सुरु भएको थियो। सबै कुरा अझै नयाँ थियो। सबै कुरामा नयाँ आशा थियो। अनि हाम्रा छोराहरु नि? उनीहरुको के हुने?
उनले आफू अलग्गिने र छोराहरुलाई साथै लिएर जाने बताइन्। त्यो केटा अविवाहित रहेछ र परिवारै पाल्ने बताएको रहेछ।
मैले मलाई छाड्नुको कारण सोधँे, उनले कारण केही नभएको बताइन्। उनले यति मात्र भनिन्, म आफ्नो स्कूले प्रेमीलाई सँधै माया गर्थेँ। उनलाई माया गर्नबाट रोक्न कहिल्यै सकिनँ। म त उसको लागि सान्त्वना पुरस्कार जस्तो मात्रै रहेछु।
मेरी श्रीमती र छोराहरु अहिले त्यही केटासँग बसिरहेको छ। छोराहरु समझदार छन् र स्थिति अनुकूल बसेछन्। हरेक महिनाको दुई सप्ताहान्त म आफ्ना छोराहरुसँग बिताउन पाउँछु। साँच्चै निकै दिक्क लाग्छ, सबै कुरा सम्झँदा। मेरो परिवार, मेरो घर टुक्रँदा म आफूलाई सम्हाल्न सकिरहेको छैन।
म त अहिले हारिसकेको लडाइँ लड्दैछु। यो लडाइँ फेसबुकले सुरु गरेको हो। म फेसबुकलाई घृणा गर्छु। घरपरिवार बिगार्ने दुष्ट फेसबुकको प्रयोग म कहिल्यै गर्दिनँ। फेसबुकले नै हो मेरो परिवारलाई बिगारेको। जजसले फेसबुकले विवाहित जीवन टुक्राउँदैन भनेर भन्छ, उनीहरु गलत छन्। गलत मात्रै हैन पूरै गलत छन्। फेसबुक हानिकारक छ। मलाई एउटै कुरामा मात्र पछुतो छ, मैले मेरी भूतपूर्व श्रीमतीले फेसबुक अकाउन्ट खोल्ने बित्तिकै त्यसलाई बन्द गर्न दबाब दिइनँ, जसका कारण अहिले मैले यस्तो भोग्नुपर्‍यो।
(फेसबुकपीडित एक अमेरिकी पतिले रुथ म्यानुएल लोगानलाई बताएको आत्मवृत्तान्त)


वर्ष अठार, पाँच पत्‍नीको पोई

जनक केसी, जाजरकोट, 
साउन ९ - नेपालको कानुनले विवाहका लागि केटाको हकमा २० वर्ष उमेर तोकेको छ। तर, १८ वर्ष मात्र पुगेका झाप्रा-१, फुम्नाका बमबहादुर वादीका पत्नी नै ५ वटी छन्। १३ वर्षको उमेरमा ७ कक्षामा पढ्दापढ्दै पहिलो विवाह गरे उनले। त्यसपछि पढ्न पनि छोडिदिए । त्यो २०६३ सालको कुरा हो। पहिलो पत्नी संगीता वादी अहिले १८ वर्षकी मात्र भइन्। ५ वर्षको अवधिमै उनले थप ४ पत्नी ल्याए । 
विवाह गरेका सबै पत्नीको उमेर उनीसँग मिल्दो छैन। माइली विष्णा १९, साइँली कालिका २०, काइँली जन्तरा २० र कान्छी कल्पना १८ वर्षका छन्।
घरको आर्थिक अवस्था कमजोर भए पनि धेरै पत्नी जम्मा पारेर कुनै पछुतो लागेको उनको भनाइ छ।

'न जागिर छ, न त पढाइ,' उनले भने, 'कहिलेकाहीँ परिवार पाल्ने समस्याले सताउँछ।'

अहिले उनको साथमा तीनवटी मात्र छन्। जेठी, साइँली र कान्छी पत्नी उनीसँगै बस्छन्। 'जन्तरा र विष्णा मेरो साथमा छैनन्,' उनले भने, 'पढ्न पनि सकिनँ, जागिर पनि पाइनँ।'

पढ्न र कमाइ गर्न छाडेर श्रीमती मात्र बटुलेर सारै समस्यामा पारेको उनकी आमा विजा वादीले बताइन्। 'केटी पनि कस्ता हुन्, घरमा श्रीमती देखेर पनि आउन मान्ने? उनले भनिन्, 'सानै उमेरमा पनि यति धेरै श्रीमती ल्याएर के गर्ने होला? यसले त गाउँ नै उठाएर ल्याउन थाल्यो।'

विजाका पतिले भने एकमात्र विवाह गरेका छन्। 'यस ( बमबहादुर) का बुबाले मसँग मात्र विवाह गरे,' विजाले भनिन्, 'तर, बमबहादुरको चाला देखेर सबै अचम्ममा परेका छन।'

छिमेकी वीरबहादुर नेपालीले पढ्ने, लेख्ने उमेरमा घरभरि श्रीमती भरेर भविष्य बिगारेको टिप्पणी गरे। 'कस्तो मान्छे हो, एक पैसा कमाइ छैन तर श्रीमती भने १८ वर्षमा ५ पुर्‍याइसक्यो,' उनले भने, 'के गर्ने सोचेको होला?'

गाउँमा बहुविवाह तथा बालविवाह संस्कारका रुपमा स्थापित भएकाले यस्ता घटना सामान्य लाग्न थालेको अधिकारवादी रीता रावलले बताइन्। गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष खिमवहादुर शाहीले भने अज्ञानता र चेतनाको अभावमा दलित समुदायभित्र बालविवाह तथा बहुविवाहका घटना भइरहने बताए।

जलविद्युत निर्माण कार्य शुरु भएन, स्थानीय वासी आक्रोशित

Published on: //

गाउघर झिलिमीली हुने आशमा लघुजलबिद्युत आयोजनामा लगानी गरेका गुल्मीको सिर्सेनीका बासिन्दा लामो समय सम्म पनि आयोजनाको निमार्ण कार्य सुरु नहुदा आक्रोशित बनेका छन्  । गाउमा बिद्युत बालिदिने भन्दै गाविसको वडा नम्बर ६ र ८ का करिब ७० घरधुरिबाट प्रतिघर ५/५ हजारका दरले रकम उठाएका सिर्सेनीका टिका जिसीले लामो समय सम्म पनि लघुजलबिद्युत निमार्ण कार्यमा चासो नदिदा उपभोक्ताहरु आक्रोशित भएका हुन् ।

धुर्कोट बाङग्रा खानेपानि आयोजनाबाट बिद्युत उत्पादन गरि प्रत्येक घरमा ५/५ ओटा बत्ति बालिदिने दिने भन्दै जिसीले रकम लिएको र रकम लिएको ७/८ महिना बितिसक्दा समेत निमार्ण कार्यको थालनी नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । रकम उठाएका जिसी भने अहिले गाउामै भएपनि निर्माण कार्यमा कुनै चासो नदिएको स्थानीय शिक्षक धिरेन्द्र भट्टराईले वताउनुभयो ।

खोलामा डुवेर तीनको मृत्यु


सीता भण्डारी
नुहाउने क्रममा खोलामा पौडी खेल्दै गर्दा अर्घाखाँचीको ठुलापोखरामा ३ जनाको आज दिउसो डुबेर मृत्यु भएको छ । ठुलापोखरा गाविसको चौहा स्थित जर्रे खोलामा पौडी खेल्दा डुबेर मृत्यु हुनेमा ठुलापोखरा–१ नयाँ गाउँला १६ वर्षीया उषा वि.क., १४ वर्षीया रिता विक र ठुलापोखरा २ की १५ वर्षीया रेखा पाण्डे रहेका छन । उषा र रेखाले ठुलापोखरा स्थित नेपाल राष्टिय उच्च माविको कक्षा ८ मा र रिताले ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन । चौहाको जर्रे फाँटको खेतमा धान लिएर घर फर्कदै गरेका उनीहरु खोलाको दहमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीयवासी चन्द्रमणी पाण्डेले बताउनुभयो । धानको भारी र शरिरका कपडा खोलाको छेउमा राखेर पौडी खेल्न गएका उनीहरु खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय वासिन्दाले प्रहरी र गाउँलेले खबर गरेका थिए । तीनै जना एकै ठाउँमा मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सवलाई प्रहरी र स्थानीय वासिन्दाले खोलाबाट निकालेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।

१६ वर्षपछि जिविसका कर्मचारीको जिम्मेवारी परिवर्तन


घनश्याम गौतम
जिल्ला विकास समितिमा कार्यरत कर्मचारीहरुको १६ वर्षपछि जिम्मेवारी हेरफेर गरिएको छ ।
दैलेखबाट सरुवा भै आएका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले एउटै कर्मचारी सधैभरी एउटै फाँटमा रहँदा कार्य सम्पादन प्रभावकारी
नहुने र कर्मचारीको बृद्धि विकासमा समेत प्रभाव पर्ने भन्दै जिम्मेवारी र फाँट परिवर्तन गरेका हुन् । परिवर्तनसंगै १६ वर्ष देखि दर्ता चलानी फाँटमा काम गर्दै आएका अर्जुनप्रसाद श्रेष्ठ आइतवार देखि योजना फाँटमा काम शुरु गरेका छन् । २०५२ सालमा मुखियाबाट सेवा शुरु गरेका श्रेष्ठ २०६३ मा खरदारमा बढुवा भएपनि दर्ता चलानीमै काम गर्दै आएका थिए ।
योजना फाँटमा उनले फाँट प्रमुखको सहयोगीका रुपमा काम गर्नेछन् । खाली भएको दर्ता चलानी फाँट अब जिविसका सबै भन्दा पुराना कार्यालय सहयोगी कुलानन्द सापकोटाले सम्हालेका छन् । त्यस्तै १६ वर्ष देखि नै जिविसको प्रशासन फाँटको जिम्मेवारी सम्हाल्दै आएका खड्गबहादुर थापाले आइतवार देखि नै योजना फाँट प्रमुखको जिम्मेवारी शुरु गरेका छन् । २०५२ सालमै नायव सुब्बाबाट सेवा शुरु गरेका थापा गत वर्ष देखि अधिकृतमा बढुवा भएका छन् । थापा योजनामा सरुवा भएपछि खाली भएको प्रशासन प्रमुख जिल्ला प्राविधिक कार्यालयका नायव सुब्बा खिमबहादुर अधिकारीले पाएका छन् ।
झण्डै २ वर्ष देखि एक जनाको भरमा चल्दै आएको आन्तरिक लेखा परिक्षक शाखामा योजना फाँटका नासु धु्रव मरासिनीले जिम्मेवारी पाएका छन् । लेखा शाखामा २२ वर्ष काम गरेका मरासिनी पनि योजना शाखामा ७ वर्ष देखि कार्यरत थिए । स्थानीय विकास अधिकारी रेग्मीले कर्मचारीको सल्लाहमा सबै फाँटमा कम्तिमा दुई जना हुनेगरी आन्तरिक जिम्मेवारी हेरफेर गरिएको बताए ।
‘लामो समयसम्म एकै फाँटमा एउटै कर्मचारी राख्दा काम प्रभावकारी नहुनपनि सक्छ’, उनले भने, फाँट परिवर्तन गर्दा कर्मचारीको बृत्ति विकास र सेवा दिने शैली समेत परिवर्तन हुन्छ ।’ दर्ता, योजना र प्रशासनमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएपछि कर्मचारीहरुमा समेत नयाँ उत्साह थपिएको छ । ‘लामो सयम एकै फाँटमा काम गर्दा भन्दा सयम सयममा हुने परिवर्तनले हामीलाई पनि सिक्ने र सेवा दिने कार्य शैलीमा परिवर्तन हुन्छ’, प्रशासनबाट योजनामा सरुवा भएका थापाले भने, ‘यो धेरै पछि भयो, पहिल्यै
हुनुपथ्र्यो ।’ कर्मचारीहरुका अनुसार यसरी आन्तरीक जिम्मेवारीमा हेरफेर गरिएको यो पहिलो पटक हो ।
जिम्मेवारी हेरफेर गरिएका अधिकांश कर्मचारीहरुले सकारात्मक काम भन्दै जिम्मेवारी परिवर्तनले क्षमता विकासमा समेत सहयोग पुग्ने बताएका छन् । जिविस र प्राविधिक कार्यालयमा समेत गरी ७९ कर्मचारी कार्यरत छन् ।

रोप्दै नरोपी वर्षौंदेखि आलुखेती


घनश्याम गौतम
 नरोपी आलु फल्ला ? सुन्दा विश्वास नलाग्ला । जिल्लाका झन्डै एक दर्जन गाउँमा भने नरोपीकनै आलु फल्ने गरेको छ । त्यो पनि बर्षौदेखी ।
जेठ, असार र साउनमा गुल्मीका अर्खाबाङ, ह्वाङ्दी, दर्लिङ, मलायागिरी, म्यालपोखरी, अग्लुङ लगायतका गाउँमा पुग्ने जोसुकै नरोपी फल्ने आलु खेती देखेर दंग पर्छन् । यी गाउँ सदरमुकाम तम्घासबाट १० देखि १३ कोस पश्चिममा पर्छन् । बर्षातको समयमा सवारीसाधनसमेत नपुग्ने अधिकांश बासिन्दाको आम्दानीको स्रोतसमेत यही आलु हो ।
यस्तो आलु अन्यत्रको भन्दा स्वादिलोसमेत हुने गरेको छ । यहाँको उत्पादनलाई बजारको समेत समस्या छैन । वषौर्ंअघिदेखि बाबुबाजेले रोपेको आलु अहिलेसम्म निरन्तर फल्दै आएको अर्खाबाङ उच्च माविका शिक्षकसमेत रहेका लक्ष्मणप्रसाद अर्यालले बताए ।
फागुनमा मकै रोप्ने समयमा बारी खन्ने गरिन्छ । त्यससँगै आलु उम्रन सुरु हुन्छ । साउनमा आलु खनिन्छ । खन्ने क्रममा बारीमै छोडिएको आलु माटोभित्रै रहेर पुन: फागुनमा बारी खनजोत गरेपछि उम्रन सुरु गर्छ ।
यस्तो प्रक्रिया सय वर्षदेखि चल्दै आएको उनले बताए । 'गाउँमा कसैले आलु रोप्दैनन्,' उनले भने भने ।
किसानको अनुभवमा मलिलो र खुकुलो माटो भएकाले बारीमै छोडिएको आलु त्यसरी उम्रने गरेको हो । अर्खाबाङका ३ सयभन्दा बढी किसानले आलु उत्पादन गरेर बिक्री गर्दै आएको अर्खाबाङ ९ का छविलाल भट्टराईले बताए । 'हाम्रा पुर्खाले रोपेको आलु हो,' भट्टराईले भने, 'पुरानो बीउ उच्च पहाडी क्षेत्रमा फल्ने गरेकाले यहाँको उत्पादन बढी स्वादिलो हुन्छ ।' गाउँका अधिकांश किसानले बर्सेनि १० देखि ५० हजारसम्मको आलु बिक्री गर्ने गरेको उनले बताए ।
गाउँमा कृषि प्राविधिक नहुँदा समयसमयमा आलुमा रोग लाग्ने गरेको अर्खाबाङ ६ का रेशमबहादुर घर्तीले बताए । वर्षौं पुरानो आलु खेती भए पनि सबै किसानले आलुसँगै मकैसमेत रोप्ने गरेका छन् । मलिलो माटो भएकाले आलु र मकै राम्रै फल्ने गरेको किसान बताउँछन् ।
वर्षौं पुरानो आलुखेतीबाटै घरको खर्च चलाउँदै आएका बाँझकटेरी १ का बृजबहादुर खत्रीले अन्यको तुलनामा पुरानो आलु स्वादिलो हुने गरेको बताए । 'हाम्रो खान्की नै यही आलु हो,' खत्रीले भने, 'बाबुबाजेको उपहार भएकाले मकैभन्दा आलुलाई प्राथमिकता दिन्छौं ।' खाद्यान्न अभाव हुने यस क्षेत्रका बासिन्दाले बर्षातको अधिकांश समय आलुबाटै गुजारा टार्छन् ।
वर्षमा ५ देखि ७ मुरीसम्म आलु बेच्ने गरेकी बाँझकटेरीकै सरस्वती श्रीसले आफू विवाह भएर यो गाउँमा आएदेखि आलु रोप्न नपरेको  बताइन् । ग्रामीण क्षेत्रमा आलु अझै किलोमा बिक्री गर्ने चलन छैन । गाउँलेहरूले मकै, कोदोझैं मानापाथीमा भरेर बेच्छन् । आलु प्रतिपाथी ७० देखि ९० रुपैयाँमा बिक्री हुन्छ ।
कृषि कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालले खुकुलो माटो भएकाले वर्षौं पुरानो आलु त्यसरी फल्ने गरेको हुनसक्ने बताए । 'अन्य कुराका लागि त्यहाँको माटो र बीउ परीक्षण गर्नुपर्ने हुन्छ,' बाँझकटेरी पुगेका अर्यालले भने, 'मकै बालीभित्र दुर्गमका बासिन्दाले समेत वषौर्ं पुरानो आलु निरन्तर फलाउने गरेको देख्दा अचम्म लागेको छ ।'

नयाँगाउँका सबै घरमा शौचालय


घनश्याम गौतम
नयाँगाउँका सबै घर परिवारले पक्की शौचालय निर्माण गरेका छन् । सिंगो गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने उद्देश्य अनुरुप नयाँगाउँका १ हजार ४६ घर धुरीमा शौचालय निर्माण अभियान तिब्र पारिएको थियो ।
शौचालय निर्माण अभियान संचालन गरेको जनज्योति कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अनुसार गाविसका १ हजार ३५ घरमा शौचालय निर्माण कार्य सम्पन्न गरेको हो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको संस्थाका अध्यक्ष शंकर कुँवरले बताए ।
बाँकी ११ घरमा पनि छिट्टै शौचालय निर्माण गरेर नयाँगाउँलाई खुल्ला दिशामुक्त गाउँ घोषणा गरिने कुँवरले बताए । जिल्ला परिषदले समेत यस वर्ष खुल्ला दिशामुक्त घोषणा गर्ने गाउँलाई १ लाख थप अनुदान दिने घोषणा गरेको छ ।

कष्टकर यात्रा

Published on: // ,
कष्टकर यात्रा: गुल्मीको सदरमुकामसंग तीन नम्बर क्षेत्रका २८ गाविस जोड्ने तम्घास पूर्कोट सडकको धेरै ठाउँमा खाल्डा परेपछि मोटरबाटोमा हिले बाटोमा गाडी फसेपछि निकाल्ने प्रयास गर्दै सवारी चालक । २०४३ सालदेखि गाडी चल्न सुरु गरेको यो मोटरबाटोमा भएको अनियमितताका कारण हरेक वर्ष वर्षातको समयमा हिलो सोहोर्दै गाडी चलाउँदै गर्नुपर्ने बाध्यता छ । तस्विर: भरत पाण्डेय 

क्रान्तिकारी पत्रकारको सम्मेलन सर्यो

Published on: //

गगनशिला खड्का
यही साउन १४ गतेका लागी तय गरीएको क्रान्तिकारी पत्रकार संघ गुल्मीले दोश्रो जिल्ला सम्मेलन आगामी भदौ २ गते हुने भएको छ । सम्मेलन तयारी समितीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि साउन १४ गते हुने गरी तैयारी गरीएकोमा भाद्र २ गते शहिद रामबृक्ष स्मृति दिवस परेकोले उक्त दिन स्मृति दिवसको अवसर पारेर सम्मेलन गर्न उपयुक्त हुने भएकोले यस्तो निर्णय गरीएको सम्मेलन तयारी समिती संयोजक प्रेम सुनारले बताए । सम्मेलनको भव्य तयारी भैरहेको र उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीबाटै गरीने र कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय पदाधिकारीहरुको आतिथ्यता रहने उनले बताए ।

पैसा नहुँदा उपचार नपाएर बालकको मृत्यु

Published on: //

गगनशिला खड्का
गुल्मीको दुर्गम गाविस सिर्सेनीका एक बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट पश्चिम विकट गाविस सिर्सेनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिया करण परीयारको मृत्यू भएको हो । विगत एक हप्तादेखि निमोनियाले ग्रस्त करणलाई स्थानिय स्तरमै उपचार गाराईरहे पनि समयमै थप उपचारका लागी सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन नसक्दा मृत्यू भएको हो । गाउँकै उपस्वास्थ्य-चौकीबाट रीफर गरीए पनि तम्घास ल्याउन रकम अभावका कारण ढिला भएपछि उनीहरुले शनिबार मात्रै सदरमुकाम तम्घास ल्याएका थिए ।
तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएको र सो अस्पतालले तत्काल मिसन अस्पतालमा लैजान सुझाव दिएपनि बालकका आफन्तले आर्थिक अभाव दर्शाउँदै त्यहाँबाट विरामी विरामी बालकलाई लिएर घरतर्फ फर्किएका थिए । बिरामी बालकलाई आर्थिक अभावमा घरतर्फै फर्काएको आधा घण्टा नवित्दै उनको मृत्यू भएको थियो । “बालक तीनदिनदेखि बेहोस रहेछन्, – रेसुङ्गा अस्पत्तालका डाक्टर अशोक थापाले भने – पहिला त यहिँ नै ल्याउन ढिलो भयो त्यसमाथी तत्काल पाल्पा पु¥याउनुपर्ने बालकलाई घरतर्फ फर्काए । ” बालकका बाबु घरमा नभएको र आमा सुत्केरी अबस्थामा रहेकोले छिमेकीले बेहोस भईसकेपछि तम्घासमा ल्याएका थिए ।
“ बालकका बाबु भारतमा छन्, हामीले खोजेर ल्याएको जम्मा पैतीस सय मात्र थियो, ” उनका आफन्त गोपाल परीयारले भने – तीन हजार त एम्बुलेन्स खर्च मात्रै चाँहीदो रहेछ, उपचार खर्च त नहुने भयो भनेर फर्काएका हौँ ।” उनले खर्च नभएकै कारण धेरैदिन गाउँकै उपस्वास्थ्यचौकीको भर पर्नुपरेको बताए । जिल्लामा निमोनिया, झााडापखाला लागेका बालकहरुलाई अस्पत्ताल लैजानु भन्दा पनि धामीझाँक्री कहाँ लैजाने चलन रहेको छ । यसकारण पनि गाउँका थुप्रै बालबालीकाको अकालमा ज्यान जाने गरेको छ ।
गाउँमा मात्र नभई सदरमुकाम तम्घासमा समेत तीन महिनादेखि रक्तश्रावले पिडीत प्यूठानबाट मजदुरी गर्न तम्घासमा बसेकी २६ वर्षिय गौमती घर्तिले दैनिक धामीझाँक्री गराईरहेकी छन् । साथमा पैसा नभएका कारण अस्पत्तालमा लैजान नसकेको पिडीत महिलाका श्रीमान दुर्गामान घर्तिले बताए । दैनिक मजदुरी गर्ने दुर्गामानका २६ वर्षको उमेरमै पाँच सन्तान भैसकेका छन् । “ अव भने गर्भवती हुनबाट बच्छु भन्दै संगीनी सुई लगाएकी थिएँ , – गौमतिले भनिन् – त्यसदिनदेखि रगत बगेको बग्यै छ । सुई लगाएर कुल कुल्यान रीसाएकी भनेर हेरखोर गराईरहेकी छु । ” उता उनलाई झारफुक गरीरहेका धामी प्यूठान अर्खा ४ का जित बहादुर रानाले भने घरका सिमेभूमेले यस्तो दुःख दिएको भन्दै भने “ सिमेभूमेलाई मनाएको छु , अव ठिक हुन्छ । ” उनले एउटा कुचो, एक अम्खोरा पानी र हातमा खरानी लिएर ति महिलाको
शिरमा झारफुख गरीरहेका थिए । किन अस्पत्ताल नगएर धामीझाँक्री गराएको भन्ने प्रश्नमा गौमतीले भनिन् “के भन्छ के भन्छ, हामी त बुझ्दैन ।
झुत्रे देखेपछि वास्तै गर्दैन भनेर नगएको हो । अव त मरीन्छ की जानुपर्ला ।” यो घटना जिल्लाको प्रतिनिधीमूलक घटना हो । सिर्सेनीका बालकको मृत्यू पनि यस्तै कारणले भएको हो । यता जिल्ला स्वास्थ्य प्रमुख डा हरी बहादुर केसीले भने त्यस्ता गरीव महिलाहरु अस्पत्ताल
आएमा निःशुल्क उपचार गरीने बताए । “ हामीले गाउँ गाउँमा गरीव विपन्नको उपचार निःशुल्क गछौँ भनेर जानकारी पु¥याएका छौँ, उपचार नै गर्न आउँदैनन् त के गर्ने ?” –केसीले भने ।

माओवादी इमान्दार वनेन: काँग्रेस नेता विश्वकर्मा

Published on: //

पि.एम.मगर
मुलुकको शान्ति प्रकृया तथा संविधान निर्माणको पक्षमा एकीकृत नेकपा माओवादी इमान्दार वन्नुपर्नेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले जोड् दिनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीले महामानव विपी कोईरालाको २९ औँ स्मृति दिवसको अवसरमा आयोजनामा आयोजना गरेको “नेपाली काँग्रेसको भुमिका र भावी चुनौती” विषयक अन्तरकृया कार्यक्रममा उहाँले यस्तो कुरामा जोड् दिनुभएको हो ।
उहाँले माओवादी अझै नागरिक पार्टी वन्न नसकेको समेत आरोप लगाउनुभयो । सहमति एउटा हुने तर माओवादीले वाहिर आएर कुरा फेर्ने प्रवृतिले शान्ति प्रकृया र संविधान निर्माणमा वाधा पुगेको वताउँदै केन्द्रीय सदस्य विश्वकर्माले माओवादीलाई यस्तो प्रवृतिमा सुधार गर्न आग्रह गर्नुभयो । साथै उहाँले माओवादी सेनाको तत्काल समायोजन तथा पुनस्थापना हुनुपर्ने र माओवादीसंग रहेका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्नेमा जोड् दिनुभयो । त्यस्तै उहांले बिपिले देखाएको बाटो बहुदलीय प्रजातान्त्रिक प्रणालीको बिकास गर्न सके मात्र बिपिको सम्मान हुने बताउनुभयो ।
बिपिले लिएको निति जिवन्त राख्न सके नेपाली कांग्रेस मात्र नभएर मुलुकको भविश्य समेत उज्वल हुने बताउदै केन्द्रीय सदस्य विश्वकर्माले थपिएको समयमा शान्ति र संबिधान निर्माण प्रकृया टुङ्गयाउन नसके लोकतन्त्र संकटमा पर्ने दावी गर्नुभयो । साथै उहांले लोकतन्त्रको रक्षाका नेपाली कांग्रेस जस्तोसुकै त्याग र बलिदान गर्न पनि तयार रहेको दावी गर्नुभयो । कन्द्रीय सदस्य विश्वकर्माले शान्ति र संबिधान निर्माण प्रकृया टुङ्गयाउन राष्ट्रिय सहमतिको सरकारका लागि गरिएको जेठ १४ को सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजिनामा दिई राष्ट्रिय सहमतिको सरकार निर्माणमा मार्ग प्रसस्त गर्न आग्रह गर्नुभयो ।
सोही अवसरमा विगत १० वर्ष अघिदेखि स्वतन्त्र पत्रकारिता गर्दै आउनुभएका रेडियो स्काईका संयोजक जि.डी.जोन्स रियाज नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा प्रवेश गर्नुभएको छ । त्यस्तै तमघास नगरका व्यवसायी लक्ष्मण परियार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहांहरु दुवै लाई पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, जिल्ला
अध्यक्ष हरीकुमार श्रेष्ठ लगायतका अतिथिहरुले अविर लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसकी जिल्ला सदस्य तथा नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णु सापकोटा, क्षेत्रीय सभापति दामोदर भुसाल, शशि पन्थी, जिडी जोन्स रियाज, लक्ष्मण परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषाध्यक्ष हरि न्यौपानेको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला सभापति चन्द्र के.सी.को रहेको थियो भने सञ्चालन सचिव विष्णु वलालले गर्नुभएको थियो ।

एनआरएन कप भलिबलको उपाधी रुद्रावती "बि"लाई

Published on: //
श्रवण खनाल
फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजित एनआरएन कप भलिबल प्रतियोगिताको उपाधी रुद्रावती बि ले हात पार्न सफल भएको छ । खेलकुदको माध्ययमद्वारा फिन्ल्यान्डमा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यका साथ प्रबासी नेपाली सँघ फिन्ल्याण्डले गत जुलाई १८ र १९ गते भलिबल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताको संयोजन बिस्वाश हमाल, बिजेन्द्र न्यौपाने, अरुण पोखरेल, सुमन खड्का, सिजन श्रेष्ठ र सुमन अर्याल सम्मिलित टोलीले गरेको थियो। प्रतियोगितामा छ समुहले भाग लिएका थिए।
पहिलो दिनको खेल लिग चरणमा खेलाइयको थियो र उक्त चरणका बिजयी र रनर अपहरुलाई समेटेर दोस्रो दिन सेमीफाइनल नकआउट प्रक्रियामा खेलाइएको थियो । लिग चरणको खेल बेस्ट अफ थ्रीमा र सेमी फाईनल अनी फाईनल बेस्ट अफ फाइभमा खेलाइएको थियो । रुद्रावती ए र रुद्रावती बि दुबै समुह सेमिफिनलमा अबिछिन्न (३-०) को जित संगै फाइनल चरणमा प्रबेश गरेका थिए । फाईनल खेलमा रुद्रावती बि ले रुद्रावती ए सँग लगातार ३ खेल जितेर यस बर्षको रनिङ शिल्ड हात पार्न सफल भयो । प्रतियोगितामा गोपाल भट्टराई भलिबलतर्फका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतियोगिताका बिजयी समुहहरुलाई एन आर एन फिन्ल्याण्डका अध्यक्ष डा.अरुण पोखरेल र उपाध्यक्ष देवी दत्त शर्माले संयुक्त रुपमा पदक तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रममा छोटो मन्तब्य दिंदै अध्यक्ष पोखरेलले एनआरएन, फिन्ल्याण्ड अत्यन्तै शिशु अवस्थामा रहेको र आर्थिक रुपले अति कमजोर रहेकाले सोचे जस्ता कार्यक्रमहरु गर्न नसकिएको यथार्थता बताउनु भएको थियो । यसका साथसाथै यहाँ रहेका सम्पुर्ण नेपालीहरुलाई एन आर एनमा आवद्ध भएर आर्थिक एबम सामुहिक रुपले शसक्त बनाइदिन अपिल समेत गर्नु भएको थियो । आर्थिक रुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिन्ल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भाब्यता समेत औल्याउनु भएको थियो।

लाँकुरी मञ्चमा लाँकुरी रोपियो

घनश्याम गौतम
बि.पि. कोइरालाको २९ औं स्मृति दिवसको अवसर पारेर तम्घासको महत्वपूर्ण स्थान लाँकुरी मञ्चमा लाँकुरी रोपिएको छ । सयौं वर्ष पुराना लाँकुरी मर्दै जान थालेपछि कांग्रेसले मञ्चको शोभा बढाई राख्ने उद्देश्यले लाँकुरीको बिरुवा रोपेको हो । जिल्ला प्रशासन, जिविसको मुख्य गेटसंगै रहेको लाँकुरी मञ्च जिल्लामा हुने बिरोधका कार्यक्रम, कोणसभा, दिवस र साना तिन सभाहरुका लागि महत्वपूर्ण स्थल हो ।
लाँकुरी मञ्चसंगै तम्घासका अन्य सडक छेउहरुमा समेत बृक्षारोपण गरेर हरीयाली तम्घास बनाउने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले स्मृती दिवसकै अवसर पारेर अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । सोही अवसर पारेर सामुदायीक रेडियो स्काईका संयोजक गोविन्द देवकोटा प्रेस युनियनमा प्रवेश गरेका छन् । यस अघि कुनै संगठनको सदस्यता नलिएका उनले कुनै राजनीतिक दलको नजिक नहुँदा अगाडी बढ्न समस्या भएको भन्दै बि.पि. स्मृति दिवसको अवसर पारेर सदस्यता लिएको कार्यक्रममा बताए ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग