Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्षको राष्ट्रपती कप त्रिभुवन उच्च माबिलाई (फोटो फिचर)

Published on: // ,
प्रेम सुनार
जेठ १७, गुल्मी । चौथो राष्ट्रपति कप रनिङ्शिल्डको उपाधि त्रिभुवन उच्च मा.वि. कुर्घाले जितेको छ । गत ३ दिन देखि गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित राष्ट्रपति कपमा विभिन्न खेलमा १ सय ५६ अंक प्राप्त गर्दै त्रिभुवन उच्च मा.वि.ले उपाधि हात पारेको हो ।
एथलेटिक्सका धेरै विधा, दौड प्रतियोगितामा प्रथम र भलिबलमा दोस्रो स्थान सहित उत्कृष्ट स्थान हासिल गरेको हो । त्यस्तै रनिङ् शिल्डमा आदर्श उच्च मा.वि. दिगाम १ सय २३ अंक सहित द्वितीय स्थान हासिल गरेको छ । उसले भलिबलमा प्रथम स्थान प्राप्त गरेको हो । त्यस्तै शिद्धबाबा उच्च मा.वि. तम्घास तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।


एथ्लेटिक्सको मद्दतले राष्ट्रपति कप जितेको त्रिभुवन उच्च मा.वि. का बेल बहादुर थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । भलिबल तर्फ पनि त्रिभुवन उच्च मा.वि.का दुर्गा मगर उत्कृष्ट खेलाडी भएका छन् । त्यसैगरी छात्रातर्फ भलिबलमा शिद्धबाबाकी देबिका वि.क. र एथ्लेटिक्समा उपल्लो तम्घासकी संगिता चुदारा उत्कृष्ट भएका छन् । छात्रातर्फको भलिबल खेलमा त्रिभुवन मा.वि. पराल्मीलाई पछाडि पार्दै प्रथम भएको पृथ्वी उच्च माध्यमिक विद्यालय पूर्कोटदह समग्र खेलमा चौथो भएको छ । उसले ९१ अंक प्राप्त गरेको थियो ।

 गत वर्षको राष्ट्रपति कप उचाल्न सफल नयाँगाउँ उच्च मा.वि. नयाँगाउँले भने पाँचौं स्थानमै चित्त बुझाउनु प¥यो । नयाँगाउँले जम्मा ६८ अंक मात्र प्राप्त गरेको थियो । प्रतियोगितामा विभिन्न विधामा शिद्धबाबाका दुर्गा राकसकोटी, अर्जुन आवासीय उच्च मा.वि.का सन्ध्या के.सी., शिद्धबाबाका दिपा खत्री, आदर्श उच्च मा.वि. दिगामका सुरेश श्रेष्ठ त्रिभुवन उच्च मा.वि. कुर्घाका खिमकुमारी राना, महेन्द्र उच्च मा.वि. का तरुण खड्का थापा, पृथ्वी उच्च मा.वि. पूर्कोटका सरस्वती पौडेल, त्रिभुवन उच्च मा.वि.का अप्सरा के.सी, सोही विद्यालयका बेल बहादुर थापा, अर्जै उच्च मा.वि.की बिन्दु अर्याल, पृथ्वी उच्च मा.वि.की रिज्यु सेन, उदय उच्च मा.वि. शान्तिपुरका रन्जित खत्री, उपल्लो तम्घास मा.वि.की संगिता चुदारा, शिद्धबाबा उच्च मा.वि.का तिलक सोनारे, नयाँगाउँ उच्च मा.वि.की सिर्जना पोख्रेल आदर्श उच्च मा.वि.का खिमलाल भट्टराई प्रथम भएका छन् । त्यस्तै विभिन्न दौड प्रतियोगितामा त्रिभुवन उच्च मा.वि. प्रथम भएको थियो । त्यस्तै छात्रा भलिबल खेलतर्फ त्रिभुवन उच्च मा.वि. द्वितीय र सरस्वती माध्यमिक विद्यालय अर्लाङ्कोट तथा हर्राचौर मा.वि. तृतीय भएका थिए ।
 प्रतियोगिताका प्रायः सबै खेलहरुमा त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घाका विद्यार्थी दुर्गा बहादुर मगर र दुर्गा बहादुर राकसकोटी, बिमल राकसकोटी बेल बहादुर थापा प्रकाश थापा, कृष्ण थापा, तिब्बत रायमाझी र नारायण कार्की जमेका थिए । त्यस्तै दोस्रँे स्थान हासिल गर्ने आदर्श उच्च मा.वि. दिगामका प्रकाश आले, शेर बहादुर सन्वानी, दिल बहादुर सोमरे सुरेश श्रेष्ठ, खिमलाल भट्टराई, प्रशान्त आले, सुन्दर सन्वानी, धन बहादुर थापा र तिलक थापा प्रतिद्वन्दीहरुलाई आच्चुआच्चु पार्न सफल रहे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १० हजार, ६ हजार र ५ हजार नगद पुरस्कार एवम् मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जिल्लाका २६ वटा विद्यालय सहभागी भएक थिए । समापन समारोहमा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, एकिकृत ने.क.पा. माओवादीका बुद्धि जि.सी., नेपाली काँग्रेसका दामोदर भुसाल, नेकपा. एमालेका टोमलाल पाण्डे र ने.क.पा.– माओवादीका विरबहादुर कार्की लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख हरुको आतिथ्यता रहेको थियो । आयोजक जिल्ला खेलकूद विकास समितिले सहयोगी संस्था र व्यक्तिहरुलाई सम्मान गरेको थियो । खेलको व्यवस्थापन विभिन्न खेलमा रेफ्री लगायतका कार्यमा नेपाली सेना गुरु गोरख गुल्म र जिल्ला प्रहरी कार्यालयले सहयोग गरेका थिए । आई.टि.एफ. डब्लु. टि.एफ तेक्वान्दो र सितोरियो करातेका खेलाडीहरुले स्वयम् सेवकको भूमिका निभएका थिए । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेको थिए । प्रतियोगिता अपेक्षा गरेभन्दा सफल भएको आयोजक संस्थाका अध्यक्ष गोबिन्द बि.क.ले प्रतिक्रिया दिए । उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको सञ्चालन रहेको थियो ।

माथिका सम्पूर्ण फोटोहरु प्रेम सुनारले खिच्नुभएको हो । 

सगरमाथाबाट हाम फालेर कीर्तिमान (भिडियोसहित)

काठमाडौं, जेष्ठ १६ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम्लेर रुसी नागरिकले कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर आधार शिविरमा झरेका हुन् । ४८ वर्षीय रोजोभले सगरमाथाबाट हाम्फाल्न दुई वर्षदेखि तयारी गरेका थिए ।

उनी विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हाम्फालेको थिए । चार जना नेपाली शेर्पाको सहयोगमा सगरमाथाको चुचुरोबाट फाल हालेको भिडियो उनकै टोलीमा रहेका शेर्पाहरुले सार्वजनिक गरेका छन् ।

सगरमाथाको हीरक महोत्सवको दिन पारेर उनी चुचुरोका उत्तरी क्षेत्रबाट हाम्फालेको बताईएको छ । उनी चार दिनको समय लगाएर सगरमाथा चढेका थिए ।

हाम फाल्ने क्रममा लेक लाग्ने डर लागेता पनि आखिरमा सफलता पाएकोमा उनले खुशी ब्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

गजलमय बन्यो गुल्मेली गणतन्त्र दिवस, सिडिओ र डिएस्पीले पनि सुनाए आफ्ना सिर्जना

Published on: // ,

प्रेम सुनार

रोएकी छिन् नेपाल आमा उनका आँसु टाल्नु गणतन्त्र
अभाव दुख महँङ्गीलाई सके सम्म फाल्नु गणतन्त्र ।।

बेरोजगारी भोकमरीले रुकुम, रोल्पा, डोल्पा, मुगु
गरिवीले भोकै सुत्छन् तिम्ले चुलो बाल्नु गणतन्त्र ।।

राणा फल्यौ, राजा फाल्यौ आमा गुमायौ बाबा गुमायौ
बाह्य हस्तक्षेप बढि भा’छ तिनका जरा गाल्नु गणतन्त्र ।।

अर्खले ७ का नेत्र पाण्डेको यो गजल सहित जिल्ला विकास समितिले सदरमुकाम तम्घासमा आयोजना गरेको छैठौं गणतन्त्र दिवश कार्यक्रम पुरै गजलमय बनेको थियो ।
निजामती कर्मचारी संघ र रेसुङ्गा साहित्यीक प्रतिष्ठान गुल्मीको संयोजनमा आयोजित गजल प्रतियोगिता छैठौं गणतन्त्र दिवसको मुख्य आकर्षण बनेपछि कार्यक्रमका मुख्य अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, अध्यक्षता गरिरहेका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले लगायतले  अतिथी दिर्घबाटै कसैले गजल त कसैलै गित, कविता कोर्न थालिरहेका थिए ।
प्रहरी प्रमुख काफ्लेले आफुले गजल सुन्न मन पराउने तर लेख्न नजान्ने भन्दै कविता वाचन गरे

‘मलाई स्मरण छ
मेरो वुवाले कपुरी क लेख्न
कालो पाटी, गुन्द्री चकटी बोकाएर पठाएको,
छाप्रो रुपी स्कुलमा
कखग सिकाएको,
गाउँको छाप्रोमा पढेको म
अक्सफोर्ड कलेजमा धुरुधरु रोएको,
म अहिले गुल्मी आएको छु
मलाई लेख्न आउँदैन
किनकी
मेरा पेशाले यताकता भुलाएको ...। ’

गल्लल्ल हाँसोले गुञ्जीयो वाल मन्दिर हल । बोल्ने पालो आउँदै गर्दा प्रजीअ कबिन्द्र नेपालले कोरेर सुनाए
तिखा तिखा वाणहरुले हान्ने कोशिस नगरे प्रिय,
घोच्ने काम त काँडाले पनि गर्छ,
टाढा टाढा हुन नखोज प्रिय,
टाढा त जुन पनि हुन्छ,
म गीतारको चुँडीएको तार हुँ,
जोडेर बजाउने कोशिष गर ।

नेपालको यो मुक्तक सुन्दा पाको उमेरमा पनि सिडीओ माया प्रेमको वियोगमा परेका रहेछन् भनेर मुखामुख गरिँदै थियो तर व्याख्या गरेर गणतन्त्रमा लगेर जोडे सिडिओ सापले । उनले भने – ‘तिखातिखा वाण भन्नुको मतलव हामीले गणतन्त्र गणतन्त्र भनेर सर्बसाधारणलाई ठूला ठूला आकांक्षाहरु दियौँ तर त्यो हाम्रो वोली जनतालाई वाँण जस्तै बन्यो र हानीरहेका छौँ, टाढाटाढा भन्नुको अर्थ जनता हामीदेखि टाढिँदै छन् उनीहरुले गणतन्त्रको अनुभूति गर्न सकेका छैनन । चुँडिएको गीतारको तार भन्नुको मतलव गणतन्त्र चुँडिएको तारजस्तो बनेको छ, त्यसलाई त्यतिकै चुँडिन दिन हुन्न हरेश नखाई जोडेर बजाउँ अर्थात संस्थागत गरौँ भन्न खोजको हुँ ।’ उनले  अरुलाई दोष थोपर्नु भन्दा पनि आफैले आफ्नो भूमिका खोज्नुपर्ने बेला आएको बताए । ‘कर्मचारीको पनि महत्वपुर्ण भूमिका हुन्छ, उनले भने  तर कर्माचारीमा विभाजन छ एकताको खाँचो छ ।’ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आखिर जे भने पनि जनताको शासन हो’ उनले थपे ‘त्यसको अनुभुति जनतालाई दिन हामी सक्षम छौं भन्ने विश्वास लिएको छ । स्थानिय विकास अधिकारी ज्ञवालली भने गजल, कविता आफुले लेखेनन् अरुले वाचन गरेका गजलहरुको ब्याख्या मात्रै गरे ।
कार्यक्रममा प्राय सबै गजलकारहरुले देशमा बढ्दै गएको कुर्ची लुछाचुँडी एकले अर्कोलाई दोषरोपण, संविधान बनाउने नाममा राष्ट्रको धुकुटी रित्ताउने गरेको र जनतालाई गणतन्त्रको अनुभुती दिलाउन नसको कुरा गजलमा मुखारित गरेका थिए । विगतका गणतन्त्र दिवसमा नेताहरुका लामा लामा र चर्का चर्का  भाषण सुन्दा वाक्क हुन्थ्यो दर्शक दिर्घमा तर गजलले बेग्लै रौनक दियो र कार्यक्रमको अन्तिम सम्म सहभागिलाई हलमै केन्द्रित गरिरहेको थियो ।
बालमन्दिर हलमा गणतन्त्र दिवसको शुभकामना आदान प्रदान कार्यक्रममा एकले अर्कोलाई दोष थोपर्ने भाषण कम गरे नेताहरुले बरु आफैले आफैलाई दोष दिनु पर्ने धारण राखे । ‘कसले कसलाई दोष दिने ? संविधान सभा चुनाव पछि सत्तामा रहेका दलहरुलाई मात्र संविधान बनाउन सकेनन भनेर किन दोष दिने दोष हामी सवैको हो’ भन्दै थिए राप्रपा नेपलका अध्यक्ष भरत बहादुर चन्द । भाई फुटे गवार लुटे भन्ने उखान उदृत गर्दै एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डेले नेपालीहरुको फुटको फाईदा लिएर भारतले सिमा अतिक्रमण लगायत सवै कुरामा नेपाललाई पेले मिचेको कुरा उठाएका थिए । मुसिकोटका  खिमानन्द भण्डारी लेख्छन. ‘
नेपाली कांग्रेसका जिल्ला सचिव छन्द  पहराईले सवैले दलहरुलाई मात्र गाली गर्छन्, गर्नु स्वभाविकै पनि हो तर हाम्रा उपरी नेताहरुले हामीलाई बोल्ने बाटो राखी दिएनन् केहि बोल्न पनि लाज लाग्ने बनाई दिए । एकिकृत नेकपा माओबादीका जिविस प्रतिनिधी देविराम अर्यालले नेपाली आपसमा मिल्न सके कसैले हेप्न नसक्ने भन्दै अव भाषणमा होईन उत्पादनमा लाग्न सके देशको समृद्धि हुने धारण राखेका थिए ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे र पत्रकारहरुको तर्फबाट प्रेम सुनारले मन्तब्य राखेका थिए  । गजल प्रतियोगितामा क्रमश प्रथम द्धितीय हुने अर्खले ७ का नेत्र पाण्डेलाई १२ सय र अर्खबाङ्गकी गिता अर्याललाई ८ सय र तृतिय हुने हस्तीचौकी कुँवरलाई ६ हजार नगद पुरस्कार, प्रमाण पत्र दिई प्रमुख अतिथी प्र.जि.अ. नेपाल र स्थानिय विकास अधिकारी ज्ञवालीले सम्मान गरेका थिए ।
जेठ १४ गतेदेखि तम्घास अस्पतालका विरामीहरुलाई फलफुल वितरण, राष्ट्रपती रनिङ्ग शिल्डकपा प्रतियोगिता आदि कार्यक्रम गरी मनाउन सुरु गरिएको गणतन्त्र दिवस १५ गते साँझ विहना तम्घास वजारमा प्रभात फेरी, लगत्तै शुभकामना आदन प्रदान , साँझ दिपावली, १६ गते कार्यालय सरसफाई आदि कार्यक्रमका साथ मनाईएको  मुल आयोजक समिति अध्यक्ष स्थानिय विकास अधिकारी ज्ञवालीले बताए ।
गणतन्त्र दिवसमा दलका नेता कार्यकर्ताहरुको कम सहभागिता देखिए पनि कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो । गणतन्त्र दिवसका अवसरमा हिजो गणतन्त्र ल्याउन, जनयुद्धमा जिउ ज्यानको वाजी लगाउने र १९ दिने जनआन्दोलनमा हात खुट्टा गुमाउनेहरु भन्दा आफुहरुले नै ल्याए जस्तो वाकलत गर्दै थिए हिँजो राजालाई बुई चढाएर हिंड्नेहरु । गणतन्त्र केन्द्रमा घोषण भैरहँदा यता श्री ५ महराज धिराज की जय होस् भन्दै नारा जुलुस निकाल्नेहरु अहिले गणतन्त्रको वाकलत गर्दा खै के लाई भन्दा के लाई लाज भने जस्तो भयो भन्दै थिए नागरिक समाजका सचिव पदमप्रसाद पाण्डे ।

गुल्मी विकास बैङ्क ग्लोबल आइएमईमा गाभिने

Published on: //

काठमाडौं, जेठ १४ । ग्लोबल आईएमई बैङ्कमा गुल्मी विकास बैङ्क गाभिने भएको छ । ती दुवै बैङ्कबीच मङ्गलवार समझदारीपत्रमा हस्ताक्षर भएपछि गाभिने निश्चित भएको हो । समझदारी पत्रमा ग्लोबल आईएमई बैङ्कका तर्फबाट ग्लोबल सोसियल संयुक्त मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ एवम् गुल्मी विकास बैङ्कका तर्फबाट अध्यक्ष सीता भुसालले हस्ताक्षर गरे । यो जोडीले मर्जरको प्रारम्भिक स्वीकृतिका लागि मङ्गलवार नेपाल राष्ट्र बैङ्कमा आवेदन दिएको विज्ञप्तिमा उल्लेख छ । मर्जर प्रक्रिया शुरू भएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुल्मी विकास बैङ्कको शेयर कारोबार रोक्का गरेको छ ।
गुल्मी विकास बैङ्क २०६६ सालमा स्थापना भएको हो । हाल यसको पूँजी रू.२ करोड ५ लाख, निक्षेप रू. ४५ करोड र कर्जा लगानी रू.३३ करोड रहेको छ । ग्लोबल बैङ्कमा गतवर्ष आईएमई फिनान्सियल इन्ष्टिच्युशन तथा लर्डबुद्ध फाइनान्स गाभिएर ग्लोबल आईएमई बैङ्क बनेको थियो । यस्तै, केही समयअघि ग्लोबल आईएमई बैङ्कले सोसल डेभलपमेण्ट बैङ्कलाई आफूसँग गाभ्नका लागि प्रक्रिया शुरू गरिसकेको छ । हाल यो बैङ्कको निक्षेप ३१ अर्ब र कर्जा लगानी २५ अर्बको हाराहारीमा रहेको  छ । चालू आवको चैत मसान्तसम्ममा कर्जा नोक्सानी व्यवस्था अगाडि रू.८० करोड सञ्चालन मुनाफा हासिल गरेको छ । हाल ६४ शाखा र सोही सङ्ख्यामा एटीएममार्फत विभिन्न जिल्लामा वित्तीय सेवा पुर्‍याउँदै आएको छ ।

अवरुद्ध विद्युत सेवा अझै सञ्चालन भएनन्

Published on: //

कविता घर्ती मगर
गुल्मी, जेठ १५ । गुल्मीको घमिर गाविस २ सिलाँदीमा रहेको नमुना लघुजलविद्युत आयोजना २ हप्तासम्म पनि सञ्चालन नहुँदा स्थानीय उपभोक्ता मर्कामा परेका छन् ।
तमघास चौरासी, पुर्कोटदह मोटरवाटो खन्ने क्रममा कुलो भत्किएपछि उक्त लघु जलविद्युत योजना वन्द हुँदा उनीहरु अध्याँरोमा वस्न वाध्य भएका छन् । विद्युत वन्द भएपछि घमिर गाविसको वार्ड नं. २ र अर्जै गाविसको वार्ड नं. ९ का गरी कुल ३५ घरधुरी प्रभावित वनेका हुन् । २ किलोवाटको उक्त परियोजना २०६४ सालमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ लाख र स्थानीय जनताको ३ लाख गरी कुल चार लाखको लगानीमा निर्माण गरिएको परियोजनाका भिमसेन थापाले वताउनुभयो ।
त्यस्तै विगत १० दिनदेखि अवरुद्ध वनेको गुल्मी पल्लीकोट गाविसको विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । पल्लीकोट गाविस वार्ड न. २ मा रहेको विद्युतको ट्रान्सफरमरमा चट्याङ्ग लागेपछि अवरुद्ध वनेको विद्युत १० दिन वितिसक्दा पनि वन्न सकेको छैन । विद्युत सेवा अवरुद्ध हुँदा गाविसको वार्ड नं. १, २, ३ र ४ का करिव ३ सय ५० घर परिवारका उपभोक्ताहरु अध्याँरोमा वस्न वाध्य भएका छन् । विद्युत अवरुद्ध भएपछि स्थानीयहरु मोवाईल चार्ज गर्न भन्दै विरवास, भेडुवा वजार लगायतका नजिकका गाउँहरुमा जाने गर्दछन् । यता विद्युत ट्रान्सफरमर मर्मत गरी सेवा सुचारु गर्न एक महिना समय लाग्ने विद्युत प्राधिकरणले जनाएको छ ।

श्रीमानको सम्झनामामा हारमोनीयम

Published on: //

अनिल खत्री
जेष्ठ १५ । आफ्नो श्रीमानको सम्झनामामा पुर्वी चितवनको जुटपानी १ की एक महिलाले पिठुवा ९ स्थित रामकृष्ण मन्दिरमा एक थान हारमोनीयम प्रदान गरेकी छन् ।

श्रीमान् भानुभक्त दाहालको स्मृतीमा श्रीमती सरस्वति दाहाल, छोराहरु राजु र गुणराज दाहालले संयुक्त रुपमा रु १० हजार मुल्य बराबारको हारमोनियम एक कार्यक्रम बिच मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष धुव न्यौपानेलाई हस्तान्तरण गरीएको हो । स्थानीय समाजसेवी समेत रहेका भानुभक्त दाहालको दुई बर्ष अगाडि दुर्घटनामा परि निधन भएको थियो । यस अघि पनि दाहाल परिवारले मिलीजुलि आमा समुहद्धारा निर्मीत जुटपानी १ मा रहेको शिब मन्दिरलाई एक थान हारमोनियम प्रदान गरेका थिए ।

भ्यान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

Published on: //

गुल्मी, जेठ १३ । गुल्मीको विरवासमा सोमबार भएको भ्यान दुर्घटनामा परी मर्नेको सँख्या तीन पुगेको छ। पाल्पाको मिसन अस्पतालमा उपचार भईरहेका पल्लीकोट गाविस २ की ३५ वर्षीया विनिता थापाको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ ।
सदरमुकाम तम्घासबाट भारतीय सेनाको पेनसन बुझी घरतर्फ फर्किदै गरेकाहरु विरबास बजार नजिकै दुर्घटनामा परेका थिए । सदरमुकामबाट विरवासतर्फ गईरहेको लु १ च २२१२ नं. को भ्यान दुर्घटना हुँदा पल्लीकोट गाविस २ का ७५ वर्षीया टोपली सोमरे र सोही स्थानकै ६५ वर्षीया इन्द्रकला सोमरेको सोमबार घटना स्थलमै मृत्यु भएको थियो । घाइतेहरु विरवास गाविस ८ का गाडी चालक ३५ वर्षीय देवप्रसाद खनाल र सोही स्थानकै ३५ वर्षीया इन्द्रकला थापाको गम्भीर अवस्थामा मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ ।

ओझेलको खबर: प्रहरीलाई तरुनीको ब्लफ कल, श्रीमानबाट यौन सुख नपाएकी महिलाको बेदना, छोडपत्र माग

Published on: // , ,


रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यसपालिको ओझेलको खबरमा सर्वसाधारण जनताको उजुरी सुन्नु पर्ने प्रहरीलाई यौन उन्मादले मस्त तरुनीहरुको फोन उठाउँदैमा हैरानी सम्बन्धी बिशेष खोजमुलक रिपोर्ट प्रस्तुत हुनेछ । नियमित स्तम्भ जीवनको गोरेटोमा आफ्नो श्रीमानको यौन सिथिलताबाट पीडित श्रीमतीको बेदना सुनाउनेछौ । त्यसैगरी २० लाख रुपैँयामा हुन लागेको सम्बन्ध बिच्छेदका क्रममा एक आफन्तले कोरियामा गरेको आत्महत्या सम्बन्धी रिपोर्ट पनि प्रस्तुत हुनेछ । सुनौँ यसपालिको अङ्क:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अङ्कहरु सुनौँ:
ओझेलका खबर: धुमधाम बिहे गरेको ९ दिनमै पुर्व प्रेमीसँग दोस्रो बिहे गर्ने गुल्मीकी युवती
ओझेलका खबर: शेर बहादुरको मृत्‍यु सम्बन्धी स्थलगत रिपोर्ट साथमा गुल्मीका दृष्‍टिबिहिनहरुको कारुणिक ब्यथा
ओझेलका खबर: श्रीमान बिदेश, सेनाको जवानसँग लसपस, कर्तुत छिपाउन छोरीको उसै सैनिकसँग जबर्जस्ती बिहे
ओझेलका खबर: गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (रेडियो पत्रीका)
ओझेलका खबर: ९ कक्षा पढ्ने किशोरिको दलित युवासँग प्रेम, अन्तर्जातिय बिवाहको लागि परिवारको अवरोध (अडियो)
ओझेलका खबर: जबर्जस्ती करणीबाट सुत्केरी भएकी १६ बर्षिया किशोरीको बिचल्ली, ५५ बर्षदेखी पियनको जागिर
जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क 
दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

गजल

Published on: //



-कल्पना पौडेल "जिज्ञासु"

उठौँ सबै सर्बहारा जाग्नु पर्छ अब
सामन्तीको बिरुद्धमा लाग्नु पर्छ अब

सबै जातिलाई एउटै मालामा गाँस्दै
एकतामा देश हाम्रो हाँक्नु पर्छ अब

भ्रस्ट्राचारको जरो उखेली फेँदै देखी
ति अत्याचारका सिमा नाघ्नु पर्छ अब

हातमा हात बाधि राखी मिल्दैन हक
खोसिएका अधिकार माग्नु पर्छ अब

कुरुती र बिसंगती हटाएर हाम्ले
शिखर छुने लक्ष्य त्यो ताक्नु पर्छ अब

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Gaganshila Khadka

Published on: //
गगनशिला खड्का

Janardan Ghimire

Published on: //


जनार्दन घिमिरे

Ghanashyam Gautam

Published on: //
घनश्याम गौतम

Prem Sunar

Published on: //
प्रेम सुनार

घमिरमा भलिबल, उपाधी निस्ती मदाने युवा क्लबलाई

Published on: //
गुल्मी, जेठ १३ । गुल्मीको घमिरमा आयोजित भलिवल प्रतियोगिताको उपाधी निस्ती मदाने युवा क्लबले हात पारेको छ । निस्ती मदाने युवा क्लबले आयोजक देबिस्थान युवा क्लबलाई पराजित गर्दै उपाधी रक्षा गर्ने सफल भएको हो । तृतीय स्थानको उपाधी भने मनकामना युवा क्लवले हात पारेको छ । प्रतियोगितामा जम्मा ९ समुहले सहभागिता जनाएका थिए ।

जिल्ला प्रशासन गुल्मीको घुम्ती शिविर कहाँ कहिले?

Published on: // ,

प्रेम सुनार
जेठ १२, गुल्मी । सरकारी सेवाको पहुँच सर्वसाधरणमा सहज र सर्वशुलभ गराउने उद्देश्य साथ जिल्ला प्रशासन कार्यलय गुल्मीले गाउँ-गाउँमा घुम्ती शिविर लैजाने क्रमलाई तिब्रता दिएको छ ।
दर्जनौँ विकट गाविसमा एकिकृत घुम्ती शिविर सम्पन्न गरे लगत्तै जेठ १४ गते थप अन्य गाविसहरुमा नागरिकता वितरण र फोटो सहितको नामावली संकलनका लागि प्रशासनले घुम्ती सेवा सञ्चालन गर्न गईरहेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिए । उनका अनुसार जेठ १४, १५ र १६ गते मजुवामा शिविर सञ्चालन गरी तुराङ् गाविस लगायत आँपचौर, जुभुङ्ग, वलिथुम र रुपाकोट गाविसका सेवाग्राहिहरुलाई सेवा प्रदान गरिनेछ । त्यस्तै जेठ १६ गते क्षेत्र नम्वर १ कै ठुलोलुम्पेक गाविसको देउरालीमा शिविर राखि त्यस गाविस र छिमेकी अस्लेवा गाविसका नागकिलाई नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तिले बताए ।
त्यस्तै  उनका अनुसार त्यस क्षेत्रको विशुखर्क वलीवाङ्गमा १७, १८ र १९ गतेका दिन दिब्रुङ्ग र हर्राचौरबासीललाई सेवा प्रदान गरिने छ । प्रशासनले जेठ २०, २१ र २२ गते शन्तिपुरमा शिविर राखी शान्तीपुर, हरेवा र ग्वाघाका नागकिहरुलाई सेवा प्रदान गर्ने भएको छ । १ नम्वर क्षेत्रकै जोहाङमा शिविर राखी त्यस गाविसका अलावा जुँनिया, भार्से, हँसरा र लिम्घाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने छ ।
त्यस्तै क्षेत्र नम्वर २ को रिडीमा जेठ १४ र १५ गते शिविर राखी रुरु, थानापति र ग्वादीमा सेवा प्रदान गरिने छ । त्यस्तै खर्ज्याङमा १८, १९ र २० गते शिविर राखी त्यस गाविस र दौँघा, हर्दिनेटा, अमरअर्वाथोक, दरबारदेविस्थामा सेवा प्रदान गरिने छ । वस्तुमा जेठ १४, १५ र १६ गते त्यस गाविस, जैसीथोक र धुर्कोट रजस्थबासीले सेवा पाउने छन् भने क्षेत्र  नम्वर ३ कै दर्लामचौरमा २२, २३ र २४ गते शिविर राखी ईस्मा रजस्थल, दोहली, दर्लामचौर र हस्तीचौरबासिलाई सेवा प्रदान गरिने छ । हाडहाडेमा १७ र १८ गते त्यस गाविस र भनभनेमा सेबा प्रदान गरिने छ । पिपलधारमा जेठ २० र २१ गते त्यस गाविस र नयाँगाउमा सेवा प्रदान गर्ने छ । अर्जेमा १९ र २० गते अमरपुर र छापाहिलेमा सेबा प्रदान हुनेछ ।
सिमलटारीमा १५, १६ र १७ गते भरभुङ्, घमिर, सिर्सेनी र वाग्लाका जनताले नागकिता र फोटो सहितको मतदाता नामावलीका साथ थप अन्य सेवाहरु पाउने छन् । त्यसैगरी रानीबासमा १६, १७ र १८ गते शिविर सञ्चालन गरी बम्घा, रिमुवा, बलेटक्सार र दिगामा सेबा प्रदान गर्नेछ । विरबासमा १९, २० र २१ गते पल्लीकोट, विरबास, हुँगा र गौँडाकोटमा सेबा प्रदान गरिने छ । आ–आफ्नो गाविसमा तोकिएको मिति हेक्का राखी सेवा लिनका लागि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आग्रह गरेका छन् ।




चट्याङ्ग लागेर एक घाईते

Published on: // ,
प्रेम सुनार
गुल्मी, जेठ १३ । हिजो आईतबार विहना गुल्मीको सदरमुकाम तम्घास नजिकै गाउँमा एक ब्याक्ति चट्याङ्ग लागेर घाईते भएका छन् । तम्घास ९ सिस्न्यारका ३४ वर्षिय खिमलाल पन्थीलाई बिहान ८ वजेतिर चट्याङ्गले हानेर घाईते भएका हुन् । उनको तम्घास अस्पतालमा उपचार भईरहेको छ । दलानमा रेडियो सुनेर बसिरहेका पन्थी एक्कासी चट्याङ्गले हानेर करिव आधा घण्टा बेहोस भएका थिए । उनको स्वास्थ्य अवस्था सामन्य हुँदै आएको अस्पतालले जनाएको छ । स्मरण रहोस त्यसै तम्घास ९ को बुट्टाखरी गाउँमा गतबर्ष चट्याङ्गले हानेर एकै घरका दुबै भाई शुनिल नेपाली र रामबहादुर नेपालीको ज्यान गएको थियो । गत केहि बर्ष यता जिल्लामा चट्याङ्ग लागेर मानिसको जिउ धन र अन्या भौतिक क्षति हुने क्रम बढेको छ ।

जिल्ला कोसेली घर सञ्चालनमा

Published on: // ,

पि.एम.मगर
गुल्मी, जेष्ठ १३ । जिल्ला सहकारी संघ लिमिटेड र कोसेली घर सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा जिल्ला कोसेली घरको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । विशेष गरी स्थानीय स्तरमा उत्पादन गरिएका विभिन्न वस्तु तथा सामाग्रीहरुको संकलन गरी त्यसको प्रवर्द्धन, विकास, विस्तार, वजार व्यवस्थापन, विक्री वितरण तथा यसको प्रचार प्रसार गर्ने उद्धेष्यका साथ जिल्ला कोसेली घरको स्थापना गरिएको हो । कोसेली घरको नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले गर्नुभएको थियो ।
उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मुख्य सचिव पौडेलले स्थानीय उत्पादको विकास तथा प्रवर्द्धनको लागि कोसेली घर निर्माण गर्नु अत्यन्तै खुशीको कुरा रहेको वताउँदै यसलाई भविष्यमा पनि निरन्तरता दिनतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । यसको सुरुवात गर्न निक्कै सजिलो हुने तर भविष्यमा यसलाई निरन्तरता दिन एवं जोगाई राख्न पनि उत्तिकै चुनौति हुने वताउँदै उहाँले यस विषयमा विचार पु¥याई दीर्घकालीन योजनाहरु निर्माण गरेर लाग्न सम्पुर्ण स्टेक होल्डरहरुलाई सुझाव दिनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड गुल्मीका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसेली घर सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्क के.सी.ले यसको महत्व तथा विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन संघका उपाध्यक्ष शेषकान्त गौतमले गर्नुभएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका वुद्धिवहादुर जिसी, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष टोमलाल पाण्डेय, नेकपा माओवादीका घनवहादुर खड्का, प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
पर्यटनको हिसावले पनि कोसेली घर निक्कै महत्वपुर्ण हुने अतिथिहरुले आशा व्यक्त गरेका छन् । जिल्लामा स्थानीय स्तरमा व्यवसायीहरुले उत्पादन गरेका वस्तुहरु हाडी घैटा, डाला, डोका, ढाकाका कपडाहरु, मुडा, गुँड, खुदो लगायत सहकारी समुह एवं साना घरेलु संस्थाहरुले निर्माण गरेका वस्तुहरु, टोपी, व्याग जस्ता सामानहरु कोसेली घरले खरीद गरी त्यसको प्रचार प्रसार तथा वजार व्यवस्थापन गर्ने उपाध्यक्ष गौतमले बताउनुभयो ।

गुल्मीका क्लवहरुद्धारा मुख्य सचिवलाई ध्यानाकर्षण

Published on: //

पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । गुल्मी जिल्लाको सदरमुकाममा रहेका क्रियाशिल विभिन्न युवा क्लवहरुले शनिवार संयुक्त रुपमा विभिन्न मागहरु राख्दै नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललाई ज्ञापन पत्र वुझाएका छन् ।
नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभालाई सम्वोधन गर्नका लागि गुल्मी आउनुभएका मुख्य सचिव पौडेललाई उनीहरुले सो ज्ञापन पत्र वुझाएका हुन् । उनीहरुले गुल्मी जिल्लालाई लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गर्ने सन्दर्भमा क्षेत्रीय विद्युत प्राधिकरणका प्रमुखको उपस्थितिमा भएको सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै यस विषयमा ध्यान दिन विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।
अहिले गुल्मीवासी पटकपटक विद्युत कटौतीको मारमा परिरहेकाले यस जिल्लालाई दीर्घकालीन रुपमा लोडसेडिङ्गमुक्त जिल्ला वनाउनका लागि आवश्यक प्रकृया प¥याई कालीगण्डकीवाट सिधा विद्युत लाईनको व्यवस्था गरी १ सय ३२ केवी प्रशारण लाईनको सव स्टेशन तमघास क्षेत्रभित्र राख्नका लागि व्यवस्था गरिदिन आग्रह गरेका छन् । उनीहरुले रेसुङ्गाको वृहत्तर विकास तथा जिल्लाको सदरमुकामको एकीकृत विकासका लागि गुरुयोजनाहरु वजेटको अभावमा अलपत्र वनेको वताउँदै यस क्षेत्रका विकास र विस्तार गरी पर्यटकीय जिल्लाको रुपमा रुपान्तरण गर्नतर्फ आवश्यक पहल गरिदिन समेत आग्रह गरेका छन् । त्यस्तै जिल्लामा आधुनिक कृषि प्रविधी लगायतका विभिन्न कृषी संवन्धि तालिमहरु भित्राएर कृषकहरुलाई स्वावलम्वी वनाई जिल्लाको आर्थिक तथा रोजगारीका सम्भावनाहरु वृद्धि गर्नका लागि आवश्यक पहल गर्न समेत मुख्य सचिवसँग आग्रह गरेका छन् ।
जिल्लाका सक्रिय युवा संगठनहरुले सिमिचौरमा निर्माणाधिन रेसुङ्गा एयरपोर्टको पुर्णतातर्फ ध्यान केन्द्रीत गर्न, जिल्लामा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न, जिल्लाको पहिलो क्याम्पस रेसुङ्गा वहुमुखी क्याम्पसलाई सरकारी क्याम्पसमा रुपान्तरणका लागि पहल गर्नतर्फ ज्ञापन पत्रमार्फत उनीहरुले मुख्य सचिवको ध्यानकृष्ट गराएका छन् । अन टेष्ट युवा क्लवका अध्यक्ष रविन्द्र गुरुङ, धागिथुम उदिनढुङ्गा युवा क्लवका अध्यक्ष उदय थापा, तमघास युवा क्लवका अध्यक्ष कृष्ण पौडेल, फोटिन स्टार युवा क्लवका अध्यक्ष सुदर्शन खनाल, संयुक्त युवा क्लवका अध्यक्ष कृष्णप्रसाद पाण्डे, रेसुङ्गा युवा मन्चका अध्यक्ष छविलाल पाण्डेय, एकता युवा क्लवका अध्यक्ष रमेश श्रेष्ठ र रेसुङ्गा युवा क्लवका अध्यक्ष निरञ्जन थापाले संयुक्त रुपमा मुख्य सचिवसमक्ष ज्ञापन पत्र वुझाएका हुन् ।

दुबईमा २५५७ औं बुद्ध जयन्ती मनाईयो (फोटो फिचर)

लालबहादुर ढेंगा
दुबई । युएईस्थित कार्यरत प्रवासी नेपालीहरुले गए २४ मे शुक्रबारका दिन भगवान बुद्ध नेपालमा जन्मेको हो भन्ने नाराका साथ २५५७ औं बुद्ध जयन्ती विधिवत रुपमा पूजाआजा गर्दै विविध रंगारंग सांगीतिक माहौलमा मनाएको छ । सो बुद्ध जयन्ती तमु समाज युएईको आयोजना भएको हो । उक्त कार्यक्रमको अध्यक्षता तमु समाज युएईका अध्यक्ष डिआर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा बृद्ध आमा गंगामति तमुस्यो रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेको कार्यक्रमलाई ईन्द्रा तमुले संचालन गरेको थियो ।

भगवान बुद्धको पूजाआजा सकिने लगत्तै प्रसादको बितरणपछि सांस्कृतिक प्रस्तुतिहरु सुरु भएको थियो । जसमा राजेश घलेले गाएको “हररात सपनीमा नेपाल देख्न पाउं, बिउंझेर नेपालकै माटोलाई चुम्न पाउं” भन्ने गीतले देश भक्तितिर लगेको थियो भने कपिल तामाङको “कान्छीलाई घुमाउने काठमाण्डौ सहर” गीतले दर्शकलाई एक छिनको लागि साच्चै नै काठमाण्डौ घुमाउनमा सफल भएको थियो । फेरि दीपक गुरुङ र नमुना गुरुङको “ऐ भेना ल्याई देऊ न मलाई पछौरी मलमलको” चुड्का गीतको नृत्यले हललाई नै तताएका थिए ।
स्थानीय गायक अमृत गुरुङको गीत “गुंरासको फेड मूनि सम्झनाको छाया” पनि निकै सान्दर्भिक लाग्थ्यो । त्यस्तैगरी जय गुरुङले गाएको गीत “सायद तिम्रो बाटोमा” र “हात्ती घोडा हैन मलाई माया चाहिन्छ” भन्ने गीतमा राम लामाको नृत्यले दर्शकलाई मनोरञ्जन दिएको थियो । अन्य कलाकार विनिता थापाको करुवा नृत्य, मुना गुरुङको आधुनिक गीत “सुरिलो रुख सल्लै हो, बोलाको तिमीले कल्लाई हो”, गुरुङ गीत “माया पिरती थेनो शिरमा” गुरुङहरुको मौलिकता झल्काउने गुरुङ ड्रेसमा आशिष गुरुङ र दीपक गुरुङको नृत्य र दीप शुब्बाले गाएको “तुलसी आगनमा रोपौला, जीवनभरी छातीमा राखी मायाले छोपौला” भन्ने गीतले पनि सबैलाई रमाइलो दिएको थियो । त्यस्तैगरी “शिखलेसको मेलैमा” भन्ने गीतमा नमुना गुरुङ र राम काजी गुरुङको युगल जोडीको नृत्यले दर्शकलाई मनोरञ्जन दिनमा सफल भएको थियो । हेमन्त गुरुङले गाएको गीत बल्ल–बल्ल भेट भो दर्शन नमस्ते, दीपक गुरुङको एकल नृत्य, अमृत गुरुङ र पवित्रा गुरुङको युगल जोडी नृत्य र शेरचन गुरुङको नृत्य पनि सबैले मन पराए ।
सोही कार्यक्रमको अवसरमा मृगौला पीडित दिनेश गुरुङलाई आर्थिक संकलन गरी सहयोग स्वरुप १,२१६ दिराम प्रदान गरेको छ । उक्त आर्थिक सहयोगप्रति बिशेष गरी ईन्द्रा श्रेष्ठ तमुस्यो, सविना तमुस्यो, बुद्धिजीवी, समाजसेवी र सम्पूर्ण सहयोगीहरुलाई तमु समाज युएईले धन्यबाद समेत दिएको छ ।
हेरौँ दुबईबाट गुल्मीन्युज सहयोगी लाल बहादुर ढेँगाले खिचेर पठाउनुभएका तस्बिरहरु:







खराव काम गर्नेहरु मोटाउदै, राम्रो काम गर्नेहरु च्याँपिदै ः मुख्य सचिव

Published on: //
जनार्दन घिमिरे
गुल्मी ११, जेठ । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले व्यापार व्यवसायमा आजभोली खराव काम गर्ने मानिसहरु मोटाउदै गएको र राम्रो काम गर्नेहरु च्यापिदै जान थालेको वताउनु भएको छ । उहाँले त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्नका लागि सहयोग गर्न व्यवसायीहरुमा आग्रह समेत गर्नु भएको छ ।
​गुल्मीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आज आयोजना गरिएको नेपाल औषधि व्यवसायी संघको केन्द्रिय वार्षिक साधारण सभामा वोल्दै मुख्य सचिव पौडेलले उक्त कुरा वताउनु भएको हो । उहाँले कर्मचारी भित्र को वढी घुस्याहा र को वदुमास छ भन्ने वारेमा व्यापारिलाई थाहा हुने र व्यापारि भित्र पनि को वढी घुस्याहा र वदुमा छ भन्ने वारेमा कर्मचारीहरुलाई थाहा हुने भए पनि एक अर्काले कसैले कसैको वारेमा पोल नखोल्ने भएका कारण सरकारलाई त्यस्ता व्यक्तिहरुको पहिचान गर्न समस्या पर्ने गरेको वताउनु भयो ।
उहाँले खराव प्रवृतिका व्यक्तिहरुलाई कार्वाहि गर्नका लागि व्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्न सके मात्र राम्रो काम गर्ने व्यवसायीहरुले देशमा लगानि गर्न सक्ने वातावरण श्रृजना हुने वताउनु भयो । श्रमको सम्मान गर्न नसकेका कारण देशको ठूलो युवा शक्ति धनको लागि खाडिमा गएर भेडा चराएर वस्न वाध्य वनेको भन्दै उक्त युवा शक्तिलाई श्रम प्रति आकर्षीत गर्नका लागि राजनैतिक दलहरुले जागरण ल्याउनु पर्ने वताउनु भयो ।
मुख्य सचिव पौडेलले राजनैतिक दलहरुलाई पार्टि चलाउनका लागि कसैसंग चन्दा मागेर हैन, आफ्नो संगठनमा भएका सयौं युवा शक्तिलाई लगानिको वातावरण श्रृजना गरि उत्पादन मुलक कार्यमा लगाउन समेत आग्रह गर्नु भएको छ । श्रमको सम्मान र आफ्रनो पनलाई माया गर्न सके मात्र देशको विकासमा ठूलो टेवा पुग्ने उहाँले दावी गर्नु भयो । उहाँले आजै जिल्ला सहकारी संघ र कोसेली घर सहकारी संघ गुल्मीले संचालन गरेको जिल्ला कोसेली घरको समेत उद्घाटन गर्नु भएको थियो ।





पानीको मुहान सक्न थालेपछि स्थानीय चिन्तित

Published on: // ,

पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । गुल्मीको घमिर गाविस वार्ड नं. ९ मा रहेका पानीका मुहानहरु यतिवेला सक्दै  जान थालेका छन् । गाउँ नजिकैका खानेपानीका मुहानहरु सुक्न थालेपछि स्थानीयवासी चिन्तित वनेका छन् । स्थानीयवासीले प्रयोग गर्दै आईरहेको वार्ड नं. ९ मा रहेको सुनपते, खड्गरे, राम्चे, खड्गरे पानी, गुल्दे लगायतका मुहानहरु सुक्दै गईरहेको स्थानीय विनवहादुर अर्यालले वताउनुभयो । गाउँमा वितरित पानीका धाराहरुमा प्रशस्त मात्रा पानी नआउँदा आफुहरुले सोही पानीका मुहानवाट पानीको उपभोग गर्दै आईरहेको वताउँदै उहाँले अहिले मुहान सुक्न थालेपछि स्थानीयलाई चिन्तित वनाएको वताउनुभयो ।

आयोगको परीक्षा आज सकियो

Published on: // ,
पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले लिएको परिक्षा शनिवार सकिएको छ ।  १७ वर्षपछि लिएको शिक्षक परीक्षामा अध्यापन लाईसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका र अस्थायी रुपमा अध्यापन गराईरहेका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थीले परीक्षा दिएका छन् ।
माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थीले परीक्षा दिएका हुन । गुल्मी जिल्लावाट १ सय ७५ सिटका लागि चार हजार ७ सय ४६ जनाले परीक्षा दिएका छन् । विहीवारदेखि शुरु भएको परीक्षा आज सकिएको छ । आज अन्तिम दिन प्राथमिक विद्यालय तहको परिक्षा सम्पन्न भएको छ । प्राथमिक तहका लागि १ सय ९ जनाको सिटका लागि २ हजार ४ सय ९७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
गुल्मीमा विहिवार माध्यमिक तहको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि शिक्षक शिक्षीकाहरु । तस्विर ः जनार्दन घिमिरे

यसअघि शुक्रवार निम्न माध्यमिक तहको ३९ जनाको सिटका लागि संचालीत परीक्षामा गुल्मीवाट १ हजार ४ सय ३३ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार निम्न माध्यमिक तहको परीक्षाका लागि १ हजार ६ सय २७ जनाले आवेदन दिएपनि १ हजार ४ सय ३३ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए । त्यस्तै विहीवार पहिलो दिन माध्यमिक तहमा २७ जनाका लागि ५ सय ८८ जनाले परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी अर्यालले वताउनुभयो । आयोगको परीक्षाका लागि १९ वटा केन्द्र निर्धारण गरिएको थियो । जसमा प्राथमिक विद्यालयका लागि ९, निम्न माध्यमिक विद्यालय तहका लागि ६ र माध्यमिक विद्यालय तहका लागि ४ परीक्षा केन्द्र तोकिएको थियो । जिल्लामा सवै परीक्षा अत्यन्तै मर्यादित र सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको अर्यालले वताउनुभयो ।

सिमिचौरमा विमानस्थल निर्माणका लागि स्थानीयबाटै चन्दा सहयोग


घनश्याम गौतम
गुल्मी, जेष्ठ ७ । निर्माण सम्पन्न नहुँदै अलपत्र परेको विमानस्थल निर्माणका लागि स्थानीय सर्वसाधारणले नै आर्थिक सहयोग गर्न कस्सिएका छन् ।
सिमीचौर ५ थालेमालेमा ८ वर्ष अगाडि विमानस्थल निर्माण प्रक्रिया सुरु भएको थियो । आठ वर्ष बित्दा समेत विमानस्थल निर्माण हुने/नहुने भन्ने टुंगो नभएपछि स्थानीयस्तरबाटै चन्दा सहयोग गर्न सुरु भएको हो । निर्माण समितिले घरदैलो एवं थालेमालेमै गरेको छलफलमा स्थानीय सर्वसाधारणले विमानस्थल प्रभावित जग्गाधनीलाई मुआब्जा वितरण गर्नका लागि रकम सहयोग गरेका हुन् । रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले एकै दिनको छलफल कार्यक्रममा ३ लाख २५ हजार रुपैयाँभन्दा बढी सहयोग जुटेको बताए । '२५ रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सहयोग गरेका छन्,' अध्यक्ष पन्तले भने, 'संकलित रकम मुआब्जा वितरणका लागि प्रयोग गरिने छ ।'
नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयले निर्माण सुरु गरेदेखि अहिलेसम्म झन्डै १ करोड खर्च गरिसकेको छ । घरजग्गा मुआब्जा समस्या र रकम अभावका कारण्ा अलपत्र परेको विमानस्थल निर्माणका लागि स्थानीयको सक्रियता बढेपछि समितिलाई समेत काम गर्न सजिलो भएको अध्यक्ष पन्तले बताए । निर्माण समितिका सचिव अशोक थापाका अनुसार मुआब्जा उपलब्ध गराउने ४६ मध्ये अझै १८ परिवारलाई स्थान्तरण गर्न बाँकी छ । त्यसका लागि ६५ लाख रुपैयाँ आवश्यक पर्ने र मन्त्रालयले मुआब्जाका लागि सहयोग नगर्ने भएपछि स्थानीयस्तरबाटै त्यसको स्रोत जुटाउन लागिएको थापाले बताए । 'अझै ६५ लाख रुपैयाँ मुआब्जा दिन बाँकी छ,' थापाले भने, 'त्यसका लागि स्थानीयस्तरबाट, जिविस, गाविस लगायतबाट सहयोग जुटाउने कार्य सुरु गरेका छौं ।'
६ सय १० मिटर धावनमार्गको लम्बाइ रहेको विमानस्थलको क्षेत्र ७८ रोपनी १० आनामा फैलिएको छ । अध्यक्ष पन्तका अनुसार अहिलेसम्म धावनमार्गको केही भाग मैदान सम्माउने र पर्खाल निर्माणको कार्य भइरहेको र यस वर्ष नागरिक उड्डयन मन्त्रालयबाट २ करोड रकम विनियोजन गरेर निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । 'मन्त्रालयले २ करोडको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ,' पन्तले भने, 'समितिले स्थानीयस्तरबाटै मुआब्जाको समस्या समाधान गरेपछि मन्त्रालयले अन्य निर्माणका कार्य सुरु गर्नेछ ।' विमानस्थल निर्माणका लागि ९ करोड खर्च लाग्ने समितिको अनुमान छ । लामो समयसम्म विमानस्थलको निर्माण कार्य अगाडि नबढेपछि मुआब्जा लिएर अन्यत्रै बसाइँ सरेका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

चट्याङबाट १ को मृत्यु

गुल्मीको  पूर्कोट दहमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मंगलबार राति पुर्कोट दह गाविस–६ की ८५ वर्षीया पवित्रा भट्टराईको ज्यान गएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । राति घरैमा परेको चट्याङले घरका अन्य चार सदस्य पनि बेहोस भएका थिए । अहिले  उनीहरूको अवस्था सामान्य रहेको छ । दुई दिनदेखि परेको वर्षासहित जिल्लाका विभिन्न ठाउँमा चट्याङ परिरहेको छ । -सौर्य दैनिकबाट 

सुन्तलाले हर्दिनेटाको मुहार फेर्दै


प्रेम सुनार
जेठ ९, गुल्मी ।  २०३९ सालतिर गुल्मीको हार्दिनेटा ६ काउले गाउँका दण्डपाणी पन्थले मकै खेती गर्ने बारीमा सुन्तलाका बेर्ना ल्याएर रोप्दा स्थानियबासीलाई महिनौ सम्म गिल्ली गर्ने गतिलो खुराक बनेको थियो  । कस्तो होस गुमेको मान्छे होला आटो खाने पाटोमा सुन्तलाका बेर्ना ? कहिले हुर्केलान् र खाला, आकशको फल आँख तरी मर भने झै अव त्यसले आटो कहाँबाट ल्याएर खाने होला भनेर गिल्ली गर्थे स्थानियबासीले तर आहिले त्यही बारीमा कोदो मकैको चौगुना आम्दानी लिन थालेका छन् उनका छोराहरुले ।

दण्डपाणीको अहिले मृत्यु भयो तर हर्दिनेटाको सुन्तला खेतीको चर्चामा उहाँ अहिले पनि जिवित र त्यो गाउँमा सुन्तला रहेसम्म जिवित नै रही रहने ब्याक्ति बन्नु भएको छ । ‘उहाँबाट सुरु भएको सुन्तला खेती अहिले त्यस काउले गाउँको ५५ देखि ६० घरधुरीमा फैलिएको छ’ कृषकहरुलाई ब्यबसायिक खेतीतर्फ डो¥याउँदै आईरहेको संस्था नवप्रभात युवा संघ हर्दिनेटाका कार्यक्रम संयोजक धातानन्द भुषालले भने "२२ लाखको सुन्तला र ८ लाखको तरकारी सहित ३० लाख चोखो आम्दानी लिए गत वर्ष यहाँका कृषकहरुले ।"
उता त्यस गाउँलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तला पकेट क्षेत्र पनि घोषण गरेकोले सुन्तला खेतीमा अझ प्रगति हुने भुषालले बताए । ‘जिल्ला कृषि विकास कार्यालय र संघको संमन्वयमा तरकारी खेतीमा सिंचाईका लागि हजार लिटरका दरले आकाशे पानी संकलन घैँटाहरु कृषकहरुको घर घरमा बनाइएको छ’ भुषालले भने ‘पानीको अभाव भएको सुख्खा डाँडा भएर के भो र ? यहाँका कृषकहरुले वाह्रैमासा सिँचाई हुने बेसी खेतका कृषकले भन्दा चौगुना आम्दानी लिएका छन् ।’
‘काउले गाउँमा भएको यो प्रगतिबाट छिमेकीहरु आकर्षित भएका छन्’ भुषाले थपे ‘चोँयगामा एक हजार खाडलहरु खनेर सुन्तला लगाउने तयारी भैरहेको छ ।’ अहिले सरदर प्रति घरधुरी वार्षिक ५० हजार रुपैयाँ सुन्तला र तरकारीबाट आम्दानी लिन्छन् ति मध्ये सवै भन्दा बढि आम्दानी उनै स्वर्गिय दण्डपाणी बा’का छोराहरुले वार्षिक डेढ देखि २ लाख रुपैयाँसम्म लिने गर्नु भएको छ भुषालले भने यो गाउँ सुन्तला पकेट क्षेत्र हुनुमा उहाँको देन छ ।’ उनका अनुसार हर्दिनेटाका कैयौ विदेश जान भिषा हातमा लिएर बसेका युवा युवतीहरु समेत विदेश हापेर ब्यबसायिक तरकारी र सुन्तला खेतीमा लागेका छन् ।
स्थानिय शिक्षक समेत रहेका विष्णुप्रसाद पन्थ विउ, विजन उत्पादनको नर्सरी सञ्चालन गर्दै आएका छन् । उनको बारीमा कोदो मकै फल्दैन पुरै सुन्तलाको वोटहरु हुर्किँदै छन् । उनि सहित प्रत्येक घरधुरीका बारीमा सुन्तलाका बोटहरु हुर्किदै गरेको देख्न सकिन्छ । अत्यन्तै राम्रो सम्भावना र त्यहाँका कृषकहरुको पौरख देखेपछि सिङ्गो हर्दिनेटा गाविसलाई सुन्तला पकेट क्षेत्र घोषण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
‘२१ सय वेर्ना लगाउँदै रहेका छौ उनले भने ५० वोट भन्दा तल लगाउने कृषकहरु हाम्रो प्राथामिकतामा पर्दैनन त्यो भन्दा माथी विरुवा लगाउनेहरुलाई विरुवामा ५० प्रतिशत छुट र प्याकिङ्ग चार्जमा पनि दश प्रतिशत छुट अनि हाम्रो प्रविधिक पनि त्यहीँ राखेर सुन्तला खेती गर्न त्यहाँका कृषकहरुलाई प्रोत्साहित गरिएको छ ।’ उनका अनुसार सो कार्यालयले जिल्लाका १५वटा गाविसलाई सुन्तला पकेट क्षेत्र घोषण गरिसकेको छ । जिल्लाको अर्खेल, भाडगाउँ, नयाँगाउ, पिपलधारा, हाडहाडे, पुर्कोटदह, भनभने, गौँडाकोट लगायतका गाविसहरु स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिन्छन् । वार्षिक करोडौंको सुन्तला उत्पादन हुने यस जिल्लाको कृषि उत्पादन तर्फ कफि पछि सुन्तला दोश्रो ठुलो आम्दानीको श्रोत हो । त्यस्तै हाल आएर तरकारी र अदुवा तेश्रो ठुलो आम्दानीको श्रोत बनेको छ ।

लसुने डाँडामा डम्पिङ साईट राख्न अबरोध, खानेपानी र डम्पीङ्ग साईट एकै ठाउँ हुँदा हैजाको खतरा

Published on: // ,

प्रेम सुनार
जेठ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा हजारौँ उपभोक्ताले पिउने पानीको मुहान र डम्पीङ्ग साईट एकै ठाउँमा रहेको खुलासा भएको छ । गत विस वर्ष अघिदेखि वनाईएको तम्घास नजिकै ओख्रेनी डम्पीङ्ग साईटमा रहेको पानीको मुहानबाट गत केहि वर्ष यता तम्घास बृहत लिफ्टीङ्ग सिष्टम खानेपानी योजनाको पानी उपभोक्ताहरुलाई खुवाउदै आईएको छ । जुन योजनाको खानेपानी तम्घास वजारबासी सहित बाहिरबाट पढ्न आउने विध्यार्थी, ब्यबसायी र अन्य पेशाका गरी झण्डै तिस हजार उपभोक्ताले पिउने गर्दछन् ।  डम्पीङ्ग साईटमा कागहरुको वासस्थान छ । त्यहाँ फ्याँकिएको विभिन्न फोहर, हड्डीका टुक्राटाक्री लगायतले गर्दा त्यस क्षेत्रका चारै तिर दुर्घन्धीत छ । त्यस्तो बातबरणको विचमा रहेको मुहानको पानी पिउँदा कुनै दिन हैजा फैलिने खतरा रहेको तम्घास भ्रमणमा आएका एक बिदेशी डाक्टरले बताएका छन् ।
‘हामीले  ति डाक्टरलाई घुमाउन लग्यौँ’ तम्घास फोहर मैला ब्यवस्थापन तथा बातबरण समितिका सदस्य तारा भुषालले भने, ‘त्यस पानीको मुहान र डम्पीङ्ग साईटसंगै देखेपछि ति डाक्टर टक्क उभिएर सोधे तम्घासमा अस्पतालहरु कति छन् ?’ मैले किन भन्दै अस्पातल एक निजी सहित दुईवटा छन् भनेर भने अनि ति डाक्टरले भने यो पानीबाट कुनै दिन हैजा फैलिने छ र यहाँ उपचार हुन नसकेर कैयौँ मान्छेको ज्यान जानेछ डम्पीङ्ग साईट अन्यत्र सार्नुहोस्’ । बिदेशीहरुले समेत यस्तो खतराको संकेत दिई रहेको उक्त स्थानबाट डम्पीङ्ग साईट तम्घास ८ को लसुनेडाँडाको खोल्सामा सार्न काम सुरु गरेको दुई वर्ष भई सक्दा पनि स्थानियबासीको अवरोधका कारण सार्न सकिएको छैन । तम्घास ८ का करिव १९ घरधुरीका अवरोधका कारण आफुहरुले काम अगाडी बढाउन नसकेको तम्घास फोहर मैला ब्यबस्थापन तथा बातवरण संरक्षण समितिले जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो । ‘हामीले गत बर्ष स्थानियबासीको अवरोधपछि राजनैतिक दल सहितको सर्वपक्षिय बैठक राखी निर्णय गराई लसुनेडाँडामा काम सुरु गरेका थियौ’ समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले भने ‘गत शुक्रबार डोजर लगेर काम सुरु गरिरहेको अवस्थामा स्थानियबासीले अवरोध गरेपछि फेरी स्थगित गर्न बाध्य भएका छौ ।’
‘स्थानियवासीलाई रोजगार दिने, मोटरबाटो, विद्युत, खानेपानी लगायतको सुविधा समेत दिने गत वर्ष स्थानियबासीसंग मौखिक सहमति भएको थियो’ श्रेष्ठले भने ‘स्थानिय सर्वसाधरण जनताको हितमा भन्दा पनि  त्यहाँका  केहि नेताको ब्याक्तिगत लोलुपताका कारण अवरोध गरिएको हो कि भन्ने महशुस भएको छ ।
‘तम्घासका हजारौ उपभोक्ताहरुसंग त्यहाँका १९ घरधुरीले अटेरी गरिरहेका छन्’ डम्पीङ्ग साईट निर्माण समितिका अध्यक्ष रामप्रसाद पन्तले भने धेरै पटक उहाँहरुसंग छलफलमा बसेर उहाँहरुका माग सम्वोधन गर्दा पनि केहि सिप लागेन, हामी हैरान छौ उहाँहरुले खै के चाहेको हो बुझ्नै सकिएन ।’ फोहर मैला ब्यवस्थापन समिति र तम्घास गाविसले आज सयुंक्त बैठक बसी त्यो समस्या समधानका लागि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको ध्यानकृष्ट गराउने भएका छन् । ‘अव सिडियो सहित सर्व पक्षिय भेला सोही स्थानमा आयोजना गरी निकास निकाल्नु शिवाय अरु विकल्प छैन दुवै समितिका अध्यक्षले भने ‘दुई वर्ष भयो काम गर्न नसकेपछि उपभोक्तालाई के जवाफ दिने समितिमा बस्नै मन छैन् ।’ तम्घास गाविस सचिव द्रोणराज पन्थीले पनि धेरै पटक गाविस स्तरमा छलफल गर्दा समेत सहमतिमा ल्याउन नसकिएको बताए । ‘यो समस्या तम्घास ८ बेदुखर्कबासीको पनि हो’ पन्थीले भने ‘उहाँहरुलाई बाधा पार्ने गरी डम्पीङ्ग साईट राख्न खोजिएकै छैन ।’ समितिका सचिव कृष्ण भण्डारीले पनि डम्पीङ्ग साईट र खाने पानी एकै स्थानमा हुँदा तम्घास ८ कै उपभोक्ताले पनि त्यहीको पानी पिउने भएकोले हैजाको सामना गर्नुपर्ने हुन्छ यसर्थ त्यहाँका बासीन्दाले यो मानविय संवेदना बुझिदिन जरुरी छ ।’
डम्फीङ्ग साईट निर्माणका लागि समितिले गत वर्ष जिल्ला विकास समितिसंग आन्दोलन गरेर  १५ लाख रुपैया छुटाएको थियो तर काम भने गर्नै अवरोधको कारण दर्शाउदै गर्न सकेन । स्थानिय विकाश मन्त्रालयबाट २ करोड ६१ लाखको योजना परेको भनिएको डम्पीङ्ग साईट निर्माण समिति सर्व पक्षिय नभएको गुनासो उठ्दै आएको छ । तम्घासका सिमित केहि आफु आफुमा तालमेल मिल्ने ब्याक्तिहरु मात्रै समितिमा रहेको भन्दै गुनासो गरिएको हो । त्यति ठुलो करौडौंको योजना जिल्ला स्तरिय दलका नेताहरु, सर्वसाधरण उपभोक्ता  सहितको निर्माण समिति गठन गरी नयाँ चरणमा स्थानियबासीसंग सहमति गरे निकास  निस्कने नेताहरुको बुझाई छ ।

श्रीमतीको कुटाईवाट श्रीमान गंभिर घाईते, तम्घासमा उपचार हुन सकेन, पाल्पा रिफर

Published on: //
जनार्दन घिमिरे
गुल्मी, ९ जेठ । गुल्मीको सिमिचौर गाविसमा आज आफ्नै श्रीमतीको कुटाईवाट एक व्यक्ति गंभिर घाईते वनेका छन् । यसरी घाईते हुनेमा सिमिचौर गाविस १ निवासी ५६ वर्षीय प्रेम वहादुर कुँवर रहेका छन् । सामान्य घरायसि झगडामा निजकी श्रीमती पविकला कुँवरले आज विहान आफ्नै घरमा श्रीमानको टाउकोमा धारिलो हतियार प्रयोग गरि सख्त घाईते वनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते कुँवरको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारकोलागि पाल्पा रिफर गरिएको छ । घाईतेको टाउकोमा गंभिर चोट लागेको छ ।

शिक्षक सेवा आयोगको परीक्षामा गुल्मीमा चार हजार भन्दा वढी

Published on: //
जनार्दन घिमिरे
गुल्मी, ९ जेठ । शिक्षक सेवा आयोग अन्र्तगत माध्यमिक तहको लागि संचालीत परीक्षामा आज पहिलो दिन ५ सय ८८ परीक्षार्थीहरु सहभागि भएका छन् । जिल्लामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १ सय ७५ शिक्षकका लागि चार हजार ७ सय ४६ जनाले प्रतिस्पर्धा गर्नलागेका हुन् ।
​जिल्ला शिक्षा कार्यालय गुल्मीले दिएको जानकारीअनुसार प्राथमिक तहमा १ सय ९ जनाको लागि २ हजार ४ सय ९७ जना परीक्षामा सहभागी हुंदैछन् । निम्न माध्यमिक तहमा ३९ जनाको लागि १ हजार ६ सय १९ जना र माध्यमिक तहमा २७ जनाका लागि ५ सय ८८ जना आजको परीक्षमा सहभागी भएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनु भएको छे ।
आजदेखि सञ्चालन परीक्षाका लागी १९ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । जसमा प्राविका लागि ९, निमाविका लागि ६ र माविका लागि ४ परीक्षा केन्द्र रहेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा अनियमित कामगर्ने परीक्षार्थीलाई ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिमाना हुने वताएको छ । जिल्ला शिक्षा कार्यालयले सार्वजनिक सूचना जारी गरि परीक्षा हलमा पुस्तक, नोटकपी, चिट, मोवाईल फोन लगायतका सामग्रिहरु लैजान प्रतिवन्धित समेत गरेको छ ।

गाविस स्तरिय शान्ति समिति गठन तिब्र

Published on: //
प्रेम सुनार
जेठ ९, गुल्मी । स्थानीय स्तरबाटै द्धन्द्ध व्यवस्थापन र शान्ति प्रर्वद्धनमा योगदान पु¥याउने उद्देश्यले स्थानीय शान्ति समिति गुल्मीले विभिन्न गाविसमा गाविस स्तरीय शान्ति समिति गठन तिव्र पारेको छ ।
उसले वलिथुम गाविसमा ने.क.पा. एमालेका प्रतिनिधी राबहादुर पल्लीको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरीय शान्ति समिति गठन गरेको छ ।
त्यस्तै अमरअर्वाथोक गाविसमा नेपाली काग्रेसका प्रतिनिधि लिलबहादुर श्रेष्ठको संयोजकत्वमा ९ स्िदस्यीय गाविस स्तरिय शान्ति समिति गठन भएको छ । कार्यालय प्रमुख अनिता ज्ञवालीले दिएकोृ जानकारी अनुसार क्षेत्र नम्वर ३ को म्यालपोखरी गाविसमा राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरिय शान्ति समित गठन भएको छ ।
त्यस्तै घमिरमा बुद्धिजिवी परिषद प्रतिनिधी वेदप्रसाद पन्थीको संयोजकत्वमा ९ सदस्यीय, वाग्लामा नेकपा एमाले प्रतिनिधी गोविन्दप्रसाद देवकोटाको संयोजकत्वमा ९ सदस्यीय, आँपचौरमा नेपाली कांग्रेस प्रतिनिधी रुद्रराज खरेलको संयोजकत्वमा , मुसिकोटमा नेकपा एमाले प्रतिनिधी हरिबहादुर कुँवरको संयोजकत्वमा, लिम्घामा नेकपा एमाले प्रतिनिधी नरसिंह शाहीको संयोजकत्वमा, दोहलीमा एकिकृत नेकपा माओबादी प्रतिनिधी कृष्णप्रसाद रिजालको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरिय शान्ति समिति गठन भएको छ ।
समिति गठनका लागि वर्तमान संयोजक टोमलाल पाण्डेका अलवा पुर्व संयोजकहरु युवराज के.सी., जिवन राना, सचिवालय सदस्यहरु घनश्याम पराजुली , पदमप्रसाद पाण्डे ,शान्ति समिति कार्यालय प्रमुख अनिता ज्ञवाली र कम्प्युटर अपरेटर दुर्गा कुँवर लगायत परिचालित भएका छन् ् ।
अन्य गाविसहरुमा पनि गाविस स्तरिय शान्ति समिति गठन तिव्र पारिएको कार्यालय प्रमुख ज्ञवालीले बताईन । गाविस स्तरमा शान्ति समिति गठन हुँदा द्धन्द्ध पिडितलाई राय सुझाव, स्थानिय स्तरमा भएका समस्या समधान लगायतका विषयमा सहज हुने समितिका जिल्ला संयोजक टोमलाल पाण्डेले बताए ।

आफुलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेपछि अधवैँशेको मृत्यु

Published on: //
कास्की, जेठ ८ । केटी जिस्क्याएको विषयमा विवाद बढेर भएको कुटपिटबाट लेखनाथ नगरपालिका–१ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ ।
लामाले मंगलबार सोही ठाँउ बस्ने १८ वर्षकी रेणुका गुरुङलाई जिस्काएको विषयमा विवाद हुँदा उनी, १८ वर्षका अमिन गुरुङ र २२ वर्षकी रोशनी गुरुङले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लामालाई उपचारको लागि गण्डकी अंचल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । घटनामा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

गुल्मीका पन्तले कोरियामा झुण्डिएर आत्महत्या गरे

Published on: //

अशोक मैनाली
(सोल) कोरिया , जेठ ७ ।कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्। ईपिएस मार्फत यंहा आएका गुल्मी हर्दीनेटा गाविस वडा न ६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन्।
गुल्मी संपर्क समिती कोरियाका अध्यक्ष शंकर रानाले बताए अनुसार केही समय अघि देखी आफू घर (नेपाल) जाने बताउंदै आएका पन्त आज राती १ बजे आफू कार्यरत कम्पनीको गाडी पार्किङ गर्ने ठाउंमा सल(खादा )ले झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। एक बर्ष अघि ईपिएस मार्फत कोरिया आएका २३ बर्षिया पन्त थेगु स्थित मिहोङ सान्नप कपडा कम्पनीमा कार्यरत थिए ।उनी आगामी शुक्रवार घर जाने बताउंदै आएको उनका सहकर्मीले बताए । रात्रीकालिन र दिवाकालिन कार्य हुने सो कम्पनीमा ३ जना नेपाली कार्यरत छन। उनी संगै कार्यरत साथिहरूले बताए अनुसार उनको छाती सम्बन्धी समस्या रहेको थियो। अहिले उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएर उनका सह्कर्मी र कम्पनी मालिक संग स्पष्टिकरण लीइरहेको सौल स्थित नेपाली दूतावासले बताएको छ । केही दिन अघी मात्र मोरङ्का केवल लिम्बूले कोरियाकै बुसानमा आफैलाई छुरीले हानी आत्मत्याको प्रयास गरेका थिए।

गुल्मीमा झैझगडाका घटना वढ्दो


संगिता कुँवर
गुल्मी, जेठ ७ । गुल्मीमा प्रत्येक दिन घरेलु झै-झगडा तथा बिकृतीका घटना बढेर गएका छन् । जिल्लामा आफन्त तथा छिमेकीहरुबाट कुटिने पिटिनेको संख्या ठूलो रहेको छ । यस्ता झैँ-झगडाका घटनामा मदिराले मुख्य भूमिका निर्वाह गरेको प्रहरीको भनाई रहेको छ ।
गुल्मीमा आफ्नै छोराबाट बाबुको खुट्टा भाँचीएको, बाबुले छोरालाई बन्चरो प्रहार गरेको लगायतका खवरहरु नसेलाउँदै यस्ता घटनाहरु फेरी बढेर गएका छन् । आज मात्रै जिल्ला प्रहरी कार्यालय गुल्मीमा २ वटा कुटपिट सम्बन्धि निवेदन परेको प्रहरीले जनाएको छ । नेटा गाविस वडा नम्बर ३ का चोक बहादुर कामीले छिमेकी हिमाल घिमीरेलाई मदिरा सेवन गरेर कुटपिट गरेका छन् । घिमिरेले आज प्रहरीमा निवेदन दिनुभएको छ ।
त्यस्तै सिमिचौर ५ का मोहन बलालले छिमेकी भिम बहादुर तङनामीलाई आफ्नो जग्गामा भल हालीदिएको भनेर कुटपिट गरेका छन् । तङनामीले पनि जिल्ला प्रहरी कार्यालय गुल्मीमा आजै निवेदन दिनुभएको छ । यसरी सामान्य बिबादका घटनामा पनि कुटपिट नै हुन थालेपछि प्रहरीलाई यस्ता घटना मिलाउनको लागी हम्य-हम्य परेको प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीमा यस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

लसुनेडाँडामा डम्पिङ साईट निमार्ण गर्ने निर्णय बिरुद्द स्थानिय बासिन्दा आन्दोलित

Published on: // ,

टोपलाल अर्याल
गुल्मी, जेठ ०७ । सदरमुकाम तम्घासको वडा नम्बर ८ मा पर्ने लसुने डाँडामा फोहोर फाल्ने डम्पिङ साईट निमार्ण गर्ने निर्णयपछी त्यहाँका स्थानिय बासिन्दा आन्दोलीत भएका छन् ।
पहिले सदरमुकाम तम्घासको फोहोर फाल्ने ठाउँ ओख्रेनीलाई बदलेर तम्घासका सरोकारवालाहरुले ब्यवस्थीत बनाउनको लागी लसुने डाँडामा साईट निर्माण गर्ने निर्णय गरेका थिए । यस्तो निर्णय गरिएको भन्दै कुँडापानी र बेतुखर्कका स्थानिय बासिन्दाले बिरोध गरेका हुन् । लसुनेडाँडामा फोहोर फाल्ने ठाउँ बनाउँदा स्थानिय २ गाबिसका बासिन्दालाई प्रत्यक्ष असर पर्ने भएकोले बिरोध गरेको स्थानिय समाजसेबि बिष्णु प्रसाद पाण्डेले गुल्मीन्युज डट कमलाई बताउनुभभयो ।
फोहोर मैला समितीले जवरजस्ती साईट निर्माण गर्ने निर्णय गरको त्यहाँका स्थानिय बासिन्दाको आरोप रहेको छ । स्थानिय चिन्तामणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कुनै पनि हालतमा उक्त ठाउँमा डम्पिङ साईट निर्माण गर्न नदिने निर्णय गरेको छ ।

ओझेलका खबर: धुमधाम बिहे गरेको ९ दिनमै पुर्व प्रेमीसँग दोस्रो बिहे गर्ने गुल्मीकी युवती

Published on: // , ,
प्रेम बिहे गरेको ६ महिना नबित्दै, गर्भवती श्रीमतीलाई छाडेर बेपत्ता बेइमान श्रीमान 


रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यसपालिको ओझेलको खबरमा बिवाहमा हुने ललाईफकाई, डर धम्की र जबर्जस्ती जस्ता बिकृति सम्बन्धी बिशेष खोजमुलक रिपोर्ट साथै नियमित स्तम्भ जीवनको गोरेटोमा करिब ४ लाख खर्चेर गरिएको विवाहको ९ दिन बित्न नपाँउदै बेहुली पुर्व प्रेमीसँग भागेर पुन:बिवाह । बेहुलाको विश्वास र धनसम्पत्तिको सत्यनास त्यसैगरी प्रेम विवाहमा अर्का एक धोकेबाज प्रेमिको चर्तिकला पनि सुनाउनेछौँ । प्रेम बिहे गरेको छ महिना पनि नबित्दै श्रीमानले उनलाई गर्भवती गराएर फरार भएको सम्बन्धी बिशेष रिपोर्ट प्रस्तुत हुनेछ । सुनौँ यसपालिको अङ्क:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अङ्कहरु सुनौँ:
ओझेलका खबर: शेर बहादुरको मृत्‍यु सम्बन्धी स्थलगत रिपोर्ट साथमा गुल्मीका दृष्‍टिबिहिनहरुको कारुणिक ब्यथा
ओझेलका खबर: श्रीमान बिदेश, सेनाको जवानसँग लसपस, कर्तुत छिपाउन छोरीको उसै सैनिकसँग जबर्जस्ती बिहे
ओझेलका खबर: गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (रेडियो पत्रीका)
ओझेलका खबर: ९ कक्षा पढ्ने किशोरिको दलित युवासँग प्रेम, अन्तर्जातिय बिवाहको लागि परिवारको अवरोध (अडियो)
ओझेलका खबर: जबर्जस्ती करणीबाट सुत्केरी भएकी १६ बर्षिया किशोरीको बिचल्ली, ५५ बर्षदेखी पियनको जागिर
जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क 
दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भारतीय मुलकी १८ वर्षे युवतीको चमत्कार

Published on: //
न्युयोर्क । मोबाईलको व्याट्री फुल चार्ज गर्न धण्टौंसम्म कुर्नुपर्ने अवस्थाबाट मुक्ति पाईने भएको छ । भारतीय मुलकी १८ वर्षे अमेरिकी युवतीले २० सेकेण्डमा नै मोबाईल तथा स्मार्टफोन फुलचार्ज गर्न सक्ने उपकरणको विकास गरेपछि यस्तो अवस्था आएको हो । ईसा खरेले आप्mनो आविष्कारका लागि इन्टेल फाउण्डेसनको योङ साइन्टिस्ट पुरस्कार समेत पाएकि छन् ।
पुरस्कार बापत उनले ५० हजार डलर पाएकि छन् । ईसाले अविष्कार गरेको सो उपकरण मोबाईल तथा स्मार्टफोनको व्याट्रिमा लगाउनु पर्छ । उपकरण लगाएपछि २० देखि ३० सेकेण्डको समयमा मोबाईल वा स्मार्टफोन फुलचार्ज हुनेछ । इन्टेलकाअनुसार यो सानो आकारको उपकरणले व्याट्रि चार्ज गर्दा छिटोका साथै टिकाउ समेत हुनेछ । सुपर क्यापासिटर नाम दिइएको सो उपकरणले चार्ज गर्दा व्याट्रि १० हजार पटक सम्म चार्ज गर्न सकिन्छ । हालको प्रविधिमा व्याट्रिहरुको औसत चार्ज चक्र एक हजार मात्रै छ । आफ्नो स्मार्टफोनको व्याट्रि छिट्टै सकिने समस्याकाकारण उत्प्रेरीत भएर नयाँअविष्कार गरेको ईशाले बताएइन् ।
यो आविष्कारले उर्जा तथा समय दुवैको बचत गर्नुका साथै मोबाईल प्रयोगकर्ताको लागत समेत कम गर्ने छ । हालसम्म बजारमा कुनै कम्पनीले यस्तो उपकरणसाहितको मोबाईल सेट बजारमा ल्याएका भने छैनन् । सन् २०१५ सम्ममा यस्ता उपकरण जडित स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ ।

गजल



-कल्पना पौडेल "जिज्ञासु"

सपनिमा गजल फुर्दा निदरिमै जाग्दी रैछु
आँखा मिच्दै स्वामीसँग कलम कापी माग्दी रैछु

अन्धकार छ कोठाभरी जुन ताराको उज्यालोमा
बिना मेसै रफिद लेख्दा काफिया पो राख्दी रैछु

लेख्दै मेट्दै रातैभरी मन भित्रका भावनाहरु
नशा झैँ साहित्य रस अमृत मानि चाख्दी रैछु

मध्य रातको चिसो हावा झ्याल भित्र छिरेपछी
उडाई दिँदा पेपर त्यो छोप्न पछी भाग्दी रैछु

बच्चा जस्तो स्वभाव छ यस्तै हर्कत गर्दा खेरी
चुल्बुलपनमा प्रियलाई साह्रै प्यारि लाग्दी रैछु


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

गुल्मीमा एकसय ७५ को लागि चार हजार ७ सय ४६

Published on: // ,

पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । बिहीबारदेखि शुरु हुने शिक्षकसेवा आयोगमा गुल्मीबाट चार हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा १ सय ७५ शिक्षकका लागि चार हजार ७ सय ४६ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्राथमिक तहमा १ सय ९ जनाको लागि २ हजार ४ सय ९७ जना परीक्षामा सहभागी हुंदैछन् । निम्न माध्यमिक तहमा ३९ जनाको लागि १ हजार ६ सय १९ जना र माध्यमिक तहमा २७ जनाका लागि ६ सय ३० जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो । जेठ ९ गतेदेखि सञ्चालन हुने परीक्षाका लागी १९ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । जसमा प्राविका लागि ९, निमाविका लागि ६ र माविका लागि ४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुने छ । परीक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयका निरीक्षक र ४ जना अन्य कार्यालयका अधिकृतहरुलाई खटाईएको छ ।

गुल्मीमा पहिलो पटक काठ ब्यबसायी संगठित

Published on: // ,

प्रेम सुनार
जेठ ६,  गुल्मी । सवै राजनैतिक दल विचारसंग आवद्ध गुल्मीका काष्ठ ब्यवसायीहरु जिल्लामा पहिलो पटक संगठित भएका छन् । सदरमुकाम तम्घासमा बृहत भेला आयोजना गरी काठ ब्यवसायिहरुले नेपाल वन पैदावर उद्योग ब्यबसायी संघ गुल्मी जिल्ला तदर्थ समिति गठन गरी संगठित भएका हुन ।
भेलाले हुँगा गाविसका काठ ब्यवसायी घनश्याम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तेजप्रसाद खनाल, कोषाध्यक्षमा प्रेमप्रताप सेन, सचिवमा टिकाराम बिश्वकर्मा, सह सचिवमा प्रमिसराज श्रष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मेघराज भण्डारी, नरेश पन्थ, मोहन विक्रम थापा, मधु न्यौपाने, ईश्वरी कार्की र शुसिल के.सी.रहनु भएको छ ।
समितिले जिल्लाका सवै काठ ब्यबसायिहरुलाई संगठनमा आवद्ध भई काठ ब्यबसायिहरुको हक हित र  पेशागत मर्यादाका लागि संगठित हुन आव्हन गरेको छ । ‘ हामी भर्खर संगठित भएका छौ यसमा सवै राजनैतिक दलका ब्यबसायिहरु रहनु भएकोले यो स्वन्त्र संगठन बन्न पुगेको छ’ अध्यक्ष घनश्याम न्यौपानेले भन्नु भयो ‘सवै काठ ब्यबसाीहरुलाई आवद्ध हुन आग्राह गर्दछौं ।’

गुल्मीका मकै विउ उत्पादक कृषक र सहकारीवीच अन्तर्कृया


पि.एम.मगर
गुल्मी, जेष्ठ ७ । समुदायमा आधारित विउ उत्पादक कृषक समुह र सहकारीहरुको दिगोपनको लागि हाम्रो भूमिका विषयक एक दिने अन्तर्कृया कार्यक्रम मंगलबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
लिवर्ड पोखरा, जिल्ला कृषि विकास कार्यालय गुल्मी र पहाडी मकैवाली अनुसन्धान परियोजनाको संयुक्त आयोजनामा विउ उत्पादक कृषकहरुका लागि लक्षित गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मकै विउ उत्पादक कृषकहरुले समूहमा प्रचार प्रसारको कमीका कारण कृषकहरुलाई मकैको विउ कसरी छोड्याउने र कसरी भण्डारण गर्ने भन्ने वारेमा जानकारी नहुँदा आफुहरुले चाहेको मात्रामा विउ उत्पादन गर्न नसकेको वताएका थिए । उनीहरुले अन्तर सहकारी तथा संघ संस्था विच समन्वय नहुँदा कृषकहरुले आफुले उत्पादन गरेको विउ भन्दा वाहिर जिल्लावाट आयातित विउलाई प्राथमिकता दिने गरेको गुनासो समेत गरेका थिए । गुल्मी जिल्लामा सन २०११ देखि संचालित पहाडी कमैवाली अनुसन्धान परियोजना अन्तर्गत चौंथो चरणमा यहाँका कृषकहरुले विभिन्न जातका मकैका विउहरु उत्पादन गरि वुटवल, चितवन, सुर्खेत, जाजरकोट लगायतका जिल्लाहरुमा निर्यात गर्दै आईरहेका छन् ।
हाल यस जिल्लाको सिमिचौर, पुर्कोटदह, दरवार देविस्थान, अमर अर्वाथोक, वडागाउँ लगायतका गाविसहरुमा देउती, मनकामना, रामपुर कम्पोजिट, रेसुङ्गा कम्पोजिट गुल्मी दुई नामक मकैका विउहरु उत्पादन गर्दै आईरहेका छन् । कार्यक्रममा पहाडी मकैवाली अनुसन्धान परियोजनाका क्षेत्रीय प्रतिनिधि रमेशराज पुरीले परियोजना भनेको निश्चित अवधिका लागि मात्र संचालन हुने हुँदा भविष्यमा जिल्लामा संचालित सहकारीको दिगोपनका लागि जिल्ला कृषि विकास कार्यालयको भूमिका के हुने भन्ने खोजिका लागि उक्त अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको वताउनुभयो । जिल्लाका विभिन्न सहकारी लगायत मकै विउ उत्पादक कृषकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, ली बर्डका कार्यक्रम अधिकृत किरण वस्नेत लगायतले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

बिदेशबाट फर्केर गाउँमै कुखुरापालन र तरकारी खेती, मासिक ३५ हजार सम्म आम्दानी


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । बागलुङको बोहरागाउं गाविसका युवाहरुले ब्यवसायिक कुखुरापालन तथा बाख्रापालन ब्यवसायबाट राम्रो आम्दानी गर्न सफल बनेका छन् । स्थानिय वडा नं. ५ कारीगाउं निवासी रामराज पौड्याल र रामप्रसाद न्यौपानेले संयुक्त रुपमा कुखुरा पालन तथा बाख्रा पालन ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । यसअघि धन कमाउन भनि विदेशी पुगेका उनिहरु विदेश गरेको दुःख र सिकेको सीपलाई आफ्नै ठाउंमा सदुपयोग गरि सञ्चालन गरेको उक्त ब्यवसायबाट मासिक रुपमा ३० देखि ३५ हजारसम्म आम्दानी गरेको उनीहरुको भनाई छ ।
गत वर्ष बैशाख महिनामा भाडामा जग्गा खरिद गरि २ सय वटा ब्रोईलर कुखुराको चल्लाबाट उनीहरुले ब्यवसायीक कुखुरा पालन सुरु गरेका थिए । यसरी ब्यवसायीक कुखुरा फर्मबाट निस्केको मललाई फेरी चार विघा जग्गामा प्रयोग गरी ब्यवसायीक तरकारी खेती सुरु गरी अहिले मौसम अनुसारको तरकारी उत्पादन गरिरहेको रामराजले बताउनुभयो । यसरी स्थानीय स्तरमा नै यस व्यवसायवाट राम्रो आम्दानी भएपछि थप प्रोत्साहित भई ५ ओटा बाख्राको पाठा लिएर बाख्रा पालन ब्यवसाय समेत सुरु गरेको उहांले वताउनुभयो ।
हाल कुखुरा फर्ममा ५ सय भन्दा बढी ब्रोईलर कुखुरा, १४ वटा बाख्रा रहेका छन् । साथै ५ विघा जग्गामा तरकारी खेती समेत सञ्चालन गर्दै आएको पौड्यालको भनाई छ । यसरी अहिलेको अवस्थामा हजारौ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेको बेला समाजमा आय–आर्जन गर्न एउटा गतिलो उदाहरणीय कृषक बनेकोमा खुशी लागेको कृषक पौडेलले वताउनुभयो । पौडेल र न्यौपानेको व्यवासयलाई देख्दा आफुलाई पनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने हौसला मिलेको स्थानिय जितेन्द्र सुनारले बताउनुभयो ।

मरभुङ उपस्वास्थ्यचौकीमा औषधीको अभाव

Published on: // ,

पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । गुल्मीको मरभुङमा रहेको मरभुङ उप–स्वास्थ्यचौकीमा एक हप्तादेखि औषधीको अभाव देखिएको छ । उपस्वास्थ्यचौकीमा औषधि नहुंदा स्थानीय जनता नीजि क्लिनिकमा गई महंगो मुल्यमा औषधी किन्न वाध्य भएका छन् ।
विभिन्न चार वटा गाविसको विचमा पर्ने भएको हुंदा आफ्नो गाविस भन्दा वाहिरीका विरामीलाई पनि सेवा दिंदा औषधीको समस्या देखिएको उपस्वास्थ्यचौकीका एकराज अर्यालले वताउनुभयो । मरभुङ उपस्वास्थ्यचौकीमा यसरी नै पटक पटक औषधीको अभाव भईरहन्छ । यस उपस्वास्थ्चौकीले मरभुङ्ग गाविस वाहेक घमिर, सिर्सेनी र वाग्लाका जनतालाई समेत सेवा दिदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयवाट एउटा उपस्वास्थ्यलाई आउने औषधी चार चार वटा गाविसका जनतालाई सेवा दिँदा केही समयमै सकिने अर्यालले वताउनुभएको मर्भुङबाट सहकर्मी दुर्गावहादुर खड्काले समाचार पठाउनुभएको छ ।

यस्तो रह्यो रेसुङ्गामा कर्मचारीको बैठक (फोटो फिचर)

नेपाल निजामती कर्मचारी यूनियन गुल्मीले रेसुंगा क्षेत्रको प्रवर्धनका लागि २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगामा केन्द्रिय कमिटिको बैठक सम्पन्न गरेको छ । सोही अवसरमा रेसुङ्गा क्षेत्रबाट गुल्मीन्युज सहयोगी घनश्याम गौतमले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:
रेसुंगामा रमाईलो ः  गुल्मीको धार्मिक र पर्यटकीय स्थल रेसुंगामा शनिवार पिकनिक खाँदै नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रिय पदाधिकारी एवं कर्मचारीहरु । 

नेपाल निजामती कर्मचारी यूनियनको आठौं केन्द्रिय बैठकको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा ।
रेसुंगामा पुस्तक बिमोचन:  गुल्मीको धार्मिक र पर्यटकीयस्थल रेसुंगामा सम्पन्न भएको नेपाल निजामती कर्मचारी यूनियनको आठौं केन्द्रिय बैठक उद्घाटनका अवसरमा कर्मचारी यूनियन गुल्मीले प्रकाशित गरेको रेसुंगा सुशासन नामक पत्रिका बिमोचन गर्दै केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा । 

रेसुंगामा क्याम्पिङ: बैठकका लागि रेसुङ्गा आएका केन्द्रिय पदाधिकारीको बासस्थानका लागि तयार गरिएका टेण्टहरु । सर्वसाधारणका लागि पनि जतिसुकैबेला यसरी क्याम्पिङ गर्ने सुरक्षा सहितको पुर्वाधार तयार गर्न सके कसो होला?  तस्विर: घनश्याम गौतम

पेन्सनरका कथा-ब्यथा (अडियो कुराकानी)

Published on: // ,
प्रेम सुनार
जेठ ६, गुल्मी । गत शुक्रबार देखी गुल्मीको सदरमुकाम तमघासमा भारतीय पेन्सन क्याम्प शुरु भएको छ ।
भारतीय राजदुतावासले प्रत्यक ६-६ महिनामा भारतीय सेनावाट सेवा अवधि पुरा गरी निवृति लिई वसेकाहरुलाई पेन्सन वितरण गर्ने गर्दछ । प्रायः शान्त रहने वाख्रेछेडाँ वजारमा पेन्सन सिजनसँगै यतिवेला निक्कै भिडभाड वढेको छ । पेन्सन सिजनलाई ध्यानमा राखी व्यापार व्यवसायका लागि भन्दै वुटवल, भैरहवा, सुनौली लगायत भारतका विभिन्न स्थानवाट समेत व्यापारीहरु आएका छन ।
शुक्रवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको पेन्सन वितरणमा आफ्नो पेन्सन थाप्नका लागि विहानैदेखि पालो पर्खेर लाईनमा वस्दै पेन्सनरहरु । तस्विर ः जनार्दन घिमिरे
गाउँ गाउँमा यातायात सुविधा भएपछि बाग्लुङ सम्मका पेन्सनरहरु आईपुगेका छन् । पेन्शन बुझ्न आएका बृद्धबृद्दाहरुको निवृत जीवन कस्तो चल्दै छ ? ६-६ महिनामा पेन्सन थापेर छोरा-बुहारी वा छोरीलाई बुझाउने पेन्सनरहरुको के-कस्तो प्रतिकृया छ? सुनौँ गुल्मीन्युज सहकर्मी प्रेम सुनारले पेन्सन क्याम्प पुगेर ति बृद्धहरुसंग गरेको रेडियो  कुराकानी:

वर्षाले विद्यालय भवन भत्कियो, विद्युत सेवा अवरुद्ध हुंदा ह्वाङ्दीवासी अन्धकारमा

Published on: // ,

पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । गत तीनदेखि परेको वर्षाका कारण गुल्मी सिर्सेनीमा एक विद्यालय भत्किएको छ । सिर्सेनी गाविस वार्ड नं. ५ लामपाटा स्थित शिवालय प्राथमिक विद्यालयको ४ कोठे कच्ची भवन भत्किएको हो ।
आज मध्यान्हतिर विद्यालयको भवन भत्किएको विद्यालयका प्रधानाध्यापक हेमनाथ अर्यालले जानकारी दिनुभयो । भवन भत्किन लागेको थाहा पाउने वित्तिकै विद्यार्थीहरुलाई विद्यालय भवनभन्दा वाहिर निकालिएको उहांले वताउनुभयो । कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुको पढाई प्रभावित वनेको छ ।
२०६८ सालमा काठको खम्वा तथा टीनले छाएर वनाईएको उक्त कच्ची भवन भत्किंदा १ लाख रुपैयां भन्दा वढीको क्षति भएको अर्यालले वताउनुभयो । भवन भत्किंदा कोठा भित्र रहेका कागज पत्र, फर्निचर लगायतका सामाग्रीहरुमा समेत क्षति पुगेको छ । तीन वर्ष अघि जिल्ला विकास समितिद्धारा विद्यालयको छानाको लागि टीन सहयोग प्राप्त भएपछि अरु सवै स्थानीयको जनश्रमदानमा कच्ची भवन निर्माण गरिएको थियो । सो विद्यालयमा अहिले ६० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने प्रधानाध्यापक सहित १ जना दरवन्दी, १ जना वाल शिक्षा कोटा र २ जना नीजि श्रोतका गरि ४ जना शिक्षक शिक्षीकाहरुले अध्यापन गर्दै आएका छन् । भवन भत्किएपछि पठनपाठनमा निक्कै समस्या भएको वताउंदै प्रधानाध्यापक अर्यालले भवनको पुनर्निमाणका लागि सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
यस्तै गुल्मीको ह्वाङदी गाविस वडा नं. १ स्थित डांडाखेत लघु जलविद्युत अवरुद्ध हुंदा उपभोक्ताहरु मर्कामा परेका छन् । केही समयको लगातारको वर्षाले विद्युतको कुलोमा पहिरो जांदा २ दिनदेखि विद्युत अवरुद्ध भएको समितिका सचिव रामप्रसाद आर्यालले जानकारी दिनुभएको छ । विद्युत पुर्णरुपमा ठप्प हंदा मोवाईल, टिभी लगाएतका कुनै पनि विद्युतीय सामाग्रीहरु सञ्चालनमा आएका छैनन भने उपभोक्ताहरु अध्यारोमा वस्न वाध्य भएका छन् ।
२०६८ सालमा बैकल्पिक प्रवन्द्धक केन्द्र इसाफको प्राविधिक सहयोग, जिल्ला विकास समिति र गाविसको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदान गरी कुल ७३ लाखको लागतमा निर्माण गरिएको १३ किलोवाट क्षमताको उक्त लघु जलविद्युतबाट अर्खाबाङ गाविसका १, २ र ३ तथा ह्वाङदी गाविसका १ र २ वडाका गरी कुल १ सय ४० घरधुरी लाभाम्वित छन् । पहिरो झरेको स्थानमा कडा चट्टान परेकाले कुलो मर्मतका लागि अझ ५÷६ दिन लाग्ने समितिले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग