Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटाका भाँडा छाडेर तरकारी खेती


घनश्याम गौतम
गुल्मी । पुर्खादेखि नै माटाका भाँडा बनाएर बिक्री गर्ने र माछा मारेर जीविकोपार्जन गर्ने कुमाल समुदायले पछिल्ला वर्षमा आत्मनिर्भरताका लागि पेसा परिवर्तन गर्न थालेका छन् । बडागाउँ १ को दोभान र २ को दिगामचौरका सबै कुमाल समुदायका घर अगाडि तरकारी बगैंचा छ ।

दोभान गाउँको सुन्दरता ।  
दिनभर माटाका भाँडा बनाउने र खोलामा माछा मारेर कमाएको आम्दानीले बजारको दाल, तरकारी किनेर खाने कुमाल समुदायमा अहिले दर्जनभन्दा बढी प्रकारका तरकारी उत्पादन हुन थालेको छ । 'पहिले-पहिले त दिनभरि भाँडा बनाउने र बेलुका सिन्की -गुन्द्रुक) वा माछाको झोलसँग भात खाने गथ्यौर्ैं', दिगामचौरका बुद्धिबहादुर कुमालले भने, 'अहिले त थरीथरीका तरकारी खान थालियो ।' सडक छेउमै घर भएका बुद्धिबहादुरले सयौं बटुवालाई आफैले बनाएको माटोको घैंटोको पानी खुवाएको भए पनि अहिले त्यसको साटो आफैले मेसिनले चिसो बनाएको पानी खोजेर खान थालेको बताए ।

अमरपुर, बडागाउँ, हस्तिचौर, बलिथुम, बम्घा लगायत एक दर्जन गाविसमा कुमाल समुदायको बाहुल्यता छ । पछिल्लो प्रविधि र युवा पुस्ताको चासोसँगै त्यस्ता सामाग्रीहरूको उत्पादन र प्रयोग हुन छाडेपछि आजभोलि बडागाउँको दोभानमा माटाका भाँडा देख्नै पाइँदैन । आफूहरूको परम्परागत पेसाबाट उत्पादित सामग्रीहरूको सट्टा तिनै कुमालहरूले पनि प्लास्टिक र स्टिलका भाँडा प्रयोग गर्न थालेको स्थानीय शान्ति गुरुङ्गले बताइन् ।

परम्परागत पेसा छाडेपछि दिगामचौर र दोभानका कुमाल समुदायले अहिले १ सय २४ प्रकारका तरकारीका बीउ उत्पादन गर्न थालेको जनजागरण घरबगैंचा महिला कृषक समूहकी अध्यक्ष सरस्वती कुमालले बताइन् । कुमाल समुदायलाई पेसा परिवर्तनपछिको आत्मनिर्भरताका लागि घरबगैंचा कार्यक्रममार्फत व्यवसायिक तरकारी उत्पादनमा लगाउन लि-बर्ड पोखराले प्राविधिक सहयोग गर्दै आएको कार्यक्रम संयोजक शम्भु बस्नेतले बताए ।

वर्षौंदेखि माटाका भाँडा उत्पादन गर्ने र बजारमा लगेर बिक्री गर्ने उनीहरूको परम्परागत पेसा लोपोन्मुख बन्दै गएको छ । बाबु-बाजेहरूले गर्दै आएको पेसा संकटमा परेपछि जीविकोपार्जनका लागि आफूहरूले पुरानो परम्परा छोडेर नयाँ पेसामा लाग्नुपरेको अमरपुरका प्रेमबहादुर कुमालले बताए । बजारमा आउने प्लास्टिकका सामग्री र पछिल्लो पुस्ताले माटाका भाँडा प्रयोग नगर्दा आफूहरूको परम्परागत पेसा नै संकटमा परेको कुमाल समुदायको गुनासो छ । 'बाबु बाजेले हामीले जान्दादेखि नै माटाका भाँडा बनाउने गरेका थिए', उनले भने, 'के गर्नु अहिले त्यसको प्रयोग हट्दै गयो, हाम्रो परम्परा पनि हराउँदै गयो ।'

२० वर्ष अगाडिसम्म बडागाँउ १ दोभानका २२ घरको नियमित आम्दानी माटाका भाँडा तयार गर्ने र बजारमा लगेर बिक्री गर्ने थियो ।

पारस शाह पुनर्स्थापना केन्द्रमा भर्ना

Published on: //
पूर्व युवरास पारस शाहलाई लागु औषध तथा रक्सीको लतबाट छुटकाराका लागि पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको छ ।
थाइल्याण्डको बैंककस्थित समितीभेज अस्पतालमा उपचारपछि १५ चैतमा डिस्चार्ज भएका पारसलाई थाइल्याण्डकै चाङमाईस्थित पुनर्स्थापना केन्द्र ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा सोही दिन राति भर्ना गरिएको छ ।
पारसले कम्तिमा पनि तीन महिना उक्त पुनर्स्थापना केन्द्रमा रहेर उपचार गराउनुपर्ने उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । पाठकका अनुसार पारसको मुटु रोग सम्बन्धी उपचारको ब्यवस्था पनि सोही केन्द्रमा मिलाइएको छ ।
पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी उपचारको सम्पूर्ण ब्यवस्था मिलाएपछि मात्रै नेपाल फर्कने कार्यक्रम रहेको पनि पाठकले जानकारी दिएका छन् ।
पारसलाई चिकित्सकहरुले धेरै सावधानी अपनाउन र उपचारको क्रम जारी राख्न सल्लाह दिएका छन् ।
उत्तरी थाइल्याण्डको चाङमाइस्थित ‘चान्स रिहाबलिटेसन सेन्टर’ प्रसिद्ध पुनर्स्थापना केन्द्र हो ।
यो पुनर्स्थापना केन्द्रमा विश्वका धेरै शहरहरुबाट लागु औषध र रक्सीको लत लागेकाहरु आउने गर्छन् । केही समयअघि बेलायती रक स्टार पिट डोहर्टी (Pete Doherty) पनि लागु औषधको लत छुटाउन त्यहाँ भर्ना भएका थिए । तर लागु औषधको लत छुटाउनका उनी आफैंले कुनै प्रयास नगरेको भन्दै केन्द्रले डोहर्टीलाई फिर्ता पठाएको थियो ।
बैंकक पोष्टका अनुसार ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा एउटा क्याबिनको मात्रै मासिक १२ हजार अमेरिकी डलर तिर्नुपर्छ । -हिमाल खबर पत्रीकाबाट

खाद्यान्नमा गुल्मीबाट वार्षिक साढे २७ करोड बाहिरियो

Published on: // ,
घनश्याम गौतम
गुल्मी । तरकारी खेतीमा व्यावसायिक उत्पादन बढ्दै गए पनि खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै जाँदा जिल्लाबाट वाषिर्क २७ करोड रुपैयाँभन्दा बढी रकम खाद्यान्न खरिदमा बाहिरिने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार खाद्यान्न, तरकारी, फलफूल, दाललगायतका दैनिक उपभोग्य सामग्री खरिदमा वाषिर्क २७ करोड ४९ लाख ६० हजार रुपैयाँ बाहिरिने गरेको हो । कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेका अनुसार जिल्लाका लागि ६७ हजार २ सय ५५ टन खाद्यान्न आवश्यक पर्छ । त्यसमध्ये ५७ हजार ५ सय ३५ टन जिल्लामै उत्पादन हुन्छ भने ९ हजार ७ सय २० टन आयात हुने गरेको छ ।

त्यस्तै, जिल्लाबाट तरकारीमा वाषिर्क ६२ लाख रुपैयाँ, आलुमा २ करोड ३४ लाख, बीउबिजनमा ३० लाख, दालमा २५ लाख, तेल आयतमा २० लाख, लसुन प्याजलगायतमा ३५ लाख, फलफूलमा १२ लाख, सुन्तलामा ६ लाख र बेसारमा ३ लाख रुपैयाँ बर्सेनि बाहिरिने पाण्डेले बताए ।

कफीका लागि देशमै प्रख्यात मानिएकोले कफी बिक्रीबाट भने वाषिर्क २ करोड ३६ लाख १३ हजार रुपैयाँको कफी निर्यात हुने गरेको छ । त्यस्तै, गत वर्ष अदुवा बिक्रीबाट जिल्लामा ३ करोड रुपैयाँ भित्रिएको थियो । जिविसले अदुवामा आत्मनिर्भर जिल्ला घोषणा गरेको छ ।

खेती प्रणालीमा आधुनिकीकरण हुन नसक्नु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु, किसानले आधुनिक खेती प्रणालीभन्दा परम्परागत खेतीलाई प्राथमिकता दिनु र उत्पादनभन्दा स्वादिलो बढी खोज्ने गरेकाले पनि आयातमा बढी निर्भर हुनुपरेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए ।

'युवा विदेश पलायनले खेतीकिसानी गर्नेहरूको संख्या घट्दो छ,' अधिकारीले भने, 'ग्रामीण क्षेत्रकै किसान आफूले उत्पादन गरेको गाईभैंसीलाई खुवाउने र बजारबाट चामल किनेर खाने प्रवृत्तिले आयात बढ्दो छ ।'

जिल्लाभर १ लाख २४ हजार ९ सय ३७ हेक्टर जमिनमध्ये ८५ हजार ६ सय ७० हेक्टर जग्गा मात्र खेतीयोग्य छ । त्यसमा पनि ४५ हजार हेक्टरमा मात्र खेती हुने कार्यालयको तथ्यांक छ ।

मतदाता नामावली संकलन कार्यमा अवरोध

Published on: // ,

जनार्दन घिमिरे
गुल्मी, चैत्र १५, नेकपा–माओवादीको एक समूहले विहिवार गुल्मीको सिसेर्नी गाविसमा मतदाता नामावली संकल तथा अध्यावधिक कार्यमा अवरोध पुर्याएका छन् । सात जनाको समूहमा गएको माओवादीको टोलीले विहिवार विहान सिर्सेनी गाविस ९ छापमा मतदाता नामावली संकलन गर्न भनि गएका दुई जना कर्मचारीहरुवाट कागजपत्र नियन्त्रणमा लिएको माओवादी जिल्ला ईन्चार्ज बिर वहादुर कार्किले जानकारी दिएका छन् ।
उक्त घटनाको सम्वन्धमा जिल्ला निर्वाचन कार्यालयले भने माओवादीहरुले लगत संकलन गर्न गएका निर्वाचन शिक्षा कार्यकर्ताहरुसँग रहेको फारम मात्र लगेको वताएको छ । नेकपा–माओवादीका कार्यकर्ताहरुले मतदाता नामावली संकलन गर्न अवरोध गरेको जानकारी पाएलगत्तै उक्त स्थानमा प्रहरी टोली पुगेपछि मतदाता नामावाली संकलन कार्यमा कुनै वाधा नपुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले वताएका छन् । गुल्मी जिल्लामा यही चैत सात गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य शुरु गरिएको छ ।

ओझेलका खबर: जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा

Published on: // ,
रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको अङ्कमा जिल्ला शिक्षा कार्यालय, गुल्मीमा हुने अनियमितता सम्बन्धी बिशेष रिपोर्ट प्रस्तुत गरिनेछ । त्यसैगरी ब्लड क्यान्सरले गर्दा यसपालिको एस.एल.सी परिक्षा दिन नपाएका हस्तिचौरका एक बालक, उनको अभिभावकको अपिल र याचना पनि सुनाउनेछौँ र अन्त्यमा नियमित स्तम्भ जीवनको गोरेटोमा बिदेश श्रीमान भएका महिलाहरुको पिडा सम्बन्धी एक खोजमुलक रिपोर्ट पनि प्रस्तुत हुनेछ । सुनौँ यसपालिको अङ्क:    
भाग १
भाग २

भाग ३

ओझेलका खबरका पुराना अङ्कहरु सुनौँ:
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क 
दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

पहाडमा व्यावसायिक माछापालन


घनश्याम गौतम
गुल्मी । तरकारी खेतीमा व्यवसायीकरण बन्दै गएको जिल्लामा स्थानीयकै पहलमा २३ लाख रुपैयाँ लगानी गरेर माछापालन सुरु गरेका छन् ।

बडागाउँका १४ जनाको समूहले माछापालन सुरु गरेका हुन् । उनीहरूले कृषि कार्यालयको प्राविधिक सहयोगमा लसाहा फाँटमा दुई प्रजातिका १५ हजार माछाका भुरा छाडेका छन् । साना किसान कृषि सहकारी संस्थाको संयोजन एवं स्थानीयको लगानीमा ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा थालेका छन् ।

'पहिलो चरणमा उत्पादन गरिएको माछा बिक्रीबाट ७२ हजार ५ सय रुपैयाँ आम्दानी भयो,' सहकारीको माछापालन समूहका संयोजकसमेत रहेका शंकर रायमाझीले भने, 'त्यसबाट उत्साहित भएर दोस्रो चरणमा रहु र नैनी जातका १५ हजार माछाका भुरा छाडेका छौं ।' जिल्लामा सामूहिक रूपमा धेरै लगानी गरेर माछापालन व्यवसाय सुरु गरिएको यो पहिलो भएको कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले बताए ।

कृषिले प्राविधिक सहयोग मात्र उपलब्ध गराएमा आफूहरू अझै लगानी गर्न उत्सुक रहेको सदस्य ओमबहादुर रायमाझीले बताए । 'यस क्षेत्रमा व्यावसायिक माछा उत्पादन सम्भव छ,' उनले भने, 'बिक्रीका लागि बजारको समस्या नहुने भएकाले भविष्य राम्रो छ ।' यसअघि उत्पादन भएका झन्डै ३ क्विन्टल माछा स्थानीय गाउँघरमै बिक्री भएर अझै नपुग भएको रायमाझीले बताए ।

स्थानीयले माछापालनका लागि ४ ठूला पोखरी बनाइएको छ । अहिले सुरु अवस्था भएकाले तीन पोखरीमा मात्र माछा उत्पादन भइरहेको रायमाझीले बताए । कृषि प्रमुख अधिकारीले पनि लसाहा फाँट व्यावसायिक माछा उत्पादनका लागि प्राविधिक दृष्टिकोणले समेत राम्रो देखिएको जानकारी दिए ।

जिल्लाका बडीघाट, हुग्दी, निस्ती, छल्दी, पनाहा, खज्र्याङलगायत खोला किनारका दर्जनौं गाउँमा व्यावसायिक माछापालनका लागि उत्कृष्ट छन् । तर युवा शक्ति व्यावसायिक अवसरमा नलागी विदेश पलायन हुने क्रमले अधिकांश उर्बर जमिन बाँझोमा परिणत हुँदै गएको छ । त्यसको रोकथाम र सम्भाव्यता अध्ययनका लागि कार्यक्रम तयार गरिने कृषि कार्यालयले जनाएको छ ।

पानी खाने बहानामा छिरेका लुटेराले किशोरी बलात्कार गरे


काभ्रे, चैत्र १४ - एसएलसी दिएर बसेकी एक किशोरी सामूहिक बलात्कारको शिकार भएको छन् ।

पानी खाने बाहानामा मंगलवार राति घर भित्र छिरेका हतियारधारी अज्ञात समूहले मेथिनकोट-८ काफ्लेथोककी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । ती समूहले उनीमाथि बलात्कार गरेपछि उनको घरमा लुटपाट समेत गरेका थिए । 'लुटपाट गरी किशोरीमाथि सामूहिक बलात्कार गर्नेको खोजी गरिरहेका छौ,' ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले भने 'बालिका माथि ४ जनाले पालैपालो बलात्कार गरेका रहेछन ।'

अनुहार लुकाउँदै पानी माग्ने बहानामा बालिकाको घर भित्र ८/१० जनाको अज्ञात समूह छिरेको थियो । त्यो समूहले बालिकाको बाबुको घाटीमा खुकुरी राखेर घरमा भएको नगद, सुन लगायतका सामान लुटपाट गरी बालिकामाथि बलात्कार गरेको थियो ।

होली खेल्ने क्रममा बालक माथि तेजाब खनाईयो


पि.एम.मगर
गुल्मी, चैत्र १४ गते । हिजो दिउँसो होली खेल्ने क्रममा आफ्नै साथीले शरिरमा तेजाब खनाईदिएपछि गम्भिर घाईते भएका बुर्तिबाङका ७ बर्षिया बालक सुन्दर परियारलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
शरिरमा तेजाब खनाईदिने बुर्तिबाङकै १४ बर्षिय सन्त विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तले आफुले पेट्रोल कुकुरलाई छर्कने क्रममा परियारको शरिरमा परेको बताएका छन् । तर घाईते बालकको घाउ हेर्दा पेट्रोल नभई तेजाव नै छर्केको हुनसक्ने आफन्तले जनाएका छन् । सन्तलाई पेट्रोल दिएको आरोपमा ग्यारेजमा काम गर्ने १९ बर्षिया मनोज विकलाई पनि नियन्त्रणमा लिईएको र उनीहरुमाथि अनुसन्धान चलिरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

आगोले घर जल्दा १ लाख वरावरको क्षति, स्याङ्गजामा पनि घर गोठ जल्यो

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र १३ – गुल्मीको सिर्सेनीमा एक व्याक्तिको घरमा आगलागी हुँदा १ लाख भन्दा वढीको क्षति भएको छ । सिर्सेनी गाविस वार्ड नं. ५ वाँझाविसाउना निवासी वुद्धिवहादुर परियारको घरमा आगलागी हुँदा सो मुल्य वरावरको क्षति भएको हो । आज दिउँसो लागेको आगलागीवाट घर पुर्ण रुपमा क्षतिग्रस्त वन्नुका साथै घर भित्र रहेको अन्न, लत्ताकपडा, कागज पत्र लगायतका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको स्थानीय गोकर्ण परियारले जानकारी दिनुभएको छ । आगलागीको कारण भने खुल्न नसकेको उहाँले वताउनुभयो । अग्नी पडित परियारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगका लागि उनीहरुले अपिल समेत गरेका छन् । पीडित परियार अहिले छिमेकीको आश्रयमा वसेका छन् ।
त्यस्तै स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग गाविसमा एक व्याक्तिको घर गोठ जल्दा ६ लाख वरावरक क्षति भएको छ । चण्डीभञ्ज्याङ्ग गाविस वार्ड नं. ७ निवासी कुन्तीदेवी सुवेदीको घरगोठमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीवाट मानवीय क्षति नभएपनि घर गोठ जलेर पुर्णरुपमा नष्ट भएका छन् । स्थानीयवासी र विर्घा प्रहरी चौकीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको स्थानीयले वताएका छन् ।

आगलागीवाट सावधानी अपनाउन प्रजिअको आग्रह

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र १३ – गर्मीयाम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेको छ । विशेषत: जङ्गल नजिक खेतवारी हुने जग्गाधनीहरुले आ–आफ्नो खेत मलिलो वनाउनका लागि भन्दै पात पतिङ्गर तथा झाडीहरु जलाउने जस्ता कार्यवाट सल्केको आगोले सिङ्गो वन, गाउँ समुदाय तथा अन्य भौतिक सामाग्री समेत जलेर क्षति भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रशासनले यस्तो आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले प्रत्येक नागरिकले आगलागी हुनवाट वच्न तथा वचाउँनप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको छ । खेतवारीमा कसैले मल प्रयोजनका लागि आगो सल्काउँदा वन जङ्गल वा कसैको घर गोठमा आगलागी हुन गए त्यस्ता जग्गाधनीलाई प्रशासनले कडा कारवाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी नेपालले चेतावनी दिनुभएको छ । आगो सल्काउने कार्यमा संलग्न व्याक्तिका वारेमा सुचना प्रशासनलाई उपलव्ध गराउन समेत प्रमुख जिल्ला अधिकारी नेपालले आग्रह गर्नुभएको छ ।

रङ्गहरुको पर्व होली, गुल्मीमा हर्षोल्लासका साथ मनाईयो, तराईमा भने भोली

Published on: // ,

पि.एम.मगर
गुल्मी, चैत्र १३ – रंगहरुको पर्बको रुपमा लिईने फागु अर्थात होली पर्व पहाडी भेग तथा काठमाण्डौ उपत्यकामा आज विभिन्न कार्यक्रमका साथ मनाईएको छ भने तराईका जिल्लाहरुमा भोली मनाईदैछ ।
आपसी मित्रता र सदभाबका रुपमा लिईने होली पर्बलाई मैत्री पर्बका रुपमा लिईने गरिन्छ । आपसी भाईचारा बढाउने पर्बका रुपमा यो रहेको छ । एक आसपमा बिभिन्न रंगि बिरंगी रंग लगाएर शुभकामना आदान प्रदान गर्ने गरिन्छ होलीका दिन् । तर होलीका नाममा बिकृतीहरु पनि देखिने गरेका छन् । विगतका वर्षहरुमा जबरजस्ती रंग लगाउने, लोला हान्ने, मोबिल तथा अन्य रंगहरुले हान्ने जस्ता परम्परा बढी रहे पनि यस वर्ष भने यसमा केही कमी आएको थियो । सभ्य र मर्यादित तवरले होली मनाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले कसैको इच्छा बिपरित जवरजस्ती रङ्ग दल्ने र लोला हान्ने कार्य नगर्न सर्वसाधरणलाई अनुरोध गरेको थियो ।
होली पर्व भनेको भाईचारा मित्रताको नाताले मितव्ययी तरिकाले मनाउने पर्व भएकाले यसलाई सोही तरिकाले लिन तथा हर्ष र उल्लासका साथ पर्वलाई मर्यादित र सौहार्दपुर्ण रुपमा मनाउन प्रहरीले आग्रह गरेको थियो । होली पर्वका क्रममा कसैको इच्छा बिपरित रङ्ग दल्ने वा लोला हान्ने जो कसैलाई कानुन बमोजिम कार्वाही गर्ने बताए पनि यस वर्षको होलीमा भने कही कतै ठुलो खालको अप्रिय घटना नघटेको प्रहरीले बताएको छ । गुल्मीको सदरमुकाम तमघास लगायत जिल्लाका ग्रामिण वजार क्षेत्र तथा गाउँ गाउँमा आज विहानैदेखि केटाकेटी, युवा युवति तथा स्थानीय वौद्धिक व्याक्तिहरु समेत एक आपसमा रङ्ग लगाई सद्भावका साथ होली पर्व मनाएका छन् । होली पर्वको उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक विदा दिँदै आएको छ । तराईमा होली पर्व भोली विशेष धुमधामका साथ मनाईदै छ ।
दैत्यराज हिरण्य कश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेष्यले व्रम्हावाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी वहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ । त्यसै वेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृतिकी प्रतीक वनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र उनलाई व्रजवासीहरुले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ । यस दिन विशेष गरी भाङ्ग मिसाईएका खानेकुरा खाई विविध रङ्गवाट रङ्गिएर वाजागाजाका साथ नाँचगान गर्दै महिला र पुरुषको समुह आफ्नो क्षेत्रमा विहानदेखि साँझसम्म घुम्दै रमाईलो गर्दछन् ।

सरुवा भएर जाने गाविस सचिवलाई ससम्मान विदाई

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र १३ – गुल्मीको दर्लामचौर गाविसवाट सरुवा भएर जान लाग्नुभएका गाविस सचिव नरवहादुर अर्याललाई आज एक कार्यक्रमका विच ससम्मान विदाई गरिएको छ ।
वर्तमान गाविस सचिव शोभाखर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विदाई भएर जाने गाविस सचिव अर्यालले आफु विदाई भएर गएपनि दर्लामचौर गाविसका जनता, स्थानीय राजनीतिक दल, समाजसेवी तथा वुद्धिजीविहरुको सहयोगलाई कहिल्यै पनि भुल्न नसक्ने वताउनुभयो । उहाँले आवश्यक परेको खण्डमा आफु दर्लामचौरवासीको सहयोगको लागि तैयार रहने वताउनुभयो । सोही अवसरमा गाविस सचिव अर्यालले वार्ड नं.१ का एक जना अग्नीपीडितलाई एक हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । विदाई कार्यक्रममा विशेष अतिथि पुर्व गाविस सचिव तोयनाथ सापकोटा, स्वास्थ्यकर्मी युनियन गुल्मीका अध्यक्ष देवेन्द्र रिजाल, एकीकृत माओवादी नरेन्द्र कुवँर, नेपाली काँग्रेसका नारायण प्रसाद भुसाल, एमालेका शिर वहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका रामेश्वर खत्री, भुपु गाविस अध्यक्ष रामेश्वर शर्मा, उपाध्यक्ष महेन्द्र अधिकारी  लगायतले मन्तव्य व्यक्त गर्दै अर्यालका सफल कार्यकालको शुभकामना दिनुभएको थियो । गाविस सहायक सचिव गोमा घिमिरेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन दर्लामचौर उपस्वास्थ्यचौकीकी अनमी गंगा शर्माले गर्नुभएको थियो । गाविस सचिव अर्याल दर्लामचौरवाट हस्तिचौर गाविसमा सरुवा हुनुभएको छ ।

टेक्सासका नेपालीले दिए कानुन मन्त्री न्यौपानेलाई स्काईपबाट शुभकामना

Published on: //
खिलराज रेग्मी नेतृत्वको सरकारमा कानुन मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री हरी प्रसाद न्यौपानेलाई अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले स्काईपबाट बधाइ तथा शुभकामना दिएका छन् । टेक्सासको हयुस्टनमा बस्दै आउनुभएकी मन्त्री न्यौपानेकी छोरी पुजा अर्यालको घरमा शनिबार सांझ करिब डेढ सयको संख्यामा जम्मा भएका नेपालीहरुले मन्त्री न्यौपानेलाई स्काईप मार्फत सफल तथा उपलब्धीमुलक कार्यकालको लागी शुभकामना तथा बधाई दिएका हुन् ।

बिगत १४ बर्ष देखी अमेरिका बस्दै आएकी मन्त्री न्यौपानेकी छोरीको घरमा जम्मा भएका नेपालीहरुले मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना दिए पश्चात स्काईपबाटै करिब २० मिनेट लामो सम्बोधन गर्नुभएका मन्त्री न्यौपानेले बर्तमान सरकार समयमै निर्बाचन सफल गर्नका लागी कटिबद्ध रहेको बताउनुभएको थियो । मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना दिन जम्मा भएका नेपालीहरुले देशमा शान्ती सुरक्षा कायम गर्दै सबैलाई समेटेर देशलाई अघी बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा जम्मा भएका नेपालीहरुले मन्त्री न्यापानेकी छोरी पुजा र ज्वाई दिपकलाई समेत बधाई दिदै नाचगान समेत गरेको कार्यक्रममा सहभागी श्रीकृष्ण गौतमले बताउनुभयो । -ह्वाईट हिमाल टेलिभिजनबाट 

कर शिक्षा सम्वन्धि दुई दिने अन्तरकृया कार्यक्रम सम्पन्न

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र १२ – कर शिक्षा सम्बन्धी दुई दिने अन्तरकृयात्मक तालिम गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व विभाग कार्यालयको समन्वयमा सञ्चालित दुई दिने तालिममा भ्याट तथा कर प्रणाली, प्यान दर्ता एवं खारेजी, व्यवसायमा आउन सक्ने समस्या र यसको समाधानका विषयमा तालिम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै फर्म दर्ता, नविकरण, स्थायी लेखा नं. दर्ता, भ्याट दर्ता, खारेजी लगायतका विषयमा पनि तालिम दिईएको थियो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको पहिलो दिनको तालिममा तालिमका विषयवस्तुमाथि कर अधिकृत धनिश्वर अर्यालले प्रकाश पार्नुभएको थियो । प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मीले तालिमको सहजीकरण गर्नुभएको थियो भने सञ्चालन गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो । पहिलो दिनको तालिममा सदरमुकामका १ सय भन्दा वढी विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कबिन्द्र नेपाल । तस्बिर: कृष्ण प्रसाद पोख्रेल
त्यस्तै दोस्रो तथा अन्तिम दिनको अन्तरकृयात्मक तालिम प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मीको अध्यक्षता तथा कर अधिकृत धनिश्वर अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले कर शिक्षाको महत्व र यसले व्यवसायीमा पु¥याउने योगदानका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले, कोष नियन्त्रक होमनाथ पौडेल, वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोखरेल, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दराम भुसाल, निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
दोस्रो दिन पनि जिल्लाका पत्रकार, सञ्चारकर्मी, लेखापरीक्षक, शैक्षिक संस्थाका लेखापाल, विभिन्न सरकारी कार्यालयका लेखापाल, सदरमुकामका व्यवसायीहरु गरी डेढ सय जनाको उपस्थिति रहेको थियो । तालिममा विशेष गरी फर्म दर्ता, नविकरण, स्थायी लेखा नं. दर्ता, भ्याट दर्ता, खारेजी लगायतका विषयहरुलाई समेटेर कर अधिकृत धनिश्वर अर्यालले कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरकृयात्मक छलफल समेत भएको थियो । तालिमको समापन कार्यक्रममा आयोजक संस्था गुल्मी उद्योग वाणिज्य संघले प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मी, कर अधिकृत धनिश्वर अर्याल लगायतका आन्तरिक राजश्व कार्यालयवाट आएको टोलीलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

पहाडी जिल्लामा आज होली मनाइँदै

Published on: //

काठमाडौं, चैत १३- मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ।
उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाउने गरिन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।
यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चिर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ।
आजै राति टुँडिखेलमा 'गुरुमापा' नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको 'जधु' नामक धारामा चुठाउने प्रथा छ।
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ।
भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ।
यस पर्वका उपलक्ष्यमा गत सालको तुलनामा पूर्णिमाको अघिल्लो दिनसम्म राजधानीका बजार, टोल, गल्लीहरूमा कुनै किसिमको लोला हान्ने उच्छृ¬ङ्खल कार्य भएको पाइएको छैन।
यस दिन विशेषगरी भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला र पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन्।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन्।
फागुपर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ। रासस

बाघसँग प्रेम


रोयटर्स
जकार्ता, चैत्र ११ - प्रेमी जोडीले अधिकारकै रूपमा एकअर्कालाई गाढा र लामो चुम्बन गर्नु सामान्य मानिन्छ । भावुक भएर साधारण चुम्बन गर्नु त ठूलो एवं नौलो कुरा नै रहेन । तर, कतिपय ठाउँमा चुम्बन गर्नलाई भावनाको नभएर आँटको आवश्यकता पर्लाजस्तो लाग्न सक्छ । यो खबरभित्रको तस्बिर हेरेपछि त त्यस्तै लाग्छ । त्यसो चाहिँ पटक्कै होइन है ।  संसारको सबभन्दा खतरनाक जनावर बाघलाई प्रेमपूर्ण चुम्बन गर्दा यी मालिक्नीले हिम्मतको नभई भावनाकै सहारा लिन्छिन् । इन्डोनेसियाको पूर्वी जाभाको मलाङस्थित अल खाफाह इस्लामिक स्कुलको बरन्डामा डरलाग्दा बंगाली बाघको पालनपोषण भइरहेको छ । चार वर्षअघि संरक्षिका सोलेहले तीन महिनाको यो बाघलाई पुरस्कारको रूपमा पाएकी थिइन् ।

आत्मीय व्यवहारले मन जितेर उनले बाघ मुलान जामिलालाई आफ्नो बनाएकी छन् । फेरि एकपटक उनले पनि प्रमाणित गरेकी छन् कि प्रेम नै मानवको सबभन्दा ठूलो शक्ति हो । उनीहरूबीचको घनिष्टता, तालमेल र मायाप्रीति देखेर आफूलाई 'मै हुँ' भन्ने प्रेमी जोडीलाई पनि डाहा लाग्न सक्छ । उनले त्यतिबेलादेखि बाघको हेरचाह गरिरहेकी छन् । मालिक्नीको माया पाएर बाघ पनि मख्ख छ । बाघ मुलानले मालकिन सोलेहलाई एक इमानदार प्रेमीझैं मदहोस भएर चुम्बन गर्छन् । उनीहरू प्रायः विद्यालयको घाँसेमैदानमा खेलिरहेका भेटिन्छन् । यो बाघलाई विद्यालयमा विधिवत् घरपालुवा जनावरको रूपमा राख्नलाई सरकारले पनि अनुमति दिएको छ । सालेह पनि बाघको प्रेममा दिवानी छिन् । उनी बाघलाई खुसी राख्न हरसम्भव कोसिस गर्छिन् र दैनिक पाँच किलो ताजा मासु खुवाउँछिन् । उनी एक इमानदार प्रेमिकाझैं बाघलाई आलिंग्न र चुम्बन गर्नुका साथै पिठ्युँमा बसाएर यात्रा पनि गराउँछिन् । प्राकृतिक बासस्थानमा बंगालका बाघहरू शक्तिशाली रात्रिकालीन सिकारी मानिन्छन् । उनीहरू भैंसी, जंगली सुंगुर, मृग र अरू ठूला जनावरको सिकार गर्न थुप्रै माइलसम्म यात्रा गर्छन् ।

गुल्मी समाजको सहयोग आशालाई

Published on: // ,
संगिता कुवँर
गुल्मी, चैत्र ११ । जिल्लामा अपाङ्गताको क्षेत्रमा महत्वपुर्ण कार्य गरी आफनो पहिचान स्थापित गर्न सफल वनेको गुल्मीको आशा अपाङ्ग केन्दलाई गुल्मी सेवा समाज दोहा कतारले एक कार्यक्रमका विच आर्थिक सहयोग प्रदान गरेको छ ।
अपाङ्गता भएकाहरुको क्षेत्रमा थप प्रभावकारी कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्धेष्यले समाजको तर्फवाट समाजका पुर्व अध्यक्ष दोर्णबहादुर बस्नेतले केन्द्रलाई २ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै बस्नेतले देशको बेरोजगारी र गरीबिका कारण बिदेशिएका नेपालीले अपाङ्गताको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि जिल्लाको बिकास र परिर्वतनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । साथै उहाँले देशको राजनीति अस्थिरताप्रति जनता दुखी भएको र लाखौ युवा शक्ति बिदेशीएकाले त्यसलाई पनि मध्यनजर गर्दै उनीहरुको लागि सरकारले देशमै रोजगारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समाजका अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष गंगा रायमाझिलाई संयुक्त रुपमा सहयोग रकमको चेक हस्तान्तरण गर्दै
समाजका पुर्व अध्यक्ष दोर्णबहादुर बस्नेत । 
 कार्यक्रममा नेकपा एमाले अध्यक्ष टोमलाल पाण्डे, नेकपा माओवादीका जिल्ला इन्चार्ज बिरबहादुर कार्की, बौद्धिक अपाङ्ग अभिभाबक संघका अध्यक्ष इश्वरी पौडेल, तारा बस्नेत लगाएतले मन्त्व्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष लक्ष्मण पौडेल, समाजका पुर्व सदस्य मिनुराम पाण्डे, भुपु सदस्य सन्तोष सगुन र गुल्मी न्युज डट कमका संचालक/सम्पादक सन्जु काउछालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले अपाङ्गताको क्षेत्रमा केन्द्रले आफ्ना कार्यक्रमहरुलाई केन्द्रीत गरेर लगिरहेको वताउँदै यी सहयोगहरु आगामी दिनहरुमा पनि अपाङगताकै हितमा खर्च गरिने वताउनुभएको थियो । कार्यक्रम आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गगां रायमाझीको स्वागत मन्त्व्य तथा सदस्य ताराप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्मान ग्रहण पश्चात संयुक्त तस्बिर खिचाउँदै समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार दोर्ण बस्नेत, मिनुराम पाण्डे, सन्जु काउछा, सन्तोष सगुन र लक्ष्मण पौडेल (क्रमश बाँयाबाट दाँयातर्फ)

नेबि संघ गुल्मीको चन्द्रकोट क्याम्पसमा संगठन बिस्तार

Published on: // ,

अनिल खत्री
गुल्मी, चैत्र ११ । नेपाल बिद्यार्थी संघ गुल्मीलेआफनो संगठन बिस्तारको क्रममा आज गुल्मीको शान्तीपूर स्थित चन्द्रकोट बहुमुखी क्याम्पसमा इकाइ भेला सम्पन्न भएको छ । इकाइ भेलाले केशब गौतमको सभापतित्वमा ११ सदस्यीय ईकाइ समिती गठन भएको छ । जस्को उपसभापतिमा दिपा फौजदार, सचिव सन्तोष खत्री, सहसचिव पार्वती गौतम, कोषाध्यक्ष श्यामकुमारी केसी रहेका छन । कार्यक्रममा तरुणदल शान्तीपूर गुल्मीका दुर्गा बहादुर खत्री, नेपाल बिद्यार्थी संघ गुल्मीका उपसभापति निरज मरासिनी, सहसचिव सुर्दशन खनाल लगायतको उपस्थित रहेको थियो ।

बाख्रामा लाग्ने उपियाँ रोग निको पार्न जुटे पेगाँबासी


प्रेम सुनार
चैत्र ११, गुल्मी । बाख्रा पालन समुह बडागाउँ ५, पेगाँ, गुल्मीका कृषकहरु बाख्राहरुमा उपियाँ रोग लागेपछि सामुहिक रुपमा उक्त रोग गाउँमै निको पार्न जुटेका छन् । त्यस गाउँमा डिईपी नामक औषधी जन्य पानी ट्याङ्गकी निर्माण गरी बाख्रामा लागेको उपियाँ जन्य रोग निको पार्ने कार्य भएको समुहका सह सचिव सुवेदार शंकर रायमाझीले जानकारी दिए । वडा नागरिक मञ्चका संयोजक समेत रहेका रायमाझीले पेगाको ठाँटीकाचौरमा त्यस्तो ट्याँङ्गकी निर्माण गरी त्यस गाउँका १ सय २७ वटा बाख्राहरुमा लागेको त्यो रोग निको पारिएको बताए । ब्यबसायिक बाख्रा पालनका लागि श्यामबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय बाख्रा पालन समुह बडागाउँ ५ पेगां गठन समेत गरिएको छ । समितिको उपाध्यक्षमा तुल्सी रायमाझी, सह सचिव सुबेदार शंकर रायमाझी, कोषाध्यक्ष सुबेदार ओमबहादुर रायमाझी लगायत रहेका छन् । त्यस पेँगागाउँमा यतिबेला अवकास प्राप्त सैनिकहरुले पशु पालन, माछा पालन , मौरी पालन र आधुनिक कृषि उत्पादनमा जोड दिनुका साथै त्यहाँको शैक्षिक र अन्य विकास निर्माणमा अगुवाई गर्दै आएका छन् ।

भान्जाद्वारा मामाको हत्या


तानसेन, चैत्र ११ - पाल्पामा भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । यम्घा गाविस–४, निबुवाछापमा भान्जाले ५६ वर्षीय मामा ताराप्रसाद न्यौपानेको हत्या गरेका हुन् ।

खानीगाउँ गाविस–६, दौलातुङ निवासी २० वर्षीय भान्जा खगु बस्यालले मामाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा खगुले घरेलु हतियार प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्याललाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

मदिरा सेवनपछि मामा भान्जाबीच हिजो बिहान सामान्य भनाभन भएको र कुटपिटका क्रममा खगुले घरेलु हतियार प्रहार गर्दा मामा ताराप्रसाद गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दका अनुसार भान्जाको कुटाइबाट मामाको हिजो नै मृत्यु भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेके उनले बताए ।

बस्यालको कुटाइबाट न्यौपानेको मृत्यु भएको गाउँलले राति ११ बजे प्रहरीमा खबर गरेपछि बस्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मामा ताराप्रसाद घरमा एक्लै बस्दै आएका थिए । गत वर्षको एसएलसीमा फेल भएपछि खगुले यसपालि पनि मामा घर बसेर परीक्षा दिएका थिए । -रासस

आधुनिकताले पुराना पेशा लोप हुँदै, जीवन धान्न गाह्रो

Published on: // ,

विष्णु पौडेल
गुल्मी, चैत १० । आधुनिकतासँगै पुराना मौलिक पेसा संकटमा पर्न थालेका छन् जसका कारण पुर्खाको नासोका रूपमा रहेको पेसा नचाहँदा नचाहँदै पनि छोड्नुपर्ने बाध्यता बनेको छ । आधुनिकतासँगै भित्रिएका नयाँ प्रविधिले गर्दा मौलिक पेसाहरू लोप हुने क्रममा रहेका छन् । केही वर्ष पहिलेसम्म गाउँगाउँ सूचना प्रवाहको एक माध्यम बनेको ‘गाइने’ पेसा अहिले लोप हुन थालेको छ । तत्कालीन समयमा सारंगी बजाएर गाइनेहरूले दूरदराजका गाउँमा सूचना पु¥याउँथे भने यसैबाट आफ्नो गुजारा पनि चलाउँथे ।

तर, आधुनिकताले भित्र्याएको सूचना प्रविधिका माध्यमले यो पेसा लोप भएको बताउँछन्, गुल्मी बडागाउँका ६८ वर्षीय धनबहादुर गन्धर्व । ‘पहिला–पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवान चरित्र सुनाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘अहिले रेडियो, टिभी, फोन हातहातै भए, हामीले भन्दा तिनीहरूले छिटो खबर पु¥याउँछन् ।’ उनी केही समय अघिसम्म सारंगी नै बजाएर ११ जनाको परिवार पाल्थे ।

यस्तै ‘कटुवाल’ पेसा अँगाल्दै आएका बडागाउँकै चेरे विक पनि सो पेसा संकटमा परेको गुनासो गर्छन् । रेडियो, टेलिभिजन, फोनको बढ्दो प्रयोगले पाँच–सात वर्षपहिले ग्रामीण क्षेत्रमा सूचना पु¥याउने राम्रो माध्यम बनेको कटवाल पेसा अहिले संकटमा परेको छ । आपूmले भन्ने सूचना रेडियोले नै प्रसारण गर्न थालेपछि रोजीरोटी नै खोसिएको बताउँछन्, ६९ वर्षीया विक । ‘पहिले त दिनदिनै बैठक हुन्थे, झारा हुन्थे तिनको जानकारी मैले नै पूरै गाविसभरि खबर पु¥याउथें,’ विकले भने ‘हामीलाई त बोलाउनै छाडे ।’

बुढेसकालमा अरू काम पनि गर्न नसक्ने हुँदा जीवन धान्ने चिन्ताले सताएको उनले बताए । सारंगी र कटुवाल मात्रै होइन, भाँडाकुँडा बनाउने आरन, माटाका भाँडा बनाउने कुमाल, काठका ठेका बनाउने चुँदारा, काठमा पूmलबुट्टा भर्ने, कपडा सिलाउने परियारलगायतका मौलिक पेसाहरू पनि लोप हुने अवस्थामा पुगेका छन् । बजारमा सर्वत्र प्लास्टिकका भाँडाहरू पाइन थालेपछि तामा, पित्तल, सिल्टीबाट विविध भाँडाकँुडा बनाउँदै आएका आरनेहरूको पेसा पनि संकटमा परेको छ । हँसिया, कोदालो, बन्चरो, खुकुरीलगायतका औजारहरू पनि बनाउँदै आएका आरनेहरू अहिले ती औजार बिक्न छोडेपछि चिन्तामा छन् । सहर–बजारमा पाइने ती औजारहरूले उनीहरूको पेसालाई विस्थापित गरेका छन् ।

बालीघरे पेसाको रूपमा रहेका आरन तथा कपडा सिलाउने पेसाकै भरमा जीवन गुजारा गर्दै आएका उनीहरू अहिले बाँच्नका लागि गाह्रो भएको गुनासो गर्छन् । आरन पेसाबाटै पाँच वर्ष पहिलेसम्म १४ जनाको परिवार निर्धक्क पालेका हस्तीचौर–८ का सन्तबहादुर विक अहिले परिवार पाल्न कठिन भएको गुनासो गर्छन् । ‘पहिला हामीले बनाएका भाँडा पनि बजारमा बिक्री हुन्थे, उहीँबाट किन्न आउँथें,’ उनले भने, ‘तर अहिले बजारमा छ्यापछ्याप्तै मेसिनले बनाएका भाँडा पाइन्छन्, हामीले बनाएका किन्नै छाडे ।’

वर्षभरि एकजना विष्ट ९ग्राहक० को भाँडा बनाएबापत उनीहरूले प्रत्येक बालीको पाक्ने समयमा एकमुरी भन्दा धेरै पाउने गर्छन् । मकै, कोदो, धान, गहुँलगायत खाद्यान्न उनीहरूले एक वर्षमा एकमुरीसम्म पाउँछन् । विभिन्न चाडपर्वमा उनीहरूलाई मीठोचोखो छुट्ट्याएर दिइने गरिन्छ । यी पेसाहरू मात्रै नभएर पुराना परम्पराहरू पनि लोप हुँदै गएका छन् । पानी घट्ट, ढिकी, जाँतो, तोरी पेल्ने कोललगायतका पुराना सामग्रीहरू पनि हराउँदै जान थालेका छन् । नयाँ–नयाँ प्रविधिका कारण यिनीहरू यस्तो अवस्थामा पुगेका हुन् । अहिले मेसिनले कुट्ने÷पिस्ने भएपछि ढिँकी–जाँतोको प्रयोग हुन छोडेको छ ।

वाँसवाट लडेर एक महिला घाईते

Published on: //
पि.एम.मगर
गुल्मी, चैत्र १० । वाँसको घाँस काट्ने क्रममा खसेर अर्घाखाँचीको खन गाविसमा एक महिला गम्भिर घाईते भएकी छन् । आज विहान करिव साढे ९ वजेतिर घर नजिकै रहेको वाँसको घाँस काट्ने क्रममा खसेर खन गाविस वार्ड नं. १ निवासी २२ वर्षीया विमला विश्वकर्मा घाईते हुनुभएको हो । घाईते विमलाको टाउको र ढाडमा गम्भिर चोट लागेको छ । स्थानीयवासीको सहयोगमा नजिकैको मडिकलमा पु¥याई घाईते विमलाको उपचार भईरहेको त्यहाँवाट सुष्मा वरालले जानकारी दिनुभएको छ ।

गुल्मीमा बाँदरले सताउन थालेपछि स्थानियबासी चिन्तित

Published on: //
पि.एम.मगर
गुल्मी, चैत्र १० । कृषकले लगाएको आलु लगायतका तरकारी एवं फलफुलहरु खेतवारीमा वाँदरले खाईदिन थालेपछि गुल्मीको जैसिथोक, छापहिले लगायतका गाविसका विभिन्न स्थानका कृषकहरु चिन्तित बनेका छन् ।
जैसीथोक गाविसको वार्ड नं. ७ मा कृषकहरुले लगाएको नगदेबाली खाने एवं नष्ट गर्ने गर्न थालेपछि उनीहरु चिन्तित वनेका हुन । वाँदरले वारीमा लगाएको गहुँ, मसुरो, केराउ, सिपचना लगायतका वाली खाने तथा नष्ट गर्ने गरेको कृषकहरुको भनाई छ । वाँदर धपाउन कृषकहरु दिनभर वारीमा जाने गर्दछन् । त्यस्तै वाँदरहरु गाउँमै पसी स्थानीयको घरको छाना छानामा जाने, घर भित्र पस्ने गरेको सरस्वती पोखरेलले वताउनुभयो । उता छापहिले गाविस वार्ड नं. ६ का कृषकहरुलाई पनि वाँदरले निक्कै सताउने गरेको छ । वडा नं. ६ को सागबारी, वडा नं. ७ को घैयाखारी, भेडीगोठ लगायतका स्थानमा कृषकहरुले लगाएको आलु, मकै, मसुरो, गौँ, जौँ, तरकारी, फलफुल लगाएतका नगदेबाली उखेल्ने तथा खाने गरेको उनीहरुको भनाई छ । आफुले लगाएको नगदेबालीलाई बाँदरले नष्ट गर्न थालेपछि रातदिन लागेर खेतबारीमा बाँदर धपाउन लाग्नुपर्ने वाध्यता बनेको उनीहरुले वताएका छन् ।

आगलागीवाट साढे ३ लाख वरावरको क्षति

Published on: //
पि.एम.मगर
गुल्मी, चैत्र १० । बाग्लुङको बोहरागाउँ गाविस वडा नं. ३ याङम्याङ् स्थित एक घरमा आगलागी हुँदा ३ लाख ५१ हजार बरावरको क्षति भएको छ । स्थानिय गौरवबहादुर घर्तीको घरमा गएराती अचानक आगलागी हुँदा उक्त क्षति भएको हो । सो स्थानमा बस्ती कम भएको तथा प्रहरी कार्यलय समेत टाढा रहेकाले समयमै आगो नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति हुन पुगेको स्थानिय निरज शाहीले बताउनुभयो । आगलागीबाट घरभित्र रहेको अन्न, लत्ता कपडा, कागजपत्र, ५० हजार नगद समेत जलेर नष्ट भएको छ । त्यस्तै ११ वटा वाख्रा समेत जलेर मरेका छन् । आगलागीको कारण भने खुल्न नसकेको र घटनावारे अहिले अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।

ढाड कन्याउँदा भेटियो ३ बर्ष अघी गाडीएको चक्कु


क्यानडा, चैत्र ९ - क्यानडाका ३२ बर्षीय एक प्रौढको ढाडबाट चिकित्सहरुले चक्कु निकालेका छन् । तीन बर्षअघिको हतियासर सहितको फाइट खेल्दा शरीरभित्र छिरेको चक्कु भर्खरै निकालिएको क्यानेडेली सञ्चार माध्यमहरुले जनाएका छन् ।

फाइट खेल्दा उनलाई ५ पटक चक्कु प्रहार गरिएको थियो तर चिकित्सहरुले तत्कालै उनको घाउमा टाँका मात्रै लगाइदिएका थिए । हालैमा दिनमा आफ्नो ढाड कन्याउने क्रममा केही वस्तु रहेको जस्तो लागेर एक्स रे गर्दा चक्कु देखिएको उनले बताएका छन् ।

बिल्ली म्याक निल्ली नाम गरेका ती व्यक्ति केही समय जेलमा समेत बसेका थिए । 'जेलका गार्डले मेटल डिटेक्टरले जााच गर्दा सधैं मेरो शरीरमा फलाम रहेको संकेत गर्थ्यो', उनले भनेका छन् ।

सन् २०१० को अप्रिलमा भएको उक्त फाइटमा उनीमाथि चक्कु प्रहार गरिएको थियो । तत्काल उनलाई एक्स रे नगरी स्वास्थ्यकर्मीहरुले टाका लगाइदिएको भन्दै उनले उजूरी हाल्ने तयारी गरेका छन् ।

तीन बर्षसम्म ढाडमा चक्कु रहादा आफूमा नसा सम्बन्धी समस्या देखिएको उनले क्यानडाका सञ्चारमाध्यमसाग बताएका छन् । -एजेन्सिको सहयोगमा कान्तिपुरबाट

मोटरसाईकलको ठक्करवाट बालक घाईते


पि.एम.मगर
गुल्मी, चैत्र ९ – गुल्मीको सदरमुकाम तम्घास मोटरसाईकलको ठक्करवाट एक वालक गम्भिर घाईते भएका छन् । लु.१३.प ९१४३ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा तमघास गाविस २ छापटोला निवासी यमवहादुर घर्तिका ४ वर्षीय छोरा आयुष घर्ति घाईते भएका हुन् । घाईते वालकको तमघास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

एस.एल.सी दिएर फर्केका विद्यार्थी चढेको जीप दुर्घटना, १५ विद्यार्थी सहित १९ घाईते


पि.एम.मगर
गुल्मी, चैत्र ९ – एसएलसी परीक्षा सकिए लगत्तै विद्यार्थी वोकेर फर्किदै गरेको एउटा जिप गुल्मीको दौँघा गाविसमा दुर्घटना हुँदा १५ जना विद्यार्थी सहित १९ जना घाईते भएका छन् ।
गुल्मीको आत्मवोध उच्च माध्यमिक विद्यालय, खज्र्याङ्ग मानकोट केन्द्रवाट एसएलसी परीक्षा दिएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी वोकेर जाँदै गरेको लु १ ज १७९३ नं. को जिप दौघा गाविस ६ को गैरी खुट्टामा दुर्घटना भएको हो । घाईतेहरु मध्ये ५ विद्यार्थीलाई अलि वढी चोट लाग्नुका साथै केही परीक्षार्थीको हात तथा खुट्टा भाँचिएको सहकर्मी कालिदास आत्रेयले जानकारी दिनुभएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा बिद्यार्थी कमल घर्ति, बिष्णु घर्ति, शुरेस ज्ञावली, धन बहादुर राना, दुर्गाबहादुर सोमरे, मैया ज्ञवली, राजकुमार राना, रबिन ज्ञावली, जिवन घर्ति, प्रकाश सोमरे, सुनिता राना, सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु रेश्मी, धनबहादुर सोमरे, अमित थापा लगायत रहेका छन् । घाईते सवैलाई उपचारको लागि पाल्पा पठाईएको छ । सोही जिपमा सवार २ जना सवार विद्यार्थी भने घर फर्किएका छन् । जीप सडकवाट करिव २० मिटर तल खसी रुखमा अड्किएको अवस्थामा रहेको छ । क्षमता भन्दा वढी यात्रु राखेका कारण जीप दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । जीप चालक प्रेम सोमै भने फरार भएका छन् । अस्थायी प्रहरी चौकी खज्र्याङ्गवाट प्रहरीको एक टोली घटना स्थल पुगेको वताईएको छ ।

एस.एल.सी परिक्षाको अन्तिम दिन गुल्मीबाट एक जना निष्काशित

Published on: // ,

प्रेम सुनार
चैत्र ९, गुल्मी । प्रवेशिका परिक्षाको आज अन्तिम दिन गुल्मीबाट एक जना परिक्षार्थी निष्काशित भएकी छन् । हिमालय उच्च माध्यामिक विद्यालयय हस्तीचौर परिक्षा केन्द्रबाट एक्जामटेड तर्फकी पवित्रा कुँवर निष्काशित भएकी हुन् । उनले जाँच दिईरहेको समयमा चिट चोरेको देखेपछि उनलाई निष्काशित गरिएको केन्द्राध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले गुल्मीन्युज डट कमलाई बताउनुभयो ।

महिलाहरुले मात्र सन्चालन गरे एस.एल.सी परिक्षा केन्द्र


प्रेम सुनार
चैत्र ९, गुल्मी । शुक्रबार सम्पन्न एसएलसी परिक्षा केन्द्रहरु मध्ये महिलाहरुले मात्र सञ्चालन गरेको महेन्द्र उच्च माध्यमिक बिद्यालय तम्घास ख केन्द्र अन्तर्गत शिद्धबाबा उच्च माध्यमिक बिद्यालय खानीगाउँ तम्घास परिक्षा केन्द्रले बेग्लै पहिचान बनाएको छ ।
गेटमा उभिएका सुरुक्षाकर्मीदेखि केन्द्र अध्यक्ष र परिचरसम्म पुरै महिला रहेको परिक्षा केन्द्र बनाईएपछि यस्तो छुट्टै पहिचान बन्न पुगेको हो । गत वर्ष महेन्द्र उच्च माध्यमिक विद्यालय तम्घासमा थियो भने अहिले सो विद्यालय ख केन्द्रबाट शिद्धबाबा उच्च माध्यामिक विद्यालय खानीगाउँ तम्घासमा सञ्चालन गरिएको थियो ।
महिलाहरुले पनि पुरुषले सरह जिम्मेवारी निभाउन सक्छन् भन्ने उदाहरण दिन गत वर्षदेखि कम्मर कस्दै आएकी जन जागृति उच्च मावि हुँगा १ ठुलापोखराकी शिक्षिका कमला भण्डारी नै यसपाली पनि उनि त्यहाँको केन्द्र अध्यक्ष बनेकी थिईन ।
महिला नै महिलाले परिक्षा केन्द्र सञ्चालन गर्न पाउँदा कस्तो लागेको छ त ? भन्ने गुल्मीन्युज डट कमको प्रश्नमा उनै केन्द्राध्यक्ष कमला भण्डारीले भनिन् ‘गर्व लागेको छ र जिम्मेवारी दिए महिलाले त्यो जिम्मेवेरी निभाउन सक्दो रैछन् भन्ने उदाहरण पेश गर्न सकिएको छ । ’ गत वर्ष पनि उनै केन्द्र अध्यक्ष रहेर महिला नै महिलाको परिक्षा केन्द्र भनेर निकै चर्चा पाएको थियो । गत वर्ष निकै राम्रो केन्द्रका रुपमा मुल्याङ्कनमा परेपछि यसपाली पनि उसै टिमलाई जिल्ला शिक्षा कार्यालयले तोकेको बताईएको छ ।
 शिद्धबाबा उच्च माध्यामिक बिद्यालयको परिक्षा केन्द्रमा परिक्षा निरिक्षण गर्दै केन्द्राध्यक्ष कमला भण्डारी । तस्बिर: प्रेम सुनार

गत वर्ष पनि त्यस केन्द्रकी सुरुक्षा प्रुमुख प्रहरी सहायक निरिक्षक विष्णु गुरुङ थिईन अहिले पनि उनैको कमाण्डमा ५ जना महिला प्रहरी खटाईएको रहेछ । पुरै महिला नै महिला भएर काम गर्न पाउँने अवसर प्रहरी अधिकृतहरुले दिएकोमा उनले हौसला बढेको बताईन । ‘गत वर्ष राजकुमार बैदवार डिएसपी सावले जिम्मेवारी दिनु भयो यसपालीका डिएसपी र ईन्सपेक्टर सापहरुले पनि अवसर दिनु भयो ’उनले भनिन् ‘हौसला बढेको छ र महिलाले पनि केहि गरेर देखाउन सक्छन् भन्ने लागेको छ । ’उनि थप्छीन ‘महिला नै महिला भएको केन्द्रमा अनुशासन राम्रो छ र मर्यादित केन्द्र बनेको छ ।’
केन्द्राध्यक्ष, निरक्षक, सुरक्षाकर्मी र परिचर सहित कुल २० जना महिलाहरु त्यस केन्द्रमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिईन् । महेन्द्र उच्च मावि तम्घास, बुद्ध मा.वि अर्खले, उपल्लो तम्घास, जन सहयोग मावि भुवनपानी अर्खले सहित ४ वटा विद्यालयका कुल २ सय ३७ जना विद्यर्थी रहेकोमा ७ जना अनउपस्थित रहेको केन्द्राध्यक्ष भण्डारीले बताईन् । त्यस परिक्षा केन्द्र मर्यादित रुपमा सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताए । केन्द्राध्यक्ष भण्डारी आफ्नो विद्यालयमा पनि एउटी दक्ष र मेहनती शिक्षिकाका रुपपा चिनिन्छीन् ।

के भन्छन किरिया बसेरै एस.एल.सी दिएका भण्डारीले ? (अडियो रिपोर्ट)

जसले पिताको काजकिरियासंगै एस.एल.सी दिएर सके 
प्रेम सुनार
चैत्र ९, गुल्मी । पिताको मृत्यु भएको चार दिन भएको थियो, उनि कुनामा थिए । उता प्रबेशिका परिक्षाको तयारीमा रहेका उनि परिक्षा छुटाउन सकेनन् र आए घरदेखि एक घण्टाको दुरीमा पर्ने परिक्षा केन्द्र मजुवामा त्यही सेतो काजकिरियाको पहिरनमा । ज्ञानोदय उच्च माध्यामिक विद्यालय तुराङ, मजुवा परिक्षा केन्द्रका नियमित छात्र उनी अर्थात रुपाकोट ३ निवासी १६ वर्षिय खिमानन्द भण्डारीले त्यसरी पिताको काजकिरिया गदागर्दै परिक्षा दिएका हुन् । उनका पिता डिलाराम भण्डारीको फाल्गुण २८ गते मृत्यु भएको थियो । ‘परिक्षाको आज अन्तिम दिन १२ औं दिन भएको छ बुवा बितेको’, खिमानन्दले भने भोली उहाँको १३ दिनको पुण्य तिथी गर्न आज परिक्षा सकेर घर फर्किँदै छु ।’
केन्द्राध्यक्ष छविलाल भण्डारी त्यस्तो पितृ शोकमा पनि खिमानन्दले पिडालाई काबुमा राखेर मेहनतले परिक्षा दिएको बताए । ‘हामी उनलाई बेग्लै सुरक्षित बातबरणमा परिक्षा दिने ब्यबस्था मिलाएका थियौ’ उनले भने ‘परिक्षामा उनको सहभागिताले प्रेरणादायी सन्देश दिएको छ । ’ ‘३ सय ३८ जना मध्ये बरु कुर्न समस्या नपरेका नियमित तर्फका एक जना र एक्जामटेड तर्फका ६ जना अनुउपस्थित रहे तर उनि पिताको काजकिरियामा रहँदा पनि परिक्षामा सहभागि भए’ केन्द्राध्यक्ष भण्डारीले भने ।
‘मेरो दाजु कृष्णप्रसाद भण्डारीको सहयोगबाट एसएलसीको परिक्षा दिन सकें’ खिमानन्दले भने ‘मलाई जस्तो कसैलाई नपरोस् तर जस्तो परे पनि हरेस नखाई विद्या आर्जन गर्न म अरु साथीहरुलाई आग्रह गर्दछु ।’
परिक्षा सकेर फर्किने क्रममा गुल्मीन्युज डट कमसँग कुरा गर्दा गर्दै गहभरि आँसु पारेका खिमानन्दलाई कठै भन्दै हेर्नेहरुको ताँती थियो । ‘यस्तो दुखको घडीमा पनि परिक्षा दिन सकें यस्तै शाहस अरु साथीहरुले पनि देखाउन सकुँन,उनले गला अबरुद्ध पार्दै भने ‘मान्छेलाई जस्तो पनि पर्छ, धैर्य गर्न सक्नु पर्दछ ।’ उनि एक दिदी तिन दाजुहरु मध्ये कान्छा हुन् दाजुहरु सवैले एसएलसी पास गरिसकेको उनले बताए ।

ज्ञानोदय उच्च मा.वि. मजुवा तुराङ्गमा अन्तिम दिनको परिक्षा दिँदै खिमानन्द भण्डारी । तस्बिर: श्याम बस्नेत

सासू र आमाजूको कुटाइले बेहोस

काठमाडौ, चैत्र ९ - चितवन  ऋणको विषयमा पारिवारिक विवाद हुँदा एक एकल महिला निर्घात कुटिएकी छन् । गर्दी २ की २५ वर्षीया चानमती लामा (महतो) सासू र आमाजूको कुटाइबाट बेहोस भएकी हुन् । उनलाई सासू सीता र आमाजू भागिरथी महतोले कुटेका हुन् । कुटाइबाट उनको टाउको फुटेको छ भने विभिन्न अंगमा चोट छ । मंगलबार साँझ उनलाई सासू र आमाजूले मिलेर चिर्पटले जथाभावी कुटपिट गरी बेहोस बनाएका थिए । भरतपुर अस्पतालमा उपचारार्थ लामाको टाउकोमा १२ टाँका लगाइएको छ । उनको २ दिनपछि होस खुलेको हो । बिहीबारबाट सामान्य बोल्न थालेको आमा सुकमाया महतोले बताइन् । उनको २०६० सालमा पढ्दापढ्दै राजकुमार लामासँग प्रेमविवाह भएको थियो । २०६४ वैशाखमा टाइफाइडबाट श्रीमान्को मृत्यु भएपछि चानमतीलाई परिवारले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । 'ज्वाइँ बितेपछि बारम्बार छोरीलाई परिवारका सदस्य मिलेर यातना दिँदै आएका थिए,' आमा सुकमायाले भनिन्, 'छोरीले हामीलाई नभनेर यातना सहँदै आएकी थिई, अहिले त ज्यानै लिने प्रयास गरे । अझै कति यस्तो अन्याय सहनु ।' उनले सामान्य ऋणको विषयलाई लिएर छोरीलाई कुटपिट गरेर मार्न खोजेको आरोप लगाइन् । उनकी ८ वर्षकी एउटी छोरी छन् । राम्ररी बोल्न नसक्ने उनले कुटाइका बारेमा कुनै प्रतिक्रिया दिन सकिनन् । परिवारले सबैलाई भाग लगाएर गाउँमा बाँकी रहेको ऋण तिराउने निर्णय गरेका थिए । उनको भागमा ३८ हजार ऋण तिर्ने जिम्मा आएको थियो । आफ्नो भागमा आएको ऋण तिर्न उनी तयार थिइन् । 'छोरीले ऋण तिरिसकेपछि तमसुक आफ्नै अगाडि च्यात्नुपर्छ भनेकी थिई,' बुबा सीएन महतोले भने, 'परिवारले मानेनन् । अरू पनि ऋण तिर्नुपर्छ भन्दै छोरीसँग भनाभन गरे ।' उनले आफू घर फर्किएको केही समयपछि छोरीमाथि कुटपिट भएको बताए । -कान्तिपुर दैनिकबाट

परीक्षा दिँदा जन्मिएकी छोरीको नामै प्रबेशिका


बिशाल भट्टराई
गुल्मी, ८ चैत । गुल्मीको अम्मरपुर ओमप्रकाश गौतम उच्च माध्यमिक परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा जन्मिएकी छोरीको नाम प्रबेशिका राखिएका छ । मंगलबार एसएलसी परीक्षा दिँदै गर्दा बसन्ती अर्यालले छोरी जन्माएकी थिईन ।
बच्चा जन्मेको ११ दिन पछि न्वारान गर्ने प्रचलन रहेपनि परीक्षाको समयमा जन्मिएकी छोरीको नाम अर्यालले मंगलबार नै प्रबेशिका राखेकी हुन् । अर्यालले छैठौँ   र सातौँ दिनको परीक्षा दुई दिनको बच्चालाई आफुसंगै राखेर दिइन् ।
परीक्षाकेन्द्रंको न्यानो र सुरक्षित ठाउँमा राखेर उनलाई परीक्षा दिने व्यबस्था गरिएको केन्द्राध्यक्ष हरीबहादुर कार्कीले बताए ।

बच्चालाई काखमा राखेर परिक्षा दिँदै सुत्केरी अर्याल ।  

भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ

Published on: //

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ६ जना ९ चैतमा इलामको पशुपतिनगरमा पक्राउ परेका छन् ।

नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङ हुँदै पशुपतिनगर आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले पक्राउ गरेको हो ।

एसएसबीका ६ जना हतियारसहित नेपाल प्रवेश गरेकाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए । उनीहरुको नाम र दर्जा भने सार्वंजनिक गरिएको छैन भने नेपाल आउनुको कारण पनि खोलिएको छैन ।

आठ वर्ष बित्दा पनि बन्न सकेन विमानस्थल

Published on: //
प्रेम सुनार
चैत्र ८, गुल्मी । प्रकृया शुरु भएको ८ बर्षसम्म पनि गुल्मीको रेसुङ्गा विमानस्थल अलपत्र परेको छ । सिमिचौर ५ थालेमालेमा निर्माण शुरु गरीएको विमानस्थल राजनीतिक विवाद, घरजग्गा मुआब्जा समस्या र रकम अभावका कारण अलपत्र परेको हो ।
२०६१ सालमा विस्तृत सर्भे भई ९ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी शुरु विमानस्थलमा हालसम्म १ करोड रुपैयाँ र्खच भइसकेको भएपनि त्यो अनुरुपको काम हुन सकेको छैन । शुरुमा स्थानिय स्तरबाट समिति गठन गर्दा राजनीतिक दलको लामो समयसम्म खिचातानी भएकोले प्रकृया अगाडी बढ्न नसकेको भन्दै केहीसमय अगाडीमात्र जिल्लास्थित राजनैतिक दलको भागवण्डामा समिती गठन गरीएको छ ।
जिल्ला स्तरीय समिती बनेपनि कामको गति हेर्दा विमानस्थल बेलैमा बन्ने छाँट नदेखिएको स्थानिय बताएँछन् । सिमिचौर ५ का हीरामणी अर्यालले थालेमालेमा १ करोडभन्दा बढी रकम खर्च भइसके पनि विमानस्थल निर्माण हुने आशा हराउँदै गएको बताउनुभयो । ‘केहीदिन काम गरेजस्तो गर्ने अनि महिनौँ दिन हराउने गर्दा विमानस्थल बन्छ भन्ने विश्वास कसरी गर्ने’– उहाँले प्रश्न गर्नुभयो ।
आठ वर्षको अवधिमा निर्माणाधिन विमानस्थलसम्म मोटरबाटो लैजाने, स्थानीय १६ घरपरिवारलाई मुआब्जा वितरण गर्ने, मैदान सम्याउने र पर्खाल लगाउने कार्य भइरहेको निर्माण समितिका सचिव अशोक थापाले बताउनुभयो । ‘सुरुका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा काम तिब्र गतिमा भएको छ – सचिव थापाले भन्नुभयो – आउँदो वर्षसम्म धावनमार्ग सम्याउने काम सम्पन्न हुन्छ । ’
रेसुङ्गा विमानस्थल निर्माण समितीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चालु आवमा नागरीक उड्ययन मन्त्रालयबाट २ करोड रकम विनीयोजन भएको र विभागले टेण्डर प्रकृया शुरु गर्न लागेको बताउनुभयो । ‘ अव विभागले २ करोडको टेण्डर प्रकृया शुरु गर्ने तयारी गरेको छ – पन्तले भन्नुभयो – यो रकमले धावनमार्ग सम्याउने र पर्खाल लगाउने धेरै काम सकिन्छ ।’
निर्माणको काम शुरु भएपनि विमानस्थल क्षेत्रभित्र पर्ने १९ परीवारलाई अझै मुआव्जा दिईएको छैन । अधिग्रहण गर्नुपर्ने ४६ परीवारको जग्गा मध्ये ३५ जनालाई मुआव्जा दिई उनीहरु बसाईसरीसकेका छन् । निर्माण शुरु गरेको ८ वर्षसम्म पनि विमानस्थलका लागी भनेर सस्तैमा आफ्नो जग्गा उपलब्ध गराएका स्थानिय बासिन्दा चिन्तित बनेका छन । छिटो विमानस्थलन निर्माण नभएर आफूहरुले पुरानै मूल्याङ्कन अनुसार जग्गा उपलब्ध गराउन नसक्ने उनीहरुको भनाई छ । ‘गाउँमै जहाज (हवाईजहाज) ल्याउने भनेर सस्तैमा पुख्र्यौली जग्गा जमिन दिन राजी भईयो, अहिलेसम्म न पैसा दिन्छन्, न जहाजग्राउण्ड (विमानस्थल) बनाउँछन् – स्थानिय मोती बहादुर दर्जिले भन्नुभयो– अव उहीलेको मोलमा जग्गा दिन त कसरी सकिन्छ र ?
अध्यक्ष पन्तका अनुसार मुआव्जा दिने रकम स्थानिय स्तरबाटै जुटाउनु पर्ने शुरुको प्रतिवद्धता भएकोले स्थानिय श्रोत नजुटेपछि १९ परीवारको जग्गाको मुआव्जा चुक्ता गर्न बाँकी छ । ‘१९ परीवारलाई करीव ६५ लाख आवस्यक पर्ने देखिन्छ, – उहाँले भन्नुभयो– ५ लाख रुपैयाँ त जिल्ला विकाश समितीले दिने निर्णय गरीसकेको छ, बाँकी रकमका लागी जिल्लाका सबै गाविस र छिमेकी जिल्ला अर्घाखाँचीबाट समेत जुटाउनका लागि छलफल गर्दै छाँै ।’
सो रकम जुटाउनका लागि बिहीबार तम्घासमा सम्पन्न पदाधिकारीको बैठकले सर्बपक्षिय भेलाको लागि उद्योग वाणिज्य संघले पहल गर्ने निर्णय भएको पन्तले बताउनुभयो । ६ सय १० मिटर धावनमार्गको लम्बाई रहेको विमानस्थलको कुल क्षेत्रफल ७८ रोपनी १० आना रहेको छ ।

असिनापानीले फलफुल र तरकारी कृषकहरु प्रभावित

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र ९ – आज दिउँसो परेको असिना पानीले गुल्मीको पश्चिम क्षेत्रका विभिन्न स्थानमा प्रभाव पारेको छ । करिव आधा घण्टासम्म परेको असिना पानीले गुल्मीको मरभुङ्ग, सिमलटारी लगायतका क्षेत्रमा क्षति पु¥याएको छ ।
असिना पानीले खेतमा उम्रिन लागेका मकैको विरुवालाई क्षति पु¥याउनुका साथै भर्खर भर्खर फुल खेल्न थालेका अमिलो जातका फलफुलहरु सुन्तला, अमिलो, कागती, आँप लगायतका फलफुलमा समेत क्षति पु¥याएको कृषकहरुले वताएका छन् । त्यस्तै खेतमा लगाएको आलु, टमाटर, हरियो खुर्सानी, तरकारीमा पनि असिनाले क्षति पु¥याएपछि कृषकहरु चिन्तित वनेका छन् । मकै छर्न वाँकी रहेका खाली वारीहरुमा पानी परेपछि ती किसानहरु भने हर्षित वनेका छन् । वारी सुकिसकेको अवस्थामा पानी परेपछि मकै तथा तरकारी लगाउन उपयुक्त हुने भन्दै उनीहरु हर्षित वनेका हुन । यस्तै पाल्पाको कालीगण्डकी बेशी वरिपरीका क्षेत्रमा असिना पानीको प्रभाब परेको छ । दिउँसो १ बजेतिर आधी घण्टासम्म परेको असिना पानीले पाल्पा र नवलपरासी क्षेत्रका बिभिन्न गाबिसका किसानले लगाएको बाली नष्ट गरेको छ । पुर्वी पाल्पाको सहलकोट, बाकामलाङ्ग, झिरुवाँस र नवलपरासीको उत्तरी पहाडी क्षेत्रका गाबिसमा परेको असिनाले भर्खर उम्रिएको मकै सहित मौसमी तथा बेमौसमी तरकारी खेती नष्ट गरेको स्थानिय कृषकहरुले बताएका छन् । त्यस क्षेत्रमा ६ इन्चसम्म असिना परेको सुर्य किरण प्राथमिक बिद्यालय सहलकोट जुरेका शिक्षक ज्ञान बहादुर बि.क.ले बताउनुभयो । दिनमा गोठाला गएका गाई गोरु र गोठालेलाई एक्कासी परेको असिना पानीले तितर बितर पारेको छ।
उता सिन्धुपाल्चोकको छेलाङ्ग गाविसमा परेको चट्याङ्ग लागेर २ जनाको ज्यान गएको छ । अन्य ५ जना घाईते भएका छन् । आज दिउँसो परेको चट्याङ्ग लागेर छेलाङ्ग गाविस २ खस्रेका स्थानीय ३५ वर्षीया फुलकुमारी थापा र ७ वर्षिया रविना थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको छ । त्यस्तै चट्याङ्ग लागेर काँस्कीको लाहाचोक गाविस ९ का ६५ वर्षीय धनवहादुर तामाङ्गको आज मृत्यु भएको छ । गोठमा वसिरहेका वेला आज विहान ११ वजेको समयमा परेको चट्याङ्गले तामाङ्गको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै रहेको एक वाख्रा पनि मरेको छ ।

बिहीवारको परीक्षामा २ विद्यार्थी निष्काशित

Published on: //

पि.एम.मगर
गुल्मी, चैत्र ८ । एसएलसी परीक्षाको छैठौँ दिन आज ऐच्छिक विषय प्रथम अन्तर्गत अर्थशास्त्र र गणित विषयको परीक्षामा गुल्मी जिल्लावाट २ जना परीक्षार्थी निष्काशित भएका छन ।
परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाएपछि जनता उच्च माध्यमिक विद्यालयको केन्द्रवाट १ जना र सुर्योदय उच्च माध्यमिक विद्यालय जुभुङ्ग केन्द्रवाट १ जना गरी दुई परीक्षार्थी निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जारी एसएलसी परीक्षामा गुल्मी जिल्लामा अहिलेसम्म ५ जना परीक्षार्थी निष्काशित भएका छन् । यस अघि अनिवार्य विज्ञान विषयको परीक्षामा श्रृंगा जनता उच्च मावि केन्द्रबाट १ जना र जिवनोद्धार उच्च माध्यमिक विद्यालय, पुर्तिघाट केन्द्रबाट १ जना गरी २ जना परीक्षार्थी निष्कासीत भएका थिए। गुल्मी जिल्लामा यस वर्ष ६ हजार ८ सय ८५ जना परीक्षार्थीहरु एसएलसी परिक्षामा सहभागी छन।
यता ज्ञानोदय उच्च माध्यमिक विद्यालय तुराङ्ग केन्द्रमा एक जना किरियापुत्रीले पनि परीक्षा दिईरहेका छन् । सोही विद्यालयमा अध्ययन गर्ने खिमानन्द भण्डारीले परीक्षा निरन्तर दिँदै आउनुभएको केन्द्रले जनाएको छ । त्यस्तै तीन दिन अघि सुत्केरी हुनुभएकी अर्जेकी वसन्ता अर्यालले पनि परीक्षा दिईरहनुभएको छ ।

भवन अभावले पढाई प्रभावित

Published on: //
पि.एम. मगर
गुल्मी, चैत ८ । गुल्मीको नेटा गाविस वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा भवनको अभाव हुँदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको छ । २०६७ सालदेखि निर्माण कार्य सुरु गरिएको २० कोठे उक्त भवन निर्माणमा ढिलाई भएपछि यस्तो समस्या उत्पन्न भएको हो । पुरानो भवन जिर्ण बनेकोले विद्यार्थीहरु खुल्ला चौरमा वसेर अध्ययन गर्न वाध्य भएका छन् । कक्षा १ देखि ९ सम्मका विद्यार्थी खुल्लाचौरमा वसेर अध्ययन गर्ने क्रममा आकाशबाट पानी प¥यो या घाम चर्कियो भने घर जानुपर्ने वाध्यता रहेको विद्यार्थीहरुको भनाई छ । विभिन्न सरोकारवाला ब्यक्तिहरुको वेवास्ताका कारण सहज वातबरणमा अध्ययन गर्न नपाउदा आफ्नो पढाई प्रभावित वनेको उनीहरुको गुनासो छ । यो समस्या विद्यार्थीको मात्र नभई सवैको भएको वताउँदै अव आउँदो शौक्षिक शत्रदेखि भवन सञ्चालन गर्ने र भदौ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी योजना अघि वढाउन लागेको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारी दिनुभयो । अहिले उक्त भवन निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

एक घर र दुई गोठमा आगलागी

Published on: //
पि.एम. मगर
गुल्मी, चैत ८ । गुल्मीको सिर्सेनी गाविसमा एक व्याक्तिको घरमा आगलागी भएको छ । सिर्सेनी गाविस वार्ड नं. २ निवासी महेन्द्रध्वज जिसीको तीन तले घरमा आगलागी भएको हो । आज दिउँसो सवा १ वजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा करिव १ घण्टापछि नियन्त्रणमा आएको थियो । पुर्व संसद समेत रहनुभएका जिसी अहिले सम्पुर्ण परिवार सहित तराईतिर वस्दै आउनुभएसँगै घर पनि जिर्ण वन्दै आएको र घरमा केही पनि समानहरु नभएको अवस्थामा आज एक्कासी आगोलागी भएको स्थानीयले वताएका छन् । आगलागीको कारण भने खुलिनसकेको र अनुसन्धान जारी रहेको सिमलटारी प्रहरी चौकी इन्चार्ज कृष्णवहादुर नेपालीले जानकारी दिनुभयो । आगलागीवाट भुई तलाको झ्याल ढोका, लगायतका काठहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै गुल्मीको अमरअर्वाथोक गाविसमा आज दुई व्याक्तिको गोठमा आगलागी भएको छ । आगलागीवाट झण्डै डेढ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ । गाविसको वार्ड नं. २ छेर्दी भन्ने स्थानमा कमल श्रेष्ठ र कृष्ण श्रेष्ठको दुई छुट्टाछुट्टै गोठमा आगलागी भएको हो । आगलागीवाट गोठ जलेर पुर्ण रुपमा नष्ट हुनुका साथै गोठमा रहेका घाँसपात, काठ, दाउँरा सवै जलेको छ । आज अपरान्ह ४ वजेतिर लागेको आगो स्थानीयवासी र अस्थायी प्रहरी चौकी खज्र्याङ्गको प्रयासमा करिव आधा घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीवाट मानवीय तथा पशु चौँपायाँको क्षति भने भएको छैन । गोठवाट सुरक्षित स्थानतर्फ सार्ने क्रममा पल्टिएर एउटा भैँसीको भने खुट्टा भाँचिएको छ ।

वाँसका सामाग्री बनाउने तालिम सुरु

Published on: //
गाउँ परिषदवाट विनियोजित रकमवाट गुल्मीको घमिर गाविसको पुरानकोटमा अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाँसका सामाग्री निर्माण गर्ने तालिम आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने उक्त तालिममा वाँसवाट निर्माण गरिने विभिन्न घरेलु सामाग्रीहरुको निर्माण सम्वन्धी तालिम दिईने वताईएको छ । घमिर गाविसका सम्पुर्ण आंशिक अपाङ्गहरुलाई एकीकृत गरी उक्त तालिम दिन थालिएको हो । घामिर गाविसको गाउँ परिषदवाट विनियोजित ६० हजार रकमवाट उक्त तालिम सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि घमिर गाविस सचिव राजु शर्माले वताउनुभयो । यसरी अपाङ्गता भएका व्याक्तिहरुले सीप तथा व्यवसायमुलक तालिम लिएपछि आफु व्यवसायी वन्न सक्ने सहभागीहरुले वताएका छन् । तालिमको सहजीकरण गोपाल विश्वकर्माले गरिरहनुभएको छ ।

विद्यार्थीहरुमाथि खेलवाड गरेको भन्दै ज्ञापन पत्र

Published on: //
जनार्दन घिमिरे
गुल्मी, ८ चैत । गत मंगलवार संचालन भएको एसएलसी परिक्षागत अन्तर्गत सामाजिक विषयको परीक्षामा ३५ प्रतिशत भन्दा वढी प्रश्नहरु पाठ्यक्रम भन्दा वाहिरवाट सोधेर विद्यार्थीहरुमाथि खेलवाड गरेको भन्दै सरोकारवाला संघ संस्थाहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले सदरमुकाम तम्घासमा आज पत्रकार सम्मेलन गरि जिल्ला शिक्षा कार्यालय गुल्मीमा ज्ञापन पत्र समेत वुझाएका छन् ।
सामाजिक बिषय जिल्ला समिति गुल्मीले आज एक विज्ञप्ती जारी गरि सोधिएका उक्त प्रश्नहरु सामाजिक विषयको विशिष्टीकरण तालीका २०६५ सँग पूर्ण रुपमा मेल नखाने भन्दै उक्त प्रश्नहरु पाठ्यक्रम, पाठ्य पुस्तक, ग्रीड तथा मोडेल भन्दा वाहिरवट सोधिएको वताएका छन् । पाठ्यक्रम भित्रैवाट प्रश्नहरु वनाई परीक्षा लिनु पर्ने शिक्षा नियामावलीमा व्यवस्था हुँदा हुँदै पनि विद्यार्थीहरुलाई अन्यायमा पार्ने र उनीहरुलाई मानसिक तनाव दिनेगरि पाठ्यक्रम भन्दा वाहिरवाट प्रश्नहरु सोधेर विद्यार्थीहरुको भविष्यमाथि चरम खेलवाड गरेको उनीहरुको आरोप छ ।
उनीहरुले परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयलाई पाठ्यक्रम भन्दा वाहिरवाट सोधिएका पाँच वटा प्रश्नहरु खारेज गरि वाँकि प्रश्नहरुलाई सय प्रतिशत अंक कायम गरी मूल्यांकन गर्ने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।
यस सम्वन्धमा जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिलाल अर्यालले केही प्रश्नहरु विद्यार्थीहरुको स्तर भन्दा माथि सोधेको कारण उनीहरुलाई केही अफ्ठेरो परेको वताउँनु भयो । उहाँले प्रश्नहरु अलि घुमाउरो तरिकाले आएपनि सामाजिक विषयको करिकुलम भन्दा वाहिरवाट प्रश्नहरु नआएको उहाँको भनाई थियो ।

महिलाले सञ्चालन गर्दै परिक्षा केन्द्र


प्रेम सुनार
चैत्र ६, गुल्मी । गत वर्षदेखि गुल्मीमा एस एल सी परिक्षाको जिल्लामा छुट्टै पहिचान दिन थालियो जसलाई यसपाली पनि निरन्तरता दिईएको  छ । गेटमा उभिएका सुरुक्षाकर्मीदेखि केन्द्र अध्यक्ष र परिचरसम्म पुरै महिला रहेको परिक्षा केन्द्र बनाईएपछि यस्तो छुट्टै पहिचान दिईएको हो ।
गत वर्ष महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा थियो भने अहिले सो विद्यालय ख केन्द्रबाट शिद्धबाबा उच्च माध्यामिक विद्यालय खानीगाउँ तम्घासमा चलिरहेको छ ।
महिलाहरुले पनि पुरुषले सरह जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिन गत वर्षदेखि कम्मर कस्दै आएकी जन जागृति उच्च मावि हुँगा १ ठुलापोखराकी शिक्षिका कमला भण्डारीयसपाली पनि उनि नै त्यहाँ केन्द्र अध्यक्ष बनेकी छन् । कोट पाईन्टमा सजिएकी उनि शाहसीलो र स्वाभलम्भी चेहरामा देखिन्थीन् । अन्य महिलाहरु आ–आफ्नो जिम्मेवारी मै तल्लीन थिए । अनुगमनमा पुगेका पुरुषहरु उपुरखुट्टी लगाएर बाहिर गफ हाँकिरहेका थिए ।
केन्द्र अध्यक्षदेखि ,सुरक्षाकर्मी र परिचरसम्मका पुरै महिलाहरु परिक्षाहरु आ–आफ्नो जिम्मेवारीमा तल्लीन थिए । महिला नै महिलाले परिक्षा केन्द्र सञ्चालन गर्न पाउँदा कस्तो लागेको छ त ? उनै केन्द्र अध्यक्ष कमला भण्डारीले भनिन् गर्व लागेको छ र जिम्मेवारी दिए महिलाले त्यो जिम्ेवारी निभाउन सक्दो रैछन भन्ने उदाहरण पेश गर्न सकिएको छ ।
गत वर्ष पनि उनै केन्द्र अध्यक्ष रहेर महिला नै महिलाको परिक्षा केन्द्र भनेर निकै चर्चा पाएको थियो । गत वर्ष निकै राम्रो केन्द्रका रुपमा मुल्याङ्गनमा परेपछि यस पाली पनि उसै टिमलाई जिल्ला शिक्षा कार्यालयले तोके छ ।
गत वर्ष पनि त्यस केन्द्रकी सुरुक्षा प्रुमुख प्रहरी सहयाक निरक्षक विष्णु गुरुङ्ग थिईन अहिले पनि उनैको कमाण्डमा ५ जना महिला प्रहरी खटाईएको रहेछ । पुरै महिला नै महिला भएर काम गर्न पाउँने अवसर प्रहरी अधिकृतहरुले दिएकोमा उनले हौसला बढेको बताईन । गत वर्ष राजकुमार बैदवार डिएसपी सावले जिम्मेवारी दिनु भयो यसपालीका डिएसपी र ईन्सपेक्टर सावले पनि अवसर दिनुभयो उनले भनिन् हौसला बढेको छ र महिलाले पनि केहि गरेर देखाउन सक्छन् भन्ने लागेको छ ।
उनि थप्छीन महिला नै महिला भएको केन्द्रमा अनुशासन राम्रो छ र मर्यादित केन्द्र बनेको छ । केन्द्र अध्यक्ष, निरक्षक, सुरक्षाकर्मी र परिचर सहित कुल २० जना महिलाहरु त्यस केन्द्रमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिईन् ।
महेन्द्र उच्च मावि तम्घास, बुद्ध मा.वि अर्खले, उपल्लो तम्घास जनसहयोग मावि भुवनपानी अर्खले सहित ४ वटा विद्यालयका कुल २ सय ३७ जना विद्यर्थी रहेकोमा ७ जना अनउपस्थीत रहेको केन्द्र अध्यक्ष भण्डारीले बताईन् ।
गत वर्ष त्यस महिला नै महिला रहेको केन्द्रबाट परिक्षा दिने विद्ययार्थीहरु राम्रो अंक लिएर उतिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । त्यस परिक्षा केन्द्र मर्यादित संग सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले बताए । केन्द्र अध्यक्ष भण्डारी आफ्नो विद्यालयमा पनि एउटी दक्ष र मेहनती शिक्षिकाका रुपपा चिनिन्छीन् ।

साउदीमा नेपाली हजुरआमा अलपत्र

Published on: //

काठमाडौ, चैत्र ६ -
 'बाह्र छोरा १३ नाति बूढाको धोक्रो काँधै माथि' भन्ने उखानजस्तै भएको छ- साउदी अरबमा अलपत्र परेकी झविकला सार्कीलाई । सात छोराछोरी र पाँच नातिनातिनी भएकी झविकला यतिबेला घर फिर्ने दिन कुर्दै छिन् ।

गुल्मी, गौंडाकोट-७ घुम्टेकी ५० वषर्ीया झविकला ६ वर्षअघि घरेलु काम -हाउसमेड) का लागि साउदी गएकी थिइन् । बुटवल खैरेनीका गुरुप्रसाद भन्ने एजेन्टमार्फत मुम्बईको बाटो हुँदै उनी साउदी पुगेकी हुन् । अरबी साहुले २ वर्षे सम्झौता अवधि सकिएपछि पनि विभिन्न बहाना बनाएर फर्किन नदिएपछि ६ वर्ष बित्यो । र्फकन नपाएपछि उनका पछिल्ला दिन कष्टकर बने । एक आफन्तले दूतावासमा फोन गरेर जानकारी दिएपछि आइतबार साहुको घरबाट उनको उद्धार भएको हो ।

'आफन्तले फोन गरेपछि पत्ता लगाएर उद्धार गरी दूतावास ल्याएका छौं,' राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, 'अहिले प्रहरी प्रक्रियामा छ, साता/दस दिनभित्र देश र्फकन्छिन् ।' उनलाई जेद्धाबाट दूतावासले उद्धार गरेको थियो ।

घरमा बिरामी रहेका उनका पति भीमबहादुरले 'परिवारमा खान नपुगे पछि कमाउन जाँदा पत्नीले झन् समस्या भोग्नुपरेको' दुखेसो गरे । 'तपाइर्ं बिरामी हुनुहुन्छ, छोराछोरी हेर्नुस्, म पैसा कमाएर ल्याउँछु भनेर गएकी हुन्,' ५२ वर्षे भीमबहादुरले कान्तिपुरसँग भने, 'मलाई दुःख नहोस् भनेर गइन्, र्फकन नपाएर झन् ठूलो दुःख भयो ।' भारत दिल्लीको फरियावादमा एक कम्पनीमा ३ वर्ष काम गर्दागर्दै खुट्टा नाजुक हुने बिरामी भएपछि भीमबहादुर घर फर्केका थिए । घर धान्नकै लागि झविकला ३० हजार रुपैयाँ एजेन्टलाई बुझाएर साउदी पुगेकी थिइन् । भीमबहादुरका अनुसार पहिला गाउँबाट दुई युवती साउदी गएका थिए । त्यसको सिको गर्दै उनकी जेठी छोरी सपना पुगिन् । सपना गएको अर्को वर्ष छोरीलाई पठाउनेमार्फत उनी गएकी हुन् ।

झविकलाका चार छोरा, तीन छोरी, तीन नाति र दुई नातिना छन् । ती नातिनातिना २८ वषर्ीय जेठा छोरा, २४ वषर्ीय साइँलो छोरा र २२ वषर्ीया जेठी छोरीका हुन् । दुई वर्षमा फर्केकी जेठी छोरी सपना अहिले श्रीमान्सहित दिल्लीमा छिन् ।

रियादस्थित नेपाली दूतावासले जेद्धाबाट सडकमा आएर दिन कटाएकी अर्की एक महिला सिर्सीपुर-७, स्याङ्जाकी २६ वषर्ीया चन्द्रकला परिवारलाई पनि उद्धार गरेको छ । 'साहुको कुटपिट सहन नसकेर भागेर दुई दिन सडकको कन्टेनरमा रात बिताएकी रहिछन्,' राजदूत पाण्डेले भने, 'उनलाई देखेर नेपालीले खबर दिएपछि उद्धार गरेर ल्याएका छौं ।'

कान्तिपुर दैनिकबाट

चुनावका लागि एमाले र कांग्रेस गाउँगाउँमा

Published on: // ,

भरत पाण्डेय
गुल्मी, अन्तरिम चुनावी सरकार गठनसँगै देश चुनावी माहोलमा प्रवेश गरेको भन्दै गुल्मीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता भेटघाटमा गाउँ छिरेका छन्।

त्यसक्रममा कांग्रेस र एमालेले गाउँका कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम सञ्चालनसमेत शुरू गरेका छन्। चुनावका लागि खिलराज रेग्मी नेतृत्वमा सरकार गठन भएपछि चुनाव भएरै छाड्ने विश्वासमा आफूहरू कार्यकर्ता प्रशिक्षणमा लागेको पूर्व सांसद तथा कांग्रेस नेता रुद्रमणि शर्मा भण्डारीले बताए। कांग्रेसले गुल्मी क्षेत्र नं ३ को धुर्कोट रजस्थलबाट कार्यकर्ता प्रशिक्षण शुरू गरको हो। जिल्ला सचिव छन्दबहादुर पहराईलगायतले चुनावका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

चुनावका लागि गाउँ छिरेका कांग्रेस नेतासँग कार्यकर्ताहरूले नेताहरू गाउँमा कम मात्रै आउने भएकाले संगठन बिग्रिएको भन्दै गुनासो पोखे। त्यसै गरी अब तीव्र रूपमा संगठन निर्माण अभियानमा लाग्न नेताहरूलाई सुझाव समेत दिएको कांगे्रस धुर्कोट रजस्थलका गाउँ कार्य समितिका सभापति मुक्तबहादुर कार्कीले बताए।

यस्तै एमाले गुल्मीले जिल्लाको मुसिकोट गाउँबाट कार्यकर्ता भेटघाट शुरू गरेको छ। भेलामा चुनावका तयारीका लागि गाउँ कमिटीलाई थप क्रियाशील बनाउने र युवा संघ नेपालका वडा कमिटीहरू गठन गर्ने निर्णय गरेको मुसिकोट गाउँ कमिटी अध्यक्ष हरिबहादुर कुँवरले बताए।

िक्षाको गेटमा संकास्पद बस्तु, बुटवलबाट बम डिस्पोजल टोली आउँदै

Published on: //
पि.एम.मगर
गुल्मी, चैत्र ७ – जिल्ला शिक्षा कार्यलय गुल्मीको गेटमा बुधबार बिहानै एक संकास्पद बस्तु फेला परेको छ । एउटा कार्टुनमा प्याक गरेर वाहिर खतरा लेखी झुण्डाइएको अवस्थामा बम जस्तो संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । संकास्पद बस्तुलाई अहिले प्रहरी र नेपाली सेनाको टोलीले घेरावन्दी गरि सुरक्षा दिएको छ । बम हुन सक्ने आशंकामा उक्त वस्तुलाई डिस्पोजको लागि बुटवल स्थित नेपाली सेनाको बाहिनीवाट डिस्पोजल टोली तम्घास आउँदै गरेको गुरु गोरख गुल्म गुल्मीका प्रमुख दिलसुब्वा लिम्वुले जानकारी दिनुभएको छ । एसएलसी परिक्षा संचालन भईरहेको अवस्थामा परिक्षालाई प्रभावित पार्नका लागि उक्त वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ ।

सुत्केरी बेथाले छटपटिदै परिक्षा दिईन बसन्तले (अडियो कुराकानी सहित)

Published on: //

प्रेम सुनार
चैत्र ६, गुल्मी । मध्ये रातदेखि नै गुल्मी अमरपुरकी वसन्त चुँदाली अर्याललाई सुत्केरी बेथाले च्याँपेको थियो तर पाँचौ दिनको सामाजिक
बिषय परिक्षा दिन त्यो बेथा दवाएरै परिक्षा केन्द्र अर्जै उच्च माध्यामिक बिध्यालयमा पुगिन र परिक्षा दिन थालिन ।
झण्डै दुई घण्टा परिक्षा दिईरहेको बेला उनलाई थप च्याँपेपछि मेडिकल तर्फ लगियो । ओमप्रकास गौतम उच्च माध्यमिक विध्यालय अमरमुरबाट त्यस केन्द्रमा परिक्षा दिन आएकी अमरपुर ३ निवासी १७ वर्षिया बसन्त चुँदाली अर्यालको २ वर्षअघि १५ वर्षको उमेरमा कृष्णप्रसाद अर्यालसंग विवहा भएको थियो । ‘आजको सामाजिक विषय परिक्षा पुरा दिन सकिनन् जम्मा दुई घण्टा मात्रै दिईन र बेथाले च्याँपेपछि उनलाई लिएर माशिककोको जिम्मा लगाएको अबस्था छ ’ओमप्रकास माध्यामिक बिध्यालयका प्राचर्य बालकृष्ण गौतमले
भने ।
प्रसवा पिडाले छटपटिएकी बसन्त बच्चा पाए पनि भोली परिक्षा दिने बताउछिन् । आज साँझसम्म उनले बच्चा जन्माउन सकेकी छैनन् । उनकी जेठानी दिदी शारदा भटराई अर्यालले भनिन ‘अहिले बेथाले अलि चाँपेको छ।’
अर्घखाँचीको धनचौर ३ , पाकु माईती भएकी बसन्तका श्रीमान यतिबेला बैदेशिक रोजगारका लागि कतारमा छन् । ‘८÷९ महिना अघि मात्र घर आएर जानु भएको हो ’बसन्तले भनिन् । ’उनले दुई घण्टा लेखेको सामजिक विषय परिक्षामा पास भए भईन नत्र उनलाई थप समय दिने प्रवधान छैन ’जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने ‘उनले लेख्न सके भोलीदेखि अन्य विषय दिने कुरा भयो तर सामाजिक विषय अव अर्को वर्ष मात्रै । ’
अझै पनि ग्रामिण भेगमा बाल बिबाह गरिने र किशोरी स्वयम पनि मायाँ प्रेमको चक्करमा लागेर ८÷९ कक्षा पढ््दा पढ्दै आफै बिबहा गरेर जाने भएका कारण एसएलसी परिक्षा दिनेबेला यस्तै यस्तै अफ्ठ्यारोमा पर्ने गरेका छन् । यसर्थ एस.एल.सी. पास नगरे सम्म बिबहा नगर्ने , नगराउने कुरामा सबैले अठोट लिए कसो होला ?

गाउँमा चितुवाको विगविगी

Published on: // ,

पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको दर्लामचौरमा चितुवाको विगविगी वढेपछि स्थानीयवासी त्रसित वनेका छन् । दर्लामचौर गाविस वार्ड नं. ६ कुस्पोखरी लगायतका विभिन्न क्षेत्रमा विगत केही समय अघिदेखि चितुवा दैनिक जसो गाउँमा प्रवेश गर्ने र पशु चौपायाँमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित वनेका हुन् । चितुवाले स्थानीय चिरञ्जीवि खत्रीको गोठमा वाँधिएका गाईहरु माथि लगातार तीन दिनसम्म आक्रमण गरी मारेको र रातभरी गाउँमा प्रवेश गरी कराउने र अन्य व्याक्तिका पशु चौँपायाँमाथि पनि आक्रमण गर्न थालेपछि उनीहरु त्रसित वनेका हुन् । अहिले गाउँमा प्रवेश गर्ने उक्त चितुवा धपाउन स्थानीयले समुहमा रात्री गस्ती समेत गर्न थालेका छन् । गाउँलेले स्थानीय सुदीप नेपालीको अध्यक्षतामा युवाहरुको एक समुह वनाई गस्ती शुरु गरिएको श्रीप्रसाद घिमिरेले वताउनुभयो ।

एक युवा दुई हप्तादेखि वेपत्ता

Published on: // ,

पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको सिर्सेनी एक युवा विगत दुई हप्तादेखि वेपत्ता भएका छन् । सिर्सेनी गाविस वार्ड नं. ७ भुजुङ्गे निवासी मैतवहादुर विश्वकर्माका २२ वर्षीय छोरा वसन्तवहादुर गत फागुन १९ गतेदेखि हराएका छन् । सिमलटारी वजारवाट घर जान्छु भनी हिँडेका वसन्त अहिलेसम्म घरमा नफर्किएको र आफन्त तथा छरछिमेकमा खोज्दा समेत नभेटिएपछि उनको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । साथै उनीहरुले वसन्तको खोजीका लागि प्रहरीमा पनि निवेदन समेत दिएका छन । परिवारजन तथा आफन्तजनले जताततै खोज्दा पनि उनी नभेटिएपछि निक्कै चिन्तित वनेका छन् ।

परीक्षामा २ विद्यार्थी निष्काशित

Published on: // ,

पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  एसएलसी परीक्षाको चौथो दिन सोमबार बिज्ञान बिषयको परीक्षामा गुल्मी जिल्ला बाट २ जना परीक्षार्थी निष्कासीत भएका छन । परीक्षामा अमर्यादित कार्य गरेको भन्दै श्रृंगा जनता उच्च मावि केन्द्रबाट १ जना र जिवनोद्धार उच्च माध्यमिक विद्यालय, पुर्तिघाट केन्द्रबाट १ जना गरी २ जना परीक्षार्थी निष्कासीत भएका हुन । गुल्मी जिल्लामा यस वर्ष ६ हजार ८ सय ८५ जना परीक्षार्थीहरु एसएलसी परिक्षामा सहभागी छन् ।

जीपले च्यापिएर एक जनाको घटना स्थलमै मृत्यु, ३ घाईते


पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको वामीमा रोकी राखेको जीप एक्कासी गुडेर च्याँप्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना व्याक्ति घाईते भएका छन् ।
वामी गाविस वार्ड नं. ८ मालारानीमा वाटोमा रोकिराखेको जीप एक्कासी गुडेर श्रृद्धाञ्जली कार्यक्रम भईरहेको स्थलमा खसेर च्याँप्दा सामुदायिक विद्युतीकरण वामीका अध्यक्ष टेकवहादुर रायमाझीको घटनास्थलमै मृत्यु भएको छ । जिपले च्याँपिएर मानव अधिकारका लागि महिला, एकल महिला समुह वामीकी अध्यक्ष भगवती कक्षपति, नेकपा एमाले वामी गाउँ कमिटीका सचिव कृष्ण काफ्ले र नेपाल मगर संघ वामीका अध्यक्ष टेकवहादुर श्रीस मगर घाईते हुनुभएको छ ।
घाईतेहरुको अहिले वामी स्थित वामी हेल्थ पोष्टमा उपचारका लागि वाटोमै लगिदै गरिएको स्थानीयले वताएका छन् । नेकपा एमाले वामी गाउँ कमिटीका सल्लाहकार सदस्य हर्क बहादुर घर्ति मगरकी श्रीमति स्वर्गीय देउमाया काला मगरको नवौँ दिनको पुण्य तीथिको अवसरमा आयोजित श्रृद्धाञ्जली सभामा सहभागी हुन लु १ च ४१६६ नम्वरको सदरमुकाम तमघासवाट पार्टीका जिल्ला सचिव सोमनाथ सापकोटा सहितका नेता तथा कार्यकर्ताहरुलाई लिएर वामीको मालारानी गएको थियो । घरमाथि वाटोमा रोकिराखेको जीप एक्कासी गुडेर वाटोदेखि करिव १५ मिटर तल श्रृद्धाञ्जली सभा भईरहेको स्थल घरकै आगनमै खसेर उनीहरुलाई च्याँपेको लोकप्रसाद छन्त्यालले वताउनुभयो ।  

गुल्मीमा निर्वाचनको माहोल बन्दै

Published on: //

गुल्मी चैत्र ३ गते । संविधान सभाको दोस्रो निर्वाचनको लागी सरकार गठन भएसँगै देशैभर चुनावी महोल सुरु भएको छ । दलहरु चुनावको प्रचारप्रचारमा लाग्न थालेका छन् भने निर्वाचन गराउने निकाय निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा लागेको छ । गतवर्षदेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन गरेको कार्यालयले अहिले फेरी देशैभर मतदाता नामावली अद्यावधिक शुरु गर्दै छ ।
यसैविच गुल्मीमा मतदाता नामावली अध्यावधिक चैत ७ गतेदेखि शुरु हुने भएको छ । चरणवद्ध रुपमा सञ्चालन हुने मतदाता नामावली अध्यावधिकमा नामावली संकलन, भुलसुधार, दोहोरो दर्ता खारेजी लगायतका कार्य गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसका लागी गाविस सविच र १४ जना नाम दर्ताको लागी अन्य कर्मचारी खटाईने जिल्ला निर्वाचन अधिकारी डिल्लीराज वेल्वासेले जानकारी दिनुभयो ।
वैशाखको पहिलो सातासम्म सञ्चालन हुने अद्यावधिकको क्रममा मतदाता नामावलीमा आफ्नो नाम ठिकसँग दर्ता भए÷नभएको जानकारी लिन उहाँले सवैलाई आग्रह गर्नुभएको छ । २ लाख ८० हजार १६६ जनसंख्या रहेको गुल्मीमा अहिलेसम्म १ लाख ३१ हजार ८०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यसैविच जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा सहयोग गर्न सवैलाई आग्रह गरेको छ । कार्यलयको एक्लो प्रयासले मात्रै मतदाता नामावली संकलन सम्भव नभएको भन्दै कार्यालयले सहयोग गर्न सवैलाई आग्रह गरेको हो ।
-गोरखापत्र अन्लाईनबाट

बालबोधको वार्षिकोत्सब सम्पन्न

Published on: // ,

तेजेन्द्र थापा
श्री बालबोध निम्न माध्यमिक बिद्यालय हर्राचौर ४ झारखर्कको ५४ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भानुभक्त सुबेदीको अध्यक्षता तथा बिजुला थापा स्मृति पुरस्कारका सँस्थापक तेजेन्द्र थापाको प्रमुख आतिथ्यता र गौरी बलाल स्मृति पुरस्कारका सँस्थापक भानुभक्त बलालको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बिद्यालयका अन्तर्सदनात्मक प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, अभिभावक खेल र स्मृति पुरस्कार वितरण गरिएको थियो । २०६८ सालको बार्षिक परिक्षामा सबै भन्दा बढी अंक ल्याई बिद्यालय प्रथम हुने कृष्ण खत्री, दोश्रो हुने संगीता कुँवर र तेश्रो हुने सपना रेश्मीले २०६८ सालको बिजुला थापा स्मृति पुरस्कार प्राप्त गर्न सफल भएका छन् सो पुरस्कार र प्रमाण- पत्र  बिजुला थापा स्मृति पुरस्कारका सँस्थापक तेजेन्द्र थापा र बिर बहादुर थापाले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । उनिहरुलाई जनही रु. १५००/- रु. १०००/- र रु. ५००/- नगद पुरस्कारका साथै प्रमाण पत्र प्रदान गरियो । साथै गौरी बलाल स्मृति पुरस्कार बिद्यालयमा अध्ययनरत जनजातिबाट सबै भन्दा बढी अंक ल्याउने सपना रेशमी, दलितबाट सबै भन्दा बढी अंक ल्याउने मन बहादुर बिक र अनुशासनमा पहिला हुने रचना सुबेदीले प्राप्त गर्न सफल भएका छन् । सो पुरस्कार पुरस्कारका सँस्थापक भानुभक्त बलालले प्रदान गर्नु भएको थियो ।

चिट चोर्ने प्रशिक्षार्थी र मौका दिने निरक्षक दुबै निस्काशित

Published on: // ,

प्रेम सुनार
गुल्मी, चैत्र ४ । एसएलसी परिक्षाको आज तेश्रो दिन गुल्मीको पुर्कोट दह परिक्षा केन्द्रमा चिट चोर्ने एक जना प्रशिक्षार्थी र चोर्न मौका दिने निरक्षक निस्काशित भएका छन् ।
सो केन्द्रमा एक्जाम्टेड तर्फ गणीत विषयको परिक्षा दिई रहेकी प्रशिक्षार्थी रेखा पन्थी र निरक्षक रमेशचन्द्र कुँवरलाई निस्काशन गरिएको पुर्कोट दह परिक्षा केन्द्रका केन्द्र अध्यक्ष कृष्ण मरासिनीले बताए । ‘अनुगमन टोलीले दुबैलाई निस्काशन गरेको हो’ उनले भने ‘टोली आएको बेला प्रशिक्षार्थी रेखा पन्थीले चिट चोरेको र निरक्षक बाहिर डुलेर चिट चोर्न मौका दिएको भन्दै दुबैलाई निस्कशन गरियो ।’
स्थानियबासी समेत रहेका निरिक्षक रमेशचन्द्र कुँवर जनक निमावि पुर्कोट दहका शिक्षक रहेको उनले बतए । यता जिल्ला शिक्षा कार्यालयका उपसचिव भोजबहादुर कुँवरले निस्काशनको जानकारी केन्द्र अध्यक्षबाट आएको बताए । नेपाल शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी, दिवाकर ज्ञवाली, नारायण पाण्डे, ऋषिराम पाण्डे लगायतको अनुगमन टोलीले उनिहरुलाई पक्राउ गरी निश्काशन गरेको थियो । जिल्लाबाट यसपालीको परिक्षामा यसरी निश्काशन भएको यो पहिलो हो ।

बैंकहरु सानो पुँजीले नाङ्लो पसले जस्तो भए ः गर्भनर

Published on: // ,

जनार्दन घिमिरे

गुल्मी, ४ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर युवाराज खतिवडाले अरु को आम्दानी खाने र खोस्ने प्रणालीको अन्त्यका लागि नेपाल राष्ट्र वैंकले घर जग्गा व्यवसायमा शुरुको अवस्थामा अली कठोर निती अवलम्वन गर्न वाध्य वनेको वताउनु भएको छ । आईतवार साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको एकिकृत कारोवारको समुद्घाटन गर्दै उहाँले उक्त कुरा वताउनु भएको हो ।
उहाँले मुलुकको कृषि योग्य जमीन, वातावरण र मुलुकको वित्तीय प्रणाली लगायत आर्थिक सामाजिक संरचनालाई जोगाउनु पर्छ भन्ने मान्यता अनुरुप आफुहरु अली कठोर भएको उल्लेख गर्नु भयो । त्यस्ता दलालै दलालहरुले मुलुकको अर्थनितीलाई समेत प्रत्युत्पादक वनाउन सक्ने र सामाजिक संरचना समेत ध्वस्त पार्न सक्ने खतरालाई देखेर आफुले ठूलो जोखिम मोलेर त्यसलाई रोकेको दावी गर्नु भयो । उहाँले कृषि क्षेत्रमा लगानि वढाएपछिमात्र कृषि योग्य जमिनलाई सुरक्षीत गर्न सकिने भन्दै त्यसको लागि सरकारले भूउपयोग निती ल्याउन लागेको समेत स्पष्ट पार्नु भएको थियो । बैंकहरुको स्थापना हुँदा संख्यात्मक रुपमा त वृद्धि भयो तर गुणात्मक विस्तार हुन नसक्दा सानो पुँजीले नाङ्लो पसले जस्तो धेरै भएको टिप्पणी समेत गर्नु भयो । पुँजी ठूलो नभई ठूलो व्यवसाय गर्न नसकिने भएको कारण यो मर्जर नितीले वैंकहरु एकआपसमा गाभिएपछि वैंकहरुमा पनि उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
शाईन डेभलपमेण्ट बैंक लिमिटेड र रेसुङ्ग विकास बैंक लिमिटेडले आजवाट विधिवत रुपमा एकिकृत कारोवार गर्नेगरि एक आपसमा गाभिएर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड वनेको हो । साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको हाल अधिकृत पूँजी रु ६४ करोड र जारी पूँजी रु ३१ करोड ९८ लाख ६३ हजार ६ सय रहेको छ । त्यसैगरि उक्त बैंकको चुक्ता पुँजी पनि रु ३१ करोड ९८ लाख ६३ हजार ६ सय रहेको छ । उक्त बैंकका संस्थापक शेयरधनी ६२.६८ प्रतिशत र सर्वसाधारण शेयर धनी ३७.३२ प्रतिशत रहेका छन् ।
लुम्विनि अञ्चलमै पहिलो पटक यी दुवै बैंकहरु यसरी एकआपसमा गाभिएका हुन् । रेसुङ्गा विकास वैंकले २०६४ असोज महिनामा गुल्मीको सदरमुकाम तम्घासमा मुख्य कार्यालय स्थापनागरि वित्तिय कारोवार संचालन गरेको थियो भने शाईन डेभलपमेण्ट बैंकले पनि २०६५ फागुनमा रुपन्देहीको बुटलमा केन्द्रिय कार्यालय स्थापनागरि वित्तिय कारोवार संचालन गरेको थियो ।




रिडी घाटमा किरियापुत्री भवन बन्ने

Published on: // ,

रुरु नेटवर्क
रिडी, चैत्र ४ । रिडीको लामो चौपारीमा १५ लाख रुपैयाको लागतमा किरीयापुत्री भवन बन्ने भएको छ । नेपाल सरकार सँस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा निर्माण गर्न लागिएको भवन सँस्कृत तथा साधारण माबीको लामो चौपारीमा रहेको खाली जमिनमा निर्माण गरिन लागेको हो । उक्त भवनको निर्माण सम्पन पश्चात बिद्यालयको रेखादेखमा रहने तथा त्यसबाट प्राप्त हुने सम्पूर्ण आम्दानी पनि विद्यालयले लिने गरी हस्तान्तरण गरिने भएको छ । त्यसैगरी भवन निर्माणका लागि गुरु प्रसाद ज्ञवलीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिती पनि गठन गरीएको छ । समितीको उपाध्यक्षमा जीवन कुमार कसजू रहनु भएको छ भने सचिबमा तारा चन्द्र भट्टराई रहनु भएको छ ।

शौचालय नबनाउनेको लाइन काटियो


बाग्लुङ, चैत ४ (नागरिक)- चर्पी बनाउन आग्रह गर्दा आलटाल गरेका बोहोरागाउँ-६ का प्रेमबहादुर विकको बल्ल चेत खुलेको छ। लामो समय अटेर गरेपछि स्थानीय अगुवाले बिजुलीको लाइन काटिदिएपछि उनले शौचालय बनाएका छन्।
बेलैमा शौचालय नबनाएकोमा उनलाई अहिले पछुतो लागेको छ। 'शौचालय बनाएपछि धेरै किसिमका रोगव्याधिबाट बचिँदो रहेछ,' विकले भने, 'सबैले चर्पी बनाउनुपर्छभन्दा पहिले आलटाल गरेँ, बिजुलीको लाइन काटिएपछि नबनाइकन सुखै भएन।' आफूलाई शौचालय बनाउन दबाब दिन स्थानीय युवाले लाइन काटिदिएकामा उनी खुसी छन्। 'आँखा खुलेपछि मेहनत गरेर शौचालय बनाएको छु,' उनले भने।
गाविसमा स्वास्थ्य तथा सरसफाइलाई व्यवस्थित गरी सरुवा रोग न्युनीकरण गर्न चर्पी निर्माण अभियान चलाए पनि केहीले अटेर गरेपछि स्थानीयले लाइन काटेर दबाब दिएका थिए। चर्पी निर्माणमा अटेर गर्ने १८ घरधुरीमा लाइन काटेपछि स्थानीयले आफ्नै खर्चमा शौचालय बनाए। सामाजिक अगुवाले दिएको दबाब सकारात्मक रहेछ भन्ने अहिले अनुभूति उनीहरूले गरेका छन्। लाइन काटेपछि शौचालय बनाएका बोहोरागाउँ-१ का दलबहादुर घर्तीले आफूलाई सबैले सकारात्मक सुझाव दिएको बताए। 'हाम्रै सजिलोका लागि पाइखाना (चर्पी) बनाउन भनेका रहेछन्,' घर्तीले भने, 'राति खोलामा जाँदा कता के हुन्छ भनेर डराउनुपर्थ्यो, अहिले हाइसन्चो भएको छ।'
चेतना अभावले शौचालय बनाउन आनाकानी गर्नेलाई विभिन्न माध्यमबाट दबाब सिर्जना गरेपछि स्थानीयले धमाधम पक्की शौचालय बनाएका छन्। बोहोरागाउँ गाविसका १ हजार २ सय ९४ घरधुरीमा १ हजार १ सय ३२ घरधुरीमा पक्की शौचालय बनाएको गाविस सचिव पहलमान थापाले बताए। 'सुरुका दिनमा चर्पीको महŒव बुझाउन निकै कठिन भयो,' सचिब थापाले भने, 'लाइन काट्ने, सिफारिस रोक्ने, सामाजिक सुरक्षाभत्ता समेत नदिने भनेपछि सबैले बनाए।' सबै घरधुरीले शौचालय बनाएपछि उक्त गाविसलाई खुला दिसामुक्त घोषणा गरेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए। 'पहिले अनुदान माग्नेहरु अहिले आफैं खर्च गरेर शौचालय बनाउन अघि सरे,' पौडेलले भने, 'स्थानीयले चर्पी बनाउन करिब २ करोड २६ खर्च गरेका छन्। हरेकले करिब २० हजार खर्च गरेर पक्की शौचालय बनाएका हुन्।'
गाविसका सबै घरमा शौचालय बनाएपछि बाजागाजा र नाचगान गरेर गाउँलेले खुसीयाली मनाए। काठले बारेर खरले घर छाउनेले समेत पक्की शौचालय बनाएका छन्। स्थानीय मानसिंह गिरीको कच्ची घर भए पनि शौचालय भने पक्की छ। 'खुला ठाउँमा दिसापिसाब गर्दा रोगव्याधि लाग्दो रैछ,' उनले भने। सबैले शौचालय निर्माण गरेपछि अब झाडापखला लगायतका समस्या कम हुने स्वास्थ्य संस्थाका प्रमुख टोपबहादुर चनले बताए। ' खुला ठाउँमा दिसापिसाब गर्दा सरुवा रोगको प्रकोप थियो,' उनले भने, 'अब स्थानीयको स्वास्थ्यमा धेरै सुधार आउनेछ।'
अहिले बाग्लुङ जिल्लाभर शौचालय बनाउने अभियान चलेको जिविसका वास सल्लाहकार सूर्य थापाले बताए। 'जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको छ,' थापाले भने, '४५ गाविसका सबै घरधुरीले चर्पी बनाइसकेका छन्।'
नागरिक दैनिकबाट

दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते


घनश्याम गौतम
गुल्मी, चैत्र ३ - गुल्मीको बलेटक्सारबाट दरबार देविस्थान तर्फ जाँदै गरेको मोटरसाईकल दरबार देविस्थान-१ घुम्टीमा आज केही बेर अघि दुर्घटनामा हुँदा ६२ वषिर्या बृद्धाको मृत्यु भएको छ ।

लु. १० प. ११५० नम्बरको मोटरसाईकल दुर्घटनामा बलेटक्सार-६ की दमन्ता ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट झण्डै २५ मिटर तल खसेको मोटरसाईकलका चालक ज्ञवालीकै छोरा माधव ज्ञवाली गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।

यातायात मजदुर संघका सदस्य गुल्मीका केसी

Published on: // ,

प्रेम सुनार
गुल्मी, फागुन ३ । नेपाल यातयात मजदुर संघको ५ औं अधिबेशनबाट गुल्मीका राम के.सी. लुम्विनी अञ्चलबाट केन्द्रिय सदस्य चयन भएका छन् । गुल्मीको मुसिकोट घर भई हाल हस्तीचौर १ उपल्लो फाँट बसो बास गर्ने के.सी. शनिबार सुनसरीको ईटहरीमा सम्पन्न अधिबेशनवाट केन्द्रिय सदस्यमा चयन भएका हुन् । अधिवेसनसले विराटनगरका अजय कुमार राईको अध्यक्षतामा ४० सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा वुटवलका दिर्गवहादुर केसी(कुमार), महिला उपाध्यक्षमा सत्यदेवि तिमल्सिना, झापाका वुद्ध तिवारी, सुर्खेतका गोपाल गिरी र पाल्पाका चन्द्र ढकाल पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महासविचमा झापाका धर्मराज भण्डारी, उपमहासविचहरुमा काभ्रेका नुनराज पन्त र कमलकुमार राई, कोषाध्यक्ष सुमन लामा, सहकोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतका सदस्य रहेको केन्द्रिय सदस्य रामु केसीले जानकारी दिनभयो ।
अधिवेसनले यातायात व्यवासयलाई मर्यादित वनाउँदै सामाजिक सुरक्षालाई लागु गर्ने लगायतका निर्णयहरु गरिएको नवनिर्वाचित अध्यक्ष अजयकुमार राईले वताउनुभयो । नेपाली कांग्रेस निकट रहेको यातायात मजदुर संघले संविधानसभाको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरलाई विजय वनाउन लागी पर्ने निर्णय समेत गर्रिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

मतदाता शिक्षामा ‘कटुवाल ’

Published on: // ,

विष्णु पौडेल
गुल्मी, ३ चैत । आमसञ्चारमाध्ययमको आगमनपछि फुर्सदिला बनेका कटुवालहरू पुनः व्यस्त हुने भएका छन् । कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम बनेका ‘कटुवाल’लाई मतदाता शिक्षाका लागि खटाइने भएपछि पुनः व्यस्त हुने भएका हुन् । सन्देशबाहकको रूपमा लिइने कटुवालको अस्तित्व संकटमा पर्न थालेका बेला गुल्मीबाट यसरी कटुवाललाई मतदाता शिक्षामा परिचालन गर्न लागिएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको छ । चैत पहिलो साताबाट सुरु हुने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्तासँगै कटुवाल पनि खटाइने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाताहरूलाई शिक्षित बनाउन पत्रपत्रिका, एफएम रेडियोलगायतका सञ्चारमाध्यमबाट विभिन्न सामग्री प्रकाशन-प्रसारण गरिए पनि ग्रामीण क्षेत्रमा सूचना प्रवाहमा कटुवाल नै उपयुक्त हुने भएकाले उनीहरूलाई परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी डिल्लीराज बेल्वासेले बताए । ‘गुल्मीका अधिकांश ग्रामीण क्षेत्रमा सूचना फैलाउने राम्रो माध्यम कटुवाल रहेछन्,’ बेल्वासेले भने, ‘पत्रपत्रिका तथा रेडियोको पहुँच नपुग्ने ठाउँमा कुटवालले राम्रोसँग सूचना पु¥याउन सक्ने लागेर कटुवाललाई परिचान गर्न लागेका हौं ।’ मतदान अधिकारको महŒव सर्वसाधारणलाई बुझाई मतदान अधिकार सुनिश्चितता गर्न कटुवालहरूले भूमिका खेल्नेछन् ।

२०६४ सालमा संविधानसभा निर्वाचन भए पनि संविधान बन्न नसक्दा मतदाताहरू निरास भएका छन् । दोस्रो पटक हुने संविधानसभाको निर्वाचनले पनि संविधान बनाउने सुनिश्चित नभएको भन्दै कतिपय मतदाताहरू निर्वाचनमा सहभागी नहुने बताउँछन् । यस्तो निरासपूर्ण अवस्थामा रहेका मतदातालाई विभिन्न प्रकारका उत्प्रेरणाजन्य क्रियाकलाप सञ्चालन गरी मतअधिकार प्रयोग गर्न आग्रह गरिने बेल्वासेले बताए । उनले यसरी निरास बनेका मतदातालाई टोल–टोलमै पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए । त्यसका लागि निर्वाचन कार्यालयले प्रत्येक गाविसमा एकजना निर्वाचन शिक्षा कार्यकर्ताको व्यवस्था गरेको छ । निर्वाचन शिक्षकको एक्लो प्रयासले मात्रै मतदातालाई शिक्षित बनाउन सम्भव नभएकाले यसमा सबैले सहयोग गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

शाइन र रेसुङ्गा गाभिएर ‘शाइन रेसुङ्गा विकास बैंक’ बने

Published on: //

३ चैत, गुल्मी । बुटवल रुपन्देहीको शाइन विकास बैंक र तम्घास गुल्मीको रेसुङ्गा विकास बैंकवीच मर्ज भएको छ । मर्जपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडमा परिवर्तन भएको छ । यी दुवै बैंकले संयुक्त कारोवार समेत सुरु गरेका छन् । मर्जपछि बैंकको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुगेको छ ।
मर्ज अघि शाइनको चुक्ता पुँजी २३ करोड ४० लाख रुपैयाँ थियो भने रेसुङ्गाको चुक्ता पुँजी सात करोड ३८ लाख रुपैयाँ थियो । मर्ज अघि शाइनको प्रतिकित्ता २९७ रुपैयाँमा कारोवार भएको थियो भने रेसुङ्गको सेयर प्रतिकित्ता १२६ रुपैयाँमा कारोवार भएको थियो । मर्ज प्रक्रियामा गएपछि दुवै कम्पनीको सेयर कारोवार  असोजदेखि रोकिएको छ । मर्जपछि बैंकको प्रधान कार्यालय भने तम्घास गुल्मीमा रहनेछ ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग