लिबियामा आन्दोलन चर्कंदै जाँदा त्यहाँका नेपाली कामदार खान नपाउने स्थितिमा पुगेका छन् । राजधानी त्रिपोली, मुख्य सहरहरू बेंघाजी, घाट र सिर्डबाट सम्पर्कमा आएका कामदारका अनुसार खानेकुरा र पानी अभाव हुँदै गएको छ ।
सिद्धबाबा उच्च माबी, तम्घासले मनाइरहेको रजत जयन्तिको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै स्कुले विद्यार्थीहरु । फोटो: कृष्ण पाण्डे
बिजुलीको अभाव टार्न यहाँको बिकट वाग्ला गाविसका बासिन्दाले एकै गाउँमा रहेका ७ खोलाको उपयोग गरी ८ वटा लघु जलविद्युत संचालन गरेर २४ सै घण्टा पुरै गाउँ झिलिमिली बनाएका छन् ।
उदयपुर सिद्धिपुर ४ वाइतुङका एक युवक डेढ वर्षदेखि सुँगुरजस्तै खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका ३६ वर्षीय जमानसिंह अधिकारीलाई उपचार गर्न लैजान नसकेर परिवारका सदस्यले थुनेका हुन् । घरबाट ३ सय मिटर पर बनाइएको खोरमा उनलाई राखिएको छ ।
आफ्नै घरमा सवारी साधन आउने सपनामा समेत नदेखेका गुल्मीको विकट गाविस हाडहाडे सोमरभोमरको मगर बस्तीमा आज बस पुगेपछि त्यँहाका मगर समुदायले धुमधामका साथ नाचगान गरेर रमाईलो गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको आठौं जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । अधिवेशनले पुरानै अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा निर्विरोध १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जनार्दन घिमिरे
के तपाईं नमस्ते मोबाइलको रिचार्ज कार्ड किन्दा किन्दा हैरान बन्नु भएको छ ? हो, तपाईं मात्र हैन अहिले नेपालमा लाखौँ टेलिकमका ग्राहकहरु रिचार्ज कार्डमामा थुप्रै रकम खर्च गरिरहनु भएको छ, तर रिडी बसपार्क स्थित घर भएका बिकल पौडेलले टेलिकमको रिचार्ज कार्ड बिना नै स्क्रयाच रिचाज गरेर सबैलाइ आश्र्चर्यमा परेका छन ।
ग्रामिण उत्पीडीत समुदाय उत्थान केन्द्र गुल्मीको आयोजना तथा जिल्ला विकास समिती र जिल्ला उर्जा तथा वाताबरण शाखा गुल्मीको आर्थित र प्राबिधीक सहयोगमा पुर्कोटदह गाविसमा हाउस वायरिङ्ग तालिम आजबाट शुरु भएको छ ।
३८ वर्षसम्म मरिसक्यो भनेको मानिस एक्कासि देखा पर्दा जोकोहीले औंलो टोक्न सक्छन् । आफ्नो नाममा सालिक, विद्यालय र प्रतिष्ठानहरू बनेको थाहा पाउनेलाई झन् कस्तो अनुभूति होला ?
तपाईं अमेरिका पुग्नुभयो भने भ्रमण छोट्याएरै फर्कने अवस्था कति बेला आउँछ ? श्रीमती, छोराछोरी वा बाबुआमाले बोलाएमा, बिरामी भएमा वा अन्य कुनै आकस्मिक घटना भएमा ?
नेपाल बिद्युत प्राधिकरण शाखा गुल्मीले प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा ११ सदस्य बिद्युत चुहावट नियन्त्रण तथा अनुगमन समिती गठन गरेको छ ।
शुक्रबार र शनिबार सम्पन्न भएको गुल्मी जिप ब्यवसायी समितीको चौथो अधिबेशनबाट नव निर्वाचित पदाधिकारी तथा कार्य समितिहरुको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासघं गुल्मीको तेश्रो जिल्ला अधिवेशनबाट प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सघंको संयुत्त प्यानल बिजयी भएकोमा क्रान्तिकारी पत्रकार सघं र प्रेस चौतारी नेपालले एक संयुत्त प्रेस बिज्ञप्ती निकालेर बधाई तथा शुभकामना ब्यक्त गरेका छन ।
गुल्मीको ह्वाङ्दी गाँउ बिकास समितिमा आज आगलागी भएको छ । ह्वाङ्दी गाउ बिकास समिति वडा नम्बर दुई निबासी भिम बहादुर थापाको घरगोठमा आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ ।
गुल्मीको जुनियाँ गाविसमा वार्ड नं.९ मा विश्व कल्याण राष्ट्र शान्ति पितृ उद्धार श्रीमद भागवत महापुराण सप्ताह विराट ज्ञान महायज्ञ सोमबारदेखी शुरु भएको छ ।
भुवन विश्वविद्यालय समाजशास्त्र एवं मानवशास्त्र केन्द्रीय विभागका प्रमुख प्रध्यापक डा. ओम गुरुङले प्रत्येक जाति जनजातिहरुको संस्कृति तथा पहिचानको संरक्षण गर्ने जिम्मा राज्यको रहेको वताउनुभएको छ ।
संयुक्त अरब ईमिरेट्स स्थित आबुधाबी-नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रिय समितिमा जिम्मेवारी फेरबदल गरिएको छ। समितीका पूर्व सभापति पूर्णचन्द्र डुम्रेको कार्य ब्यस्तताका कारण समितिका कामहरु गर्न को लागि अलिक असजिलो भएको भन्दै उहाँको सहमतीमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्यहरुको एक भेलाले अबुधाबी क्षेत्रिय समितिमा फेरबदल गरेको हो ।
नेपाल मगर संघ इलाका नं. ७ को दोस्रो इलाका अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले मेघवहादुर डम्मरपालको अध्यक्षतामा ४ जना सदस्य मनोनयन गर्ने गरी ११ सदस्यीय इलाका समिति चयन गरेको छ ।
नेपाल प्रेस युनियन गुल्मीको जिल्ला अधिवेशन आज शनिबार हुँदैछ । अधिवेशनको संपुर्ण तैयारी पुरा भएको नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरले जानकारी दिनुभएको छ ।
महिला विकास कार्यालय गूल्मीमा आज एक नवजात शिशुको न्वारन गरिएको छ । जेठाजुको छोरा भतिज पर्नेले अवैध करणी गरेपछि रहन गएको गर्भ परिवारजनबाट अस्वीकार भएपछि शुक्रबार बिहान गुल्मी वलेटक्सार गाविस स्थित एक महिलाले आफ्नो नवजात शिशुको न्वारन महिला विकास कार्यालय गुल्मीमा गर्नु परेको हो ।
(फोटोहरु ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला)
न्याय देउ: नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा पुर्व सचिव फणिन्द्र भण्डारीको ‘रहस्यमय मृत्यु’ भएको १३ औं दिन हुँदासम्म सरकारले सत्य तथ्य सार्वजनिक नगरेको पीडा पोख्दै भावविह्वल श्रीमती धना भण्डारी । तस्बिर: पि एम मगर
‘मेरो श्रीमान् मरेको छ, मसंग न सम्पत्ति छ, न घरबास छ, न मेरो श्रीमानको मृत्युको कारण नै खुलेको छ, म अन्यायमा परेकी छु, न्यायका लागि सहयोग गर्नुस ।’ १३ दिन अघि रहस्यमय मृत्यु भएका फणिन्द्र भण्डारीको श्रद्धाञ्जली सभामा श्रीमति धना भण्डारीले गुनासो व्यक्त गर्दा उपस्थित सयौंका आँखाबाट आँशु झरे ।
कांग्रेस नेता फणिन्द्र भण्डारीको परिवारले उनको स्मृतिमा ‘फणिन्द्र स्मृति प्रतिष्ठान’ गठन गरेको छ । प्रतिष्ठानको कोषमा शुरुमा ५ लाख मुल्यको अक्षयकोषको स्थापना गरिदिएको नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं फणिन्द्रका दाजु चन्द्र भण्डारीले जानकारी दिए ।
नेकपा एमालेका पोलिटिब्यूरो सदस्य, पुर्व पर्यटन मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सभाषद प्रदिप ज्ञवालीले अहिलेको सरकार वहुमतीय भएपनि अन्तिम समयसम्म सहमतिका लागि आफ्नो पार्टीले पहल गरिरहने वताउनुभएको छ ।
कृषि विकास कार्यालयले तराईका केही जिल्लामा गरेको परिक्षण पछि पहाडी जिल्लामा पनि परिक्षण शुरू गरेको हो । हरेवाका दुई दर्जन बढी घरमा यसै वर्ष शुरू गरिएको बेमौसमी प्याजको उत्पादन राम्रो देखिएको कार्यालयले जनाएको छ ।
भनिन्छ, विवाह नयाँ जीवनको शुरुवात हो, तर ३० वर्षिय राजेश पन्थी र २८ वर्षिया निर्मला पौडेलका लागी विवाह जीवनको शुरुवात नभई अन्त्य बन्यो । आइतबार बेलुका भएको त्रासद सडक दुर्घटनामा नवविवाहित जोडीको जीवननै अन्त्य भयो।
देशमा फेरी पनि युद्ध चर्किन सक्ने सम्भावना भएकोले माओवादीले सरकार गठनमा एमालेलाई समर्थन गरको एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ का सभासद् चन्द्रवहादुर थापा सागरले वताउनुभएको छ ।
मह बेचेर अर्घाखाँची जिल्लाको धनचौर र ढिकुरा गाविसमा वार्षिक पचास लाख रुपैयाँ भन्दा बढी भित्रिएको छ । मौरी पालन व्यावसायबाट राम्रो परागत रुपमा एक दुई मौरी पालिदै आएपनि पछिल्लो पटक गाउँलेले मौरी पालनलाई व्यावसायिकरण गरेपछि आम्दानी बढेको हो ।
शोभा आचार्य
कक्षा ११ को पूरक परीक्षा आज हुँदैछ । विहान ११ वजेदेखि सुरु हुने पूरक परीक्षामा गुल्मी जिल्लाका सात सय ९९ जना विधार्थीहरु सहभागि हुँदै छन् ।
विहिवार गुल्मीको वाग्ला गाविसमा मृत अवस्थामा फेला परेका माओवादी कार्यकर्ता खगिश्वर जैसी भट्टराईको हत्याको आशंका गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको जिम्मेवारी सम्हाले लगत्तै गुल्मी जिल्लाको प्रहरी संगठनको निरीक्षण गर्न आउनुभएका प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज जिल्लाका सवै पक्षसँग भेटघाट गर्नुभएको छ ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी फणिन्द्रराज भण्डारीको परिवार अहिले मृत्युको खबरले भन्दा छानविन नहुनु र कुनै कुरा बाहिर ल्याउन नखोज्दा थप पीडामा छ ।
रेडियो सुन्न पनि कर तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्ला तपाईंलाई । तर समाचार अनुसार गुल्मीका एक वृद्धले रेडियो सुने वापत विगत ३० वर्षदेखि नियमित कर तिर्दै आएका छन् ।
शिक्षा प्रेमी स्वर्गिय परमानन्द भण्डारीका परिवारले धुर्कोट स्थित धुर्कोट बहुमुखी क्याम्पसलाई थप ५१ लाख नगद सहयोग गरेका छन् । दुई वर्षअघि भण्डारी परिवारले सोही क्याम्पस स्थापनाका लागि १० लाख सहयोग गरेका थिए ।
शिबलाल सुबेदी
गुल्मीको हुगाँ गाविसमा एक युवाले बृद्धलाई कुटपिट गरेका छन । हुगाँ गाविस वार्ड नम्बर ५ का अशोक भण्डारीले सोही स्थानकै ६० बर्षिय कुलानन्द खराललाई कुटपिट गरेको बताइएको छ ।
गुल्मी बिकास बैंक, मजुवा शाखाले सन्चालन गरेको लघुबित्त कार्यक्रम अन्तर्गत जुभुङ गाविस स्थित समुहमा महिलाहरु । बैंकले कार्यक्रम अन्तर्गत सदस्य महिलाहरुको छुट्टाछुट्टै समुह बनाएर बिना धितो कर्जा उपलब्ध गराइ समुहबाट लगानी गर्दै आएको छ । लघुबित्त कार्यक्रमले पैसा बचत गर्ने बानी बसाल्नुका साथै, पैसालाई बाकसमा थन्काउने होइन लगानी गरे तुरुन्त फल पाइन्छ भन्ने ज्ञान सिकाउदै आइरहेको छ ।
शिक्षा क्षेत्रमा देखिएको राज्यको लापर्वाही र गैर जिम्मेवारी प्रति आपत्ती प्रकट गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले जिल्ला शिक्षा अधिकारीलाई एक ज्ञापन पत्र बुझाएको छ ।